गोधुली

  • Home
  • गोधुली

गोधुली mero aawaj

तस्करको आक्रमणबाट प्रहरी हवल्दार घाइतेमोरङ : मोरङमा तस्करले आक्रमण गर्दा सशस्त्र प्रहरीका हवल्दार घाइते भएका छन् ।भारतबा...
11/04/2024

तस्करको आक्रमणबाट प्रहरी हवल्दार घाइते

मोरङ : मोरङमा तस्करले आक्रमण गर्दा सशस्त्र प्रहरीका हवल्दार घाइते भएका छन् ।भारतबाट दुई वटा साइकलमा लोड गरी अवैध रूपमा ल्याउँदै गरेको धानको बीउ नियन्त्रणमा लिने क्रममा मोरङको रतुवामाई १ मा सशस्त्र प्रहरी हवल्दार युवराज तामाङ घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार बिहीबार बिहान ५ बजेतिर भारततर्फबाट अवैध सामग्री आउँदै गरेको देखेपछि सीमा सुरक्षा गुल्म वरडङ्गाका सशस्त्र प्रहरी हवल्दार तामाङले नियन्त्रणको प्रयास गरेका थिए ।
सोही क्रममा रतुवामाई १ बस्ने सावर मियाँले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थिए । ढुङ्गाले लागेर उनी घाइते भएका छन् । ढुङ्गा प्रहार गरेर भागेको मियाँको समूह भारततर्फ भागेको बताइएको छ ।

आज इद उल फित्र,देशभर सार्बजनिक विदामोरङ।  इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) ...
11/04/2024

आज इद उल फित्र,देशभर सार्बजनिक विदा

मोरङ। इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।
इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ।
खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।
खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ।इदका अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।

१ करोड २२ लाखमा बेली ब्रिज.....उर्लाबारी र छिमेकी पालिका पथरीशनिश्चरेलाई जोड्ने उर्लाबारी २ को सुनझोडा जनटोलमा रहेको सुन...
10/04/2024

१ करोड २२ लाखमा बेली ब्रिज.....

उर्लाबारी र छिमेकी पालिका पथरीशनिश्चरेलाई जोड्ने उर्लाबारी २ को सुनझोडा जनटोलमा रहेको सुनझोडा खोलामा १ करोड २२ लाख लागतमा ‘बेली ब्रिज’ निर्माण सम्पन्न भएको छ ।
करिव ६० घरधुरी रहेको उर्लाबारी २ को जनटोल गाउ झट्ट हेर्दा खोलाले काटेको पथरीशनिश्चरे नगरपालिकाको भुगोल सग जोडिएको अर्कै गाउपालिकाको भुभाग हो जस्तो भान भएतापनि त्यो गाँउ उर्लाबारी नगरपालिका भित्रै पर्ने गर्दछ । खोलामा पुल नहुदा सो गाउका मानिसहरु बर्खाको समयमा उर्लाबारी सग जोडिन असम्भव जस्तै हुने गथ्र्यो तर अव सो ठाउमा पुल बनेपछि भने उनिहरुले बर्षौ देखी भोग्दै आएको समस्याबाट मुत्ति मिलेको छ ।

मोरङको सुन्दर हरैचा स्थित श्री पाथिभरा मन्दिरमा हरेक बिहान घुईचो लाग्न थालेकोछ ।  जय पथिभरा माता ।
10/04/2024

मोरङको सुन्दर हरैचा स्थित श्री पाथिभरा मन्दिरमा हरेक बिहान घुईचो लाग्न थालेकोछ ।
जय पथिभरा माता ।

पथरीका एक बालकको सिमसारमा डुबेर मृत्युमंगलबार पथरीशनिश्चरे वडा नम्बर १ हनुमान चोक घर भएका एक बालकको उर्लाबारी -२ स्थित ल...
09/04/2024

पथरीका एक बालकको सिमसारमा डुबेर मृत्यु

मंगलबार पथरीशनिश्चरे वडा नम्बर १ हनुमान चोक घर भएका एक बालकको उर्लाबारी -२ स्थित लामपाते सिमसारमा डुबेर मृत्यु भएको छ ।मंगलबार दिउसो करिव १ बजे सालबारी सामुदायिक वन उपभोक्ता समुहभित्र पर्ने सो सिमसारको पोखरीमा पौडि खेल्ने क्रममा हनुमान चोक निवासी पुन्य गौतमका ११ वर्षिय छोरा सुर्य गौतमको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।प्रहरीका अनुसार कक्षा ५ को रिजल्ट हेरेर आफना ९ जना साथीहरुसँग पौडि खेल्न सिमसार पुगेका गौतम पौडि खेल्ने क्रममा पोखरीको दलदल हिलोमा डुबेको थाहा पाएपछि उनकै साथीहरुले उद्धार गरी पोखरीको डिलमा निकालेको बताईएको छ । उनलाई साथीहरुले पोखरीबाट मृत अवस्थामा निकालेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनको शवलाई पोष्टमार्टमका लागी उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ । यता घटनाको बारेमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । गौतम पथरीस्थित पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । विद्यालयले आज वार्षिक परीक्षाको परिक्षाफल प्रकाशन गरेको थियो ।

छोराले कुटपिट गर्दा बुबाको मृत्युसंखुवासभा। संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृ...
09/04/2024

छोराले कुटपिट गर्दा बुबाको मृत्यु

संखुवासभा। संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए । घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ

मोटरसाइकल चोर्दाचोर्दै भद्रपुरका गुरुङ पक्राउबिर्तामोड । झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ...
09/04/2024

मोटरसाइकल चोर्दाचोर्दै भद्रपुरका गुरुङ पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९ का १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे. १० प ३२०७ नम्बरको होन्डा कम्पनीको साइन मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

उर्लाबारी बासिहरुमा सर्बजनिक सुनुवाइको सूचना ।
08/04/2024

उर्लाबारी बासिहरुमा सर्बजनिक सुनुवाइको सूचना ।

गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेको डिभोर्स भएको छ। सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बत...
08/04/2024

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ।

सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।
चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।l

धनकुटामा सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामदधनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालीका- ६ भेडेटार चौकबाट मिनिट्रकम...
08/04/2024

धनकुटामा सब्जी बोक्ने मिनिट्रकबाट लागुऔषध गाँजा बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालीका- ६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।
गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोरङ जिल्ला खेलकुद बिकास समितिको पदभार ग्रहण गर्नुहुदै उर्लाबारी ९ का ईन्द्र लामा ।
08/04/2024

मोरङ जिल्ला खेलकुद बिकास समितिको पदभार ग्रहण गर्नुहुदै उर्लाबारी ९ का ईन्द्र लामा ।

पठाओको 'बाइक राइड' सेवा अब छिट्टै कोशी प्रदेशका नौ शहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्त...
07/04/2024

पठाओको 'बाइक राइड' सेवा अब छिट्टै कोशी प्रदेशका नौ शहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुने भएको छ ।

अघिल्लो वर्ष १४ करोडमा लागेको चिसाङको ठेक्का ४ करोडमा लेटाङ। गत बर्ष १४ करोडमा ठेक्का लागेको मोरङको लेटाङस्थित चिसाङ्ग ख...
07/04/2024

अघिल्लो वर्ष १४ करोडमा लागेको चिसाङको ठेक्का ४ करोडमा

लेटाङ। गत बर्ष १४ करोडमा ठेक्का लागेको मोरङको लेटाङस्थित चिसाङ्ग खोला यस बर्ष ४ करोडमा ठेक्का लगाईएपछि सामाजिक सञ्जालमा तरंग सिर्जना भएको छ ।
चिसाङ्ग खोला ठेक्काबारे पार्टीका स्थानीय नेता कार्यकर्तादेखि स्थानीय सचेत युवाहरुले समेत आवाज उठाएका छन । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै एकिकृत समाजवादीकी नेतृ पाख्रीनले समेत लेटाङ नगरपालिकालाई प्रश्न गरेकी छिन । अघिल्लो आर्थिक वर्षमा १४ करोडमा लागेको चिसाङ्गको खोला ठेक्का यो पटक किन ४ करोडमा लगाइयो ? उनले प्रश्न गरेकी छिन ।

उर्लाबारी वल्र्ड एकेडेमीमा ‘फन–ओ–रामा २०८०’ हंगामाउर्लाबारी । मोरङको उर्लाबारी–६ सिमाना वस्तीमा रहेको उर्लाबारी वल्र्ड ए...
06/04/2024

उर्लाबारी वल्र्ड एकेडेमीमा ‘फन–ओ–रामा २०८०’ हंगामा

उर्लाबारी । मोरङको उर्लाबारी–६ सिमाना वस्तीमा रहेको उर्लाबारी वल्र्ड एकाडेमीमा ‘फन–ओ–रामा २०८०’ कार्यक्रम सम्पन्न भएको छ ।
एसइई दिएका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा गायत डम्बर नेपाली, पूर्वको चर्चित स्मृति ब्याण्डलगायतले प्रस्तुति दिएका थिए । सहभागी विद्यार्थीहरु उनीहरुको गीतमा झुमेका थिए । उच्च शिक्षाका लागि ‘ए–लेभल’ बारे जानकारीसमेत दिएको थियो । एडुटेक ग्रुप नेपालले सञ्चालनमा ल्याउन लागेको उक्त एकाडेमीमा प्रि–प्राइमरीदेखि कक्षा ८ साथै बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गतको ए–लेभल यसै बर्षबाट सञ्चालनमा ल्याएको छ । ‘फन–ओ–रामा २०८०’ नाम दिईएको कार्यक्रममा फुड स्टल, फेस पेन्टिङ, बिभिन्न खेलका स्टल र ए–लेभल बारे काउन्सिलिङ लगायतका कार्यक्रमहरु रहेको थियो । उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख खड्ग फागो, जीवन बचाउ उपचार केन्द्रका अध्यक्ष पवन थापा, पूर्वअध्यक्ष सागर राई, एकाडेमीका केशब राईलगायतले बोल्नुभएको थियो ।

१२ बर्षिया वालिकाले बच्चा जन्माईन ।मोरंगको बेलबारी २ की १२ बर्षिया एक बालिकाले बच्चा जन्माएपछि एक नेपाली सेनाका जवानलाई ...
05/04/2024

१२ बर्षिया वालिकाले बच्चा जन्माईन ।

मोरंगको बेलबारी २ की १२ बर्षिया एक बालिकाले बच्चा जन्माएपछि एक नेपाली सेनाका जवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालिकाले पेट दुख्यो भनेर अभिभावकलाई भनेपनि चेकजाँच गराउँदा ति बालिकाको पेटमा गर्भ रहेको पत्ता लागेको थियो । बालिकाले कोशी अस्पताल बिराटनगरमा बच्चा समेत जन्माएकी छिन । उनलाई अभिभावहरुले सोधीखोजी गर्ने क्रममा बेलबारी २ का एक खडका थरका नेपाली सेनाका जवानले आफुलाई गर्भ बोकाएको बताएपछि उनलाई ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा आबश्यक अनुसन्धान भईरहेको छ ।

चामल चोरीको आरोप लगाएको निहुमा हत्या, फरार अभियुक्त १२ वर्षपछि पक्राउभोजपुर : चामल चोरीको आरोप लगाएको निहुमा हत्या गरेर ...
05/04/2024

चामल चोरीको आरोप लगाएको निहुमा
हत्या, फरार अभियुक्त १२ वर्षपछि पक्राउ

भोजपुर : चामल चोरीको आरोप लगाएको निहुमा हत्या गरेर फरार बनेका एक अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।
चामल चोरीको आरोप लगाएको भनेर एक जना व्यक्तिको हत्या गरी फरार बनेका अभियुक्तलाई १२ वर्षपछि भोजपुर प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका ४ का ३० वर्षीय शौरभ तामाङ रहेका छन् । तामाङलाई झापाको काँकडभिट्टाबाट बुधबार पक्राउ गरेर भोजपुर ल्याइएको भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले जानकारी दिए।
भोजपुरको साबिक चरम्बी–३ का सीताराम राईको २०६८ माघ ७ गते हत्या भएको थियो । राईले आफ्नो घरबाट तामाङ समेतका ३ जना व्यक्तिले चामल चोरी गरेको भनेर आरोप लगाएपछि दुई पक्षबीच विवाद भएको थियो ।
प्रहरीका अनुसार दुई पक्षबीचको विवाद मिलाउन गाउँमा बोलाइएको छलफलमा सहभागी नभएको र आफूहरूलाई चामल चोरको आरोप लगाएको भनेर तामाङसहितले राईको हत्या गरेको पुष्टि भएको छ।
कर्तव्य ज्यान मुद्दामा भोजपुर अदालतले दोषी ठहर गर्दै तामाङलाई जन्मकैदको फैसला गरेको छ।प्रहरीले पक्राउ गरेर बुझाएपछि कैद सजाय भुक्तानका लागि उनलाई अदालतले बिहीबार कारागार चलान गरेको छ।

कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्नेनेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापत...
04/04/2024

कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने
नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको हो ।

उर्लाबारी-७ स्थित स्कुलडाँडा चौकमा  स्थानीय केशव सुवेदीको घरको सटर भाडामा लिइ न्यु गजमेर सुनचाँदी पसल संचालन गर्दै आएका ...
04/04/2024

उर्लाबारी-७ स्थित स्कुलडाँडा चौकमा स्थानीय केशव सुवेदीको घरको सटर भाडामा लिइ न्यु गजमेर सुनचाँदी पसल संचालन गर्दै आएका रोजन गजमेरले सर्वसाधारणको करोडौ रुपिया लिएर सम्पर्कबिहिन भएपछी उनको खोजीका लागी पीडितहरुले बुधबार ईलाका प्रहरी कार्यलय उर्लाबारीमा जाहेरी दिएका छन ।

विराटनगरबाट जुवा खेल्ने दश जना पक्राउविराटनगर । विराटनगरबाट जुवा खेल्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।विराटनगर महान...
04/04/2024

विराटनगरबाट जुवा खेल्ने दश जना पक्राउ

विराटनगर । विराटनगरबाट जुवा खेल्ने दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१२ स्थितबाट जुवा (तास) खेल्ने १० जना प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर १२ सगरमाथा स्कुल छेउ बस्ने बर्ष ५३ का वेद निधि दाहालको घरमा जुवा (तास) खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट नेपाली नगद ८२ हजार ४३० रुपैयाँ र १५६ पिस तास पनि बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
तालखालबाट प्रहरीले विराटनगर १२ बस्ने बर्ष ४० का किसन श्रेष्ठ, सोही ठाउँका बर्ष ३० का अजय मण्डल, बर्ष २९ का आर्यन कामत, बर्ष ३६ का दिपक सहनी, बर्ष ६५ का देवेन्द्र ब.सुब्वा, .बर्ष ५३ का वेदनिधि दाहाल, .बर्ष ३५ का दिपक सहनी, बर्ष २७ का अनिश अधिकारी, बर्ष ५० का बाबुराम कटेल र सोही ठाउँका बर्ष ३७ का रामबाबु रायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उर्लाबारीमा बुहारी करणी गरेको आरोपमा एकजना पक्राउ२१ चैत /उर्लाबारीसहोदर भाइकी श्रीमतीलाई  करणी गरेको आरोपमा उर्लाबारीमा ...
03/04/2024

उर्लाबारीमा बुहारी करणी गरेको आरोपमा एकजना पक्राउ

२१ चैत /उर्लाबारी
सहोदर भाइकी श्रीमतीलाई करणी गरेको आरोपमा उर्लाबारीमा एक व्यक्ति पक्राउ परेका छन् ।उर्लाबारी-४ का ३० वर्षीय पौडेल थरका एक व्यक्तिलाई पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।
आफ्नै जेठाजुले २५ वर्षीया महिलालाई मुख तथा घाटीमा समाती भाग्न, उम्कन र कराउनसमेत नसक्ने गरि बोकी आफू सुत्ने कोठामा लगी लडाई जबर्जस्ती करणी गरेकोे जाहेरीमा उल्लेख छ ।
घटना सोमबार राति १२ बजेको हो । घटनाबारे जानकारी भए लगत्तै आरोपी पौडेललाई उनकै घरबाट पक्राउ गरि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए । उनका अनुसार आरोपीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका उम्मेदवार कोइरालाको निधनविराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका उम्मेदवार...
03/04/2024

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका उम्मेदवार कोइरालाको निधन

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका उम्मेदवार सञ्जेश कोइरालाको निधन भएको छ ।
उपचारका लागि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका ६३ वर्षीय कोइरालाको मंगलबार दिउँसो निधन भएको हो।उच्च रक्तचाप सम्बन्धी समस्या भएपछि उपचार गराउँदै आएका कोइरालाको मिर्गौलामा समेत समस्या देखिएपछि काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा क्रममा निधन भएको जनाइएको छ ।
विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त दिएर छनौटमा परेका १७ जना दाबेदारमध्येका कोइराला पनि एक हुन् । उपकुलपति छनौट तथा सिफारिस समितिले सोमबार सूचना मार्फत उम्मेदवारहरूको प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको थियो ।
कोइराला यसअघि पूर्वाञ्चल विश्वविद्यालयको योजना महाशाखा प्रमुख थिए । त्यसपछि उनी चार वर्षका लागि अनुगमन तथा मूल्यांकन केन्द्रको प्रमुख नियुक्त भएका थिए । उनी सेवा आयोगको रजिष्ट्रार तथा प्राध्यापक संघको सभापति समेत भएका थिए ।

बिर्तामोडमा अटो दुर्घटना एकको मृत्यु, एकजना गम्भीरबिर्तामोड । झापाको बिर्तामोड ३ स्थिच बिर्ताबजारमा आज साँझ अटो पल्टिँदा...
02/04/2024

बिर्तामोडमा अटो दुर्घटना एकको मृत्यु, एकजना गम्भीर

बिर्तामोड । झापाको बिर्तामोड ३ स्थिच बिर्ताबजारमा आज साँझ अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १-०१-००२ ह ६२१ नम्बरको अटो साँझ सवा सात बजे महेन्द्ररत्न मावि अगाडिको सडकमा अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको हो । अटो अनियन्त्रित भई पल्टिँदा ताप्लेजुङ घर भई हाल बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो । दुर्घटनामा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक २ बस्ने ३१ वर्षीया सामना लिम्बू र तामाङ घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अर्की घाइते सामना लिम्बूको गम्भीर अवस्थामा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण सो अटो सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर पल्टिएको जनाइएको छ । प्रहरीले अटो र अटो चालक बिर्तामोड ९ का ४२ वर्षीय अरुणकुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।

वर्षौदेखि धमिलो पानी पिउँदै आएका केराबारीवासीका लागि अब भने मुक्ति मिल्ने भएको छ । शुभ खानेपानी उपभोक्ता समितिको अगुवाई ...
02/04/2024

वर्षौदेखि धमिलो पानी पिउँदै आएका केराबारीवासीका लागि अब भने मुक्ति मिल्ने भएको छ ।
शुभ खानेपानी उपभोक्ता समितिको अगुवाई समन्वयमा प्रदेश सरकारले खानेपानीको सम्फवेल निर्माण गर्न २५ लाख रुपैया बजेटको श्रोत सुनिश्चिता गरेसंगै अव पिउने पानीको समस्या र धमिलो पानी पिउनुपर्ने बाध्यता बाट मुक्ति पाउने भएका हुन् ।
केराबारी देखि ४ किलोमिटर उत्तर बसना खोला र खदम खोलाको संगम स्थलमा निर्माण सुरु गरिएको सो सम्फवेलको आज पद्रेश सांसद खड्ग वहादुर बस्नेत गाउँपालिका उपाध्यक्ष मनमााया मगरले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ्। जमिनदेखि ९ फिट गहिराइ बाट उम्रीयको पानी सन्कलन गरि बितरण गर्न २०८० असार २० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यको साथ आज बाट निर्माण सुरु गरियको छ्।

SEE दिदै गरेकी विद्यार्थीले गरिन आत्माहत्या ।झापा अर्जुनधारा SEE दिदै गरेकी  विद्यार्थीले आत्महत्या गरेकिछन।
01/04/2024

SEE दिदै गरेकी विद्यार्थीले गरिन आत्माहत्या ।
झापा अर्जुनधारा SEE दिदै गरेकी विद्यार्थीले आत्महत्या गरेकिछन।

उर्लाबारीमा फेरि  सुन व्यवसायी सम्पर्कविहीनउर्लाबारी । उर्लाबारी ७ स्थित स्कुलडाँडा चौकमा सुन पसल गर्ने एक व्यक्ति परिवा...
31/03/2024

उर्लाबारीमा फेरि सुन व्यवसायी सम्पर्कविहीन

उर्लाबारी । उर्लाबारी ७ स्थित स्कुलडाँडा चौकमा सुन पसल गर्ने एक व्यक्ति परिवारसहित सम्पर्कविहीन बनेको खुल्न आएको छ । स्थानीय केशव सुवेदीको घरको सटर भाडामा लिई न्यु गजमेर सुनचाँदी पसल सञ्चालन गर्ने रोजन गजमेर सम्पर्कविहीन भएका हुन् ।
सर्वसाधारणहरूसँग १८ प्रतिशत ब्याज दिने भन्दै गजमेरले रकम लिने गरेका थिए । ऋण लिने र दिने कारोबार गर्दै आएकोमा पसल नै बन्द गरेर एक साता अघिदेखि गजमेर सम्पर्कविहीन बनेको घर धनी केशव सुवेदीले बताउनुभयो ।
गजमेरको उर्लाबारी ४ मा रहेको एक तले पक्की घर सुनसान र ताला लगाइएको अवस्थामा छ । गजमेरले श्रीमती र बालबच्चा सँगै लिएर हिँडेको अनुमान गरिएको छ । पसलका कालिगढसंग पनि उनको सम्पर्क नरहेको बताइएको छ ।
उनीसँग रकम कारोबार गर्नेहरू दिनहुँ सोधिखोजी गर्दै आउने क्रम बढेको छ ।

हावाहुरीले रुख ढाल्दा च्यापिएर एकजनाको मृत्युपाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको ...
31/03/2024

हावाहुरीले रुख ढाल्दा च्यापिएर एकजनाको मृत्यु

पाल्पामा हावाहुरीले रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ जरेपिपलमा रुखले च्याप्दा तानसेन नगरपालिका–५ कैलाशनगर बस्ने १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो ।

भू तपस्याको लागि ९ फिट गहिराइ , ९ फुट चौडाइको खाडलमा ध्यानमा बसेका तपस्वी तिलक लिम्बू । झापा कमल गाउँपालिका ७ का  लिम्बू...
30/03/2024

भू तपस्याको लागि ९ फिट गहिराइ , ९ फुट चौडाइको खाडलमा ध्यानमा बसेका तपस्वी तिलक लिम्बू ।
झापा कमल गाउँपालिका ७ का लिम्बू कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ एजुकेशनको प्राङ्गणमा आज ( शनिवार ) देखि ७ दिन सम्मका लागि तपस्या बन्ने लिम्बूले बताएका छन् ।

त्रिशूलीमा ट्याक्सी दुर्घटना, पाँचजनाको मृत्युपृथ्वी राजमार्गको  इच्छाकामना गाउँपालिका ५ सिमलधारा नजिक भएको ट्याक्सी दुर...
30/03/2024

त्रिशूलीमा ट्याक्सी दुर्घटना, पाँचजनाको मृत्यु

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका ५ सिमलधारा नजिक भएको ट्याक्सी दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ।
गोरखा नगरपालिका ७ की ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको हो। यस्तै ट्याक्सीचालक सोही ठाउँका ३५ वर्षीय अर्जुन शिर्मलले पनि ज्यान गुमाएका हुन्।
१८ वर्षीय दिवस रोकाय बेपत्ता रहेको प्रहरीले जनाएको छ। शनिवार बिहान काठमाडौंबाट गोरखा गइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो।

उर्लाबारीमा टोलबिकास सस्था अभिमुखीकरण कार्यक्रम सम्पन्न ।मोरङ उर्लाबारी /१६ चैत उर्लाबारीनगरपालिकाले आयोजना गरेको टोलबिक...
29/03/2024

उर्लाबारीमा टोलबिकास सस्था अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

मोरङ उर्लाबारी /१६ चैत
उर्लाबारीनगरपालिकाले आयोजना गरेको टोलबिकास सस्था अभिमुखीकरण कार्यक्रममा ९ वटै वडाबाट ७० टोलबिकासको उपस्थितिमा विभिन्न कामकर्तव्य र दिगो बिकास समृद्धि बजेट बिन्योजन तथा अन्तर्कृया समेत भएको थियो ।टोलबिकासको तर्फबाट उठेका सबाल्को जबाफ मेयर गङ्गा खरेल ज्यु र प्राबिधिक तथा लेखाबाट प्रष्ट पारिएको थियो ।

इलाम २ मा रास्वपा उम्मेदवार मिलन लिम्बूइलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्...
29/03/2024

इलाम २ मा रास्वपा उम्मेदवार मिलन लिम्बू

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।
बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार उम्मेदवारहरूबीच छलफलबाट लिम्बूलाई समर्थन गर्ने निर्णय भएको हो।
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्बू यसअघि पत्रकार थिए।

Address

Urlabari Morang

Alerts

Be the first to know and let us send you an email when गोधुली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गोधुली:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Want your business to be the top-listed Media Company?

Share