Sai Uapavan

Sai Uapavan Sai Uapvan is bi-monthly magazine published by Shree Satya Sai Centre Pokhara,Nadipur with an approval of SSSBPT Nepal. It is based on Sai Literature.

ॐ साईराम। श्री सत्य साई सेवा संगठन नेपालको अठारौँ साधारण सभा भाद्र १४ र १५ गते श्री सत्य साई प्रदेश समिति ४ को आयोजनामा ...
31/08/2024

ॐ साईराम। श्री सत्य साई सेवा संगठन नेपालको अठारौँ साधारण सभा भाद्र १४ र १५ गते श्री सत्य साई प्रदेश समिति ४ को आयोजनामा श्री सत्य साई विद्याश्रम, बाघमारामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रदेश समिति ४ बाट केन्द्रहरु नदिपुर, सिमलचौर, सेतिगंगा, स्याङ्जा, वालिङ, लेखनाथ र दमौली तथा भजन समूहहरु रामघाट, रामबजार र दुईपिप्ले बाट साईरामहरुको सहभागिता रहेको थियो। साईराम।

ॐ श्री साईराम।श्री सत्य साई भजन समूह, रामबजारले आज पोखराको सार्वजनीक स्थल चिप्लेढुङ्गामा १८५० जनालाई  निशुल्क दहिमोही तथ...
29/08/2024

ॐ श्री साईराम।श्री सत्य साई भजन समूह, रामबजारले आज पोखराको सार्वजनीक स्थल चिप्लेढुङ्गामा १८५० जनालाई निशुल्क दहिमोही तथा पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

ॐ श्री साईराम। यस श्री सत्य साई प्रदेश समिति ४ अन्तर्गत कृष्ण जन्माष्टमीको विशेष अवसरमा श्री सत्य साई केन्द्र नदिपुर, श्...
27/08/2024

ॐ श्री साईराम। यस श्री सत्य साई प्रदेश समिति ४ अन्तर्गत कृष्ण जन्माष्टमीको विशेष अवसरमा श्री सत्य साई केन्द्र नदिपुर, श्री सत्य साई केन्द्र सेतीगंगामा १२ घंटा (बेलुका ६-बिहान ६) र श्री सत्य साई केन्द्र रामबजार, श्री सत्य साई केन्द्र , बेशीसहर मा ६ घंटा (बेलुका ६- रात्री १२) अखण्ड भजन सम्पन्न भयो भने श्री सत्य साई स्याङ्जा, वालिङ, सिमलचौर, दमौली, बाग्लुङ, भलाम र रामघाटमा विशेष भजन भएको थियो ।

ॐ श्री साईराम। आज श्री सत्य साई केन्द्र, वालिङले श्री सत्य साई प्रदेश समिति ४ का अध्यक्ष श्री रंगनाथ रेग्मी ज्यु तथा उपा...
13/08/2024

ॐ श्री साईराम। आज श्री सत्य साई केन्द्र, वालिङले श्री सत्य साई प्रदेश समिति ४ का अध्यक्ष श्री रंगनाथ रेग्मी ज्यु तथा उपाध्यक्ष श्री शम्भु कार्कीको उपस्थितिमा केन्द्रको नव भवन निर्माणको लागि जग्गा खरिद गरेको छ जुन पुरानो भवनको लगभग ५०० मिटर हाराहारीमा अवस्थित रहेको छ।साईराम।

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई भजन समूह रामबजारको आतिथ्यमा प्रत्येक श्रावणको सोमबार सामुदा...
12/08/2024

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई भजन समूह रामबजारको आतिथ्यमा प्रत्येक श्रावणको सोमबार सामुदायिक भजन तथा सार्वजनिक सभा आयोजना गर्दै आएकोमा आज श्रावणको अन्तिम सोमबार अर्थात् २८ गते रामबजार स्थित लक्ष्मी मन्दिर र तुलसीघाट, रानीपौवा स्थित शिव मन्दिरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । रामबजार स्थित लक्ष्मी मन्दिरमा ४ वटा केन्द्र / भजन समूहबाट ६६ जना साईरामहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सत्यदीप, गोजीपात्रो र स्टीकर वितरण गरिएको थियो भने प्रवचन प्रदेश ४ का अध्यात्मिक संयोजक आदरणीय श्री ध्रुव थापा साईरामबाट भएको थियो।साईराम।

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई भजन समूह रामबजारको आतिथ्यमा प्रत्येक श्रावणको सोमबार सामुदा...
12/08/2024

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई भजन समूह रामबजारको आतिथ्यमा प्रत्येक श्रावणको सोमबार सामुदायिक भजन तथा सार्वजनिक सभा आयोजना गर्दै आएकोमा आज श्रावणको अन्तिम सोमबार अर्थात् २८ गते तुलसीघाट, रानीपौवा स्थित शिव मन्दिरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो जसमा ५ वटा केन्द्र / भजन समूहबाट ९१ जना साईरामहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सत्यदीप, गोजीपात्रो र स्टीकर वितरण गरिएको थियो भने प्रवचन आदरणीय श्री राजेन्द्र कायस्थ साईरामबाट भएको थियो।साईराम।

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई भजन समूह रामबजारको आतिथ्यमा प्रत्येक श्रावणको सोमबार सामुदा...
05/08/2024

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई भजन समूह रामबजारको आतिथ्यमा प्रत्येक श्रावणको सोमबार सामुदायिक भजन तथा सार्वजनिक सभा आयोजना गर्दै आएकोमा आज तेस्रो सोमबार अर्थात् २१ गते रामबजार स्थित कालिका मन्दिरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो जसमा ८६ जना साईरामहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सत्यदीप, गोजीपात्रो र स्टीकर वितरण गरिएको थियो भने प्रवचन श्री लक्षिन्द्र भट्टचन साईरामबाट भएको थियो।साईराम।

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई केन्द्र, सेतिगंगाले आज श्रावण १९ गते सामुदायिक भजन तथा सार्...
03/08/2024

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई केन्द्र, सेतिगंगाले आज श्रावण १९ गते सामुदायिक भजन तथा सार्वजनिक सभा आयोजना गरेको छ जसमा ९ वटा केन्द्रहरुबाट १२६ जना साईरामहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्रवचन आदरणिय गुरु मोहन केसी साईरामबाट भएको थियो।साईराम।

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई भजन समूह रामबजारको आतिथ्यमा प्रत्येक श्रावणको सोमबार सामुदा...
29/07/2024

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश ४ अन्तर्गत श्री सत्य साई भजन समूह रामबजारको आतिथ्यमा प्रत्येक श्रावणको सोमबार सामुदायिक भजन तथा सार्वजनिक सभा आयोजना गर्दै आएकोमा आज दोस्रो सोमबार रामबजार स्थित राम मन्दिरमा उक्त कार्यक्रम सम्पन्न भएको थियो जसमा ९२ जना साईरामहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा ६० वटा सत्यदीप, ६० वटा गोजीपात्रो र ६० वटा स्टीकर वितरण गरिएको थियो भने प्रवचन आदरणिय गुरु मोहन केसी साईरामबाट भएको थियो।साईराम।

ॐ श्री साईराम। आज श्रावण १२ गते श्री सत्य साई प्रदेश समिति ४ को प्रादेशिक बैठक श्री सत्य साई केन्द्र, दमौलीको आयोजनामा स...
27/07/2024

ॐ श्री साईराम। आज श्रावण १२ गते श्री सत्य साई प्रदेश समिति ४ को प्रादेशिक बैठक श्री सत्य साई केन्द्र, दमौलीको आयोजनामा सम्पन्न भएको छ। उक्त बैठकमा १५ वटा केन्द्र तथा भजन समूहहरुबाट ८४ जना साईरामहरुको उपस्थिति रहेको थियो।साईराम।

ॐ श्री साईराम। श्री सत्य साई केन्द्र, सिमलचौरले आज लेकसाईड स्थित केदारेश्वर मन्दिरको गौशालामा गौमाता लाई खाद्यन्न सेवा ग...
23/07/2024

ॐ श्री साईराम। श्री सत्य साई केन्द्र, सिमलचौरले आज लेकसाईड स्थित केदारेश्वर मन्दिरको गौशालामा गौमाता लाई खाद्यन्न सेवा गरेको छ। उक्त सेवाबाट १५ वटा गौमाता तथा बाच्छा लाभान्वित भएका छन्| साईराम।

ॐ श्री साईराम। श्री सत्य साई केन्द्र सेती गंगाबाट आज श्रावण ८ गते पोखरा छिन्डाडाँस्थित गलेश्वर मन्दिर सेरोफेरोमा वृक्षार...
23/07/2024

ॐ श्री साईराम। श्री सत्य साई केन्द्र सेती गंगाबाट आज श्रावण ८ गते पोखरा छिन्डाडाँस्थित गलेश्वर मन्दिर सेरोफेरोमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।साईराम।

ॐ श्री साईराम। श्री सत्य साई भजन समूह रामबजारले प्रत्येक श्रावणको सोमबार सामुदायिक भजन तथा सार्वजनिक सभा आयोजना गर्दै आए...
22/07/2024

ॐ श्री साईराम। श्री सत्य साई भजन समूह रामबजारले प्रत्येक श्रावणको सोमबार सामुदायिक भजन तथा सार्वजनिक सभा आयोजना गर्दै आएकोमा आज पहिलो सोमबार रामबजार स्थित कृष्ण मन्दिरमा उक्त कार्यक्रम सम्पन्न भयो। साईराम।

ॐ श्री साईराम। श्री सत्य साई भजन समूह रामबजारको १५ औँ वार्षिकोत्सव कार्यक्रम हिजो श्रावण ६ गते गुरुपूर्णिमाको शुभ अवसरमा...
22/07/2024

ॐ श्री साईराम। श्री सत्य साई भजन समूह रामबजारको १५ औँ वार्षिकोत्सव कार्यक्रम हिजो श्रावण ६ गते गुरुपूर्णिमाको शुभ अवसरमा सम्पन्न भएको थियो।साईराम।

ॐ श्री साईराम।गुरुपूर्णिमाको सुअवसरमा रामबजार भजन समूहद्वारा आयोजित वार्षिकोत्सव तथा गुरुपूर्णिमा को विशेष कार्यक्रममा  ...
22/07/2024

ॐ श्री साईराम।गुरुपूर्णिमाको सुअवसरमा रामबजार भजन समूहद्वारा आयोजित वार्षिकोत्सव तथा गुरुपूर्णिमा को विशेष कार्यक्रममा श्री सत्य साई प्रदेश समिति ४ बाट राष्ट्रीय शिक्षा संयोजक आदरणीय श्री राजेन्द्र कायस्थ साईराम ज्युलाई सम्मानित गरिरहदाँ लिइएको तस्बिरहरु।

ॐ श्री साईराम।श्री सत्य साई भजन समूह, रामघाटको  भवनको लागि शिलन्यास कार्यक्रम आज २०८१/०४/०४ गते बिहान ८ बजे श्री सत्य सा...
19/07/2024

ॐ श्री साईराम।श्री सत्य साई भजन समूह, रामघाटको भवनको लागि शिलन्यास कार्यक्रम आज २०८१/०४/०४ गते बिहान ८ बजे श्री सत्य साई राष्ट्रीय परिषद् नेपालका शिक्षा संयोजक, राजेन्द्र कायस्थ तथा प्रदेश समिति ४का अध्यक्ष, रंगनाथ रेग्मी साईरामको उपस्थितिमा सम्पन्न भयो।उक्त भवन बालविकास कक्षा तथा पुस्तकालय साथै अध्ययन चक्रको लागि लक्षित गरिएर बनाईएको हो भने नियमित भजन भने पहिल्यैको ठाउँमा हुनेछ। साईराम।

ॐ श्री साईराम।श्री सत्य साई केन्द्र, सेती गंगाले हरिशयनी एकादशीको दिनमा पोखराको सार्वजनीक स्थल पृथ्वीचोकमा निशुल्क मोही ...
19/07/2024

ॐ श्री साईराम।श्री सत्य साई केन्द्र, सेती गंगाले हरिशयनी एकादशीको दिनमा पोखराको सार्वजनीक स्थल पृथ्वीचोकमा निशुल्क मोही तथा पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ।

13/06/2024
ॐ श्री साईराम । श्री सत्य साई सेवा सङ्गठन नेपाल अन्तर्गत   श्री सत्य साई प्रदेश समिति ४ ले श्री सत्य साई केन्द्र, स्याङ्...
09/06/2024

ॐ श्री साईराम । श्री सत्य साई सेवा सङ्गठन नेपाल अन्तर्गत श्री सत्य साई प्रदेश समिति ४ ले श्री सत्य साई केन्द्र, स्याङ्जाको आतिथ्यमा " प्रदेश स्तरीय सृजनात्मक बाल कार्यक्रम" यही ज्येष्ठ २५ र २६ गते सम्पन्न गरेको छ जसमा १५ वटा केन्द्र तथा भजन समूहहरुबाट ४२२ जना साईरामहरुको उपस्थिति रहेको थियो।साईराम।

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश समिति ४ ले श्री सत्य साई केन्द्र, भलामको आतिथ्यमा प्रादेशिक बैठक हिजो जेठ ५ गते सम्प...
19/05/2024

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश समिति ४ ले श्री सत्य साई केन्द्र, भलामको आतिथ्यमा प्रादेशिक बैठक हिजो जेठ ५ गते सम्पन्न गरेको छ जसमा १५ वटा केन्द्रहरुबाट साईरामहरुको उपस्थिति थियो। साईराम।

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश समिति ४ द्वारा श्री सत्य साई केन्द्र, बाग्लुङका ११ जना बालविकासका विद्यार्थीहरुलाई स...
23/04/2024

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश समिति ४ द्वारा श्री सत्य साई केन्द्र, बाग्लुङका ११ जना बालविकासका विद्यार्थीहरुलाई साई पोसाक वितरणको क्रममा लिइएका तस्बिरहरु।

ॐ श्री साईराम। श्री सत्य साई केन्द्र, आँबुखैरेनीमा श्री सत्य साई राष्ट्रीय परिषद् नेपालका शिक्षा संयोजक श्री राजेन्द्र क...
03/04/2024

ॐ श्री साईराम। श्री सत्य साई केन्द्र, आँबुखैरेनीमा श्री सत्य साई राष्ट्रीय परिषद् नेपालका शिक्षा संयोजक श्री राजेन्द्र कायस्थ, श्री सत्य साई प्रदेश समिति ४ का अध्यक्ष श्री रंगनाथ रेग्मी लगायत अन्य प्रदेश पदाधिकारीहरुको उपस्थितिमा निरिक्षणको क्रममा लिइएको तस्बिर।

ॐ श्री साईरामश्री सत्य साई सेवा सङ्गठन नेपालले भगवान् श्री सत्य साई बाबाको १००औँ जन्मोत्सवका अवसरमा सन् २०२४ र २०२५ भरि ...
26/03/2024

ॐ श्री साईराम
श्री सत्य साई सेवा सङ्गठन नेपालले भगवान् श्री सत्य साई बाबाको १००औँ जन्मोत्सवका अवसरमा सन् २०२४ र २०२५ भरि शताब्दी कार्यक्रम गर्दै छ ।
श्री सत्य साई प्रदेश नं ४( गण्डकी प्रदेश)ले आध्यात्मिक फाँटमा मिति २०८०-१२-१० गते शनिबारको दिन पोखराको गुप्तेश्वर महादेव गुफा परिसरमा सामुदायिक वेद वाचन, भजन तथा सार्वजनिक सभा सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुमा ३ पटक ॐकार, ३ पटक ब्रह्मा गायत्री सँगसँगै दिपप्रज्वलन र पुष्प गुच्छा अर्पणबाट सुरु भएको थियो। दिपप्रज्वलन लक्ष्मण बाँस्ताेला गुप्तेश्वर महादेव गुफाका अध्यक्षबाट भएको थियो र उहाँले आफ्नो मन्तव्य पनि राख्नुभएको थियो। त्यसपछी ४५ मिनटको वेद पाठन, भजन गरेको थियो। श्री सत्य साई केन्द्र नदिपुरको आध्यात्मिक संयोजक श्री अरुण क्षेत्री साईरामबाट वेदको महत्त्वको र भगवान बाबाको सन्देशमाथी उहाँले प्रकाश पार्नुभएको थियो। कार्यक्रमको अन्त्यमा प्रदेश आध्यात्मिक संयोजक श्री धुर्व बहादुर थापावाट धन्यबाद ज्ञापन र आरतिबाट कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमा १३५ भन्दा बढी साईरामहरुको उपस्थिति थियो।

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश समिति ४ को आयोजना र श्री सत्य साई केन्द्र वालिङको आतिथ्यमा २०८० चैत्र ३ गते साधना शि...
17/03/2024

ॐ श्री साईराम। श्री सत्य साई प्रदेश समिति ४ को आयोजना र श्री सत्य साई केन्द्र वालिङको आतिथ्यमा २०८० चैत्र ३ गते साधना शिविर सम्पन्न भएको थियो। विहानको सुरुवात ॐकार, सुप्रभातम, नगरसङ्कीर्तन गरि नगरपरिक्रमा गरिएको थियो। तीन पटक ॐकार र ब्रह्मगायत्री वाचन गरी सुरु भएको कार्यक्रममा वालिङ नगर उपप्रमुख श्री कविता तिवारी गैह्रेले वेदपाठबीच दीप प्रज्वलन गर्नुभएको थियो । त्यस लगत्तै गणेश र गुरु भजन पछि वालिङ नगर उपप्रमुख श्री कविता तिवारी गैह्रे, वालिङ वडा नं ८ अध्यक्ष दामोदर तिवारी, वालिङ उद्योग वाणिज्य संघ अध्यक्ष चेतनारायण श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघ उपाध्यक्ष अनुपमा तिवारी, वालिङ केन्द्रका अध्यात्मिक संयोजक खगेन्द्र अर्याल , प्रदेश ४ अध्यक्ष श्री रंगनाथ रेग्मी, प्रदेश ४ उपाध्यक्ष शम्भु कार्कीले मन्तव्य व्यक्त गर्नुभयो भने ९ वटा विद्यालयहरुबाट आउनु भएका प्रध्यापकहरुले पनि आआफ्ना मन्तव्य दिनुभयो।
"साई संगठनमा साधनाका विधिहरु र साई संगठन" विषयी उक्त साधना शिविर कार्यक्रमको जानकारी राष्ट्रीय शिक्षा संयोजक श्री राजेन्द्र कायस्थ साईरामले गर्नुभएको थियो। तत्पश्चात् दिव्यताको पहिचान, साई साधना अन्तर्गत संकिर्तन (सामूहिक भजन), वेद, सेवा, शिक्षा, युवा, महिलाको भुमिका विषयहरुमा सम्बन्धित फाँटका संयोजकहरुले आआफ्ना प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा वालिङ केन्द्रका बालविकासका विद्यार्थीहरुबाट नृत्यपनि प्रस्तुत भएको थियो र अन्त्यमा वालिङ केन्द्रकी अध्यक्ष श्री माया गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा सत्य साई केन्द्र / भजन समुह वालिङ, स्याङ्जा, बयरघारी, नदिपुर, दमौली, रामघाट, रामबजार, सेतीगंगाबाट साईरामहरु र ९ वटा विद्यालयका प्राध्यापक र प्रतिनिधि गरि २३५ जनाको उपस्थिति थियो ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Sai Uapavan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sai Uapavan:

Videos

Share

Category



You may also like