14/09/2024
पोखरामा भव्य रूपमा सम्पन्न प्रेरणादायी आध्यात्मिक कार्यक्रम
✨ मिति: २०८१/५/२८ गते, शुक्रबार
📍 स्थान: श्री मसिना आधारभूत विद्यालय, पोखरा-१४, मसिना, खाल्टे, कास्की
विद्यालय स्थापना: २०३८ साल
कास्की जिल्लाको समृद्ध ऐतिहासिक धरातलमा रहेको श्री मसिना आधारभूत विद्यालय, पोखरा-१४, खाल्टेमा अत्यन्तै प्रेरणादायक र समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आध्यात्मिक चेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। विद्यालयका शिक्षक र विद्यार्थीहरुको सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष उचाइ प्रदान गर्यो।
यस कार्यक्रममा सनातन वैदिक ज्ञानको धरोहर मानिने गीता, वेद, र शास्त्रबाट समाजमा व्याप्त विभिन्न सामाजिक विसंगतिहरू जस्तै: आत्महत्या, छुवाछुत, नशा दुव्र्यसन, दाइजो प्रथा, र घरेलु हिंसाको उन्मूलनका उपायहरू बारे प्रमाणित आध्यात्मिक मार्गदर्शन दिइयो।
🔹 जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजजीको ज्ञानको आलोकमा, यी विकृतिहरूको अन्त्य गर्दै एक स्वस्थ, नैतिक, र सभ्य समाजको निर्माणको दिशा प्रस्तुत गरियो।
🔹 उपस्थित महानुभावहरूले समाज सुधारका लागि अपरिहार्य ठहरिने आध्यात्मिक साहित्य ग्रहण गरे, जसले मानव जीवनलाई शान्त, सुखमय र उन्नत मार्गमा अग्रसर गराउँछ।
🔹 विद्यालयका साना साना भाइबहिनीहरूले पनि कार्यक्रममा उत्साहपूर्वक भाग लिए। सतगुरु सन्त रामपालजी महाराजको ज्ञान सुन्दा उनीहरूलाई खुसी पनि लाग्यो र अचम्म पनि। उनीहरूले उल्लेख गरे कि घरमा रक्सी, चुरोट, र सुर्तिजन्य वस्तु सेवन गर्दा झगडा र नराम्रो असर परेको छ। त्यसैले, उनीहरूले यो ज्ञान आफ्ना आमाबुबालाई सुनाएर ती गलत अभ्यासहरू रोक्ने प्रण गरेका छन्।
🔹 विद्यार्थीहरूको उत्साही सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो, जहाँ उनीहरूले यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर भइरहनुपर्नेमा विशेष जोड दिएका थिए।
🌟 कार्यक्रमको मुख्य उद्देश्य:
समाजमा व्याप्त हानिकारक प्रथाहरूको अन्त्य गर्दै, आध्यात्मिक चेतनाको उज्यालो फैलाउनु, जसले समाजमा शान्ति, सद्भाव, र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
कार्यक्रमको समापनमा सबैलाई सद्भावपूर्ण धन्यवाद दिँदै, यस्ता आध्यात्मिक कार्यक्रमहरूको निरन्तरता राख्दै समाज सुधारको अभियानलाई अझ सशक्त बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरियो।