Rampur palpa.com

Rampur palpa.com केही जानकारी मुलक समचार भय हाम्रो पेज शेयर गर्दिनु होला
(2)

पाल्पा निस्दी गाउँपालिका  वडा न. ३ क्याङ्गरुङमा अविरल बर्षाको कारण पुरै गाउँ  नै विस्थापित  हुने गरि भयानक पहिरो टोल निर...
08/10/2022

पाल्पा निस्दी गाउँपालिका वडा न. ३ क्याङ्गरुङमा अविरल बर्षाको कारण पुरै गाउँ नै विस्थापित हुने गरि भयानक पहिरो टोल निरै पुगेको हुनाले सम्वन्धीत ठाउका समुदायहरुलाइ सुरक्षित स्थानमा वसोवासको लागि सम्वन्धित निकायको तुरुत ध्यान पुगोस्!!

पाल्पा, निस्दी गाउँपालिका–३, झिरुवास भलुवाका दुई युवा बुधबार मृत अवस्थामा भेटिएका छन् । घरबाट भलिबल खेल हेर्न हिँडेका नि...
07/10/2022

पाल्पा, निस्दी गाउँपालिका–३, झिरुवास भलुवाका दुई युवा बुधबार मृत अवस्थामा भेटिएका छन् । घरबाट भलिबल खेल हेर्न हिँडेका निस्दी–३, झिरुवास भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र सोही गाउँका २३ वर्षीय इन्द्रबहादुर खरु मगर मृत भेटिएका हुन् ।

तीन दिन देखि वेपत्ता भएका युवाहरु छुट्टा छुट्टै स्थानमा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार निस्दी गाउँपालिका–४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै र खरु घर फर्किएका थिएनन् । स्थानीयका अनुसार युवा घर नफर्किए पछि खोजी सुरु भएको थियो । निस्दी गाउँपालिका– ५, गल्धाको ढुंगानाबेंसी नजिकै पाकरी खोलामा शव फेला परेको थियो । शरीरका अंगहरु नभएको क्षत विक्षत अवस्थामा रहेको शव पहिचान हुन सकेको थिएन । तर पछि हातमा रहेको ट्याटुको आधारमा इन्द्रकै लास भएको स्थानीयले पहिचान गरेका थिए ।

खोजी गर्दै जाँदा निस्दी- ४, मित्यालकै काफल खोलामा मोटरबाटो तल वीरेन्द्रलाई विभत्स अवस्थामा बुधबार मृत फेला पारेका थिए । प्रहरीले घटनाको सम्बन्धमा विस्तृत अनुसन्धानपछि मात्र सत्यतथ्य आउने जनाएको छ । घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार शरीरका अंगहरूसमेत छरपस्ट अवस्थामा भेटिनु, लास फरक फरक स्थानमा फेला पर्नु र उनीहरु चढेको मोटरसाईकल फेला नपर्नुले हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । उनीहरुले घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान गर्न प्रहरीसँग माग गरेका छन् । दुवैको शव रामपुर अस्पतालमा लगिएको छ ।

पाल्पा । पाल्पाको आर्यभन्ज्याङ-रामपुर सडकखण्डको बिभिन्न स्थानमा पहिरो खसेर दुई दिनदेखि यातायात सेवा अवरुद्ध भएको छ । पूर...
07/10/2022

पाल्पा । पाल्पाको आर्यभन्ज्याङ-रामपुर सडकखण्डको बिभिन्न स्थानमा पहिरो खसेर दुई दिनदेखि यातायात सेवा अवरुद्ध भएको छ । पूर्वखाेला गाउँपालिकाकाे वीरकोट सेफतमा दुई ठूला पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।

सोही सडकअन्तर्गतको पूर्वखोला गाउँपालिका–१, सिलुवाको सानोगल्धा, चापगैरालगायत स्थानमा समेत पहिरो खसेको छ । स-साना पहिरो अन्यत्र पनि खसेको स्थानीयले जानकारी दिए । पहिरो खसेपछि रामपुरतर्फबाट र आर्यभन्ज्याङबाट सवारी साधन चल्न नसकेको प्रहरी चौकी जब्गादीले जनाएको छ ।

लेदोसहितको पहिरो र माथिल्लो भाग भासिएकाले पहिरो पन्छाउन समस्या हुन सक्ने स्थानीयले बताए । सडक अवरुद्ध भएपछि दसैं मान्न घर गएका र आफन्तकहाँ पुगेकाहरू अलपत्र परेका छन् । यो सडकले मित्याल, गल्धा, अर्चले, सिलुवा, खालीवन, बीरकोट लगायत ग्रामीण भेगलाई जोड्छ ।

Dream corner bubble tea ko maja aba rampur palpa near by family shopping center
01/10/2022

Dream corner bubble tea ko maja aba rampur palpa near by family shopping center

निस्दीमा बजार अनुगमन,म्याद नाघेका हजारौं समान जफतपुनाराम सुनारी पाल्पा- निस्दी गा पा पाल्पामा निस्दी गा पा उपाध्यक्ष तथा...
30/09/2022

निस्दीमा बजार अनुगमन,म्याद नाघेका हजारौं समान जफत
पुनाराम सुनारी पाल्पा- निस्दी गा पा पाल्पामा निस्दी गा पा उपाध्यक्ष तथा निस्दी गाउँपालिका उपभोक्त हित संरक्षणका संयोजक र निस्दी गाउँपालिकाको बजार अनुगमन टोलि संयोजक तिरण कुमारी श्रेष्ठको संयोजकत्वमा इलाका प्रशासन कार्यालय रामपुरका प्रतिनिधि आशिष श्रेष्ठ, निस्दी गा पा कर्मचारी, नेपाल प्रहरी रुक्सेभङ्ज्याङ्ग प्रमुख हेम बहादुर रास्कोटी एवं पत्रकारको समूहले निस्दीको मुख्य बजारहरु मित्याल बजार, ढुङ्ग्नाबेसि र बेलडांडामा बजार अनुगमन गरेको छ ।
बजार अनुगमन गर्दा कति पसलहरुमा म्याद नाघेको समान बिक्रीवितरण गरेको पाएको छ । कति पसलहरुले बिना अनुमति व्यवसाय गरेको भेटिएको छ ।
धेरै जसो समान पिय पदार्थ, बेसन तथा जङफुडका समान म्याद नाघेको भेटिएको छ ।
अनुगमन टोलिले बिक्रीवितरणमा राखेको म्याद नाघेका समान जफत गर्दै कुनै पनि व्यवसाय गर्दा गा पा मा अनुमती लिएर व्यवसाय गर्न अनुरोध गरेको छ ।
म्याद नाघेको समानलाइ निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु र उपाध्यक्ष तिरण कुमारी श्रेष्ठको रोबहर, प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल लगायत निस्दी गा पा बजार अनुगमन टोलिको उपस्थितिमा उक्त म्याद नाघेको जफतलाई समानलाई निस्दी गा पा मा नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाको सुचना ।। >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>     मिति २०७९।०६।०९ गते आईतब...
25/09/2022

ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाको सुचना ।।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
मिति २०७९।०६।०९ गते आईतबार रामपुर नगरपालिका वडा न. ०५ बेझाड बजारका बिभिन्न स्थानहरुवाट सवारी मो.सा. यातायात व्यबस्था कार्यालयलाई जानकारी नगरी अनावश्यक स्टिकर टाँस गर्ने, आवाज ठुलो बनाई ध्वनि प्रदुषण गर्ने, मोडिफाई गरी नम्बर प्लेट नराख्ने वा राखे पनि स्पष्ट नदेखिने गरी राख्ने, साईड मिरर(ऐना) नराखि मो.सा. चलाउने, रातमा आफ्नो सवारीको बत्ती दुरुस्त नबनाई चलाउने, साईड लाईट नराख्ने वा यस्तै बिबिध रुपले स्वरुप परीवर्तन गरेका मो.सा. लाई नियन्त्रण मा लिई कानुन बमोजिम कारबाही गरीएको छ, तथा आवश्यक कागजात साथमा नराख्ने, मा.प.से. गरी सवारी चलाउने चालकहरुलाई नियमानुसार कारबाही गरीएको छ ।
यसर्थ ट्राफिक नियम बिपरीत सवारी (मो.सा.) मोडिफाई गरी नचलाऊ, यदी मोडीफाई गरी सवारी चलाउनु परेमा तत्कालै सवारी तथा यातायात व्यबस्थापन ऐन, २०४९ बमोजिम सम्बन्धित यातायात ब्यबस्था कार्यालयमा जानकारी गराउनुहुन पनि अनुरोध गर्दछौ ।
सडक सुरक्षामा ध्यान दिउँ तथा सवारी चलाउदा वा सडकमा हिड्दा ट्राफिक नियमको पालना गरौँ ।
रामपुर बजार ब्यबस्थापन गर्नु हामी सबैको जिम्मेवारी भएकाले आ-आफ्नो तवरबाट साथ, सहयोग तथा समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।

Help Post: मिती 2079/06/04 गते सुदर्शन गैरे तानसेन नगरपालिका 14 अर्गलीबाट रिडी स्वास्थ्य चौकी जान्छु भनी हिँड्नुभएको र ए...
24/09/2022

Help Post: मिती 2079/06/04 गते सुदर्शन गैरे तानसेन नगरपालिका 14 अर्गलीबाट रिडी स्वास्थ्य चौकी जान्छु भनी हिँड्नुभएको र एक्कासी संपर्क विहिन भई हालसम्म पनि घरमा नआउनुभएको र उहाँ जान सक्ने स्थान र आफन्तहरूसँग संपर्क गर्दा कतै पनि नभेटीनुभएको हुँदा हामी निकै दुःखी र चिन्तित बनेका छौं ।कहीं कतै देख्नुभएमा हामीलाई सम्पर्क गरी सहयाेग गरिदिनु हुन अनुरोध गर्दछौ। उहाँको हुलिया देहाय बमोजिम रहेकाे छ।

उहाको नाम- शुदर्शन गैरे
उचाई- 5.5 ft
उमेर -34 वर्ष
वर्ण -गहुँ गोरो

सम्पर्क: 9857062998 (पाल्पा), 9849785639 (काठमाडौ) 9849489324 (बुटवल)

सुन्दर रामपुर पाल्पाPhoto:ashish ashish
24/09/2022

सुन्दर रामपुर पाल्पा

Photo:ashish ashish

२६आंै बार्षिक उत्सव विशेषसरसफई कार्यक्रम श्री ज्योतिपुञ्ज युवा क्लव ॥
24/09/2022

२६आंै बार्षिक उत्सव विशेष
सरसफई कार्यक्रम
श्री ज्योतिपुञ्ज युवा क्लव ॥

रात्रि कालीन ताल पोखरा ॥
22/09/2022

रात्रि कालीन ताल पोखरा ॥

पाल्पा, ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले चाडपर्वलाई मध्यनजर गर्दै बेझाँड चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।...
22/09/2022

पाल्पा, ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले चाडपर्वलाई मध्यनजर गर्दै बेझाँड चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । नजिकिदै गरेको दशैं तथा तिहार लगाएतका पर्वहरुलाई मध्यनजर गर्दै रामपुर ५ बेझाँड चोक स्थित प्रहरी विटमा हेल्प डेक्स सञ्चालनमा ल्याएको हो ।

चाड पर्वको समयमा यात्रुहरुको सहजताको लागि ईलाका प्रहरी कार्यालय रामपुर र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरले सहायता कक्ष सञ्चालन गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले चाड पर्वको अवसरमा गाउँ फर्किने तथा घर जाने यात्रुहरुको चाप हुने भएकाले सहायताको लागि कक्ष स्थापना गरिएको बताउनुभयो । चाडपर्वको मौका छोपी लामो दुरीको यात्रामा बढी भाडा लिने, सिट नपाईने, सामानहरु गाडीमा हराउने तथा छुट्ने, यात्रुहरु अलपत्र हुन सक्ने भएकाले समस्या समाधानका लागि डेक्स स्थापना गरिएको बताउनुभयो ।

साथै प्रहरीले यात्राको क्रममा कुनै पनि असुविधा तथा समस्या आएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । हेल्प डेक्स विजयादशमी, तिहार तथा छठ पर्व सम्म कायम रहने छ ।

21/09/2022
रामपुर पाल्पा राती मा
20/09/2022

रामपुर पाल्पा राती मा

20/09/2022
पाल्पा, नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको पार्थिव शर...
17/09/2022

पाल्पा, नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । विहिबार साँझ निधन भएका २०४६ सालको प्रथम जनआन्दोलनका जिउदो सहिद तथा पूर्वी पाल्पाका कमाण्डर घिमिरेको हिन्दु संस्कार अनुसार अन्त्यष्टी गरिएको हो ।

लामो समय देखि आन्द्राको क्यान्सर बाट पिडित घिमिरे ५४ वर्षको उमेरमा उपचारको क्रममा ललितपुर मेडिसिटी अस्पताल निधन भएको थियो । उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसका शिर्षनेता, सरकारका बहालवाला मन्त्री, प्रदेश, जिल्ला क्षेत्र तथा नगर तहका पदाधिकारी, उहाँका समकक्षी, आफन्त, परिवारजन, शुभेच्छुकहरु पशुपति आर्यघाट पुगेका थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस उपसभापति धनराज गुरुङ, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस नेता प्रकाशमान सिंह, चन्द्र भण्डारी र कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पार्टीको झण्डा ओढाएर उहाँ प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको कांग्रेस महासमिति सदस्य सन्दिप रानाले जानकारी दिनुभयो । उहाँको पार्थिव शरीरलाई दिउँसो १ बजे पशुपति आर्यघाट पु¥याईएको थियो ।

तस्वीर: कृष्ण न्यौपानेको फेसबुक बाट
श्रद्धाञ्जली अर्पणका लागि कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, केन्द्रिय सदस्य बल बहादुर के.सी.,सांसद मोहन पाण्डे, पूर्व केन्द्रिय सदस्य हरि नेपाल, केन्द्रिय सदस्य सरस्वती तिवारी, सीता पाण्डे, प्रदेश सदस्य कल्प पौडेल, पाल्पा उपसभापति ज्ञानबहादुर गाहा, झपेन्द्र गहिरे, रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई सहित पाल्पाका नेता तथा जनप्रतिनिधिहरु पनि पुगेका थिए ।

उहाँलाई जेठो सुपुत्र जय नेपाल घिमिरेले दागबत्ती दिनु भएको महासमिति सदस्य रानाले बताउनुभयो । घिमिरेको श्रीमति सहित २ छोरा र १ छोरी हुनुहुन्छ । उहाँको जन्म २०२५ सालमा पाल्पाको रामपुरमा जन्मिनु भएको थियो । उहाँले २०३६ सालले देखि राजनैति यात्रा सुरु गर्नु भएको थियो । उहाँको निधन प्रति नेपाली कांग्रेस केन्द्रिय कार्यालय, लुम्बिनी प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश तथा नगर समितिले शोक वक्तव्य जारी गरेको छ ।

🔴रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै‼️👉सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको ...
17/09/2022

🔴रामपुर नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै‼️
👉सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ ।
नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।
अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना गरेर काम गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
“रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने सङ्कल्प लिएका छौँ, नियम र कानुनभन्दा बाहिर जाने छैनौँ”, उहाँले भन्नुभयो, “व्यक्ति आफैँ सचेत भएर नियम विपरीत बनाइएका संरचना हटाउन सहयोग गर्न हाम्रो आग्रह छ, सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने दायित्व नगर सरकारको हो ।”
यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रियाअनुसार हटाइने रामपुर नगरपालिकाले जनाएको छ ।

Via:- Kaligandakikhabar

सडक भासिए पछि बेझाँड-मटेरी-काञ्जीहाउस खण्ड अवरुद्ध  पाल्पा, रामपुर नगरपालिका ५ बेझाँड बाट कालीगण्डकी करिडोर निस्किने छोट...
15/09/2022

सडक भासिए पछि बेझाँड-मटेरी-काञ्जीहाउस खण्ड अवरुद्ध


पाल्पा, रामपुर नगरपालिका ५ बेझाँड बाट कालीगण्डकी करिडोर निस्किने छोटो बाटोको रुपमा बेझाँड-मटेरी-काञ्जीहाउस सडक भासिए पछि अबरुद्ध भएको छ । बुधबार साँझ देखि परेको अविरल वर्षादका राती बेझाँड नजिकै सडक भासिए पछि अवरुद्ध भएको हो ।

यस अघि जाली भरेर बनाईएको सडक रातभर परेको पानीले भासिएको स्थानीय समसुल हक मियाँले जानकारी दिनुभयो । झण्डै ५० मिटर लम्बाई सहित सडक छेउ देखि कुना भाग सम्म भासिएको उहाँले बताउनु भयो । साथै सडक भासिए पछि कान्जीहाउस निस्किने छोटो दुरीको सडक पूर्णरुपमा अवरुद्ध भएको छ

ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले बेझाँड बजार क्षेत्रको सवारी पार्किङ्ग व्यवस्थापन सुरु गरेको छ । साँगुरो सडकको दुवै...
13/09/2022

ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाले बेझाँड बजार क्षेत्रको सवारी पार्किङ्ग व्यवस्थापन सुरु गरेको छ । साँगुरो सडकको दुवै तर्फ मोटरसाईकल पार्किङ्ग गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै पुनः एकतर्फ मात्रै पार्किङ्ग गर्ने व्यवस्था मिलाएको हो ।

यस अघि पनि सडकको किनारको एक तर्फ एक हप्ता र अर्को किनारमा अर्को हप्ता पार्किङ्गको व्यवस्था गरिए पनि पछिल्लो समय कार्यान्वयन हुन सकेको थिएन । आगामी असोज १ गते तर्फ बेझाँडको सडक दायाँ किनारा, त्यसपछिको एक हप्ता बायाँ किनारा गरी पालै पालो पार्किङ्ग गर्न ईलाका प्रहरी कार्यालयले आग्रह गरेको छ । साथै घर अगाडीको सडकमा सावारी साधन तथा पैडल यात्रुको आगमनमा समेत प्रभाव पार्ने गरी निर्माण सामग्री, पसलका सामान, पसलको बोर्ड, फोहोरको डष्टविन नराख्न भनेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक लक्ष्मण देवकोटाको नेतृत्वमा रहेको प्रहरीको टोलीले दुर्व तर्फ पार्किङ्गमा राखेको मोटरसाईकल एक तर्फ मात्र पार्किङ्गमा सारेको थियो ।

साथै कार्यालयले विभिन्न स्थानमा जानकारीका लागि सूचना पनि टासेको छ । साँघुरो सडकमा दुर्व तर्फ पार्किङ्ग गर्दा दुर्घटनाको जोखिम भएकाले सवारी आगमन र पैदलयात्रीको सहजताको लागि प्रयास थालेको प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले बताउनुभयो । उहाँले नियम विपरीत कार्य कसैले गरेमा ट्राफिक कार्वाही अनुसार जरिवाना गरिने जानकारी दिनुभयो । उहाँले बजार व्यवस्थापनको लागि सहयोग गर्न सम्बद्ध सबै आआफ्नो तर्फ बाट सहयोग गर्न आग्रह गर्नु भएको छ ।

Rampur Palpa.comभर्खरै दुईजना होस्दी को र एकजना सानीअमराई स्थितको Bike Discover र Avenger ठुलो दुर्घटनामा परि ३ जना घाईत...
13/09/2022

Rampur Palpa.com

भर्खरै दुईजना होस्दी को र एकजना सानीअमराई स्थितको Bike Discover र Avenger ठुलो दुर्घटनामा परि ३ जना घाईते र २ को अवस्था गम्भीर भएको कारणले तत्काल नै तानसेन रिफर गरियो 😓
पूरा अपडेट आउन बाकी 😓

💛

पेजलाई Like अनि Share गर्न नभुल्नु होला 🙏

12/09/2022

ईलाका प्रहरी कार्यालय रामपुरको सुचना 😯😯

मिति २०७९।५।२७ गते आजको मितिबाट रामपुर न.पा. चडा न. ०५ स्थित बेझाड बजारका बिभिन्म स्थानमा NO PARKING का बोर्ड राखि सडकको १ किनारामा मात्र मो.सा. पार्किङ गर्ने ब्यवस्था मिलाईएको हुदाँ सोहि अनुसार पार्किङ गर्नहुन तथा सो प्रकृया अर्को हप्ता पुन सडकको अर्को किनारामा पार्किङ गर्ने व्वस्था मिलाईएको कुरा जानकारी गराइन्छ ।
साथै आफ्नो सल अगाडि कुनै पमि सवारी तथा पैदल आवागमनमा बाधा पर्ने गरी निर्माण सामाग्री, बेच्न राखीएको सामान, फोहोर राख्ने भाँडो नराख्नहुन अनुरोध गरीएको छ 🙏

स्रोत; Area Police Office Rampur Palp

नेपालको विभिन्न ठाउँका बजारहरुमा Date expire भएको खाने सामान भेट्टीन्छन । यस्ता चिज खाँदा विभिन्न रोगहरु लाग्ने खतरा हुन...
04/09/2022

नेपालको विभिन्न ठाउँका बजारहरुमा Date expire भएको खाने सामान भेट्टीन्छन । यस्ता चिज खाँदा विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ । यस्तो गम्भीर चिजलाई सरकार र अन्य निकायले अनुगमन गरिरहनु जरुरि छ । काठमाडौँमै यस्तो अवस्था छ भने अन्य ठाउँ झन् खत्तम हुने अनुमान गर्न सकिन्छ ।

"सेवा नै धर्म हो"रामपुर नगरपालिका व.नं ५ भम्बक बोल्न नसक्ने चेली चितवन बाट हराएकि माया सेन ठकुरी ( लाटी  दिदी ) जो कसैको...
22/08/2022

"सेवा नै धर्म हो"

रामपुर नगरपालिका व.नं ५ भम्बक बोल्न नसक्ने चेली चितवन बाट हराएकि माया सेन ठकुरी ( लाटी दिदी ) जो कसैको नजरमा परेको छ भने तुरुन्तै कृपया तलकाे नम्बरमा सम्पर्क गर्नुहोला;9805849076

भेटाउनु मानभावहारुको लागि केही रकम 10,000 Rs को नगद सहित पुरस्कार राखिएको छ 😌

पेजलाई Like अनि Share गर्न नभुल्नु होला 🙏

Address

Palpa

Alerts

Be the first to know and let us send you an email when Rampur palpa.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Social Media Agencies in Palpa

Show All

You may also like