22/05/2022
हजारौ ऐना राख्नुको रहस्य
काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर ।
जुन ठाउँको सडकमा हजारभन्दा बदी ऐनाहरु टाँसेको देख्न सकिन्छ । यो दृश्य देख्ना साथसबैको मनमा एक किसिमको कौतुहलता पैदा हुनु स्वभाविकै हो। सडकको भित्ताभरी ऐना टास्नुको पछाडि धेरै कुराहरु लुकेको छ । जब कोही यात्रु होस् अथवा सवारी चालक त्यहाँ पुग्नु अगाडि नै सबैको मनमा एक किसिमको डर पैदा हुन्छ । जुन ठाउँ धेरै दु्घर्घटना हुने गर्दछ ।
केही तथ्यलाई हेर्दा विसं २०५८ वैशाख २० गते सिन्धुलीबाट काठमाडौं जाँदै गर्दा मुलकोट नजिकै रहेको रिट्ठे भीरमा बस खस्दा १४ जनाको निधन भएको थियो ।
२०६८ असोज २६ गते त्यसै ठाउँमा बस खस्दा बसका सबै यात्रु ४२ जनाको निधन भएको थियो । त्यसको ठिक छ वर्षपछि २०७६ असोज २६ गते ६ जनाको निधन भएको थियो । यस ठाँउमा ऐना अनि सेतिदेविको मन्दिर निर्माण गरेपछि भने दुर्घटना हुन रोकिएको भन्ने कुरा त्यहाँका स्थानिय बताउछन । बाकि कुरा भिडियोमा -