22/06/2023
त्यो बेला दिन कठिन थियो । एसएलसि सकिने बित्तिकै के पढ्ने भन्ने सबैको चासोको बिषय पनि थियो । पैसा हुनेहरु साइन्स, ब्रिज कोर्ष के के के के ?
म सानैमा बुबाको अभाव पछि काकाहरुले थेगिराख्नुभएको दिन थियो । आर्थिक भार उहाँहरुकैमा । यसो त आफ्नो छोरीहरुलाई पनि पढाउनुपर्ने ति समयमा मलाई साइन्स पढ्ने त कल्पना मात्र ।
एक हुल बथानहरु “कमर्स पढ्ने, कमर्स पढ्ने” भनेपछि आफु मात्र एकोहोरो यता न उता हुने कुरा भएन । तर वास्तवमा कमर्स लहै लहैमा लागेर पढ्नु परो । त्यो पढेर के हुन्छ भनि सोध्दा “ब्यांकमा जागिर खान पाइन्छ । प्रल्हाद दाईले नबिलमा बिस हजार खान्छ रे” । यस्तै सुनेर त पढियो ।
कुरा यहाँनेर मात्र हैन । कमर्समा ४ वटा बिषयहरुमा २ बिषय छान्नुपर्ने थियो । मार्केटिङ, बुम(बिजनेश अर्गनाइजेशन अफिस म्यानेजमेन्ट), कम्प्युटर साइन्स, बिजनेश म्याथ ।
मार्केटिङ शब्द सुनेरै म पहिल्यै तर्किसकेको थिए । किनभने एसएलसि पछि काम खोज्ने क्रममा एउटा कम्पनीले हर्बल प्रडक्ट बेच्न १५ दिन जति सल्यान, लमजुङ, दाङको घोराही, तुलसीपुर कता कता घुमाएर अफिसमा तलब थाप्ने दिन रु.२५० दिएको थियो । तर त्यो समय उहाँहरु ठिकै हुनुहुन्थ्यो रहेछ । १५ दिन खाएको, बसेको सबै घटाएर उप्रेको जम्मा रु.२५० रहेछ ।
ओहो २५० मै अल्झेछु । सरी है ।
अनि यता बुम भन्ने शब्द सुनेरै खाँसमा लिन मन नलागेको ।
म्याथमा मेरो सबैभन्दा बढि एसएलसिमा आएकोले यो बिषय लिए यता पनि खत्रै हानिन्छ भन्ने सुरले त्यो बिषय लिए ।
अनि महत्वपुर्ण कुरा, कम्प्युटर साइन्स चाहि मेरो मन पर्ने बिषय भन्दा नि कलेजमा कम्प्युटर चलाउन पाइन्छ । साइबरको पैसा अलिकति भए नि जोगिन्छ भनेर त्यो बिषय लिए ।
कमर्सको बिषयमा अरु के के पढे मलाई अहिले कति पनि मेसो छैन । ब्याङ्क एकाउण्ट डेबिट, क्याश एकाउण्ट क्रेडिट भनेर अलिअलि घोकेर पास गरेको हो मैले । कम्प्युटर साइन्समा पनि उधुम केहि सिकिन । तर ३० मिनेट जति कम्प्युटरमा वर्ड, एक्सेल, पावरपोइन्ट अति बेसिक कुराहरु सिके ।
त्यो २ बर्ष मैले एउटै कुरा उपलब्धी गरेको भनेको नेपाली टाइपिङ हो । मलाई थाहा थिएन टाइपशालाबाट नेपाली टाइप अभ्यास गर्न सकिन्छ भन्ने । तर मैले चाहि फरक तरिकाले गरे । अहिले त्यो तरिका मैले प्रत्यक्ष २० भन्दा बढिलाई सिकाए ।
म सामाखुशी नेर एक जना काकाको कोठामा बस्थे । हुनलाई काकाहरु २, ३ जना हुनुहुन्थ्यो । घरि जोरपाटी, घरी बुढानिलकण्ठ, घरी धापासी गरिबस्थे । बढि त म बुढानिलकण्ठ जोरपाटी बस्थे ।
सामाखुशी हुदै बिहानै ५ बज्ने साथ कलेज साइकल पेलेर जान्थे । पेल्नु अघि क, ख रट्नु थियो । क भनेको एस, ख भनेको भि, ग भनेको यू । क देखि च सम्म साइकलमा रट्दै बसुन्धरा हुदै चक्रपथ सम्म पुगे । रोके एकैछिन् । लामो सास फेरे । अनि दोहो¥याउथे । छ देखि थ सम्म फेरी घोक्थे । अनि सुरु भयो साइकल पेल्न । बासबारी हुदै गल्फुटारको दोबाटोसम्म त्यो कण्ठ पारिसक्थे । गल्फुटार हुदै गणेशचोक पुग्दा ज्ञ सम्म सकियो ।
६ बज्न अझै १० मिनेट बाँकी रहेछ । हत न पत कपि निकालेर फेरी क देखि ज्ञ सम्म लेखे । क भनेको एस, ख भनेको भि, ग भनेको यू... । कनि कनि लेखि सक्थे ।
चौथो घण्टीको पर्खाई साह्रै पर्ने । घण्टी लाग्नासाथ हत न पत अघि अघि कुद्यो । क्लास पस्यो । सिआरटी मनिटरको अघि बसेर कम्प्युटर कब्जा गरे । वर्ड खोले । प्रिति फन्ट छाने । १६ साइज मा मिलाए । अनि त किबोर्डमा स्पेशलाई घचेट्दै क, ख, ग, घ । मज्जाले लेखि सके । ज्यान हलुको भयो । खुशीले गालाहरु तन्के । उमंगले नाँचु नाँचु भयो ।
अहिले सम्झिदा नाथे टाइपिङ गर्दा यत्रो हुनुपर्ने भन्ने लागेपनि त्यो समयमा मेरो लागि त्यो साह्रै ठुलो कुरा थियो ।
मसंग कम्प्युटर थिएन । किन्नको लागि त सम्भावनाको कुनै अंकुरण समेत पैदा भएको थिएन । किनभने साइबर जानको लागि पनि घण्टाको रु.२० जोहो गर्न अप्ठ्यारो थियो । त्यसकारण मैले एउटा टाइपिङको लागि सकसपुर्ण तरिकाले त्यो कण्ठे अभियान सुरु गर्नु प¥यो ।
आजको दिन त्यो अवस्था छैन । प्रायः हामी सबैसंग विभिन्न श्रोतहरु छ । भनेजस्तो मोबाइल छ । ल्याप्टप छ । साइबरे यूग सकियो । इन्टरनेट भने जति छ । त्यसकारण त्यसको सहि सदुपयोग गरौँ । अनलाइनमा शीप सिकौँ ।
एफिलेट सिक्नुस् । कन्टेन्ट क्रियशन आइडिया सिक्नुस् । फेसबुक एड् स्ट्रोटेजी सिक्नुस् । फ्रिल्यान्सरको शीपहरु सिक्नुस् ।
यो ग्रुपमा केहि न केहि आइडियाहरु मिलिरहने छ ।
हामी एउटा VIP ग्रुप पनि निर्माण गर्दैछौँ । जो निर्ममताका साथ यो क्षेत्रमा लाग्न चाहानुहुन्छ, Please Comment "VIP" ।
उहाँहरुको लागि एउटा फरक ग्रुप हामी निर्माण गर्नेछौँ ।
जसको म्यासेज गर्न सक्नुहुनेछ ।
अनि कमेन्टमा भन्नुस् न अहिले तपाई के गर्दै हुनुहुन्छ ? पढ्दै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ कि । म हेर्न आतुर छु हैँ ।