Trickey lokshewa

Trickey lokshewa ✔️त्यो सफलता कति टाढा छ कुन्नी यो जीवनले अझसम्म भेटाउन सकेको छैन् 😔📖🖊️

31/12/2024

©️साभार
अत्यन्तै महत्वपूर्ण जानकारी सेयर गरेर सुरक्षित राख्नुहोस् ।।😍
✔नेपालका_प्रमुख_तालहरू
नेपालमा तालहरूको संख्या --> ५, ३३८
हिमतालहरूको संख्या --> २३२३
हिमनदीको संख्या ---> ३२५२
✅राष्ट्रिय ताल विकास समिति
🔸️रारा_ताल (मुगु)
नेपालको सबैभन्दा ठूलो ताल ---> राराताल
रारा तालबाट निस्किने खोला ---> खत्याड
समुन्द्री सतहबाट उचाई ---> ३२०० मि.
लम्बाई र चौडाई --->५.२ र २.४ किमि
गहिराई ---> १६७ मिटर
रारा तालमा पर्ने हिमालको छाँया --> काञ्जिरेवा र सिस्ने
महेन्द्र ताल ---> राराताल
🔸️फोक्सुन्डो_ताल (डोल्पा)
अर्को नाम ---> रिग्म ताल
समुन्द्री सतहबाट उचाई ---> ३६१० मिटर
आकार---> Y
लम्बाई र चौडाई ---> ४.८ र १.६ किमि
निर्जीव ताल ---> फोक्सुन्डो ताल
गहिराई ---> १४५ मि
🔸️फेवाताल (काँस्की)
दोस्रो ठुलो ताल ---> फेवाताल
लम्बाई र चौडाई ---> ४.८ र १.५ किमि
तालको बिचमा मन्दिर --> तालबाराही
तालबाट निस्किने खोला --> पार्दी
अर्को नाम ---> बैदाम ताल
तालमा देखिने हिमालको छाँया ---> अन्नपूर्ण र माछापुच्छ्रे
🔸️तिलिचो_ताल (मनाङ)
विश्वको सबैभन्दा उचाइमा पर्ने ताल --> तिलिचो ताल
तिलिचो तालको उचाई ---> ४,९१९ मिटर
लम्बाई र चौडाई ---> ४ र १.२ किमि
गहिराई ---> २०० मिटर
🔸️घोडाघोडि_ताल (कैलाली)
फैलावट ---> १३८ हेक्टर
कुल क्षेत्रफल ---> २५६३ हेक्टर
अर्को नाम ---> कपिल ताल
रामसारमा सुचिकृत --> सन २००३
आसपासमा रहेका ताल ---> १३ वटा
आकार ---> हत्केला
🔸️ईन्द्रसरोवर (मकवानपुर)
लम्बाई ---> ७ किमि
मानव निर्मित ताल ---> ईन्द्रसरोवर
नामाकरण ---> ईन्द्र राज्यलक्ष्मी
🔸️गोसाइँकुण्ड (रसुवा )
क्षेत्रफल ---> १,०३० हेक्टर
गहिराई --> १८,३ मिटर
समुन्द्री सतहबाट उचाई ---> ४३६० मिटर
नेवारहरूले पुजा गर्ने ---> शिलुतिर्थको रूपमा
अमरसिंह थापाको मृत्यु ---> गोसाइँकुण्ड
आसपासमा रहेका ताल ---> १६ वटा
🔸️च्छो रोल्पा (दोलखा)
नेपालको सबैभन्दा ठूलो हिमताल ---> च्छो रोल्पा
गहिराई ---> १३५ मिटर
नेपाली नाम ---> फुटेको ताल

28/12/2024



1. भुकम्पिय जोखिम सुचीमा: २ औं
2. अदुवा उत्पादन गर्ने राष्ट्रको सुचीमा: ३ औं
3. हावापानी/ जलवायु जोखिम: ४ औं
4. विप्रेषण आय गर्ने मुलुकमा/UN peace keeping force पठाउने देशको सुचीमा/ घुम्नैपर्ने १० उत्कृष्ट शहरको सुचीमा काठमाडौ:५ औं (लोन्ली प्लानेट)
5. कुल भूभागको आधारमा संरक्षण क्षेत्र हुने (एशियाको दोश्रो)/सबैभन्दा बढी बालविवाह हुने मुलुकको सूचीमा: १० औं
6. घुम्नै पर्ने गन्तव्यमा काठमाडौ: १९ औं(ट्रीप एडभाइजर)
7. विश्व समावेशी र वृद्धि सूचकांक: २२ औं
8. वर्ड क्राफ्ट सिटीमा नेपालको ललितपुर: ३५ औं (वर्ड क्राफ्ट एशिया प्यासिफिक)
9. संसदमा महिला प्रतिनिधित्व: ३६ औं
10. जैविक विविधता सूचकांकमा: ४९ औं
11. कानुनी शासनको सूचकांक:५९ औं
12. विश्व भोखमरी सूचकांक: ७३ औं
13. सुरक्षीत देशको सुचिमा/विश्व शान्ति सूचकांक(१९): ७६ औं
14. ग्लोबल पासपोर्ट र्‍याङ्किङ/ ग्लोबल फुड सेक्युरिटी सुचीमा: ७९ औं
15. विश्व शान्ति सूचकांक(१८)/महंगो ईन्टरनेटको सूचकांक(१०० देशको सुचीमा): ८४ औं
16. लेगाटम प्रोस्परिटी इन्डेक्स/समृद्धि सूचकांक: ९० औं
17. डेमोक्रेसी सुचीमा: ९७ औं
18. विश्व खुसीमा/ग्लोबल एयर क्वालिटी: १०० औं (अघिल्लो वर्ष१०१)
19. स्वसल प्रोग्रेस इन्डेक्स: १०१ औं
20. विश्व आर्थिक स्वतन्त्रता सूचकांक/SDC goals obtaining index/ शक्तिशाली पासपोर्टको सुचीमा: १०२ औं (समृद्धि फाउन्डेसन)
21. दिगो बिकास/ ग्लोबल जेण्डर ग्याप इन्डेक्स : १०५ औं
22. विश्व प्रेस स्वतन्त्रता: १०६ औं
23. ग्लोबल इनोभेसन इन्डेक्स(आविस्कारको क्षेत्रमा नेपाल): १०८ औं
24. विश्व प्रतिस्पर्धी सूचकांक:१०९ औं
25. विश्व स्वास्थ सूचकांक/Doing business report: ९४ औं (अघिल्लो वर्ष Doing business ११०)
26. ईन्टरनेट स्पिडमा:११६ औं ?
27. विश्व भ्रष्टाचार सूचकांक: १२४ औं
28. वर्ड ट्युरिजम र्‍याङ्किङ: १२८ औं
29. आर्थिक स्वतन्त्रता सूचकांक :१३३ औं(विश्व आर्थिक मंच)
30. बोर्डब्याण्ड ईन्टरनेट गतिमा:१४४ औं
31. वैदेशिक लगानीमा:१४५ औं स्थानमा
32. मानव बिकास सूचकांक: १४९ औं(०.५७४)
33. महिला र पुरुषलाई समान आर्थिक र कानुनी अधिकारको सुचीमा: १६५ औं
34. विश्व वातावरण स्वच्छता सूचकांक: १७६ औं

28/12/2024
28/12/2024

✅आर्थिक सर्वेक्षण २०८०/८१.
🔸नेपालको आर्थिक वृद्धिदर :- ३.८७%
🔸प्रतिव्यक्ति आय :- १४५६ अमेरिकी डलर ($)
🔸प्रति व्यक्ति कुल खर्चयोग्य आय :- १८४३ डलर
🔸 प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन :- १४३४ $
🔸कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र:- २४.०९%
🔸 कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्र :- १३%
🔸 कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्र :- ६२.९%
🔸 रेडियो नेपालको प्रसारण पहुँच :- ९३%
🔸डिजिटल टेलिभिजनको पहुँच :- ७२%
🔸 इन्टरनेट ग्राहक घनत्व :- १४३.८%
🔸 पर्यटकको औसत बसाई :- १३.२ दिन
🔸प्रति पर्यटक प्रतिदिन औसत खर्च : - ४१ $
🔸विद्युतमा पहुँच :- ९७.७ %
🔸 जडित विद्युत क्षमता :- ३०६० मेगावाट
🔸कृषिमा संलग्न परिवार : - ६२%

29/11/2024

लोकसेवा आयोग तथा कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दा कसरी गर्ने?🙏❣️

प्रथम चरण:

* कुन पद/तहको तयारी गर्ने निश्चित गर्नुहोस्।
* मुल पुस्तक(Syllabus Oriented Guides) र सन्दर्भ सामाग्री(Reference Books) संकलन गर्नुहोस्।
* लक्ष्य प्राप्तिको समयसीमा(Deadline) तोक्नुहोस्।
* लक्ष्य प्राप्तिको लागि आवश्यक योजना(Planning) र रणनीति(Strategy) तयार गर्नुहोस्।
* अब शुरूवात(Start Reading) गर्नुहोस्।
* SMART Study

दोस्रो चरण: अध्ययन, लेखन र सन्तुलन/तालमेल

* अध्ययनमा निरन्तरता (Continuity) दिनुहोस्। हरेक दिन जति भएपनि (आधा, १/२/३/४...घण्टा ) पढ्ने र सँगसँगै लेख्ने (टिपोट) गर्ने गर्नुहोस्।

* विभिन्न पत्रपत्रिकाका(Daily Newspapers) दैनिक लेख, समाचार, र सरकारी पत्रीका(Magazines/Special Editions) विशेषांक पढ्नुहोस्। र साथै महत्त्वपूर्ण कुरा नोट गर्दै जानुहोस्।
- जस्तै: सोपान , अन्तरास्ट्रिय मञ्च, कान्तिपुर , गोरखापत्र , आर्थिक अभियान , The Kathmandu Post, etc.
- प्रशासन, पराग, निजामती , कर्मचारी , JOPA, CAMAD, कानुन, आदि।
- माथिल्लो तहको/पदको पुस्तक अध्ययन गर्नुहोस्। शाखा अधिकृतको तयारी गर्दैहुनुहुन्छ भने- उपसचिव र सहसचिवको लागि लेखिएका पुस्तक र सन्दर्भ सामाग्रीहरुको पनि अध्ययन गर्नुहोस्।
* गहिराइमा गएर अध्ययन गर्नुहोस्। हरेक पक्षको अध्ययन।

* सकारात्मक सोच (Positive Mentality) को निर्माण गर्नुहोस्।
- मेहेनतमा विश्वास (Believe in Hard Work)
- आत्मविश्वास (Self-confidence)
- भयबाट मुक्ति (Fearless)
- कल्पनाशक्ति (Do Imagination)
- खुशी र रहर गरेर पढ्नुहोस् (Read Happily)
- स्वाध्ययन (Self-study)
- स्वप्रेरित (Self-motivated)
- अरुका राम्रा सुझाव मान्ने (Follow good suggestions)
- Auto-suggestion
- Imagination and Visualization
- Never Complain
- Face the Challenges
- Solve your Problems
- Be Optimistic

* यी कुराको व्यवस्थापन गर्नुहोस्।
- Time Management
- Stress Management
- Money Management
- Personal, Family and Friendship (Relations) Management

* यी कुरालाई प्रेम गर्नुहोस्:
- नयाँ कुराको खोजी (Learning New things )
- अध्ययन र लेखन (Reading and Writing)
- आफुलाई र अरुलाई (Yourself and Others)
- Your Family, Friends, supporters and Mentors

* भरपुर फाईदा लिनुहोस्:
- Google, Internet, Related Websites, Blogs
- Social Media: Facebook, Twitter
- Youtube
- Online Newspapers
- Seniors (अग्रजहरु)

* सधैं सुन्ने/हेर्ने गर्नुहोस्:
- समाचार
- अन्तर्वार्ता
- छलफल तथा बहस
- आफ्नो वरिपरिका गतिविधि/वातावरण
- Global Issues

* ख्याल गर्नुहोस्:
- खानपिन
- निद्रा, आराम
- समग्र स्वास्थ्य
- आफ्नो घरपरिवार, आफन्त, र साथीसंगी

* व्यवस्थित भएर अध्ययन गरौं:
द्वितीय , तृतीय र चतुर्थ पत्रको लागि:
- हरेक पाठ: अलग नोट कापी
- हरेक खण्ड : अलग कापी
- First Draft
- Second Draft
- Precise Note
- You can use different coloured/ink Ballpens/Pen.
- Blank copies
- Schedule/Timetable( Copy or Mind)

* सञ्जाल::
- समान लक्ष्य भएका साथी
- अध्ययनमा हौसला दिने
- नयाँ कुरा, जानेका कुरा बाँड्ने
- छलफल गर्ने
- सकारात्मक सोच भएका
- नत्र एक्लै पढ्ने
- Work hard in silence, let your sucess be the noise.

* संकोच नमान्नुहोस्:
- सहयोग माग्न र गर्न
- Sorry भन्न
- आफ्नो लागि समय छुट्टयाउन
- Thank You (Gratitude) भन्न

* समय निकाल्नुहोस्::
- साथीभाई र परिवारसँग घुमफिर
- रमाइलो गर्न

* आवश्यक तर यो मात्रै पर्याप्त होईन:
- लोकसेवा तयारी कक्षा
- नमूना परीक्षा
- काठमाण्डौं जानैपर्छ भन्ने मानसिकता

* भ्रम तोड्नुस्:
- लोकसेवा पास गर्न Topper हुनैपर्छ
- Math/Science राम्रो भएका मात्रै पास गर्छन्
- राम्रो स्कुल तथा विश्वविद्यालय पढेको हुनुपर्छ
- 18 घण्टा पढ्नुपर्छ
- यो लोकसेवा होईन घोकसेवा हो।
- समयनै पुग्दैन
- Optional Paper यहि नै राख्नुपर्छ
- लोकसेवा पहिलो प्रयासमा पास गर्न सकिँदैन!!

* यस्तो मानसिकता त्याग्नुहोस्:
- म सक्दिन। म अरुभन्दा कमजोर छु।
- म पढ्न सक्दैन। पढेको यादनै हुँदैन।
- यतिका हजारौं उम्मेदवारमा म के पास हुँला र !!
- भाग्य भए हुँला नत्र ठिकै छ।
- समय आउनुपर्छ आफ्नो, सफल हुन।

* यी कुरा पत्ता लगाउनुहोस्(Find Out):
- आफ्नो बलियो र कमजोर पक्ष।
- रुचि र अरुचिको विषय
- सहयोगी र असहयोगी
- आफ्नो प्राथमिकता

* बिस्तारै सुधार गर्दै जानुहोस्(Improve):
- हतार गर्ने बानीमा
- निर्णय निर्माण
- अलमलिने बानी
- राम्रोसँग प्रश्न नपढ्ने बानीमा
- परीक्षा भन्ने बित्तिकै डराउने
- अरुका कुरामा विनासोचविचार विश्वास गर्ने
- आफ्नो क्षमतामा शंका गर्ने
- आफ्नो सबल/ दुर्बल पक्ष अरुले भनिदिनुपर्ने
- आफै केही गर्नै नसक्ने
- अरुलाई मात्रै राम्रो ठान्ने आफुलाई कमसल ठान्ने
- सचेत भएर नपढ्ने
- उत्तर लेख्न हतार गर्ने
- चिन्तन होईन चिन्ता गर्ने
- तत्काल नतिजा चाहने
- आफुलाई सर्वज्ञ ठान्ने

* चटक्कै छोड्नुहोस्(Leave These):
- अरुको रिस, ईर्ष्या, आलोचना र कुरा काट्न
- अस्वस्थकर र अव्यवस्थित खानपिन/जीवनशैली
- फजुल खर्च
- अनुत्पादक काम
- किताब मात्रै किन्ने, अध्ययन नगर्ने बानी
- गुनासो मात्रै गर्ने
- डर मान्ने
- किताबको मोटाई हेर्ने
- सीमित अध्ययन गर्ने बानी

* Do Believe( मज्जाले विश्वास गर्नुहोस्)
- आफुमा, आफ्नो लक्ष्यमा र तोकिएको समसीमामा
- मेहेनत र कर्ममा
- प्रकृति, ब्रह्माण्ड र प्रेममा
- सकारात्मक सोचमा
- हामीले चाहेका अधिकांश कुरा सम्भव छ्न्।
- निरन्तर अभ्यास महत्त्वपूर्ण छ। यसले हरेक कुरा सम्भव बनाउँछ।
- स्वच्छ प्रतिस्पर्धा
- सहि समयमा सहि निर्णय

* Share(बाँड्दै गरौं):
- आफुले जानेका कुरा। पढेका कुरा।
- सहि तरिका।

* Accept(स्वीकार गर्नुहोस्):
- आफ्ना कमजोरी
- उपयुक्त सुझाव
- सहि मार्गदर्शन
- समय
- मेहेनत अनुरुपको नतिजा

* अभ्यास गर्नुहोस्(Exercise):
- पढेर
- पढ्दै लेख्दै गरेर
- सुनेर
- छलफल गरेर
- आफै नमूना परीक्षा गरेर
- हरेक समय पढेको कुरा सम्झेर, चिन्तन, मनन गरेर

( सफलता त्यसै मिल्दैन। मेहेनत गर्नैपर्छ । हरेक पक्षमा औसतमा भएपनि सन्तुलन हुनैपर्छ । निरन्तरता , सकारात्मक सोच, आत्मविश्वास , समय मिलान, स्वास्थ्य ख्याल, उपलब्ध स्रोतको उपयोग, उत्साह , खुशी, समयसीमा , रणनीति , योजना, लगायतका विभिन्न कुराको संयोजन चाहिन्छ, सफलता प्राप्त गर्न। र यो सम्भव छ। सजिलो छ। बानीको निरन्तरता भए। )

©Anka Prasad Regmi

27/10/2024

१ नेपालमा सर्वप्रथम कुन वंशले शासन गरेका थिए?
२ गोपालवंशी को शासन केन्द्र कहाँ रहेको छ?
३ प्रथम सुर्य वंश राजा को हुन ?
४ लिच्छविकालमा जील्ला लाई के भनिन्थ्यो?
५ जंगबहादुरको बास्तविक नाम के हो?
६ जंगबहादुरको बेलायत यात्रा कहिले भयको हो?
७ जंगबहादुर लाई राणाको पद दीलाउने को हुन?
८ गोर्खा का प्रथम राजा को हुन ?
९ कान्तिपुर पाटन र ललितपुर का प्रथम र अन्तिम राजा को हुन ?
१० तिब्बतमा शरण लिने राजा। को हुन ?
११ दैत्य सासनको सुरुवात र अन्त्य गर्ने राजा को हुन?
१२ राणाकाल अघि कति जना प्रधानमन्त्री भयका थिय ?
१३ गोर्खा राज्यको स्थापना कहिले भएको हो?
१४ नेपालको पुरानो राजधानी कहाँ थियो?
१५ कोतपर्व, भण्डारखाल पर्व,औलो पर्व कहिले भयको हो?
१६ जंगबहादुर राणाको मृत्यु कहिले भयको हो?
१७ माईला मिनिष्टर भनेर कसलाई चिनिन्छ?
१८ तेजारथ अड्डाको स्थानमा कस्ले गरेका हुन ?
१९ ४२ सालको पर्व कस्को पालामा भयको हो?
२० गोर्खा प्रत्र को प्रकाशन कहिले भयको हो?
२१ शिक्षाका पिता भनेर कसलाई चिनिन्छ?
२२ फोहोरा दरवार कसले बनाएका हुन ?
२३ विर्ता बाड्ने चलन कसले चलाएका हुन?
२४ सुनौली सन्धी कसको पालामा भयको हो?
२५ सबैभन्दा कम उमेरमा राजा हुने को हुन ?
२६ घरको बाघ 🐅 बनको स्याल भनेर कुन प्रधानमन्त्री लाई चिनिन्छ?
२७ फिस्टे महाराजा भनेर कसलाई चिनिन्छ?
२८ आफ्नै भाईदा्रा काटिने राजा को हुन ?
२९ उधोग का पिता भनेर कसलाई चिनिन्छ?
३० रुन्चे प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ?
३१ तेर्सो पुस्ताका राणा प्रधानमन्त्री को हुन ?
३२ प्रजातन्त्र को घोषणा हुँदाका PM को हुन ?
३३ कुन किराती राजाको पालामा गौतमबुद्ध ktm aayeaka. Theya ?
३४ तामाको पैसा प्रचलनमा ल्याउने राजा को हून ?
३४ कोतपर्व भण्डारखाल पर्व औलो पर्व कस्को पालामा भयको घटना हुन ?

Gk question......

Practice sets
01/10/2024

Practice sets

कुन बिज्ञापन कहिले खुल्दैछ त २०८१ को     सबैले हेरम हैत
28/09/2024

कुन बिज्ञापन कहिले खुल्दैछ त २०८१ को
सबैले हेरम हैत

Lumbini 4th question  Second paper
16/08/2024

Lumbini 4th question
Second paper

वि.नं. ५५०१-५५०९/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय प्रशासन सेवा, प्रशासन समूह, पाँचौ तह, बरिष्ठ प्रशासन सहायक पद...
15/08/2024

वि.नं. ५५०१-५५०९/२०८०-८१ (खुला तथा समावेशी) प्रदेश/स्थानीय प्रशासन सेवा, प्रशासन समूह, पाँचौ तह, बरिष्ठ प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा ll

09/08/2024

नाम:- अंक।
थर:- रेग्मी ।
देश:- नेपाल ।
प्रदेश:- कर्णाली ।
जिल्ला:- दैलेख ।
पालिका :- चामुण्डा बिन्दासैनी।
उमेर:- ठ्याक्कै ब्या गर्ने बेला भाछ ।
(घरको एक्लो छोरा )
शिक्षा:- स्नातक (English) ।
पेशा:- बेरोजगार भुक्का टुरिष्ट, अर्काको girlfriend जिस्क्याउने ।
भाषा:- नेपाली, अरु जान्दिन नेपाली नि काम चलाउ मात्र 🤣 ।
सम्पत्ति:- सुकुम्बासी ।(अहिलेसम्म आफ्नो नाममा केही छैन)
रुचि:- हाँस्ने हसाउने ।
वर्ण:- black hency ।
ग्रलफ्रेण्ड:- खालि PR वाली मात्र पर्ने 😛🤣 त्यही नि अर्काको 😛
हाइट:- 5.3
तौल:- खाली पेट 55खाएपछी 57 किलो ।
छाती:- फुल्लाउदा 26/न फुल्लाउदा 30 इन्च ।
बैबाहिक स्थिती:- सदाबहार एकलकाँटे ।
श्रीमती:- ब्या नै नगरी कसरी हुन्छ श्रीमती ?
छोरा:- के हेर्या व्य नभई कसरी छोरा हुन्छ ?
गिरालफिरेन:- लभ पर्न पर्न खोज्छ तर पर्दैन ।
जन्मथलो:- जता जन्म्या हो त्यही ।
पाटी:- सबै लुट्ने मात्र छन् स्वतन्त्र ।
नेता:- त्यो पनि नभनम ।
आम्दानी:- प्रयास जारि ।
खर्च:- सारै गर्छु ।
फेसबुक:- १ थान ।
फेसबुक पेज :- १ थान ।
टिकटक:- जहिले देखि बन्द भयो त्यो बेला बाट छैन।
रोग:- ढाड दुख्ने, निन्द्रा बढी लाग्ने ।
राम्रो बानी:- धूम्रपान मधपान बाट टाढा बस्छु/ मासु पाए 1 2 चौटा खान्छु धेरै मन् पर्दैन 😀।
नराम्रो बानी:- कसैको कुरालाई नाई भन्न सक्दैन, केटीसँग असाध्यै लजाउछु, बाटोमा केटी देखे कि घोसे मुण्टो लाउछु कि परैबाट भाग्छु!
खाना मीठो:- अगाडि जे आयो तेहि ।
तरकारी :- खानु हुने जति सबै ।
अचार:- जे को भए पनि हुनेछ ।
मनपर्ने सिजन:- गर्मि (जाडोमा मूत्न जान झ्याउ हुन्छ त्यही भएर मन् पर्दैन)
सोचाई:- एकदम साधारण ।
रियाक्ट:- कथाले मागे अनुसार ।
पहिलो क्रश:- छैनन्
मनपर्ने केटी:- प्राय सबै केटी मनपर्छ । (साह्रै दयालु स्वभावको छु नि)
मनपर्ने फुल:- गुलाफ ।
मनपर्ने रङ:- Black कीनकी म आफ्नै काले भयर
मनपर्ने खेलाडी:- ।।।।
मनपर्ने गायक:- प्रमोद खरेल/राजु लामा ।
मनपर्ने गायिका:- रचना रिमाल /अस्मिता अधिकारी।
मनपर्ने हिरो: दयाहाङ 🤘
मन पर्ने कमेडी सिरियल :सक्किगोनि😂 हल्का रमाइलो,जुठे
मनपर्ने नायिका:- छैनन् 😂।
मनपर्ने साथीहरु:- यो पोस्ट पुरै पढेर प्रतिक्रिया दिने मेरा परम/आदरणीय मित्रहरु सबै मनपर्छ धन्यबाद 🙏
अझै केही जिज्ञासा छ भने सोधे ह@highlight

 #परीक्षा तालिका सार्वजनिक: Bachelor 3rd year regular and partial examination schedule.😲 #सार्वजनिक मिति: २०८१/०४/१४ गते...
29/07/2024

#परीक्षा तालिका सार्वजनिक: Bachelor 3rd year regular and partial examination schedule.😲
#सार्वजनिक मिति: २०८१/०४/१४ गते ।

29/07/2024

➡️ विश्व बाघ दिवस कहिले मनाईन्छ ?

27/07/2024

पारिवारिक आशा र सपनाको आधार मा एउटा बन्द कोठामा झेलियको एक सपनाको साकार सङ्गै सफलता को आशामा रहेको एक जीवन कहानि😥♥️🙏
Video Credit : NICE लोकसेवा

खरिदारको नयाँ पाठ्यक्रम खरिदार वा सो सरह (आ.व. २०८१/८२ को विज्ञापन देखि लागू हुने पाठ्यक्रम)   तयारी भब्य बनाऊ है साथि ह...
25/07/2024

खरिदारको नयाँ पाठ्यक्रम
खरिदार वा सो सरह (आ.व. २०८१/८२ को विज्ञापन देखि लागू हुने पाठ्यक्रम)
तयारी भब्य बनाऊ है साथि हो

काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलम दुर्घटना भएको छ ।हवाई विमान दुर्...
24/07/2024

काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलम दुर्घटना भएको छ ।
हवाई विमान दुर्घटना को खबरले अत्यन्तै दुखी बनायो😰😭

Address

Chamunda Bindrasaini Municipality 8 Dailekh
Surkhet

Telephone

+9779843018549

Website

Alerts

Be the first to know and let us send you an email when Trickey lokshewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Trickey lokshewa:

Videos

Share