नवलपरासी जिल्लाको परिचय
नेपालको पाँच बिकास क्षेत्र मध्ये पश्चिमाञ्चल बिकास क्षेत्रमा पर्ने ३ ओटा अञ्चल मध्ये गौतम बुद्धको जन्मस्थलको रुपमा बिश्व परिचित लुम्बिनी अञ्चलका ६ जिल्ला मध्येको एक जिल्ला नवलपरासी हो । यस जिल्लामा गौतम बुद्धको मावली रामग्राम पनि पर्दछ । यो जिल्ला अधिराज्य भरिमा सबैभन्दा बढि कुमाल (१२,३७६) र रजभार (६,१४१) जनसंख्या भएको जिल्ला पनि हो । यस जिल्लाको सम्पूर्ण भू-भागलाई दाउन्ने
ख डाँडोले करीब बिचबाट चिरी पूर्वतर्फ नवलपुर क्षेत्र र पश्चिमतर्फ परासी क्षेत्र गरी २ भागमा बिभाजन गरेको छ । जिल्लाको लगभग मध्यभागबाट ९९ कि.मी. लामो महेन्द्र राजमार्ग द्वारा काटिएको यस जिल्लाकेा क्षेत्रफल २१६२ बर्ग कि.मी.(के.त.बि.) रहेको छ । पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभी २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो । त्यसभन्दा अघि यस जिल्लालाई बुटवल जिल्लाको पाल्ही झारखण्ड भनिन्थ्यो ।
भौगोलिक बिभाजन
यस जिल्लाको पूर्वी - दक्षिणी भागमा नवलपुर, पश्चिम-दक्षिणी भागमा तर्राई, उत्तर, उत्तर पूर्व र उत्तर-पश्चिममा पहाडी भेग अबस्थित छ । जिल्लाको भौगोलिक स्वरुपका आधारमा जिल्लामा देहाय बमोजिम बिभाजम बिभाजन गर्न सकिन्छ ।
क) पहाडी प्रदेश
जिल्लाको बीचमा पर्ने महाभारत लेकको उत्तरी एबं दक्षिणी ढाल र महाभारत लेक हुदै दक्षिणतिर फैलिएर नारायणी नदीको किनारसम्म फैलिएको चुरे श्रृंखलालाई पहाडी प्रदेश मानिएको छ । यो क्षेत्र ५०० देखी १९३६ मी. सम्मको उचाईमा फैलिएको छ । यस क्षेत्रका अग्ला टाकुराहरुमा देबचुली(१९३६ मी.), बड्चुली १७६५ मी. र महल पोखरी १०३२ मी उल्लेखनीय छन् ।यस क्षेत्रबाट गिरुबारी, अरुण, dmरही, केरुङ्गे , तुयिर ,धनेवा आदि खोलाहरु दक्षिण तर्फबगी नारायणी नदीमा तथा देउसत, फूलमादी, निरन्दि, बुंदी आदि खोलाहरु उत्तर तर्फबगेर काली गण्डकीमा मिसिएका छन् । सिंचाईको पर्याप्त सुबिधा नहुदा यस क्षेत्रमा त्यति खाद्यान्न उत्पादन हुदैन । यस प्रदेशको उच्च भेगमा लाली गुराँस , ठिंग्रेसल्लो , गोब्रे सल्लो तथा तल्लो क्षेत्रमा साल, सिसौ आदिका रुख हरु पाईन्छन् । जिल्लाका कुल ७३ गा.बि.स.मध्ये १७ गा.बि.स. यस क्षेत्रमा पर्दछन् । यहाँका प्रमुख बस्तीहरुमा डेढगाँउ, बुलिङ्गटार, नगरडाँडा, अर्खला, ब्याघान आदि पर्दछन् ।
ख) भित्रि मधेस
महाभारत लेकको दक्षिण र चुरे पर्बतमाला संग जाडिएको पहिले पहिले ओलिया प्रदेश भनी चिनिएके समथर भू-भाग लाई भित्रि मधेश भनिन्छ । जिल्लाको पूर्व दक्षिणमा रहेको नवलपुर क्षेत्रनै भित्रि मधेशको रुपमा रहेको छ । यो क्षेत्र समुद्री सतहबाट करीब ३०० देखि ५०० मी. सम्मको उचाईमा पर्दछ । यस क्षेत्रको सालको जंगल नेपाल अधिराज्यमा सबभन्दा राम्रो मानिन्थ्यो । यस क्षेत्रमा मुख्य खाद्य बाली हरुमा धान मकै र गहूं पर्दछन । यस क्षेत्रमा २० वटा गा.बि.स.हरु पर्दछन् । गैडाकोट , रजहर , प्रगतीनगर, कावासोती , शिबबस्ती , अरुणखोला, चोरमारा र दुम्किबास यहांका प्रमुख बस्तीहरु हुन् ।
ग) तर्राई प्रदेश
चुरे पहाडको पश्चिम-दक्षिण क्षेत्र , परासी खण्डको समथर भू-भाग लाई यहांको तर्राई भन्ने गरिन्छ । यो क्षेत्र दक्षिण पूर्वमा नारायणी नदी , दक्षिणमा भारतीय सिमाना र पश्चिममा रुपन्दिेही जिल्लाको पूर्वी सिमाना सम्म फैलिएको छ । यहांको माटो चिम्ट्याईलो भएको ले यस क्षेत्रमा उखु , धान , गहु, दलहन र तेलहनको अतिरिक्त तरकारी खेती पनि राम्रो हुने गर्दछ । यो क्षेत्र समुन्द्र सतह देखि ३०० मी .सम्म उचाईमा रहेको छ । यस क्षेत्रमा ३६ गा.बि.स. र १ न.पा. रहेका छन् ।
प्रशासनिक तथा राजनैतिक बिभाजन
नवलपरासी जिल्ला बि.सं. २०५२ साल भन्दा पहिले ७७ वटा गा.बि.स.मा बिभाजित थियो । २०५२ सालमा जिल्लाको सदरमुकाम परासी सहित ४ गा.बि.स. रामग्राम न.पा.मा परिणत भएपछि ७३ गा.बि.स. र १ न.पा. कायम भएका छन् । प्रतिनिधि सभा सदस्यको निर्बाचनको दृष्टिकोटले यस जिल्लालाई ४ संसदीय निर्बाचन क्षेत्रमा बिभाजन गरिएको छ । यस जिल्लामा १५ वटार् इलाका र १५ वटै सेवा केन्द्रको स्थापना गरिएको छ । यसको अलावा कावासोतीमार् इलाका प्रशासन, बन, मालपोत, खानेपानी, नापीर्,र् इलाका प्रहरी, बिद्युत प्राधिकरण जस्ता कार्यालयहरु छन् । प्रस्तुत तालिकाले गा.बि.स.तथा न.पा.को राजनैतिक, प्रशासनिक तथा पहुंचको अबस्थालाई चित्रण गर्दछ ।
भौगोलिक अबस्थिति
अक्षांश : २७ डिग्री २१ मिनेट देखि २७डिग्री४७ मिनेट उत्तर
देशान्तर : ८३डिग्री ३६ मिनेटदेखि ८४डिग्री २५ मिनेट पूर्व
सिमाना
पूर्व :चितवन
पश्चिम : रुपन्देही
उत्तर : पाल्पा र तनहुँ
दक्षिण : भारतको उत्तर प्रदेश र बिहार
क्षेत्रफल : २१६२ बर्ग कि.मी.
उचाई : ९१ देखि १९३६ मिटरसम्म