Bharatpur Metro News

Bharatpur Metro News Bharatpur Metro News सूचनाको हकलाई प्रत्याभूति दिलाउन हामी हर समय दत्तचित्त छौं । पाठकको रुचि र चासो सधैं हाम्रो केन्द्रमा रहनेछ ।

भरतपुर महानगरपालिकामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ ।तस्व...
17/08/2024

भरतपुर महानगरपालिकामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तीब्र रुपमा अघि बढेको छ ।
तस्वीर:सुरेन कुँवर

सुन्दर भरतपुर, गरौँ सँगै टुरतस्वीर–सुरेन कुँवर
04/08/2024

सुन्दर भरतपुर, गरौँ सँगै टुर
तस्वीर–सुरेन कुँवर

12/03/2024

सन्दिप लामिछाने बन्ने दौडमा छन् यी भाई

02/03/2024

विद्यालयस्तरीय मेयर्स कप क्रिकेट लिग फाईनल खेल Valmiki VS Orchid School

29/02/2024

चितवन । धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि अलपत्र रहँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला न....

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरबीच भेटवार्ता भएको छ । सोमबार महानग...
08/01/2024

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरबीच भेटवार्ता भएको छ । सोमबार महानगरमा भएको भेटवार्तामा भरतपुरको विकास निर्माणमा भएको प्रगतिकोबारे साक्षात्कार भएको थिए ।

भरतपुरका रुग्ण आयोजनाले गति लिन थालेका छन् । ।सोमबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सघन सहरी आयोजना नेतृत्वको ट...
01/01/2024

भरतपुरका रुग्ण आयोजनाले गति लिन थालेका छन् । ।सोमबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सघन सहरी आयोजना नेतृत्वको टोलीले पार्वतीपुरदेखि महेन्द्रचोकसम्मको सडकको अनुगमन गरेको छ ।
रुग्ण आयोजनाको रुपमा रहेको यो सडक अहिले निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ ।
आर्थिक वर्ष ०७४/०७५ ले रमन शिव शक्त्ति जेभिले ठेक्का पाएको सडक गत असोजबाट यस क्षेत्रको सडक निर्माण सुरु भएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजनाका चितवन प्रमुख झपट बहादुर थापाले सुन्दवस्तीचोकदेखि वरको बोटसम्म कालोपत्रेको कार्य भईसकेको जानकारी दिनुभयो । अब बरको बोटदेखि दाहाल/ रिमाल चोकसम्म फागुन अन्तिमसम्म कालोपत्रेको कार्य सकिने प्रमुख थापाले बताउनुभयो ।
यो सडक प्रचण्ड मार्गको मध्य मागमा पर्ने र लामो समयदेखि रुग्ण बनेकाले स्थानीयले सास्ती व्यहोरेका थिए ।
महानगर प्रमुख दाहालको लामो समयदेखिको पहल कदमीले यो रुग्ण आयोजनाले सार्थकता पाएको हो । यो बाँकी २ दशमलव ५ किलोमिटर निर्माण सम्पन्न भएसँगै तेलौलीसम्मको प्रचण्ड मार्ग पुरा हुनेछ ।
यस्तै माडी ठोरी हुलाकी सडक अन्तर्गत हाकिमचोकदेखि सीताराम चोकसम्मको सडकले पनि गति लिएको छ । महानगर प्रमुख दाहालको पहलपछि अहिले गति लिएको छ । यी सडकको निर्माण कार्य धमाधम बढ्न थालेपछि यहाँको प्राय मुख्य बाटोहरु कालोपत्रे भईसक्ने छन् ।........

03/11/2023

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त...

03/11/2023
भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्धमा चितवनका पत्रकारसँग अन्तरक्रिया गरिएको छ । महानगरपालिकाको सभाहलमा बुधबार भएको अन्तर...
01/11/2023

भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्धमा चितवनका पत्रकारसँग अन्तरक्रिया गरिएको छ । महानगरपालिकाको सभाहलमा बुधबार भएको अन्तरक्रियामा भ्रमण वर्ष सफल बनाउन पत्रकारसँगको सहकार्यका बारेमा छलफल भएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारीका विषयमा अवगत गराउनु भएको थियो । प्रमुख दाहालले भ्रमण वर्षको तयारीलाई तीब्र रुपमा अगाडि बढाई रहेको सो अवसरमा जानकारी दिनुभयो । भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो ।

भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सिप आर्जन गर्न सके राेजगारी सिर्जना हुने बताउनुभएकाे छ । महिला समूह समन्वय समिति...
17/10/2023

भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सिप आर्जन गर्न सके राेजगारी सिर्जना हुने बताउनुभएकाे छ ।
महिला समूह समन्वय समितिको २५ ‍औ साधारण सभालाई उद्घाटन गर्दै उहाँले राेजगारीका लागि पहिला सिप चाहिने उल्लेख गर्नुभयो ।
अहिले महानगरपालिकाले राेजगारीकाे लागि विभिन्न संघ संस्थालाई चाहिने कर्मचारीको तथ्याङ्क संकलन गरी जब बैँक निर्माण गर्ने काम भइरहेको बताउनुभयाे ।
सीप विकासकाे लागि महानगरपालिकाले मागमा आधारित तालिमहरु दिने गरेकाे प्रमुख दाहालको भनाई छ ।

पूर्वी चितवन र माडी ठोरीतर्फपश्चिम चितवनबाट आउने सवारी साधन  चौविसकोठीसम्म ल्याउन पाइने भएको छ । सोमबार भरतपुर महानगरपाल...
16/10/2023

पूर्वी चितवन र माडी ठोरीतर्फपश्चिम चितवनबाट आउने सवारी साधन चौविसकोठीसम्म ल्याउन पाइने भएको छ । सोमबार भरतपुर महानगरपालिकामा भएको सर्वपक्षिय छलफलपछि सो निर्णय गरिएको हो । गत मंसिरबाट यहाँ सडक निर्माण कार्य भईरहेकाले सवारी ल्याउन रोक लगाईएको थियो । सवारीलाई पिक एण्ड ड्रपको सिद्धान्त अनुसार चलाउन सकिने छलफलले निष्कर्ष निकालेको छ ।
साथै समग्र महानगर क्षेत्रभित्रका सवारी साधनहरूको उचित व्यवस्थापनका लागि सम्बन्धित सरोकारवाला पक्षसमेत रहने गरी गठन भएको प्राविधिक कार्यदलले सुझाव प्रतिवेदन पेश गरे पश्चात दिगो व्यवस्थापन गरिने भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेशले दिने अनुदानलाई एक द्वार प्रणालीबाट महानगरबाट दिन सक्ने सम्भावना रहेको ब...
16/10/2023

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेशले दिने अनुदानलाई एक द्वार प्रणालीबाट महानगरबाट दिन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
भरतपुर ६ मा रहेको देवनगर दुग्ध उत्पादक सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रमुख दाहालले दुई वटा सरकारले दूधमा अनुदान दिदाँ बेरुजु आउने भएकाले रोकिएको उल्लेख गर्नुुभयो ।
प्रदेशले दिने अनुदान भरतपुरमा पठाए भुक्तानी दिन कुनै समस्या नआउने र यस विषयमा वागमती प्रदेशका मुख्यमन्त्री सकारात्मक रहेको जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ६ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताउनुभएको छ ।भरतपुर १३ मा रहे...
16/10/2023

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ६ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताउनुभएको छ ।
भरतपुर १३ मा रहेको आधारभूत विद्यालय उज्जवल नगरको ६ कोठे विद्यालय भवनको शिलान्यास गर्दै उहाँले शैक्षिक क्रान्तिले शैक्षिक गुणास्तर वृद्धि हुदै गएको उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले शैक्षिक विकासका लागि विभिन्न ऐन कानुन, नीति, नियम, कार्यविधि निर्माण गरी मसिनो गरी शैक्षिक गुणस्तरका लागि कदम चाले अनुसार नतिजा प्राप्त भएको बताउनुभयो ।

15/10/2023

३ वटै खानेपानी आयोजनाको शिलान्यास र उद्घाटन गर्ने सौभाग्य मिलेकोमा खुसी छु : प्रमुख दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका ३ वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।  आईतबार एक क...
15/10/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका ३ वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । आईतबार एक कार्यक्रमका बीच जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गर्नुभएको हो ।

भरतपुर भ्रमण वर्ष २०२४ का बारेमा स्थानीय पालिका जिल्ला समन्वय समिति चितवनसँग छलफल गरिएको छ ।शुक्रबार भरतपुर महानगरपालिका...
13/10/2023

भरतपुर भ्रमण वर्ष २०२४ का बारेमा स्थानीय पालिका जिल्ला समन्वय समिति चितवनसँग छलफल गरिएको छ ।
शुक्रबार भरतपुर महानगरपालिका सभाहलमा आयोजना भएको कार्यक्रममा भरतपुर भ्रमण वर्षलाई सफल बनाउन अन्तर पालिका सहकार्यको लागि छलफल गरिएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर आएका पर्यटक भरतपुरमा मात्र नभएर छिमेकी पालिकाका पर्यटकीय क्षेत्रमा घुम्ने भएकाले यो भ्रमण वर्ष चितवनका पालिका, गैँडाकोट र देवघाट गाँउपालिकाको भएको उल्लेख गर्नुभयो।
भ्रमण वर्षलाई भरतपुरको नामकरण दिइएको भएपनि समग्रमा सबै पालिकाको भ्रमण वर्ष भएको उल्लेख गर्नुभयो ।
उहाँले भ्रमण वर्षको क्यालेण्डरमा सबै छिमेकी पालिकाका पर्यटकीय गन्तव्यलाई समावेश गरिने बताउनुभयो ।
भ्रमण वर्षको सन्दर्भमा सबै तह र तप्कासँग नियमित जस्तो छलफल गरी तयारीलाई तीब्र पारिएको जानकारी दिनुभयो ।
कार्यक्रममा रत्नगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा, राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, ईच्छाकामना गाँउपालिका प्रमुख दान बहादुर गुरुङ, देवघाट गाँउपालिका प्रमुख तिल बहादुर मगर लगायतका उपस्थिति रहेको थियो ।

13/10/2023

दियालो बंगला दरबारको बाँकी भू–भागमा अन्तर्राष्ट्रिय स्तरको पार्क निर्माण गर्छौः प्रमुख दाहाल

Address

Bharatpur Chitwan
Narayangarh
44200

Website

Alerts

Be the first to know and let us send you an email when Bharatpur Metro News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bharatpur Metro News:

Videos

Share


Other News & Media Websites in Narayangarh

Show All