विचार दर्पण Vichaar Darpan

विचार दर्पण  Vichaar Darpan Peoples life queries and solution.

23/05/2024

वाह वाह

कस्तो यो संसार आफ्नो उदर पूर्ति लाई मात्रै ध्यान दिने र अरु भाड़ मा जाउन भनेर कुनै जिम्में वार ब्यक्ति लाई मतलब छैन ।
यस्तै घटना हरेक बुद्ध पूर्णिमा मा लुम्बिनीमा घट द छ । आज विद्यार्थीहरुलाई शोभा यात्रा को लागि बोलाइयो तर विद्यार्थी को लागि कुनै व्यवस्था थिएन । केहि 100 जना विद्यार्थी त पानी समेत न खान पाउदा घर फर्के का हुन ।
प्रश्न यो छ की यदि लुम्बिनी विकास कोसले व्यवस्था गर्न सक्दैन भने किन विद्यार्थीहरुलाई दुख दिएर बोलाउछ ??
कृपया विचार प्रकट गर्नु होला ।

17/04/2023

एक छिन, एक छिन । 1 मिनट समय निकालेर पढ्न सकिन्छ कि?

पवित्रता र अपवित्रताको मापदण्ड
पृथ्वी समस्त जीवहरुको साझा घर हो । यहाँ ८४ लाख प्रकारका जीवहरु बसोवास गर्छन् । ती प्राणीहरु कयौँ प्रकारका छन् । ती मध्येका उपस्थित प्राणीहरु जस्तै चर वा अचर, स्थावर वा जंगम तथा मानवलाई नै उदाहरणमा ठड्याउने हो भने कोही पनि पवित्र तथा सुघर देखिदैनन । तार्किक स्तरले हेर्ने हो भने हरेक क्षण शरीरबाट पसिना, मल, मूत्र, रज तथा अन्य शारीरिक अपशिष्टहरु निष्कासन भइरहेकै हुन्छ । अब यदि यो तर्क मान्ने हो भने सबै जीव अपवित्र नै छन् ।
सनातन धर्मानुसार जाने हो भने, समस्त जीवमा भगवान परमात्मा स्वरुपमा विद्यमान भई हृदयमा वास गर्नुहुन्छ । भगवान पवित्र हुनुहुन्छ । त्यसो भए भगवान जसको हृदयमा वास गर्नुहुन्छ त्यो व्यक्ति पनि पवित्र हुन्छ । भनिन्छ कि भगवानको नाम मात्रले समस्त जीव पवित्र हुन्छन् र मोक्ष प्राप्त गर्दछन् ।
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।।
यः स्मरेत्पुण्डरीकाक्षं स बाह्यभ्यन्तरः शुचिः ।।

तर अधुनिक जगतको कुरा गर्ने हो भने, सामाजिक तथा शैक्षिक स्तर डुबेकै छ साथसाथै साँस्कृतिक, पारम्परिक र आध्यात्मिक ज्ञान पनि लोप हुनै आँटेको छ । अनुज र अग्रजहरु सँग कसरी बोल्नुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा पनि नष्ट भएको दखिन्छ । यस प्रकारकै घटना हाल हाम्रै वरिपरिमा रहेको भगवान बुद्धको जन्मस्थलीमा दैनिक अवस्थामा घट्दै आएको छ । यहाँका सुरक्षाकर्मी तथा कर्मचारीहरुमा यस्तो प्रतिभा देखिन्छ कि वहाँहरुले अनुहार देखेरै को पवित्र र को अपवित्र छ भन्ने कुरा पत्त्याउन सक्नुहुन्छ ।
यस्तो अवस्थामा के निष्कर्ष देखिन्छ कि जो मुखांगले सेताम्य छ अथवा जो मेकप गरेर आउछ त्यो बढी पवित्र मानिएको र जो व्यक्ति गाँउ, देहात वा पारम्परिक भेषमा त्यस प्राङगणमा उपस्थित छ भने त्यो अपेक्षाकृत अधिक गँवार, धोती र निम्न पवित्र भएको मानिन्छ ।

यही बढी रहेको ढोंगलाई रोक्न भगवान बुद्धले राज्य त्यागेका थिए र अन्त्यमा यस ढोंग विरुद्ध सिद्धान्त नै प्रतिपादित गरे । पञ्चशीलको निर्माण गरे । तर हिजो आज भगवान बुद्धले दिएको सिद्धान्त माथि बौद्धका केही व्यक्तिहरु पैताला राखेर पञ्चशीलको अवहेलना गरेको देखिन्छन् । पहिला मायादेवी मन्दिरमा निशुल्क प्रवेश हुन्थ्यो अनि सनातनीहरुले देवीको स्थान मानेर अर्चना गर्ने गर्थे । तर आज यसो प्रतीत हुन्छ कि मायादेवी मन्दिर एउटा वित्तीय संस्थान हो जहाँ केही प्रहरी ठड्याएर श्रद्धालु भक्तजनहरुलाई ताडना दिएर अनि दर्शन गर्न भित्र पठाइन्छ । अनि भित्र पसियो भने, त्यहाँ स्पष्ट भनिन्छ कि यदि तिमीले यो स्पर्श गर्यौ भने अपवित्र हुन्छ । यो त सरासर भगवान बुद्धको नाम र सिद्धान्तको सहारा लिएर धंधा गरिँदै आएको देखिन्छ । यो देख्दा त यहाँका उपस्थित जनताहरुको मनमा गहिरो ठेस पुगेको देखिन्छ ।

के तपाई सङ्ग पनि यस्तो घटना घटेको छ ??
यदि हो भने comment मा साझा गर्नुहोस ।

19/09/2022

निन्दक नियरे राखिये आंगन कुटी छवाय ।

18/09/2022

सीधा सिद्धान्त

14/09/2022

युधिस्ठिर भीष्म संवाद

30/07/2022

हमे किससे bachna है ?

12/07/2022

हमे अंडा क्यों नहीँ खाना चाहिये ?
Why not to eat eggs ?
Original video link 👉👉 https://youtu.be/nVT61KP4o4c

11/07/2022

हामी पागल की motivational speaker पागल ?
How the motivational speaker makes us mad ?
Full video: 👉👉https://youtu.be/mjlKXCfTFHQ

11/07/2022

Address

Lumbini
32900

Website

Alerts

Be the first to know and let us send you an email when विचार दर्पण Vichaar Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share