‘सकिन्छ गीत–संगीत र कलाकारलाई माया र सम्मान गरौं यदि सकिदैन त अपमान नगरौं ।’
गीत–संगीत अस्ताउँन लागेको वैंश अनि शहरको गल्लीहरुमा छिल्लिने वेस्या पनि होइन केवल गीत–संगीत र यीनका सर्जक सुमधुर स्वरको धनीहरु हाम्रै डाडाँपाखा, भन्ज्याङ चौतारी लेकवेशीमा लुकामारी खेल्ने मायालु साथी हो ।
आखिर लालीगुराँस कुन शहरमा फुलेको हुन्छ र ? लालीगुराँस त भीरपाखा लेकवेशीमा फुलेको हुँदो रैछ । जस्तै यी सुमधुर स्वरका कल
ाकारहरु सबै सबै मोफसलबाट नै उदाएका एक चम्किलो ताराहरु हुन् । यीनै ताराहरु लाखौं ताराहरुमाँझ चम्किरहेका छन् । सांगीतिक इतिहासमा संघर्ष गरिरहेका छन् । चाहे किनबेच हुने निष्ठूरी राजधानी शहर होस चाहे लालीगुराँस फुल्ने तीनै गाउँवस्तीबाट ......
उपहार, सम्मान, पुरस्कार चाहे सानो होस या सस्तो होस दिनेले स्वच्छ मन, इज्वत, इमान र प्रतिष्ठाको लागि दिएका हुन्छन् । त्यो भन्दा बढि लिने व्यक्तिले सम्मानकासाथ लिनु र स्वीकार्न सक्नुपर्दछ ।
नमस्कार आफ्नो सूचना आफ्नोपन, समाज रुपान्तरणको अभियान सुदूर पूर्व पाँचथरको एकमात्र र पहिलो सामुदायीक रेडियो सुम्हा?लुङ एफ.एम. १०४.२ मेगाहर्जको तरङ्ग मार्फत हरेक हप्ताको बिहीबार बिहान ८ः१५ बाट ९ बजेसम्म नेपाली चलचित्र बलिउड, हलिउड कलिउड र नेपाली गीत–संगीतको अनुपम संगम सर्वाधिक श्रोताहरुले मन पराएको लोकप्रिय कार्यक्रम कला संसारमा म भगिराज राई र टार्जन राईको सुभप्रभात, नमस्कार !
विगत वर्षदेखि कला संसार अवार्ड बाड्ने र उत्कृष्ट गीत–संगीत मोफसलका कलाकारहरुको लागि हौसला संगै २०७१ मा पनि कला संसार कार्यक्रममा छनौंटमा परेका उत्कृष्ट कलाकारहरुको उत्कृष्ट १० गीतहरु छनौटमा परेका छन् । यस गीतहरुलाई फोन, पत्र र फेसबुक लाईक पेजमा तपाइहरुले दिएको मतले छनौट भएका १० गीत र १० कलाकार हरुलाई नयाँ वर्ष २०७२ बैशाख १ गते फिदिमको खुला मञ्चमा अन्य ख्यातीप्राप्त कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम सहित सुम्हा?लुङ एफ.एम.कला संसार अवार्ड वितरण गरिने हुँदा सम्पूर्ण रेडियोप्रेमी हरुले आफूले मन पराएको गायक–गायीकाको गीतलाई मत गर्न र रेडियो सुन्न नभुल्नुहोला भन्न चाहन्छौं ।
top song
को झलक
च्वाइस अफ् द सेलिव्रेटी
स्रोता लिङ्क भोटिङ
कला संसार कार्यक्रमको सेग्मेन्ट
पहिलो सेग्मेन्ट– न्यू रिलिज
दोस्रो सेग्मेन्ट– आजको आर्टिस्ट
तेस्रो सेग्मेन्ट– फिल्म रिपोर्ट
लास्ट सेग्मेन्ट– फिल्म रिलिज
धन्यबाद ।।।