samacharbiz

samacharbiz News site

30/12/2024

२० औ लेखनाथ महोत्सव २०८१ को कलाकार तर्फ जानकारी

29/12/2024

177 dead, 2 missing, 2 rescued in deadly plane crash in South Korea
passenger jet carrying 181 people belly-landed and exploded at an airport in South Korea's southwestern county of Muan on Sunday, leaving 177 people dead and two others missing, authorities said. Two crew members survived.

It marked yet another deadliest aviation disaster in the country's history, and the worst involving a local airline since the deadly 1997 Korean Air plane crash in Guam that killed 225.

The accident happened at around 9 a.m. when the Jeju Air plane, carrying 175 passengers and six crew members, veered off the runway while landing at Muan International Airport in the Muan county, South Jeolla Province, about 288 kilometres southwest of Seoul.

The plane skidded along the ground without its landing gear deployed, crashing into a concrete wall before bursting into flames with a deafening explosion.

लेखनाथ महोत्सव को तैयारी
29/12/2024

लेखनाथ महोत्सव को तैयारी

आदर्श युवा क्लबको रक्तदानमा ४५ युनिट रगत सङ्कलनपोखरा ।  आदर्श युवा क्लब पोखरा २९ भण्डारढीकले रक्तदान कार्यक्रम आयोजना गर...
29/11/2024

आदर्श युवा क्लबको रक्तदानमा ४५ युनिट रगत सङ्कलन

पोखरा । आदर्श युवा क्लब पोखरा २९ भण्डारढीकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत सङ्कलन भएको कार्यक्रम संयोजक उद्धव गिरीले जानकारी दिए ।
विकास अनुशासन गतिशीलता भन्ने मूल नाराका साथ स्थापित आदर्श युवा क्लब २७ औँ क्लबको २७ औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । यस्ता कार्यक्रममा आफ्नो सदैव साथ रहने उनको भनाइ थियो ।
क्लबका अध्यक्ष पदम गुरुङले संस्थाको वार्षिक कार्यक्रमअनुसार रक्तदान कार्यक्रम गरिएको बताए । उनले यहीं मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने २५ औ आदर्श कप २०८१ मा वडाबासीलाई आफ्नो ठाउँबाट सक्ने सहयोग गर्न अपिल समेत गरे ।

लक्ष्मी आदर्श वहुमुखी क्याम्पसकाे २० आै वार्षिक साधारण सभाका झलकहरु
06/11/2024

लक्ष्मी आदर्श वहुमुखी क्याम्पसकाे २० आै वार्षिक साधारण सभाका झलकहरु

06/11/2024

गण्डकी प्रदेशका भाैतीक पुर्वाधार युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मानसमाचार बिजकार्तिक १६ पोखरा । नेपालीहरूको महान चाड तिहारका ...
02/11/2024

भरतपोखरीमा देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान
समाचार बिज
कार्तिक १६ पोखरा । नेपालीहरूको महान चाड तिहारका अवसरमा भरतपोखरी विकास मञ्चको आयोजनामा पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानमा खुल्ला देउसीभैलो, एकल नृत्य प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

तिहारका अवसरमा परापूर्व कालदेखि मौलिक संस्कृतिमा आधारित देउसीभैलोको मौलिकतालाई जीवन्त राख्ने उद्देश्यका साथ सातौं संस्करणको प्रतियोगिताको आयोजना गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

प्रतियोगितामा अन्तर्गत देउसीभैलोमा सरस्वती सिस्ने महिला समूह प्रथम, सरस्वती टीका माध्यमिक विद्यालय द्वित्तीय, नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी उपशाखा तृतीय र शिशुकल्याण माध्यमिक विद्यालय खल्याण गण्डकीबेसीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विजयी हुने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी तथा भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले संयुक्त रुपमा पुरस्कृत गरेका थिए ।

एकल नृत्यतर्फ स्वतिका आचार्य प्रथम, शिरिषा मल्ल ठकुरी द्वितीय, बिपासा बिक तृतीय र सुनिता अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन । बिजयी हुनेलाई क्रमशः सात हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा देउसीभैलो तर्फ ११ समूह तथा एकल नृत्यतर्फ १४ जनाको सहभागीता रहेको थियो।

कार्यक्रमकै अवसरमा नेपाली मौलिक कला सहित्य संगित र अभिनयका लगायतका क्षेत्रमा संलग्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जस अन्तर्गत गण्डकी साहित्य संगमका अध्यक्ष साहित्यकार भिम रानाभाटलाई साहित्यिक क्षेत्रमा, सनिशा भट्टराईलाई अभिनयका क्षेत्रमा, चेस खेलाडी पुजा भण्डारीलाई राष्ट्रिय एवम् अन्तराष्ट्रिय चेस खेलाडीका रुपमा र युवा कलाकार सुरेश मल्ल ठकुरी (टुकी) लाई गायन एवम् सांगीतिक क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानपत्र, मायाको चिनो तथा दोसल्ला सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक दोहरी गायक तुलसा क्षेत्री, रामजी पौडेल, शिबहरि ढुङ्गाना, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सदस्य रामप्रसाद ढकाल र रमा गौतमका विभिन्न सांगीतिक प्रस्तुति रहेको कार्यक्रम संयोजक चेतबहादुर महतले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै वडाअध्यक्ष रामचन्द्र अधिकारीले भरतपोखरी विकास मञ्चले सामाजिक तथा मानवीय सेवाका साथै मौलिक कला, संस्कृति र साहित्यिक विकासमा योगदान गर्ने स्रस्टाहरुको सम्मानका लागि खेलेको भुमिका प्रति खुलेर प्रशंसा गर्नुुभयो । उनले सिङ्गो वडाको बिकासका लागि सहकार्य र साझेदारीमा सहयोग गर्न आह्वान समेत गरे ।

मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक चेतबहादुर महत र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सदस्य रामप्रसाद ढकालले गरेका थिए भने स्वागत कार्य समिति सदस्य बिजया भण्डारीले गरेका थिए ।

कार्यक्रममा सहयोगदाताहरूको तर्फबाट टुल्कनाथ आचार्य, संस्थाका सल्लाहकारहरु मध्येबाट केशरप्रसाद निर्दोषीले बोलेका थिए । उक्त अवसरमा सचेतनामुलक लागुऔषध दुव्यर्सनी नियन्त्रण एवम् डेङ्गुु रोग नियन्त्रण विषय सचेतना गराइएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ कार्यालय, सामाजिक संघ संस्था, सहयोगदाता तथा विभिन्न सहयोगी व्यक्तित्वबाट उक्त रकम संकलन गरि खर्च ब्यबस्थापन गरिएको संस्थाका कोषाध्यक्ष गोविन्द गौतमले जानकारी दिए ।

संस्थाले पोखराका ग्रामीण क्षेत्रलाई केन्द्रित गरि छिट्टै ऐम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने गरि खाता समेत सञ्चालनमा ल्याएको छ भने शिक्षा, स्वास्थ सेवा, वातावरणर पर्यटनको क्षेत्रमा संस्थाले कार्य गदैँ आईरहेको छ ।

कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्था, युवा क्लब विद्यालय, बैंक तथा बित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता रहेको संस्थाका महासचिव गणेश ढकालले जानकारी दिए । कार्यक्रमममा सहयोगी संघ संस्थालाई मायाको चिनोका साथै दोसल्लाले समेत सम्मान गरिएको थियो । रासस

https://samacharbiz.com/archives/4945
02/11/2024

https://samacharbiz.com/archives/4945

पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर.....

30/10/2024

२ वर्ष सम्म सीप सिकेर महिलाले खाेलीन् व्युटी पार्लर, स्थानीयहरु दङ्ग

28/10/2024

धनतेरस र तिहारकाे अवसरमा विशेष छुटमा सम्पुर्ण सामानहरु
गुड गाईज ट्रेडर्समा
पाेखरा २७ तालचाेक, 9856061630

https://samacharbiz.com/archives/4920
18/10/2024

https://samacharbiz.com/archives/4920

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई अन्तर्राष्ट्रिय ट्रेड युनियनममा दोस्रो पटक निर्वाचित भएका ....

https://samacharbiz.com/archives/4923
18/10/2024

https://samacharbiz.com/archives/4923

अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। मन्त्रालयले ...

https://samacharbiz.com/archives/4926
18/10/2024

https://samacharbiz.com/archives/4926

आईसीसी लिग- टू खेल्न लेग स्पिनर सन्दीप लामिछाने शुक्रबार राति अमेरिका जाने भएका छन्। टी-२० विश्वकप क्रिकेट खेल्न ....

13/10/2024

पितृ उदार स्वराट ज्ञान महायज्ञ २०८१
सिदि गणेश तिर्थस्थल चितवन नेपाल
संक्लपकर्ता श्री दामोदर बाबा

महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियालाईकाठमाडौं । फिफा महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । आइतबार ...
23/09/2024

महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियालाई
काठमाडौं । फिफा महिला यू–२० विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ । आइतबार राति भएको फाइनलमा जापानविरुद्ध १–० को जित निकाल्दै उत्तर कोरियाले तेस्रोपटक यू–२० विश्वकपको उपाधि चुमेको हो ।

कोलम्बियामा भएको प्रतियोगिताको फाइनलमा उत्तर कोरियाकी फरवार्ड चोइ सनले निर्णायक गोल गरिन् । फाइनलको गोलसँगै सन कुल ६ गोलसहित प्रतियोगिताकै उच्च गोलकर्ता समेत बनिन् ।
यसअघि गत मार्चमा भएको एएफसी यू–२० एसियन कपको फाइनलमा पनि उत्तर कोरियाले जापानलाई नै फाइनलमा हराएर उपाधि जितेको थियो । युवा विश्वकपमा उत्तर कोरियाले शतप्रतिशत जितसहित उपाधि उचालेको हो ।

यू–२० विश्वकपको इतिहासमा उत्तर कोरियासँगै अमेरिका र जर्मनीले समान तीनपटक उपाधि जितेका छन् । फाइनलअघि अन्तिम–४ को खेलमा उत्तर कोरियाले चिर–प्रतिद्वन्द्वी अमेरिकालाई १–० ले नै हराएको थियो ।

https://samacharbiz.com/archives/4865
23/09/2024

https://samacharbiz.com/archives/4865

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबको टोली ...

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when samacharbiz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to samacharbiz:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share