Radio Sabhyata FM 99.5 Mhz Sulichaur

Radio Sabhyata FM 99.5 Mhz Sulichaur मालश्री मिडिया ग्रुप प्रा.ली.द्धारा सञ्चालित
रेडियो सभ्यता, सुनिलस्मृति गाउँपालिका ०४ सुलिचौर

Sad  News घोराही बाट रुकुम जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस  बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ्ग खोलामा पु...
17/04/2024

Sad News
घोराही बाट रुकुम जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक
बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ्ग खोलामा पुलमा दुर्घटना ।
थप विवरण आउन बाँकी

https://youtu.be/fGxTwJZHrzY?si=XZuOUrUx1bp6_rle
13/04/2024

https://youtu.be/fGxTwJZHrzY?si=XZuOUrUx1bp6_rle

ट्राफिक नियमको बारेमा जानकारी गराउदै ट्राफिक प्रहरी हवल्दार बसन्त कुमार गौतम । सबै जनालाई नमस्कार अनि हार्दिक स....

13/04/2024

पैदल यात्रुलाई ट्राफिक नियमको जानकारी गराउदै ट्राफिक प्रहरी हवल्दार बसन्त कुमार गौतम ।
#जिल्ला_ट्राफिक_प्रहरी_कार्यालय_रोल्पा ।

एक घण्टाभन्दा टाढाको दूरीमा रहेको इनारबाट शुक्रबार बिहानै पानी लिएर घर फर्किदै दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरद...
12/04/2024

एक घण्टाभन्दा टाढाको दूरीमा रहेको इनारबाट शुक्रबार बिहानै पानी लिएर घर फर्किदै दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीयवासी ।
PS : ढिला जाँदा इनारमा पानी लिन आउनेको भीड हुने भएकाले बिहान सबेरै जाँदा पालो पर्खेर बस्नु नपर्ने र घरको काम गर्न पनि सबै भ्याइने उनीहरु बताउँछन् ।
Pic : RSS

सहिद स्मृति साहित्य प्रतिष्ठान रोल्पाको आयोजनामा रोल्पा गजल महफिल कार्यक्रमको केही फोटो फिचर
11/04/2024

सहिद स्मृति साहित्य प्रतिष्ठान रोल्पाको आयोजनामा
रोल्पा गजल महफिल कार्यक्रमको केही फोटो फिचर

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० झ्याङगाउँमा रहेको लसुनको प्रतिमा सहितको उद्यान। यो गाउँका अधिकांश किसननले लसुन खेती ...
10/04/2024

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० झ्याङगाउँमा रहेको लसुनको प्रतिमा सहितको उद्यान। यो गाउँका अधिकांश किसननले लसुन खेती गर्ने र यहाँको माटोमा लसुन खेती राम्रो उब्जनी हुने भएकोले वडाले १० लाख बजेट खर्चेर गाउँको बिचभागमा लसुन प्रतिमा राखी उद्यान बनाएको हो। तस्बिर: बलबहादुर ओली(बलेन्द्र) / रासस

सुनिलस्मृति गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८)को नतिजा सार्वजनिक, नेरामावि तेवाङको शून्य
10/04/2024

सुनिलस्मृति गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८)को नतिजा सार्वजनिक, नेरामावि तेवाङको शून्य

मालश्री खबर/चैत्र २७ गते रोल्पा । सुनिलस्मृति गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक भ...

माटोले छाएको परम्परागत घरसल्यान कालिमाटी गाउँपालिका-२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम-कालिमाटी सडक किनारम...
09/04/2024

माटोले छाएको परम्परागत घर

सल्यान कालिमाटी गाउँपालिका-२ स्थित चौरगाउँका स्थानीय लोकबहादुर रावतको लुहाम-कालिमाटी सडक किनारमा रहेको माटोले छाएको परम्परागत घर । तस्बिर : कुलदीप न्यौपाने / रासस ।

राेल्पा नगरपालिकाकाे वडा नं. ९ ह्वामाकाे कर्तम गाउँ ।तस्वीर-नवीनलोचन मगर          Hilights
09/04/2024

राेल्पा नगरपालिकाकाे वडा नं. ९ ह्वामाकाे कर्तम गाउँ ।
तस्वीर-नवीनलोचन मगर

Hilights

आधारभूत तह कक्षा ८ परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना ।।
09/04/2024

आधारभूत तह कक्षा ८ परीक्षाको नतिजा प्रकाशन सम्वन्धी सूचना ।।

09/04/2024

सुलिचौर तिरको अवस्था

SEE दिएर बस्नुभएका भाइबहिनीहरू, विद्यार्थी तथा युवाहरूलाई दस सुझाव — १. कक्षा ११/१२ पढ्दादेखि नै कम्प्युटर चलाउन सिक्नुह...
08/04/2024

SEE दिएर बस्नुभएका भाइबहिनीहरू, विद्यार्थी तथा युवाहरूलाई दस सुझाव —

१. कक्षा ११/१२ पढ्दादेखि नै कम्प्युटर चलाउन सिक्नुहोस्। कम्प्युटरमा पनि कमसेकम ‘वर्ड, एक्सल, पावर प्वाइन्ट’ सामान्य डिजाइन, नेपाली टाइपजस्ता सीप सिक्नाले तपाईं अरूभन्दा एक तह अगाडि हुनुहुन्छ।

२. बिहानको कलेज छ भने स्नातक पढ्दादेखि नै आफ्नो अध्ययनसँग मिल्ने क्षेत्रमा ‘इन्टर्नसिप’ गर्नुहोस्। विषयसँग सम्बन्धित क्षेत्रमा भएका अवसरहरूको खोजी गर्नुहोस्। स्मार्टफोन र इन्टरनेटको सुविधा छ भने तपाईं विश्वभरिको अवसर खोजी गर्न सक्नुहुन्छ।

३. तपाईंले सामाजिक सञ्जाल चलाउँदा फिडमा मिम, ट्रोल वा अवसर के आउँछ त्यो तपाईंमा भर पर्छ। त्यसैले ट्रोलका पेजभन्दा संघसंस्था, कम्पनी र जानकारीमूलक पेजहरू लाइक गर्ने बानी गर्नुहोस् जसले गर्दा तपाईंले सामाजिक सञ्जाल चलाउँदा पनि अवसरहरूबारे जानकारी पाउन सक्नुहुन्छ। (सफल संसारलाई फलो गर्नको लागि पनि अनुरोध गर्दछु ।)

४. फुर्सदमा हुँदा ‘अनलाइन कोर्ष’हरू गर्नुहोस्। अहिले धेरै साइटहरूले निःशुल्क अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छन्।

५. राम्रो डिभिजन ल्याउन सकिँदैन भनेर धेरैले पूर्ण रूपमा अध्ययनलाई ध्यान दिने गरेका छन्। तपाईंले विशिष्ट श्रेणीमै मास्टर्स डिग्री पास गर्नुभयो तर कामको अनुभव छैन भने रोजगारीको बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ। मास्टर्स गरेपछि इन्टर्नसिप गर्न न समयले दिन्छ न त जिम्मेवारीले नै। त्यसैले ब्याचलर्सदेखि नै इन्टर्नसिप गर्नुभयो भने बिस्तारै अनुभव बढ्दै जान्छ र मास्टर्स सक्दासम्म तपाईंमा अनुभव र योग्यता दुवै हुन्छ। जसले गर्दा प्रतिस्पर्धामा अब्बल हुने धेरै सम्भावना रहन्छ।

६. तपाईं उद्यमी बन्न चाहनुहुन्छ भने पनि केही वर्ष सम्बन्धित क्षेत्रको कम्पनीमा काम गर्दा सिकाइ राम्रो हुन्छ। त्यस्तो अनुभवले तपाईंलाई सफल र असल उद्यमी बन्न सहयोग पुग्दछ।

७. तपाईं अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहनुहुन्छ भने पनि धेरै विश्वविद्यालय र कूटनीतिक नियोगले छात्रवृत्ति दिइरहेका हुन्छन्। राम्रो नम्बर ल्याएको र सम्बन्धित क्षेत्रको अनुभव बटुलेको विद्यार्थीले सजिलै त्यस्तो छात्रवृत्ति पाउँछन्। निःशुल्क अन्तर्राष्ट्रिय अध्ययन गर्न पाइने त्यस्ता अवसरहरूको खोजी गरेर पहिलेदेखि नै आफूलाई तयार राख्दा तपाईंको सपना साकार हुने उच्च सम्भावना रहन्छ।

८. प्रेम सम्बन्धमा हुनुहुन्छ भने पनि आफ्

08/04/2024
बिहेको लागी केटी र केटा खोजिदिने कम्पनी खुल्यौ दाङमा,अब बिहे नभएकाहरुले सम्पर्क गर्न सकिनेdang new....
08/04/2024

बिहेको लागी केटी र केटा खोजिदिने कम्पनी खुल्यौ दाङमा,अब बिहे नभएकाहरुले सम्पर्क गर्न सकिनेdang new....

हुम्लामा पाठ्यपुस्तक पुगेपछि पुस्तक पसलबाट सदरमुकाम सिमकोटका विद्यार्थी पुस्तक बोकेर विद्यालयतर्फ लैजाँदै । तस्बिर : दान...
07/04/2024

हुम्लामा पाठ्यपुस्तक पुगेपछि पुस्तक पसलबाट सदरमुकाम सिमकोटका विद्यार्थी पुस्तक बोकेर विद्यालयतर्फ लैजाँदै ।

तस्बिर : दाने बोहरा / रासस

07/04/2024

आउनुस एकछिन गफ गरौ ।

07/04/2024

पछिल्लो २४ घण्टामा भक्तपुर र चितवन जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

परिवर्तन गाउँपालिका २ राङसी रोल्पामा प्रहरीले ठूलो मात्रामा बारीमा लगाएको अफिम नष्ट गरे छ ।
06/04/2024

परिवर्तन गाउँपालिका २ राङसी रोल्पामा प्रहरीले ठूलो मात्रामा बारीमा लगाएको अफिम नष्ट गरे छ ।

म हिजो राम्रो पढ्ने अवसर पाएको मान्छे, तर सशस्त्र युद्धमा होमिदा धेरै मान्छेले मलाई बाटो बिरायो, गलत काम गर्यो पनि भने ।...
06/04/2024

म हिजो राम्रो पढ्ने अवसर पाएको मान्छे, तर सशस्त्र युद्धमा होमिदा धेरै मान्छेले मलाई बाटो बिरायो, गलत काम गर्यो पनि भने । कतिपयले बहुलायो पनि भने । तर मैले जीवनको अनुभवबाट के बुझे भने, समाजको सबै मानिसको चेतना एउटै हुँदैन । समाजमा अघि बढेको अगुवा मान्छेले सबैभन्दा अघि बढेको वैज्ञानिक चेतना बोक्नुपर्छ । र, त्यसको बलमा उसले आफ्नो जीवनको यात्रा गर्नुपर्छ । त्यो हिसाबले मेरो जीवनलाई फर्केर हेर्दा म आफ्नो जीवन प्रति सन्तुष्ट छु ।

— डा. बाबुराम भट्टराई

उनीहरुले प्रयोग गर्ने ढाकर (विशेषखालको डोको) को बिटमाथी जाली बुनेर गाँसेका हुन्थे। निम्ठो मात्र होइन चुल्है पारेर भारी ब...
06/04/2024

उनीहरुले प्रयोग गर्ने ढाकर (विशेषखालको डोको) को बिटमाथी जाली बुनेर गाँसेका हुन्थे। निम्ठो मात्र होइन चुल्है पारेर भारी बोक्ने चलन नै थियो। किन कि सकेजति सामान बोक्ने उद्देश्य हुन्थो ढाक्रेहरुको। ढाकरको अगाडिपट्टी अर्थात् ढाक्रेको पीठ्यूतिर दुई ठाउँमा पटुवाले बुनेको खकन पनि जडान गरिएको हुन्थ्यो, जसको सहाराले कुमलाई पनि हल्का भार पर्नुका साथै टाउकोलाई पनि कम भार पर्दथ्यो। विसौनीमा ढाकर विसाएर उनीहरु पुवा (भेँडाको भुवा) को धागो बुनिरहेका हुन्थे भने कसैले के बाटिरहेका हुन्थे, खाली बस्दैनथे। हिँड्दै जाँदा भोक लागेमा गादोबाट मकै भटमास झिकेर घुरुम घुरुम चपाउँदै भोक मेट्दथे र बाटोमा पाइने जरुवा, धारो वा खोल्सामा बगेको सफा पानी पिउँदथे।

अमर अधिकारी/ चैत्र २४ गते रोल्पा । मेरो जन्म २०२१ मा भए तापिन मैले २०२४ सालदेखिका सम्झनाहरु मानसपटलमा यथावत राखिर....

06/04/2024

सुर्योदय सहकारीद्वारा मृत्यु दाबी भुक्तानी कार्यक्रममा मन्तव्य राख्नुहुदै सुनिलस्मृती गाउँपालिका अध्यक्ष बुढाथोकी ।

पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवस।तस्बिर : प्रचण्ड सचिवालय
06/04/2024

पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवस।
तस्बिर : प्रचण्ड सचिवालय

06/04/2024

राज्यले हल्लाएको हो बसले होइन...

Accident Update महेन्द्र राजमार्गको बर्दियाको औरी नजिक सु ००१ख२८५२ को ट्रक राति २ बजे दुर्घटना भएको छ र चालक भने घाइते भ...
06/04/2024

Accident Update
महेन्द्र राजमार्गको बर्दियाको औरी नजिक सु ००१ख२८५२ को ट्रक राति २ बजे दुर्घटना भएको छ र चालक भने घाइते भएका छन.
Pic Mahendra Karki

Shout out to my newest followers! Excited to have you onboard!Hemraj Raut, Kamala Mukhiya, Sanjay Prasad Gupta, Nepali K...
06/04/2024

Shout out to my newest followers! Excited to have you onboard!

Hemraj Raut, Kamala Mukhiya, Sanjay Prasad Gupta, Nepali Kanxi, Rabin Raj Shrstha, Shikhar Magar

मानिस फेला परेको सम्बन्धि सूचना************************************मिति २०८०।१२।२३ गते १८:३० बजेको समयमा जिल्ला दाङ घोरा...
05/04/2024

मानिस फेला परेको सम्बन्धि सूचना
************************************
मिति २०८०।१२।२३ गते १८:३० बजेको समयमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १५ तुलसीपुर चोक स्थित जिल्ला रामेछाप घर बताउने अन्दाजी बर्ष ३३ की पुजा कार्की आमाको नाम रिता कार्की र बुबाको नाम भिम बहादुर कार्की बताउने महिला अलपत्र अबस्थामा फेला परेको हुदा निम्न हुलिया भएको महिलालाई चिन्नुहुने जुनसुकै व्यक्तिले निज व्यक्तिको घर परिवारलाई जानकारी गराई जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क राख्न हुन अनुरोध ।

सम्पर्क माध्यम यहि फेसबुक म्यासेन्जरमा सम्पर्क गरेपनि प्रहरी संग समन्वय गराइनेछ। वा ९७०२९६९१६८/९८६७४०५१७१/ ९८५७८९०१०१, हटलाईन:- १०४, १००
जिल्ला प्रहरी कार्यालय दाङ

प्युठान,स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ धन्चौर पोखरडाडाँ नजिक धुर्कुटेटोलमा जिप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएक...
05/04/2024

प्युठान,स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ धन्चौर पोखरडाडाँ नजिक धुर्कुटेटोलमा जिप दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन ।
भिङ्ग्रीदेखी धन्चौर हुँदै तिमीले डरनेटा जाँदै गरेको लु १ ज ३५६१ नम्बरको जिप पल्टिदा ५ जना घाइते भएका वडा नम्बर ६ का वडा सदस्य उदय घर्तीले जानकारी दिनु भयो ।
घटना स्थलमै पुगेका वडा सदस्य घर्तीको सक्रियतामा घाइतेहरूलाई प्यूठान जिल्ला अस्पताल बिजुवार पठाइएको छ । घाइतेहरूको कसैको खुट्टा भाचिएको छ भने कसैको टाउको तथा शरीरमा चोट लागेको घर्तीले जानकारी दिनु भयो । ५ जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको उदय घर्तीले जानकारी दिनुभयो । उदय घर्तीको सक्रियतामा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी , स्थानीय बासिन्दा लगाएतले घाइतेहरूको उद्धार गरि बिजुवार पठाइएको हो ।

Address

Sunilsmrit-04 Sulichaur Rolpa
Rolpa

Alerts

Be the first to know and let us send you an email when Radio Sabhyata FM 99.5 Mhz Sulichaur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Sabhyata FM 99.5 Mhz Sulichaur:

Videos

Share


Other Rolpa media companies

Show All