मेरो प्यारो नूवाकोट

  • Home
  • मेरो प्यारो नूवाकोट

मेरो प्यारो नूवाकोट हाम्रो नूवाकोट राम्रो नूवाकोट

16/10/2023

खाल्डो देखिदैन त्यो अलग कुरा हो
खेदो खन्ने मान्छेहरु त थुप्रै हुन्छ्न जिन्दगिमा ।।
#शुभबिहानी

15/10/2023

🖤🤞

15/10/2023

खुसिको पल कुरेर होइन,
हरेक पलमा खुसी खोजेर मुस्कुराउन सिक्नुपर्छ
#शुभरात्री

Please Népali friend ❤Elisa Tomà has disappeared since Monday in Nepal. At the last news she was at the Tatopani baths. ...
13/05/2023

Please Népali friend ❤
Elisa Tomà has disappeared since Monday in Nepal. At the last news she was at the Tatopani baths. (Annapurna région)Can you please share as much as possible. And if you have any leads contact the mother Laura in Switzerland at +41 79 215 13 33.
Thank you very much for your help

एलिसा टोमा सोमबारदेखि नेपालमा बेपत्ता छिन्।अन्तिम खबरमा उनी बेनी तातोपानी नुहाउने ठाउँमा थिइन्।कृपया जति सक्दो सेयर गरिदिनु होला।र तपाईंसँग कुनै पनि सुबिधा छ भने स्विट्जरल्याण्डमा रहेको आमा लौरालाई +41 79 215 13 33 मा सम्पर्क गर्नुहोस्।
तपाईंको सहयोगको लागि धेरै धेरै धन्यवाद

नुवाकोटको बट्टारबाट ३ जना युवाहरु हराएको सूचना !!!नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं ४ बट्टार आँपघारी मार्गमा बसोबास ...
12/05/2023

नुवाकोटको बट्टारबाट ३ जना युवाहरु हराएको सूचना !!!
नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं ४ बट्टार आँपघारी मार्गमा बसोबास गर्दै आउनुभएका वर्ष १९/ २१ उमेर व्युवा यही मिती २०८०/०१/२७। दिउसो ५ बजेदेखि घरपरिवारबाट सम्पर्क बिहीन भएकाले देख्नुहुने वा कहीकतैँ भेटनुहुने महानुभाबहरुले उल्लेखित मोबाइल नं. मा सम्पर्क गरी सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
सम्पर्क मोबाईल नंम्बर : ९८४९५३९९१२ ९८५११२८३३०

दिन रात नभनी, लाज वा घिन नमानी, आफ्नो दु:ख सुख लुकाई, आफ्नो ज्यानको वास्ता नगरी निःस्वार्थ भावना र मन्द मुस्कानका साथ यस...
12/05/2023

दिन रात नभनी, लाज वा घिन नमानी, आफ्नो दु:ख सुख लुकाई, आफ्नो ज्यानको वास्ता नगरी निःस्वार्थ भावना र मन्द मुस्कानका साथ यस कठीन परिस्थितिमा निरन्तर सेवामा लाग्ने सम्पूर्ण नर्सहरुप्रति हामी आभार व्यक्त गर्दछौँ । विश्व नर्स दिवसको शुभकामना! Happy International Nurse Day 👩‍⚕️🏥

नूवाकोट बाट थूप्रै खेलहरू खेलेर नूवाकोटलाई बिभिन्न बिधामा सानका साथ जिताउने खेलाडि को उचित मूल्याकन हून नसक्नू धेरै कस्ट...
27/02/2023

नूवाकोट बाट थूप्रै खेलहरू खेलेर नूवाकोटलाई बिभिन्न बिधामा सानका साथ जिताउने खेलाडि को उचित मूल्याकन हून नसक्नू धेरै कस्टको कूरा हो उहाको खेल जिवनको जत्ति नै तारिफ गरे नि कम छ उहा जत्तिको खेलाडि सायदै नूवाकोटमा कोहि छैन होला सम्पूर्ण खेलहरू मा लगभग प्रतिनिधित्व गरिसकेका खेलाडिलाई नूवाकोट खेलकूद संधले यसरि निरास बनाउनू आफैमा लाज मर्दो छ !
नुवाकोट को शान ❤️
टोल देखि क्लब, क्लब देखि जिल्ला , जिल्ला देखि प्रदेश, प्रदेश देखि राष्ट्रिय सम्म आफ्नो यात्रा बनाइसकेका नुवाकोट जिल्ला विदुर न. पा. वडा २ का सन्तोष थापा आफ्नो खेल क्षेत्र लाई लिएर असन्तुष्टि छन् । भर्खर मात्रै सम्पन्न भएको मैत्रीपूर्ण फुटबल खेलमा नुवाकोट -११ टिम बाट खेलेर आफ्नो उत्कृष्ट खेल पस्कँदै आफ्नो जिल्ला लाई गोल गर्दै जित पनि दिलाएका थिए। तर आज मात्रै उहाँको स्टाटस आएका छन्।

Latest news: अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उनलाई भोलि रिहाई गरिने भएको छ ❤️
26/02/2023

Latest news: अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उनलाई भोलि रिहाई गरिने भएको छ ❤️

नुवाकोटको विभिन्न स्थानमा असिना पानी तथा हिपमात भएको छ
26/02/2023

नुवाकोटको विभिन्न स्थानमा असिना पानी तथा हिपमात भएको छ

25/02/2023

नुवाकोटमा सुत्केरी मृत्यु घटना : सहमतिपछि सडक सञ्चालनमा
पूरा कमेन्टमा ⬇️

बालेन साह 🥺💔
25/02/2023

बालेन साह 🥺💔

25/02/2023

नेपालU19 द्वारा कुवेत U19 सामु 344 रनको विशाल लक्ष्य प्रस्तुत 👏
कप्तान देव खनाल र टप अडर ब्याटर अर्जुन कुमाल को सतक🥀

त्रिशूली अस्पतालको अर्को विज्ञप्ति
25/02/2023

त्रिशूली अस्पतालको अर्को विज्ञप्ति

त्रिशुली अस्पतालका मेसु दिपेन्द्र पाण्डेको राजिनामा माग गर्दै नुवाकोट बन्द गर्दै विदुर नगरपालिका वडा नं ५ का स्थानिय
25/02/2023

त्रिशुली अस्पतालका मेसु दिपेन्द्र पाण्डेको राजिनामा माग गर्दै नुवाकोट बन्द गर्दै विदुर नगरपालिका वडा नं ५ का स्थानिय

28/01/2023

प्रेमको आयु त एकदमै छोटो थियो, तर
भुल्ने क्रम अझै पनि जारी छ 🥺🖤
सूभरात्रि

05/10/2022

जिन्दगीको को पहिलो माया अनि म बर्बादि


आज भन्दा करिब डेडबर्ष अगिको कूरो हो बेलूकि करिब ८ बजेतिर म पब्जीनामक गेम खेलि रहेको थिए तेतिकैमा मेरो मोबाईलमा एउटा मसेज आयो म सधै जस्तो addstory हाल्ने मान्छे त्यो बेलामा नि हालेको थिये अनि उस्को रिप्लाई आयो तेस्मा ल राम्रो हूनूहून्छ भन्दै अनि उस्लाई म सधै जसो कलेजमा देखि राख्थे अनि मेसेज ब्याक गर्न गए गेम छोडेर त्यो दिन थौरै मात्र कूरा भयो भोली पल्ट नि उसैले मेसेज गरि यसरिनै दैनिक कूरा हून थाल्यो रमाईलो हून्थो रतिको करिब करिब १/२ न बजि सूत्नि गरेको थिएन यो पक्रिया लगातार २ महिनासम्म चल्यो तेत्तिकैमा महिले उस्लाई प्रपोज गरे उस्ले पनि हून्छ भनि तेस्पछि हामी झन नजिक भयौ यसरिनै करिब करिब १ बर्ष ३ महिना जत्ति भईसक्या थियो तेत्तिकैमा उसैको साथिले मलाई एउटा कूरा सूनाई मैले मन चोर्नलाई त्यो केटि मिलाईदेउन भनेको थिए उस्को जवाफ थियो उस्को त पहिलै बाटनै अर्को छ 🥺मलाई केहि बिस्वास लागेको थिएन अलिकत्तिनि मैले फेरि उसैलाई पनि सोधे उस्लै होईन भनि अनि मलाई सबैकूरा उस्को सत्ये नै लाग्थो न लागोसपनि कसरी म उस्लाई आफ्नो परिवार भन्दा बढि मायां गर्थे मलै यो कूरा दिन दिनै सोध्न थाले एकदिन उस्लाई अत्ति नै रिस उठेछ सबै भनि मलाई बिस्वास लागेको थिएन म संग यत्रो गरेर उ अझै नि अरूको नै हो भनि 🥺🥺मलाई उस्ले शूरूमा मेसेज गर्नूको कारण अर्को संग झगडा भएको र उ त्यो सबै भूलेर अगी बढ्नको निम्ति गरियको भनि म पूरै🥺टूट्ये केहि भन्न र गर्न पनि सकिन मलाई त्यो सबै मजाक होला अझैनि लागेको थियो तर त्यो बास्तबिक रहेछ आखाबाट अाशू रोकिएन मन थामिन सकिन सूसाईड गर्निसोच आयो 🥺🥺तेति् सम्म टूट्ये तर गरिन यस्तो बेला आफ्नो भन्निहरू कोहिको याद नहूने रैच कारण तेहि भएर नै मान्छेले ज्यान दिने गर्ने रहेछन 💔फेरि मैले यो कूरा मेरो साथीलाई भने जून कूरा मैले लूकाएर राखेको थिए उ साथिकै अंकलको छोरी थि साथीले पत्याएन मलै सबै कूराहरू देखाईदिए पत्यायो अनि राति १२:४० तिर मलाई अत्तिनै छटपटि भयो र उस्लाई ५० पटक कल गरे मेरो कल लागेन १० वटा मेसेज गरे Facebook massgeer मा त कत्ति कत्ति गरे तर नि केहि रिप्लाई आएन अनि साथिलाई कल गरे १ बजे रातिको उस्लै ४ औ पटकमा कल उठायो अनि मैले बिन्ती गरे उस्लाई कल गर्दौन भन्दै उ Another कलमा थि म फेरि टूट्य कसम रातिको १बजेसंम्म कलमाा रैच साथीले ४/५ पटक कल र मेसेज गरेपछि दाईको भनेर रिप्लाई गरि मैले गर्न लगाको भनि मेरो तेत्रो मसेज हरूको उत्र केहि दिईन मलाई ब्लक गरि एकासी म झनै टूट्ये🥺को केटा नि थाहा थियो मलाई मैले उस्लाई मेसेज गरि उस्को उतर थियो आईमाईको जातहरूको भर गर्नू हून्न मलाई केहि मतलब छैन तेस्को उस्लै तेस्तो भन्यो अनि मनमा यो केटा त सरिरिक प्यास मेटाई राको छ जस्तो लाग्यो बास्तबिक तेहिनै रैच उनिहरू दिनहू भट्ने डयता तेता हूने रैच 🥺मलै सबै थाहा पाए फेरि एकदिन अरको केटा पनि म जस्तै हालत रैच Facebook को निकनाम समेत उस्को देखे म छक्क परे 🥺भिनाजू भन्ने गर्थि अर्को संगनि यस्तै रैच मलाई त केहिको नि विस्वार भएन 🥺💔तर बास्तबिक तेहि नै रहेछ उ आफ्नो संतूस्टिकोलाागि हरेक केटासंग बोल्न यतातेता रैच 🥺र मैले फेरिपनि उसैलाई सोधे मलाई जवाफ आयो सबै थाहा पाईस अब साईट लाग म पूरै पागल झै भए 🥺यो जवाफले म टूट्ये धेरैनै दिनपछि उस्लै यस्तो भनि मलाई नै त play boy रे के के रे भनि मलाई धेरैनै नचाहिने फोहोर सब्दको पर्योग गरि म यसैने टूटेक केटो झन झन टूटि रहेक थिय 🥺केहिमा मन लाग्दैन थियो कति रात त केटो भएरनि रोहैरे जान्थो 🥺उ संग बोल्न अत्तिनै मन हून्थो तर सबै तिर मलाई हटाईएको थियो अहिले नि रातिको २ :०६ भएको छ मलाई उस्को अत्ति नै याद आईरहेको छ तेहि कारण मन मेट्न भनेर यो लेखिरहेको छू 🥺🥺मैले तिमिले यो सबै त मलाई गर्यौ तर कोहिलाई अबबाटा नगर है भन्दा तलाई के मत्लब भन्नि जवाफ थियो अहिले नि कून केटो फसिरहेक होला है भन्नि लागिरहेको छ🥺🥺🥺आज दसैको टिकाको दिन 🥺म यतिबेला सम्म उसैको यादमा छू 💔💔जून केटिले मलाई मर्नू न बाच्नू बनाएर गै🥺💔

30/09/2022

खसीको मासु पकाउने तरिका...🤤

–सम्भव भएसम्म घरमै पेलेको तोरीको तेल प्रयोग गनुर्स

–कराईमा तेल राखेर तताउने,

–तेल तालेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्तालाई फुराउनुस् ।

–त्यसपछि प्याज हालेर रातो हुनेगरी भुट्नुस्,

– प्याज रातो भएपछि खसिको मासु राख्नुस्,

–खसिको मासुलाई दुई मिनेटसम्म चलाउँदै भुट्नुस्,

–दुईमिनेटपछि बेसार, नुन राखेर चलाउनुस्,

–नुन र बेसार राखेको मासुलाई २० मिनेटसम्म सानो आगोको तापमा पकाउनुस्,

–समय–समयमा मासुलाई चलाउनुस्,

–मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउने,

–३५ मिनेट पछि मसलाहाल्ने र राम्रोसँग चलाउने ( मसला सकेसम्म घरमै पिधेँको प्रयोग गर्ने,

–मसला राखेको ३ मिनेटपछि काटेको टमाटर राख्ने,

–टमाटर पाकीसकेपछि मनतातो पानी मासुमा राख्ने,

–मासुमा मनतातो पानी हालेपछि ५ मिनेट पकाउने,

– अन्तमा काटेको हरियो धनिया राख्ने । त्यसपछि झोल मासु तयार हुन्छ ।🤗

" आमा आज दशैं हैन र ?"मासु खाने हैन र आज ?थालमा पस्केको पहेंलो मकैको  भात र तेस्मा सागको दुई-तिनवटा त्यान्द्रा हेर्दै मै...
29/09/2022

" आमा आज दशैं हैन र ?"
मासु खाने हैन र आज ?
थालमा पस्केको पहेंलो मकैको भात र तेस्मा सागको दुई-तिनवटा त्यान्द्रा हेर्दै मैले‌ भने‌ ।

आमा अर्को थालमा भात पस्किदै भन्नु भो :
"आज नवमी हो नि !
मासु त दशमिमा पो खान्छन त !
भोलि खाने हो मासु ।"

आठ वर्षको म फेरि बोले :
"तल्ला घरमा त अनि हिजो देखि नै मासु खाइरा छन त ?"

छेउमै बसेकी दिदी ले कराउदै भनी :
"उनिहरूको छ र खान्छन नि...
के सारो कचकच गर्दो रहेछ !
खुरुक्क खा अनि गएर पढ "

म अबोध बालक आमाले‌ भनेसी टाउको हल्लाउँदै खाना खाए !

म आमासँगै सुत्थे !
राति १० बजेतिर मेरो एक निन्द्रा पुगीसकेको थियो, दिदीको कोठाबाट आएको गुनगुन आवाजले म झसङ्ग बिउँझिए ।

आमा भन्दै हुनुहुन्थ्यो :
"भाइलाई मासु खान मन लागेछ !
त संग कति छ पैसा ?"

दिदीले भन्दै थि :
तेसैको school fee का लागी भनेर जोगाको २० रुपैयाँ अनि तपाईको दबाईको लागी भनेर राखेको २० त छ नि !

आमाले फेरि भन्दै हुनुहुन्थ्यो :
"खड्काले बाकी दिदैन आधि किलो मासु ?
बेकारमा अस्ति घरको कुखुरा बेचियो ।"

दिदीले भनि :
कहा दिन्छ त्यस्ले बांकी !
फेरि दुई दिन नभई माग्न आईहाल्छ ।
का बाट तिर्नु फेरी !
त्यो कुखुरा बेचेर त अहिले सम्म मकैको भात खान पाइईएको छ नि ।

आमा, सुस्केरा हाल्दै :
"जिद्दी गर्छ भोलि ,‌मासु खै भनेर !
मेरो दबाई पछि किन्दा हुछ ।
भोलि बिहान २० रुपैयाँ को एक पाउ मासु लिएर आइज!" भन्दै आमा Bed तिर आउनु भयो ।

आमा आउनु भएको देखेर म निदाएको Acting गरे !

आमा सिरक आधी ओढेर खै के सोच्दै हुनुहुन्थ्यो !
म आमा‌तिर फर्किदै भने :
"आमा ! दशैंमा मासु खानै पर्ने हो र ?"

आमा झ्यास्स हुदै भन्नु भो :
"निदाको छैनस अझैं ?"

मैले जिद्दी गर्दै भने :
"भन्नु न आमा , दशैंमा मासु खानै पर्ने हो र ?

आमाले मेरो टाउको मुसार्दै भन्नु भो :
"सबैले खाने भएर , खानै पर्ने भएको होलानि बाबु !"
मैले भने :
"तेसो भए यो वर्ष हामी नखादा हुन्न र भन्या ?"

आमाले मेरो मुखमा एक टक हेर्दै भन्नु भो :
"तलाई खान मन लागेको छ , भन्या हैनस अगि ?"

मैले आमाको काखमा टाउको राख्दै भने :

" अगि तल्लो घरमा देख्या थिए मासु,
कस्तो उल्टि नै आयो !
त्यस्तो घिनलाग्दो मासु नखाने अब म !
त्यो मासु भन्दा हाम्रो घरको साग कति मिठो - मिठो !!
सागपात ले आंखा पनि त तेजिलो हुन्छ, हैन त आमा ?"

आमा मुस्कुराउदै भन्नु भयो :
"कति ग्यानी भा को छोरा । ❣️

(This is belongs to the major problems for a poor family during the Festivals. Be happier with what you have then other. Suvakamana)
❣️❣️❣️❣️

29/09/2022

बिहानको सात नबज्दै उनको फोन आउथ्यो सधैं। म निन्द्रामा नै
उनको फोन उठाउँथे। उता बाट उनको आवाज आउथ्यो "गुड मर्निङ
, उठ्ने बेला भएन?"
म आधा निन्द्रामा नै अल्छे श्वरले जवाफ दिन्थे " गुड मर्निङ,
यति राती नै उठ्दिन म त ।"
उनी अलिक कडा श्वरमा भन्थिन "राती नै
अरे ? घाम लागि सके बाहिर, म त चिया पिउंदै छु।"
म प्रेमिल श्वर बनाउदै भन्ने गर्थेँ "एक्लै पिएको ? मलाइ खै त ?"
उनी चिया पिएको "सुरुप्प"आवाज निकाल्दै भन्थिन "इ
लिनुस।"
म पनि साँच्चिकै चिया पिएको झैँ आवाज निकाल्दै भन्ने गर्थेँ
"मीठो, मेरि प्यारीको जुठो चिया।"
उनी खुशी हुँदै भन्थिन " पछि एउटै
कपमा पिउँला है ?"
म मुस्कुराउदै जवाफ दिन्थेँ "हवस हजुर।"
उनी खुशी हुंदै मायालु श्वरमा आग्रह
गर्दै भन्थिन "अब चाहिँ उठ्नु न, धेरै अल्छे नहुनु।"
उनी संग कुरा गर्दा गर्दै मेरो पनि निन्द्रा लगभग हटि
सकेको हुन्थ्यो तर पनि म लाडे श्वर बनाउँदै भन्थे " एक पटक
माया गर अनि मात्र उठ्छु।"
उता बाट आवाज आउथ्यो "उम्मा....."
हो! यसरी नै मेरा हरेक दिनको सुरुवात हुने गर्थ्यो।
लाग्थ्यो मलाइ ब्युंझाउने अनि उठाउने जिम्मा उनैले
लिएकी छिन।
आज, समयको लामो अन्तराल पछि पनि उनले मलाइ उठाउन भने
छोडेकी छैनन । तर अचेल उनी, सपना
बनेर आउँछिन अनि मध्यरात मै ब्युँझाइ दिन्छिन फेरि निदाउन नसक्ने
गरि ।

#शुभ_बिहानि

28/09/2022

महिनौँ भइ सकेछ तिमीसँग नबोलेको पनि
तिमीलाई नदेखेको पनि ....महिनौँ भइसकेछ
तिम्रो लागि भनेर रातीअबेर सम्म नबसेको पनि ,
अनि तिमी आउँछौ भनेर अन आउन छोडेको पनि !
हिजो जस्तै लाग्छ तर महिनौँ भइ सकेछ तिमीले भनेको" सानू छोड्न त छोड्दैनौ नि है !"
हिजो जस्तै लाग्छ तिमीले भनेको " सानू यस्तै बोल्न त छोड्दैनौ नि है " भनेको पनि ....महिनौँ भइसकेछ ,
तिम्रो लागि भनेर ब्यस्त भए पनिसमय निकाल्न छोडेको पनि
तिम्रो बोली सुनेर निदाउन छोडेको पनि .....रातहरु कति भयानक थिए सिरानीले भिजेको आँसुहरुलाई थाहा छ
दिनहरु कति बिरक्तिएर बिते,बाटाहरुलाई थाहा छ , चौताराहरुलाई थाहा छ अनि
चिया पसलहरुलाई थाहा छ ,धेरै भइ सकेछ अब त रुन छोडेको पनि बिरक्तिन छोडेको पनि सम्झिन छोडेको पनि !
महिनौँ भइसकेछ तिम्रो बारेमा चासो लिन छोडेको पनि ,तिम्रो प्रोफाइल हेरेर रमाउन छोडेको पनि ....
कारण खोज्ने कति प्रयास गर्यो होला उसलेतर कहिल्यै भेटेन बिना कारण हराउँदा बिना कारण छोडि दिँदा नराम्रो त लाग्यो होला नि है उसलाई !
तिमीले अरु त पाउलाउ तर ऊ जस्तै पाउँदैनौअरुले नि माया त गर्ला त उसले जति नै नगर्ला💔🥺

28/09/2022

म 20 बर्ष को थिए जब तिम्रो र मेरो पहिलो पटक सामाजिक सञ्जाल मा भेट भएको थियो, तिम्रो फोटो त थिएन तर पनि एउटा अलगै महसूस भएको थियो कि कतै कतै हामी पहिले देखी नै चिनजान भएर नै आएका थियौं जस्तो र आज म 22 को भए। पहिले जस्तो रहेन म र तिमी पनि पहिले जस्तो रहिनौ भन्दा भन्दै हामी छूट्एको 5 महिना भएछ।
धेरै कुरा हरु बदलिए हामी बीच मा तर याद र माया भने पुरानै रहे। के हुन्थ्यो होला आखिर हामी छुटिए जस्तै याद हरु पनि मेटिएर गएको भए। लाग्थ्यो तिमिलाई पाएर मैले यो संसार जीते। त्यो कुरा को घमण्ड टुट्दा जति मेरो जति आँसू बग्यो त्यो तिम्ले पनि महसूस गर्न सक्छेऊ होला। तर सायद समय को खेल यही नै होला कहिले सबै थोक पाउनु को घमण्ड त कहिले त्यही कुरा गुमाउनु को पिडा। आखिर जे जस्तो भए पनी तिमी संग बिताएको पल हरु अझै पनि आँखा अगाडि झलझल आरहन्छ तर चाहेर पनि त्यो दिन फिर्ता आउन असम्भव लाग्छ।
जहाँ जस्ती भएपनि तिमी आफ्नो ख्याल राख्नु है माया..
कैले काँहि कौसि मा बसेर मेरो सम्झना पनि गर्नु है माया।
सायद तिम्लाई मैले रोक्न कर नगरेर पनि होला, यसलाई मेरो गल्ती नमानेर भाग्य लाई दोष दिनु है माया..
जहाँ जस्ती भएपनि सधै आफ्नो ख्याल राख्नु है माया❣️

28/09/2022

छिमेकी कि 6 बर्षिय छोरी जहिले मेरो कोठामा आउथिन
"Uncle uncle" भन्दै अनि म ल्यापटप मा कार्टुन लाइदिन्थे अनि उ आफ्ना बाउ आमा सबै बिर्सेर कार्टुन हेरेर बस्थिन!
बिहान स्कुल जानू भन्दा अघि अनि स्कुल छुट्टि हुने बितिक्कै आइपुगी हाल्थिन!
मलाइ दिक्क लाग्न थालिसकेको थियो!
"कस्ता बाउ आमा होलान, छोरी कता गै भनेर खोजी नि गर्दैनन" भनेर सोच्थे!
अनि फेरि "छोरी यता पठाएर बुढा बुढी रोमान्स गर्दै बस्छन होला" नि सोच्थे!
एकदिन वाक्क लागेर थर्काए
"आफ्नो घर जाउ" भनेर तर उस्को अनुहार निन्याउरो देखेर सोधेको
उस्का बाउ आमा डेलि झगडा गर्दा रहेछन! त्यही देख्न नसकी मसङ्ग आउदी रहिछिन!
यसो झ्याल बाट मुन्टो निकालेर सुने....
साचिक्कै हानाहान परिरा रहेछ बुढा बुढिको!
बाउ आमा झगडा गर्दा छोरिको कुहिना मा नि लागेको रहेछ!
छाला पिल्सिएको रहेछ!
एउटा घाउको मलम थियो....
त्यो लगाइदिए अनि
"बेलुका सुत्ने बेलामा नि लगाउनु है" भनेर दिए!
उ र म साथी जस्तै भैसकेका थिइम!
म कतै बाहिर गएको बेला उस्लाइ आइस क्रीम नत्र केही न केही चक्लेट लिएर आउथे!
उ आफै ल्यापटप खोलेर युट्युब मा कार्टुन हेर्दै बसेकी हुन्थिन!
एकदिन बेलुका उ गएपछी एक्कासी छिमेकीनि र उस्को पोइ.. छोरी ल्याएर
मलाइ
"त साले बलात्कारि! मेरि यति सानी छोरिलाइ
रेप गर्ने आट कसरी गरिस"
भन्दै सिधै मेरो कपाल जगटाउन थाले!
गाउघर का मान्छे भेला भए!
कतिले मलाइ घेरेर कुटे....
के भैराछ मैले अतोपतो पाइन! मैले केही बोल्ने मौका नै पाइन!
"यस्लाइ फाँसी दिनुपर्छ,
यस्को लि* काट्नुपर्छ" भनेर पुरै जमात खनिएका थिए!
मेरा बाउ आमा
रुदै छुट्याउन खोज्दै थिए तर
भिड ले मलाइ यति कुटे....म त्यही बेहोस भएर ढलेछु!
पुलिस आयो!
मलाइ सिधै हत्कडी लगाएर पुलिस चौकी लगियो रगतै सरि!
अनि पुलिस चौकी मा ती सानी नानिलाइ ल्याएर
पुलिस ले सोध्यो
"नानी...यो uncle ले तिमिलाइ कहाँ कहाँ छोयो" भनेर!
ती नानी चुप लागिन!
अनि फेरि केटि प्रहरीले नानी को प्राइभेट पार्ट देखाउदै
"Uncle ले यहाँ छुनुभयो" भन्दै सोधी!
नानी बोलिन
"Uncle ले मलाइ माया गर्न सिकाउनु पो भाको त!"
पुलिस ले ठुला ठुला आँखा मलाइ तर्दै फेरि सोध्यो नानिलाइ
"कस्तो माया? नडराइ भन तिमिलाइ केही हुन्न"
नानिले आफ्नो हाफ पैन्ट्को गोजि बाट
drawing निकालिन अनि देखाउदै
"यी यसरी! ड्याडी र मामुलाइ झगडा गर्नु हुन्न,
माया गर्नु पर्छ" भनेर सिकाउन लाउनु भाको!
पुलिस ले त्यो drawing हेरे!
दिउँसो मैले
एक छेउमा बाउ अर्को छेउ मा आमा अनि बिचमा सानी नानिको drawing बनाएर
"Dont fight please! It will mentally effect your child"
लेखेर ठूलो smily बनाएर
"तिम्रो ड्याड मामुलाइ देखाउ है" भनेर दिएको थिए!
त्यो drawing देखेर सारा पुलिस चौकी नै स्तब्ध भयो!
सबै मलाइ दयालु भावले हेरिराथे....
म भने एउटा कुनामा कुटाइको पिडाले जिउदो लास जस्तो लमतन्न परेको थिए!
ती नानी मेरो छेउमा आएर बोलिन
"Uncle तपाइले दिएको घाउको औषधि मेरो स्कुल ब्याग मा छ,
भोलि बिहान ल्याएर लगाइदिन्छु ल म"

13/09/2022

अरुले मोबाइल हेर्दा हेर्दै आँखा बिग्रीन्छ भन्छन 😀आफ्नो भने यही आँखाले हेर्दा हेर्दै 4,5 वटा मोबाइल बिग्रीसके😉😂

02/09/2022

म बालेन जस्तै शान्त थिए ! ऊ हर्के जस्ती थि, पतर पतर गर्नी ! अहिले कुन चाइ लाई प्रेमको बृक्षारोपण गरेर, मायाको ढुङ्गा बोक्दै होलि 🤔🤣

02/09/2022

आँखा लाई आकर्षित होइन जिन्दगी आकर्षित बनाउने सँग समबन्ध जोड्नुहोस् अनि जीवन मा सुख पाइन्छ महोदय।😊💝 #सूभ बिहानी

Address


Website

Alerts

Be the first to know and let us send you an email when मेरो प्यारो नूवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share