31/01/2025
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) निकट जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज विनयीत्रिवेणीको दोस्रो अधिवेशन सप्पन्न , अध्यक्षमा सिता गहतराज चयन ।
प्रिय धन,नवलपुर ।
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) निकट जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज विनयीत्रिवेणीको दोस्रो अधिवेशन सप्पन्न भएको छ । वडा न १ को समता सामुदायिक भवनको सभा हलमा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) निकट जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज विनयीत्रिवेणीको दोस्रो अधिवेशन सप्पन्न भएको हो । औपचारिक उद्घाटन कार्यक्रममा कमिटीकि अध्यक्ष सीता गहतराजको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्मा रहनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै नेता विश्वकर्माले एमाले देशको ठूलो शक्ति भएको बताउनुभयो । आगामी ८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दावी समेत उहाँले गर्नुभयो ।
कार्यक्रममा पार्टी गण्डकी प्रदेश कमिटी सदस्य, प्रदेश निर्बाचन क्षेत्र २ ख का इन्चार्ज, पालिका इन्चार्ज कृष्ण बि.क. , जिल्ला कमिटी सदस्य एवं नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला अध्यक्ष दिपक बिश्वकर्मा, जिल्ला कमिटी सदस्य एवं नेपाल उत्पीडित जातीय मुक्ति समाजका जिल्ला उपाध्यक्ष राजेश रसाइली, जिल्ला कमिटी सदस्य, राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठनका जिल्ला इन्चार्ज ईन्द्र क्षेत्री, जिल्ला कमिटी सदस्य भुवनराज बस्याल, नेकपा ( एमाले ) विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष राजु बराल मगर, स्थानीय विकास विभागका जिल्ला सदस्य एवं विनयीत्रिवेणी गाउँपालिकाका प्रमुख घनश्याम गिरी , अनेम संघ जिल्ला कमिटी सदस्य/ अनेम संघ पालिका इन्चार्ज, स्थानीय बिकास बिभाग जिल्ला सदस्य विनयीत्रिवेणी गाउँपालिका उपप्रमुख भगवती बैदवार क्षेत्री, नेकपा ( एमाले ) विनयीत्रिवेणी गाउँपालिका कमिटी सल्लाहकार परिषद सयोजक तेज प्रसाद कोइराला, पालिका कमिटी सदस्य तथा वडा न ४ सह इन्चार्ज वडा सदस्य तिर्थ पंगेनी, पालिका कमिटी सदस्य /आदिवासी जनजाति लोकतान्त्रिक महासंघ पालिका अध्यक्ष चित्र बहादुर थापा, लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा ३ सदस्यीय निर्वाचन मण्डल चयन गरिएको थियो जसको अध्यक्षमा दिपक बिश्वकर्मा सदस्यहरुमा इन्द्र क्षेत्री र राजेश रसाइली रहनुभएको थियो ।
अधिवेशनबाट अध्यक्षमा सीता गहतराज सर्वम्मत चयन भएको निर्वाचन समितिका संयोजक दिपक विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा अर्जुन परियार सचिवमा जिबन परियार, सह सचिवमा अस्मिता बि क, कोषाध्यक्षमा यादव गहतराज चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जैमाया बि क, गोपाल परियार , सन्तोष बि क, लक्ष्मण बि क, नरेश बि क, बल बहादुर बि क, गोपाल परियार , सुनिता नेपाली, टीकाराम बि क, प्रेम परियार, ज्ञान बहादुर बिक , राजु नेपाली, एलिशा बि क , मन्जु बि क , जमुना नेपाली, पुर्णिामा बि क , ओम बहादुर नेपाली , शोभा बि क, पुनिसरा ( पुजा ) बि क , सपना परियार, भिम बहादुर बि क र पबि बि क रहनुभएको छ ।
आज बनेको नयाँ कमिटीलाई प्रदेश तथा जिल्ला तहका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । जनताले महसुस गर्ने गरी काम गर्न पनि नेता दिपक विश्कर्माले नयाँ कमिटीलाई आग्रह गर्नुभएको छ । केवल औपचारिकताका लागि मात्र यो कमिटी गठन भएको नभई यसले जनताको हरेको सुख दुःखमा साथ दिनुपर्नेमा उहाँको जोड़ थियो ।