31/08/2022
सारै चित्त बुझ्दो।।
साभार:- सामाजिक संजाल
संसारमा दुई प्रकारका बोट बिरुवा हुन्छन
पहिलो - आफ्नो फल आफैं दिन्छन्
जस्तैः आँप , लिची, अम्बक , केरा आदि।
दोस्रो - आफ्नो फल लुकाएर राख्छन्
जस्तै: आलु, अदुवा , प्याज आदि ।
जसले आफ्नो फल आफै दिन्छन् , त्यस बोट बिरुवालाई मल, जल दिएर सुरक्षित राख्छन् , र यस बिरुवाले फेरि अर्कोपटक फल दिनको लागि तयार हुन्छ ।
तर जसले आफ्नो फल लुकाएर राख्ने गर्छ , त्यो जरै देखि खनिन्छ , उखेलिन्छ ,तिनिहरुको अस्तित्व हराउँछ ।
ठिक यसै प्रकार ,
जुन व्यक्ति ले आफ्नो ज्ञान, व्यवहार, संस्कार,शक्ति स्वयम् नै परिवारको सेवामा परिवारको उत्थानमा लगाउँछ्न् , उनिहरुको ध्यान राख्ने गर्छन् भने सो व्यक्ती ले परिवारबाट मान-सम्मान पाउँछन् ।
दोस्रो तर्फ ,
जसले आफ्नो ज्ञान , व्यवहार, संस्कार,शक्ति , स्वार्थवश लुकाएर राख्ने गर्छन् , कसैको मद्दत गर्नको लागि मुख बङ्ग्याउँछन्, यस्ता मान्छेलाई परिवारले जरै देखि उखाल्ने कोशिश गर्छन् । अर्थात् समय रहँदै बिर्सने गर्छन् ।
प्रकृतिले कति महत्त्वपूर्ण सन्देश दिएको छ , बस सम्झनु र बुझ्नुमा निर्भर रहन्छ I