सेराेफेराेन्यूज

सेराेफेराेन्यूज The mirror of society www.seroferonews.com

सिद्दबाबा नजिकै धुले पहिरो सडक अबरुद्द तस्बिर : बिष्णु पाण्डे
19/12/2024

सिद्दबाबा नजिकै धुले पहिरो सडक अबरुद्द तस्बिर : बिष्णु पाण्डे

८२ वर्षीय टोपप्रसाद श्रेष्ठ ‘नागरिक ट्राफिक’ का रूपमा ३४ वर्षदेखी खटिँदै छन् ।
17/12/2024

८२ वर्षीय टोपप्रसाद श्रेष्ठ ‘नागरिक ट्राफिक’ का रूपमा ३४ वर्षदेखी खटिँदै छन् ।

पुरा पढ्नुहोस

रात्रीकालीन तानसेन
15/12/2024

रात्रीकालीन तानसेन

15/12/2024

लुम्बिनी प्रदेश सामाजिक विकासमन्त्री पाल्पामा पत्रकार भेटघाट

15/12/2024

पाल्पामा महोत्सव हुँदै...! पाल्पाको वगनासकाली गाउँपालिका १, चिलाङ्दी खेल मैदानमा पुस ९ गतेदेखी १८ गतेसम्म पाल्पा महोत्सव २०८१ हुने भएको छ ।

पाल्पामा महोत्सव हुँदै...!पाल्पाको वगनासकाली गाउँपालिका १, चिलाङ्दी खेल मैदानमा पुस ९ गतेदेखी १८ गतेसम्म पाल्पा महोत्सव ...
15/12/2024

पाल्पामा महोत्सव हुँदै...!
पाल्पाको वगनासकाली गाउँपालिका १, चिलाङ्दी खेल मैदानमा पुस ९ गतेदेखी १८ गतेसम्म पाल्पा महोत्सव २०८१ हुने भएको छ ।

उधौंली पर्वको शुभकामना यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान...
15/12/2024

उधौंली पर्वको शुभकामना
यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी ) बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रुपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

15/12/2024

त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकाय/संस्थानका डीन र ३कार्यकारी निर्देशनकहरू नियुक्त गरेको छ।
डीनहरू:
१)मानविकी तथा सामाजिकशास्त्र संकाय: प्रा डा. दुबिनन्द ढकाल
२)इन्स्टिट्युट अफ मेडिसिनको: प्राडा मोहनराज शर्मा
३)कृषि र पशुविज्ञान अध्ययन संस्थान: डा.किशोरचन्द्र दाहाल
४)शिक्षाशास्त्र संकाय: प्राडा बेदराज आचार्य,
५)वन विज्ञान अध्ययन संस्थान: डा. ठाकुर सिलवाल,
६)व्यवस्थापन संकायको: प्रा डा महानन्द चालिस
७)इन्जिनियरिङ अध्ययन संस्थान: प्रा डा सुशिल बहादुर ब्रर्जाचार्य
८)विज्ञान तथा प्रविधि अध्ययन संस्थान: प्रा डा शंकर खनाल

१)योजना निर्देशनालयका निर्देशक: डा.लंक्ष्मीकान्त शर्मा
२)शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक: डा राजेन्द्र कुँवर
३)व्यवहारिक विद्दान तथा प्रविधि अनुसन्धान केन्द्र कार्यकारी निर्देशक: प्रा डा मिनाराज भण्डारि

15/12/2024

दुःखद खबर
बुटवल, शुक्रबार राती घरमा श्रीमती बिरामी भएपछि बुटवल १२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनालले तत्काल छोराहरूलाई खबर गरे । हतारहतार अस्पताल लैजान छोराले नै गाडीको व्यवस्था गरे । दमको बिरामी रहेकी उनकी श्रीमती ६७ वर्षीय गौरी खनाललाई छोराको गाडीमा राखेर हतारहतार बुटवलस्थित साझा अस्पतालमा लैजान हिँडालियो । तर ४ किलोमिटरको दुरीमा रहेको अस्पतालमा पुग्न ५ सय मिटर नजिकै बुटवलको तिनाउ पुलमा उनीहरु चढेको बलेरो जिप अनियन्त्रित भई पल्टिँदा न त तिलकरामले श्रीमतीलाई अस्पताल पुराउन पाए न त श्रीमती गौरी जीवित रहिन् ।

रातीमा हतारमा अस्पताल दौडाउँदै गर्दा पुल नजिकैको डिभाइडरमा गाडी ठोक्किँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । यो घटनामा तिलकराम, उनकी श्रीमती गौरीसहित जिप चालक ३२ वर्षीय हरि न्यौपानेले ज्यान गुमाएका हुन् ।कपिलवस्तु निवासी न्यौपाने तिलकरामका छोराको साला हुन् । घरमा गौरीलाई दमले च्यापेपछि उनका कान्छा छोरा विशाल खनाल मोटरसाइकलमा पहिले नै साझा अस्पताल पुगेर टिकट र डक्टरको व्यवस्था गरेर कुरेका थिए । तर त्यो जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाए । पश्चिमबाट बुटवल पुग्दै गर्दा पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनको भनाइ छ । तिलकरामका माइला छोरा ज्ञानप्रसादले बेलबासमा अर्घाखाँची क्याटरिङ चलाइरहेका छन् । सोही गाडीमा उनीहरूलाई अस्पताल लगिँदै थियो ।

शक्तिराज रेग्मी संचार सेवा सम्मानबाट सम्मानित सन्तोष बस्याल सहित सिंगाे टिमलाइ हार्दिक बधाइ तथा शुभकामना
14/12/2024

शक्तिराज रेग्मी संचार सेवा सम्मानबाट सम्मानित सन्तोष बस्याल सहित सिंगाे टिमलाइ हार्दिक बधाइ तथा शुभकामना

पुरा पढ्नुहोस

Address

Tansen
Palpa

Alerts

Be the first to know and let us send you an email when सेराेफेराेन्यूज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सेराेफेराेन्यूज:

Videos

Share

Category