Rajib nepal राजिब नेपाल

Rajib nepal राजिब नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajib nepal राजिब नेपाल, Media/News Company, Bagmati, Nuwakot.

29/05/2024

#प्रसङ्ग_महिनावारीको --- ……………

विभिन्न किसिमका नियम, रितीरिवाज हाम्रो समाजमा परम्परागत रुपमा पुस्तौंदेखि चल्दै आएको छन् । यस्ता नियमहरू केहि लोकाचारमा (लोकले/सबैले नै मान्दै आएको) रहेका छन् भने केही कुलाचार (कुल परम्परा अन्तर्गत मात्र मानिराखेको) छन् । बर्तमान परिपेक्षमा हेर्दा यस्तो परम्परा, रितिरिवाजलाई आधुनिक समाजमा रुढीबादी तथा अन्धबिश्वास भन्दै गरेको पनि सुन्न पाइन्छ र ती सामाजीक रिवाजलाई नकारेको प्रसस्तै मानिसहरू छन् । त्यस्तै रितिरिवाजमा रहेको एक नियम जुन आधुनिक समाजमा निकै चर्चामा रहेको र जुन बिषयलाई लिएर साह्रैनै बिबाद भैराखेको बिषयमा रहेको मध्ये एक हो महिनावारी ।।

महिनावारी शब्दलाई संस्कृतमा "रजस्रवा" भनिन्छ । "रजस्रवा"को अर्थ "रजको प्रवाह हुनु" हो । "रज" भनेको रगत अथवा रजोगुण भन्ने (दुबै) अर्थ लाग्दछ । रजस्वलाको एक अर्को अर्थ भनेको अशौच पनि हुन्छ, जुन परंरागत रुपमा वैदिक र आगम कर्म गर्नको लागी अयोग्य र अशुद्ध अबस्था हो । विभिन्न परिस्थिति विशेषले विभिन्न अबस्थामा रहँदा वैदिक आदि कर्म गर्न निसेध गरिने अबस्थामा अशौच हो। महिनावारि भएकी महिलामा रजोगुणको उच्चतम अबस्था रहन्छ जसले प्राण वायुलाई अस्थिर गराँउछ ।

अशौच/महिनावारी अबस्थामा अन्नमयकोष (रगत-शारिरिक स्परर्श), प्राणमयकोष (अपानवायु) तथा मनोमयकोषलाई (रिष, मस्तिष्कमा झन्झनाहट बढाउने काम आदि) असन्तुलन हुने हुँदा कुनै निर्धारित वैदिक कर्मलाई गर्न हुँदैन भन्ने शास्त्रीय बिधान छ । आयुर्वेदमा "महिनावारि भएको अबस्थामा शरिरबाट अमालाई (body toxin) हटाउने काम गर्छ । यस्तो अबस्थामा शरिरमा अग्नी (जठराग्नी) मन्द रहन्छ त्यसैले भारी खाना (heavy food) अखाध्य खाना (Junk food) नखानु ।" भनी उल्लेख छ । महिनावारि भएको बेलामा शारिरिक सम्भोग गर्दा त्रिदोषको (वात-पित्त-कफको) असन्तुलन हुन्छ र महिलाको स्वास्थमा समस्या आउने कुरा समेत आयुर्वेदमा उल्लेख छ ।

हामीले जतिपनी वैदिक कर्म गरिराखेका हुन्छौं ती सबै कर्म सत्वगुणलाई बढाउले गरिराखेका हुन्छौं । पुरुषमा ब्रतबन्ध तथा त्रिकालादी सन्ध्या पनी हाम्रो शुद्धिकरणकै लागी हो भने महिनावारि हुँदै गर्दा महिलाहरू आफैंमा अशौचबाट शुद्ध हुँदै जाने अबस्था हो ।
महिनावारिको बेलामा दौडन नहुने, योगहरु गर्न नहुने, घर र भान्छाको काम गर्न नहुने तथा ३ दिन आराम गर्न पर्ने कुरा भनी अङ्गिरा स्मृती, वशिष्टधर्मशुत्र तथा सुश्रुत संहितामा उल्लेख छ ।

मन्दिरमा भएको घण्टी होस् या प्राणप्रतिष्ठा गरि राखीएको देव मुर्ती होस् साथै बिधिवत गरिएका पवित्र मन्त्रहरूको जाप/पाठको उच्चारण- यी सबै कुराले हाम्रो मुलाधारमा रहेको अपानबायुको उर्जालाई त्याँहाबाट माथी उठाउन साथै त्यो उर्जा शहश्रार सम्म पूर्याउन (अध्यात्मीक सान्ती दिन) मदत गर्दछ । महिनावारिको बेलामा अपान वायुको तिब्र वेग मुलाधारबाटपनी तलतीर बगेको हुन्छ भने मन्दिरमा प्रवेश गर्दा मन्दिरको ती उर्जा (मन्त्र-पाठ प्राणतिष्ठित मूर्ती आदिको उर्जा) मुलाधार देखी माथी गतितिर प्रवाह हुने गर्छ जसको कारण शरिरमा प्राणवायु तथा त्रिदोषलाई अझै अस्थिरता दिन्छ र त्यसैले पछि पछि समयमा महिलाकै शरिरमा अनेक कष्ट दिन सक्दछ । "महिनावारी हुँदा म त मन्दिर जान्छु मलाई केही भएको छैन" भन्दै गर्नु अघि यी सबै शरिरिक सन्तुलन गराउन निमित्तको लागी यस विशेष ऋतुकालमा जनै धारी व्यक्ती तथा मन्दिर आदिमा जान, स्पर्श/पूजामा निशेध गरिएको हो भन्ने कुरा बुझ्न जरुरी छ ।

पानीमा रुपान्तरण शक्ति बिद्यमान हुन्छ । हामीले कैले काहि कथाहरू सुन्दा होस् या कुनै धार्मीक कार्यहरू गर्दा होस् पानी हातमा लिएर क्रमश: वर्दान/श्राप दिने या सङ्कल्पहरू लिने गर्ने गर्छौं । पूजा गर्ने बेला समय अबधिमा तामाको भाडामा राखीएको पानी पूजा सकिएपछि ती पवित्र मन्त्र ध्वनीले जागरुप भएको जललाई पण्डित गुरूहरूले सबैमा छर्किने गर्नु हुन्छ। खानामा पनि उर्जा हुन्छ तथा पानीमा पनि उर्जा रुपान्तरणको क्षमता हुन्छ । महिनावारि भनेको उच्चतम स्थरको रजगुणको प्रवाह हो (यसमा माथी उल्लेखीत सम्पूर्ण कुरालाई जनाउँछ) त्यसैले रजस्वला स्त्रीले बनाएको या स्पर्श गरेको खानामा पनी रजोगुणनै बिद्यमान हुन्छ जसले गर्दा खाने व्यक्तिमा पनि अन्नमय-मनोमय-प्राणमयकोस आदिको असन्तुलन हुन्छ भनेर उक्त अबस्थाको स्त्रीले स्पर्श गरेको खाना नखाईएको हो ।

प्रथम रजस्वला भएकी स्त्रीलाई सुखपूर्वक आसनमा राखी उसलाई बिबाहिता नारिले सम्हाल्ने र अन्य त्याहा घरको विशेष व्यक्तिले गौरी गणेश पूजा गरि उक्त स्त्रीलाई कपडा, खाना आदि दिने चलन छ। बिभिन्न स्थानका व्यक्तिले विभिन्न तरिकाबाट पूजा गर्ने गर्छन् र यसको उल्लेख धर्मसिंधुमा पनि छ ।

हाम्रा पिता पुर्खाले जे गरे त्यो अन्जान र लापरबाही थिएन । अन्जान र लापर्वही त आधुनीक्ताको नाममा हामीले गरिराखेका छौँ । समाजमा पछि आएका बिसङ्गतीहरुले महिनावारिमा परेको प्रभाव सन्तुलन बनाउन खोज्नु तर शास्त्रको मर्यादा नबुझेर शास्त्रलाई र समाजलाई गाली नगर्नु ।। विश्लेषण गर्ने तरिका फरक परेको होला तर हाम्रा पूर्वजहरूको व्यवहार र आचरण गलत थिएन र छैन पनी ।

#जयश्रीहरि 🙏🙏
#हरहरमहादेव 🙏🙏

by: Astro Umesh

23/05/2024

साबधान!

हार्दिक समवेदना😥😥😥
23/05/2024

हार्दिक समवेदना😥😥😥

सिरोहिया प्रकरण: वास्तविक सूचना लुकाएर भ्रमको खेती 🙏🙏वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा कैलाश सिरोहियाविरुद्ध न...
23/05/2024

सिरोहिया प्रकरण: वास्तविक सूचना लुकाएर भ्रमको खेती 🙏🙏
वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा कैलाश सिरोहियाविरुद्ध नागरिकता दुरुपयोगको जाहेरी पर्‍यो । र, प्रहरीले हिरासतमै लिएर अनुसन्धान गर्नुपर्ने दाबीसहित ६ वटा आधार र कारण खुलाएर जिल्ला अदालत धनुषासँग पक्राउ अनुमति माग्यो । अदालतले अनुमति दिएकै दिन सिरोहिया मंगलबार काठमाडौंबाट पक्राउ परे । र, धनुषा लगियो । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उनीविरुद्धको अभियोगमा अनुसन्धान गर्न अदालतले बुधबार पहिलो पटक तीन दिनको म्याद दिएको छ ।
कतिपयको प्रश्न छ- नागरिकता विवादमा सिरोहियालाई पक्राउ नै गरिहाल्नुपर्ने थियो र ? प्रमाण नष्ट गर्न सक्ने ठाउँमा नभएका उनलाई हतार-हतार किन समातियो ? कतै गृहमन्त्रीले आफूविरुद्ध कान्तिपुरमा लगातार आएका समाचारको प्रतिशोध त साँधेनन् ?
पक्षधरताअनुसार यी प्रश्नको जवाफ हो वा होइनमा मात्र सीमित छैन, व्याख्यात्मक टिप्पणीमा समेत आइरहेकै छन् ।
प्रहरीले दिएको ६ वटा आधार र कारणमा सहमत भएर जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न अनुमति दिएको हो । न कि उनी गृहमन्त्रीको आदेशमा पक्राउ परेका हुन् । तर, प्रचार चाहिँ सरकार अधिनायकवादी भयो, स्वतन्त्र प्रेसमाथि आक्रमण गर्‍यो, गृहमन्त्रीले प्रतिशोध साँधे भनेर भइरहेको छ ।
स्वतन्त्र न्यायालयको पक्षमा हौं भन्नेले नै सिरोहिया अदालतको अनुमतिमा पक्राउ परेका हुन् भन्ने तथ्य लुकाएर भ्रम छरिरहेका छन् ।
सञ्चारमाध्यमले पत्रकारिताको दुरुपयोग कुन हदसम्म गर्छन्, आफूलाई फाइदा हुनेमात्र सूचना कसरी प्रवाह गर्छन् र अघोषित ‘सिन्डिकेट’ कसरी खडा गर्छन् भन्ने तथ्य कैलाश पक्राउ प्रकरणमा फेरि छताछुल्ल भएको छ ।
अधिकांश सञ्चारमाध्यमले कैलाश पक्राउ पर्नुका कारण लुकाएका छन् । अनि, राज्यले प्रतिशोध साँधेको, प्रेस स्वतन्त्रतामा धावा बोलेको र लोकतन्त्रमाथि नै प्रहार गरिएको जस्ता बेतुकका र असम्बन्धित विषय उचालेका छन् । कैलाशको पक्राउसँग कसैगरी पनि नजोडिने विषयलाई अतिरञ्जित बनाएर नेपाली प्रेसले मूल धर्म बिर्सिएर फेरि एक पटक विधिलाई भन्दा व्यक्तिलाई माथि राख्न खोजेको छ । विधिको पक्षमा छौं भन्नेले यसरी जग हँसाउनु हुन्नथ्यो ।
कैलाशको पक्राउसँग कसैगरी पनि नजोडिने विषयलाई अतिरञ्जित बनाएर नेपाली प्रेसले मूल धर्म बिर्सिएर फेरि एक पटक विधिलाई भन्दा व्यक्तिलाई माथि राख्न खोजेको छ । विधिको पक्षमा छौं भन्नेले यसरी जग हँसाउनु हुन्नथ्यो ।
प्रहरीको दाबीमा सिरोहियालाई पक्राउ गर्नुपर्ने ६ वटा आधार र कारण छन्, जसलाई अधिकांश सञ्चारमाध्यमले लुकाए ।
१. निज कैलाशप्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको, तर निजले नागरिकता लिनुपूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु तेलीको नाममा जारी भएको देखिएको ।
२. जिल्ला प्रशासन कार्यालय धनुषाको च.नं. १३२१३, मिति २०८१/१/२० को पत्रानुसार प्राप्त जवाफमा २०३३/३४ को बालिग रेकर्डमा विदेशी बाबु/आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरुको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) का सन्तानहरु गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया र पुनमकुमारी सिरोहियाको नागरिकता अंगीकृत नेपाली भएको (नाम प्रष्ट नभएको) कैलाशप्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको ।
३. निज कैलाशप्रसाद सिरोहियाले वि.सं. २०५७/०६/२९ मा नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालय धनुषाको रेकर्ड पुस्तिका (ढड्डा)मा फोटोसहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीले दस्तखत गरेको नपाइएको, जन्ममितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको । उक्त रेकर्डमा जन्ममिति उल्लेख नरहेको ।
४. सोही व्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९ समेत लेखेको पाइएको हुँदा जन्ममितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरुको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकाले पछि कोष्टमा जन्ममिति थपी कीर्ते गरेको देखिएको ।
५. निज कैलाशप्रसाद सिरोहियाले प्रथम पटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्ममितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/०६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्ममितिको महलमा १८ वर्ष, जन्ममिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर, जन्ममिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको ।
६. निज कैलाशप्रसाद सिरोहियाले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजातहरुको अभिलेख फेला नपरेको ।
न्यायपालिकाप्रति उनले विश्वास र आस्था देखाए । तर, नागरिकताका विषयमा जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीलाई भने उनले विषयान्तर गरेर प्रेस स्वतन्त्रता र कान्तिपुरको पत्रकारितासँग जोडे ।
सञ्चारमाध्यमको पक्षधरता हुँदैनथ्यो, तथ्यपरक र सन्तुलित हुन्थे अनि, कसैबाट प्रभावित हुँदैनथे भने तिनले सिरोहिया पक्राउ पर्नुका यी आधार र कारणलाई पनि स्थान दिन्थे । पत्रकारिताको न्यूनतम मूल्य-मान्यता ख्याल गर्थे, सम्पादकीय स्वतन्त्रताको सदुपयोग गर्थे वा अमूक सञ्चार उद्यमीको स्वार्थपूर्तिको औजार बन्दैनथे भने सिरोहिया पक्राउका स्पष्ट र मूर्त कारण लुकाएर बेतुकका सन्दर्भ जोड्दैनथे । सिरोहिया पक्राउ पर्नुका ६ आधार र कारण चाहिँ लुकाएर घटनाक्रम र प्रतिक्रियामात्रै समाचार ! यो पेशागत बेइमानी हो ।
सिरोहिया पक्राउ पर्नुका कारण, पक्राउको घटनाक्रम, पक्राउपछिको प्रतिक्रिया, सम्पादकीय टिप्पणी वा विश्लेषण ….. यसरी नै होइन न्यूजरुमले ‘कन्टेन्ट’ पस्किनुपर्ने ? तर, अधिकांश सञ्चारमाध्यमले पक्राउको मूल कारण लुकाएर सिरोहियाको भक्तिगान पस्किए । अनि, प्रेस स्वतन्त्रतामाथि नियोजित आक्रमण भएको कुर्तक गरे । पत्रकारिता यसरी एक पक्षीय हुनु हुँदैन । नेपाली पत्रकारिताको कुनै एक मानक कैलाशको सञ्चार सम्बद्ध कम्पनी होला, उनी होइनन् ।
सिरोहिया सम्बद्ध सञ्चार संस्थाले त आफ्नो मालिकको पक्षपोषण गर्ने नै भयो । तर, अरु सञ्चारमाध्यम पनि किन सिरोहियाकै सती गए ? समीक्षा हुँदै जाला । तर, सिरोहिया पक्राउ प्रकरणमा नेपाली प्रेसले इतिहासकै सबैभन्दा ठूलो गल्ती गरेको छ । तर्क जे सुकै गर, सत्य लुकाएर मिथ्याको प्रचार पत्रकारिता हुनै सक्दैन । एउटा व्यक्तिलाई काँधमा बोकर आफै विश्वसनीयताको परीक्षामा होमिनुपर्ने नेपाली प्रेसको यो दुःखान्त कुन चाहिँ सच्चा पत्रकारको मनमा नगढ्ला र !
यहाँ बिर्सनै नहुने तथ्य हो- जाहेरी परेपछि पक्राउविरुद्ध सिरोहिया सर्वोच्च अदालत पुग्नु । अर्थात्, न्यायपालिकाप्रति उनले विश्वास र आस्था देखाए । तर, नागरिकताका विषयमा जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीलाई भने उनले विषयान्तर गरेर प्रेस स्वतन्त्रता र कान्तिपुरको पत्रकारितासँग जोडे ।
एउटै प्रकरणमा एकातिर अदालतको ढोका ढकढक्याउन जाने अनि अर्कोतिर अदालतकै पक्राउ अनुमतिलाई गृहमन्त्रीको प्रतिशोध भन्दै प्रेस स्वतन्त्रतातर्फ विषयान्तर गर्ने सिरोहिया प्रवृत्तिको साक्षी मात्रै बसेन सती नै गयो नेपाली पत्रकारिता ।😥

source.©️Nepal Press

दुखद दुर्घटना ...!😭😭जनप्रकाश मा बि. बाजुरा बाट रारा शैक्षिक भ्रमणमा जाँदै गरेको बोलोरो जीप दुर्घटना भएको छ।   १२ जना विध...
23/05/2024

दुखद दुर्घटना ...!😭😭
जनप्रकाश मा बि. बाजुरा बाट रारा शैक्षिक भ्रमणमा जाँदै गरेको बोलोरो जीप दुर्घटना भएको छ। १२ जना विधार्थी बोकेको जीप खत्याड गाउँपालिका वडा न.२ पर्ने हिलटप नजिक खोलामा दुर्घटना हुँदा घाइते भएका छन। सबैजना घाइतेलाई सकुशल उद्धारका साथै सामान्य उपचार गरेर थप उपचारको लागि PHC रातापानी पठएइएको छ!
घाइत सबैको शिघ्र स्वास्थलाभको कामना!
: Rj Prajol Parakhi

नुवाकाेट वेलकाेट गढि नगरपालिका वडा नं ६ घर बताउने करिब ९ ,१० बर्षिय सुदिप सुवेदी सराेज गुरुङ र राज तामाङ नाम बताउने बालक...
21/05/2024

नुवाकाेट वेलकाेट गढि नगरपालिका वडा नं ६ घर बताउने करिब ९ ,१० बर्षिय सुदिप सुवेदी सराेज गुरुङ र राज तामाङ नाम बताउने बालकहरु अहिले धादिङ जिल्ला गल्छि गा पा वडा नं ८ चुलिमा फेला परेको हुनाले चिन्नुहुने महानुभावहरुले परिवार मा खबर गरिदिनु हुनु हार्दिक अनुरोध गर्दछु ।
स्थानीय ब्यक्ति : नवराज रेग्मी
सम्पर्क नम्बर : ९८४१८०२१७६

20/05/2024
20/05/2024
16/05/2024

🙏🙏🙏

❤️❤️❤️❤️
14/05/2024

❤️❤️❤️❤️

28/04/2024

२ दिनको बिहे अब २ घन्टामै सक्नु पर्ने रे !
#बास्तबिकता
विवाहको अर्थ बदलियो
पहिले विवाह भन्नासाथ
दुई परिवारको मेल हुन्थ्यो
वैदिक ऋचाद्वारा वैदिक विधीले बन्धन बाधिन्थ्यो
विवाहको सम्पुर्ण विधानमा कार्यक्रम केन्द्रित हुन्थ्यो
शुद्ध एवं सात्विक भोजन हुने गर्थ्यो
घरमा आएका हरेक अतिथीको स्वागत हुन्थ्यो
कसले खायो कसले खाएन हेर्न कै लागि
परिवारको एक सदश्य खटाईएको हुन्थ्यो ।
विवाहको मनोरञ्जनात्मक पाटो पहिले नि हुन्थ्यो
सामुहिकताको बलमा विवाह कार्यक्रम हुन्थ्यो
हरेकलाई काम बाढिन्थ्यो
अनि उक्त कामले मानिसलाई एक आपसमा जोड्थ्यो
काम गर्नेहरूलाई तामसी भोजको नि व्यवस्था हुन्थ्यो ।
तर त्यसको व्यवस्था नै भिन्नै हुन्थ्यो ।
तर अहिले त्यस्तो छैन
अहिलेको विवाहमा पैशाको तुजुक मात्र देख्न सकिन्छ ।
पण्डितले विधि सम्वत विवाह गराउँदा समेत
हामीलाई हतार छ यसो काटछाट गरेर सक्दिनु है भन्छन
यता विवाहको विधि काट्दै गर्दा उता फोटो सुट चै पुरै लम्बिएको हुन्छ
अबको बिबाहमा पन्डित र वैदिक ऋचा होईन
फोटोग्राफर महत्त्वपूर्ण भएको छ ।
को आयो, को गयो, कसले खायो, कसले खाएन कसैलाई वास्ता छैन
हरेक कसिमको भोजन हुन्छ तर विवाहमा अपनत्व छैन
केवल बेहुला बेहुली पक्षको धनको तुजुक मात्र देख्न सकिन्छ
एक विवाह सक्किने पैशाले अहिले
हल्दी मेहन्दी को नाटक मंचन गरिन्छ ।
दिनभर ब्युटिशियन बोलाएर मेक अप गरिन्छ ।
महंगा वस्त्र लगाएर मन्डपमा बसिन्छ
अनि कपडा माथी बाट हल्दी पानी खन्याईन्छ ।
३० हजार लगाएर ४ घन्टा खर्चेर गरेको मेक अप
३ मिनेटमा स्वाहा ।
कस्तो विकृत चलन आयो यस्तो ।
वस्त्र लगाएर पानी खन्याउने चलन त लोग्नेको मृत्यु पछि हुन्थ्यो
तर फेसन र ढर्‍राले सबै संस्कृति र मान्यता समाप्त हुँदैछन ।
अनि जब पानी खन्याउनु नै छ त
दुनियाँ मेक अप मेन बोलाएर ४ घन्टा मेक अप मा खर्चिनु किन?
केवल आफ्नो धनको शो अप र फोटो सुटको लागि ।
जब संस्कृति र मान्यता नै रूढिवादी हो भन्छौ भने
त्यही संस्कृति पालन गर्न विवाहको भद्दा नाटक मंचन किन गर्छौ
थप्पडी बजाएर विवाह गर
होईन भने संस्कृतिको पूर्ण पालना गर ।
आजको विवाहमा अपनत्व हुन्न ।
खाना बनाउने मानिस, मन्डप सजाउने मानिस आदि सबै आयातित हुन्छन
जसले सबै कुरा सिध्याउदै गएको छ ।
वैदिक ऋचा घट्दै गएको छ
अनि विवाहको ग्लामरस पाटो र मनोरञ्जनात्मक पाटो बढ्दै गएको छ ।
आज विवाह भनेको खानपान, कपडा, फोटो शुट
सम्पत्तिको रवाफ मै सिमित भएको छ ।
सायद त्यसैले होला
आज विवाहको आयु नि घट्दै गईरहेको छ ।
समाजमा अति शिक्षित समूह र अधिकारवादको कारण
DIVORCE भन्ने अलगाववाद तत्वले समाजमा जरो गाड्दै गई रहेको छ 🙏🙏
मेरो मनको कुरा हो
कसैलाई तितो लाग्न सक्ला
तर आजको वास्तविकता यहि नै हो । 🙏🙏
#साभार

Sad news: अचानक हावाहुरी सहित आएको असिनापानीका कारण प्रतिक्षालयमा ओतमा बासेका एक जनालाई रुख ढलेर च्यापेको छ । डुम्रे नजि...
30/03/2024

Sad news: अचानक हावाहुरी सहित आएको असिनापानीका कारण प्रतिक्षालयमा ओतमा बासेका एक जनालाई रुख ढलेर च्यापेको छ । डुम्रे नजिकै जरेपिपलमा भएको घटनामा स्कुटमा रहेका स्कुटर चालक पाल्पा तानसेन कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको छ ।
Post hello Nuwakot

27/03/2024

गाईको वैज्ञानिक महत्व:

🔹 गाई धरतीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ ।
🔹 गाईको मूत्रमा सुन, तामा, क्याल्शियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्व हुन्छन् ।
🔹 गाईको दुधमा रेडियो विकिरण बाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ ।
🔹 गाईको दुधले हृदयको रोग बाट बचाउँछ ।
🔹 गाईको दुधले स्मरण शक्ति बढाउँछ ।
🔹 गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ ।
🔹 गाईको गोबरको गंधले अन्य रोगका कीटाणु पनि मर्छन् ।
🔹 गाईको एक तोला घीउ बाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ ।
🔹 गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ ।
🔹 गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ ।
🔹 केवल एउटा गाईको गोबर बाट प्रति वर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ ।
🔹 दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ ।
🔹 गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रिहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ ।
🔹 गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ ।
🔹 गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ ।
🔹 गाईको गोबरमा विटामिन B12 प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोंस्छ ।
🔹 गाईको शारीरलाई प्रतिदिन १५-२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ ।
🔹 गाईको शरीर बाट निस्कने सात्विक तरंगले आस-पासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ ।
🔹 गाईको शरीर बाट प्राकृतिक रूपमा गूगलको सुगंध निस्कन्छ ।
🔹 गाई या त्यसका बाच्छा-बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ ।
🔹 यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ ।
🔹 अमेरीकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानी संग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बंजर भूमिलाई पनि हरा-भरा गरिदिन्छ र सुख्खा पानीको या तेलको कुवामा पनि पुनः पानी या तेल आउन सुरु हुन्छ ।
🔹 इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबर बाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबर बाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन् ।

हाम्रा ऋषिमुनिहरुले लाखौँ वर्ष पहिले नै यी सब प्रयोग गरेर सिद्ध गरेका थिए तर विडम्बना नै भनौं, हामीले त्यो सब बिर्सी सक्यौं र ऋषि मार्गलाई त्यागी सक्यौं ।

22/03/2024

आधुनिक पुस्ताले ध्यान दिनुहोस् — १. आज भोलि काठमाडौमा फ्लाट किनेर बस्ने गरेको देख्न पाइन्छ, फ्लाट होइन जग्गा किन्नुहोस्, र त्यस जग्गामा आफ्नो घर बनाउनुहोस्। होइन भने आउँदा दिनहरूमा तपाईंको छोराछोरी नातिनातिनाको भविष्य पिँजडाको सुगाको जस्तै हुन्छ।

२. छोरीहरूको विवाह २० देखि २५ वर्ष भित्र सम्ममा, र छोराहरूको बिहे २५ देखि २९ वर्षको उमेर सम्ममा हुनुपर्छ ।

३. गाउँसँग नाता कायम राख्नुहोस्। गाउँको पुर्ख्यौली सम्पत्ति, अनि त्यहाँका मान्छेसँग सम्बन्ध राख्नुहोस्।

४. आफ्नो छोराछोरीलाई आफ्नो धर्मको बारेमा राम्रोसँग सिकाउनुहोस् र उनीहरूको मानसिक र शारीरिक बिकासमा ध्यान दिनुहोस् ।

५. घरमा भजन-कृतन गर्ने बानी बसाल्नुहोस, प्रयाप्त ठाउँ छ भने घरमा एउटा दुधालु गाई पाल्नुहोस्।

६. जन्म दिन, मकर संक्रान्ती, होलि, विजयादशमी, तिहार, चैते दशै, नयाँ वर्ष जति पनि चाडबाड आउँछन्, अफिस वा कामबाट बिदा लिएर सपरिवार मनाउनुहोस् ।

७. हुनसक्छ भने परिवारको साथमा बिहान बेलुका पैदल हिड्ने बानी बसाल्नुहोस।

८. बिहान ५:३० बजे भित्रमा उठिसक्नुहोस र रातमा १० बजे सम्ममा सुतिसक्ने नियम बनाउनुहोस्। सुत्नु भन्दा अगाडि आधा गिलास पानी अवश्य पिउनुहोस् ।

९. यदि तपाईंको एउटा कुनै सन्तान पढाइ लेखाइमा असक्षम छ भने, उसलाई कुनै पनि (सीपमुलक ज्ञान) सिकाउनु होस् ।

१०. तपाईंको प्रत्येक छोराछोरीले कम्तीमा तीनवटा फोन नम्बर सम्झनुपर्नेछ, र तपाईंले पनि।

११. समाजको कुनै कार्यक्रममा जाँदा आफ्ना छोराछोरीलाई पनि लैजानुहोस। यसले उनीहरूको मानसिक विकासलाई सशक्त बनाउने छ।

१२. सब परिवार सँगै बसेर खाना खाने बानी बसाल्नुहोस, खाना खाने समय मोबाइल टिभी बन्द गर्नुहोस् ।

१३. आफ्नो छोराछोरीलाई सपरिवार सँग बसेर हेर्न मिल्ने फिल्महरु बाहेक बलिउड हलिउडको फोहोरी फिल्म हेर्नबाट जोगाउनुहोस, साथै प्रेरणा दायक फिल्म हेर्न वा सकारात्मक पोस्ट पढ्नको लागि प्रेरित गर्नुहोस्।

१४. छोराछोरी र आफू पनि जंक फुड र फास्ट फुड खान बाट टाढै बस्नुहोस।

१५. दुई तीन किलोमीटर जानू छ भने हिडेर जानुहोस वा साइकल चलाएर जानुहोस।

१६. आफ्नो छोराछोरीको मनमा कुनै पनि प्रकारको नशा (गुट्खा सुपारी, बिडि, चुरोट, रक्सी..) को विरुद्ध चेतना सिर्जना गर्नुहोस् र यसको बिकास गर्नुहोस्।

१७. सधै सात्विक भोजन ग्रहण गर्नुहोस, भगवानलाई चढाएर मात्रै आफ्नो भोजनको प्रसाद ग्रहण गर्नुहोस् ।

१८. घर आगनमा तुलसी अनिवार्य रोप्नुहोस ।

१९. घरमा हात हतियार राख्नुहोस्, र हावामा एक्लै चलाउने प्रयास गर्नुहोस्, जसले गर्दा विपदमा प्रयोग गर्न सक्नुहुन्छ। जस्तै: लौरो, खुँडा, तरबार, त्रिशुल, भाला आदि राख्न सक्नुहुन्छ।

२०• घरमा छोराको जन्म होस् या छोरीको खुशी बराबर रूपमा मनाउनुहोस्। हामीलाई छोराछोरी दुई नै आवश्यकता छ। यदि छोरी हुदिनन भने त्यो परिवार समाजलाई अघि बढाउने बुहारीहरू कहाँबाट आउँछन्? र छोरा भएनन् भने परिवार समाज र देशको रक्षा कसले गर्छ ?.

लेखक : सन्तोष कार्की मौसुफ

श्री स्वस्थानी माताले सबैलाइ कल्याण गरून्।स्वस्थानी साङ्गे सम्पन्न ।स्थान देबिघाट जेष्ठनागरिक संरक्षण तथा अध्ययन प्रतिष्...
24/02/2024

श्री स्वस्थानी माताले सबैलाइ कल्याण गरून्।स्वस्थानी साङ्गे सम्पन्न ।स्थान देबिघाट जेष्ठनागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान नुवाकोट ।🙏🙏🙏🙏🙏

जन्मदिनको अनगिन्ती शुभकामना भाइ💕💕आटेको सोचेको पुगोस् ।💐💐💐
08/02/2024

जन्मदिनको अनगिन्ती शुभकामना भाइ💕💕आटेको सोचेको पुगोस् ।💐💐💐

महान सहिदहरु अमर रहुन।
30/01/2024

महान सहिदहरु अमर रहुन।

कुमारजी आज्ञा गर्नुहुन्छ: आजबाट श्रीस्वस्थानी व्रतको प्रारम्भ भएको छ । स्वस्थानी माताले सबैको रक्षा गरुन् ! 🙏❤
25/01/2024

कुमारजी आज्ञा गर्नुहुन्छ: आजबाट श्रीस्वस्थानी व्रतको प्रारम्भ भएको छ । स्वस्थानी माताले सबैको रक्षा गरुन् ! 🙏❤

"पौषमा पाक्य माघमा खाक्य माघी पर्व अर्थात मकर सक्रान्तिको देश तथा बिदेशमा रहनुहुने  बुवा आमा तथा दाजु भाइ दिदिबहिनिहरुला...
15/01/2024

"पौषमा पाक्य माघमा खाक्य माघी पर्व अर्थात मकर सक्रान्तिको देश तथा बिदेशमा रहनुहुने बुवा आमा तथा दाजु भाइ दिदिबहिनिहरुलाइ शुभकामना ।

❤️❤️❤️❤️
10/01/2024

❤️❤️❤️❤️

राजिब नेपाल र सुनिता घिमिरेबीच शुभ बीवाह सम्पन्न ।

१३.५ स्थानीय पुरुषको पुरस्कार किन घटाइयो ???? दुरि हेर्नू जरुरी थियो 😥तुरुन्त हेरफेर होश !
08/01/2024

१३.५ स्थानीय पुरुषको पुरस्कार किन घटाइयो ???? दुरि हेर्नू जरुरी थियो 😥तुरुन्त हेरफेर होश !

सम्पुर्णमा उपस्थितिको लागि अनुरोध साथै सहभागी बन्न अनुरोध्🙏🙏🙏
07/01/2024

सम्पुर्णमा उपस्थितिको लागि अनुरोध साथै सहभागी बन्न अनुरोध्🙏🙏🙏

हार्दिक धन्यवाद 🙏🙏🙏🙏
03/01/2024

हार्दिक धन्यवाद 🙏🙏🙏🙏

Address

Bagmati
Nuwakot

Alerts

Be the first to know and let us send you an email when Rajib nepal राजिब नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajib nepal राजिब नेपाल:

Share