छोटुलाल कुमाल रत्ननगर ९ स्थित सुकुम्बासी बस्तीमा ससुरालीको पालीमा बस्दै आएका छन्, एक छोरा र एक छोरीको पिता उनले रिक्सा चलाएर गुजारा गर्दै आएकोमा हाल मृगौलाको पथ्थरी र एपेण्डिसाईडको समस्याका कारण दैनिक गुजारामा समस्या आए संगै उनकोलागी उपचारको पहल रत्ननगर नगरपालिकाले गरिरहेको छ। साथै समाजसेवी सुजन क्षेत्रीको टिमले उनको लागी घर बनाउन पहल समेत गरेका छन्, यसै सन्दर्भमा स्पेन निवासी एक बहादुर भट्ट र सम्झना मैनालीज्यूले छोटुलालको लागी नेपाली रुपैया ७ हजार २५ रुपैया आर्थिक सहयोग गर्नुभएको छ, सोहि सहयोग हस्तान्तरण यो भिडियोमा समेटेका छौं।
रत्ननगर नगरपालिका वडा नं ९ स्थित सुकुमबासी बस्तीमा बस्दै आएका छोटुलाल कुमालको उपचारको लागि आर्थिक सहयोगको अपील गरिएको छ । रिक्सा चलाएर परिवार पाल्दै आएका उनी विगत तीन महिना देखि मृर्गौलामा पत्थरी र एपेन्डिस रोगले पीडित बनेका छन् । ससुरालीको घरको पालीमा बस्दै आएका उनले आर्थिक अभावका कारण रोग पालेर बसेका छन् । मृर्गौलाको पत्थरी र एपेन्डिसको उपचारको लागि करिब ६५ हजार लाग्ने अस्पतालले बताएको छोटुलालले बताए । बाँकी भिडियोमा
समस्त नेपालीहरुको महान पर्व बडादशैं, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको पावन अवसरमा नेकपा (एस) रत्ननगरको अध्यक्ष हरिकुमार श्रेष्ठले दिनुभएको शुभकामना संदेश ।
समस्त नेपालीहरुको महान पर्व बडादशैं, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय प्रजान्त्र पार्टी, वाणिज्य क्षेत्र समन्वय विभाग सदस्य हरिप्रसाद अधिकारी दिनुभएको शुभकामना संदेश ।
समस्त नेपालीहरुको महान पर्व बडादशैं, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको पावन अवसरमा मालपोत कार्यालय खैरहनी प्रमुख केशवराज सुवेदीले दिनुभएको शुभकामना संदेश ।
समस्त नेपालीहरुको महान पर्व बडादशैं, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको पावन अवसरमा राप्ति नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष शिवकान्त ओलीले दिनुभएको शुभकामना संदेश ।
क्रिष्टल कलेजमा कक्षा ११ मा नया भर्ना खुल्यो ...........
हिजो रत्ननगरमा ट्रकको ठक्करबाट स्थानिय उमेश दराईको ज्यान गएको घटनामा प्रशासन जिम्वेवार नभएको आरोप स्थानीयले लगाएका छन् । अहिले कृष्णमन्दिर चोक क्षेत्रमा चक्काजाम गरिएको छ । सयौको संख्यामा आएका स्थानियहरुले बाटो बन्द गरि सडकमा प्रदर्शन गरिरहेका छन् । स्थानियहरुले टायर बालेर प्रदर्शन गरे पछी इलाका प्रहरी कार्यालय टांडीले सो टायरलाई बीच सडक बाट हटाएर साईड लगाएको छ । बिद्यालयको सवारी तथा एम्बुलेन्सलाई भने निर्वाद रुपमा चल्न दिइएको छ ।
रत्ननगरको कृष्णमन्दिर चोकमा मध्यरातमा हाईड्रा गाडिले वितण्डा मच्चाएको छ । हाईड्रा गाडीका चालकका अनुसार मध्यरातमा हावाहुरी आए पछि हावाको प्रेसरले गाडि आफै स्टार्ट भयो, १ गेरमा रहेको गाडी आफै चल्न थाल्यो करिव आधा दर्जनको संख्यामा विजुलीको पोल ढाल्दै गाडि मुख्य राजमार्ग बाट कृष्ण मन्दिर तर्फ आफै अगाडी बढ्छ अगाडी तर्फको बिजुली तथा टेलिफोन र इन्टरनेटको तार छिनाउदै चेरीको रुखमा अगाडिको चक्का ओट लागे संगै गाडी जाम हुन्छ ।
स्थानियहरु भने चालकको कुरा मान्न तयार छैनन्, उनीहरु यो सबै हुनुमा चालकको लापारवाहि मान्दछन । सामान्य हावाहुरीले गाडी स्टार्ट हुनु , गाडी आफै चलेर विजुलीको पोल ढाल्नु तर सामान्य रुखमा गाडी अड्किनु यो असम्भव भएको उनीहरुको तर्क छ ।
यो विषयमा कृष्णमन्दिर प्रहरी विटका प्रमुख हवल्दार हिरा ठाकुरलाई हामीले जिज्ञासा राख्दा मध्यरातको स
रत्ननगर ११ को वडाध्यक्षमा दिलिप चन्द्र घिमिरेको उम्मेदवारी किन ?
स्थानिय निर्वाचन २०७८ नजिकिदो छ, पूर्वी चितवनको राप्ति नगरपालिकामा गठबन्धनले साझा उमेदवारको रुपमा समशेर लामा लाई अगाडि सारेको छ , यसै सन्दर्भमा हामीले समशेर लामा ज्यु संग समग्र राप्ति नगरपालिकाले के सकारात्मक परिवर्तन हासिल गर्छ भन्ने सम्बन्धमा कुराकानी गरेका छौं ।
चितवन उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौँ संस्करण हो । यसै सन्दर्भमा संघका अध्यक्ष त्रिलोचन कंडेल संग गरिएको कुराकानी हामीले प्रस्तुत गरेका छौं ।