Nepal Observer

Nepal Observer Nepal Observer is a blog for insightful research, observations, and diverse opinions on a wide range of issues.

05/04/2024

एउटा शैक्षिक संस्थाको निरन्तरता जति चुनौतिपूर्ण छ, त्यतिकै चुनौति शैक्षिक गुणस्तर कायम गर्नु पनि छ । बढदो बसाई सराई र नीजि विद्यालयतर्फको आकर्षणले सार्वजनिक विद्यालयहरुमाथि आफ्नो अस्तित्व जोगाउने चुनौति थपिइरहेका बेला पश्चिम नेपालको लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा अवस्थित शान्ति माध्यमिक विद्यालयले प्रदान गर्ने कतिपय कोर्ष अध्ययनका लागि जिल्ला सदरमुकाम सन्धिखर्कबाट समेत विद्यार्थीहरु जाने गरेका छन् । ६० वर्ष लामो शैक्षिक इतिहास बोकेको यस विद्यालयले २०८१ बैशाख ३ गते हिरक महोत्सव मनाउने तयारी गरिरहेको छ । यो विशेष समारोहको सफलताको शुभकामना । Mb Pandey Shree Shanti Secondary School, Malarani-5, Bangi, Arghakhanchi

भारतको हरिद्वारमा गंगा पुजन गर्दै स्व. राजा वीरेन्द्र 1997 Picture credit to KB Shrestha
28/03/2024

भारतको हरिद्वारमा गंगा पुजन गर्दै स्व. राजा वीरेन्द्र 1997 Picture credit to KB Shrestha

आज बाट शुरु भएको यस बर्षको एसईई परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना । फलामे ढोक...
28/03/2024

आज बाट शुरु भएको यस बर्षको एसईई परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना । फलामे ढोका भनेर चिनिने यो शैक्षिक खुडकिलोले सुन्दर र उज्ज्वल भविष्यको ढोका खोल्न मद्दत गरोस । तस्विरः रासस

होलीको अवसरमा काठमाडौँको दरबारमार्गमा आयोजित कार्यक्रममा उपस्थित दर्शकहरुसंग सेल्फ़ि खिच्दै काठमाडौँ  महानगरपालिकाका मेयर...
24/03/2024

होलीको अवसरमा काठमाडौँको दरबारमार्गमा आयोजित कार्यक्रममा उपस्थित दर्शकहरुसंग सेल्फ़ि खिच्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह B***n ***n ***nshah

रंगहरुको पर्व भनेर चिनिने होली (फागु पूर्णिमा) को धेरै धेरै शुभकामना । नेपालमा पहाड र तराईमा गरी दुई दिनसम्म मनाइने यस प...
24/03/2024

रंगहरुको पर्व भनेर चिनिने होली (फागु पूर्णिमा) को धेरै धेरै शुभकामना । नेपालमा पहाड र तराईमा गरी दुई दिनसम्म मनाइने यस पर्वले नेपालीहरुबीचमा मायाँ सदभाव र भातृत्वको भावना जागृत गराउन सफल होस ।

नेपाली अर्बपति तथा  नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा छा...
20/03/2024

नेपाली अर्बपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा छानबिन भइरहेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ।

नेपालीहरुको खुसी खस्कियोः वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२४ अनुसार नेपाल गत वर्ष भन्दा १५ नम्बरले खस्किदै ९३ औँ स्थानमा झर...
20/03/2024

नेपालीहरुको खुसी खस्कियोः वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२४ अनुसार नेपाल गत वर्ष भन्दा १५ नम्बरले खस्किदै ९३ औँ स्थानमा झरेको छ । सन् २०२३ को रिपोर्ट अनुसार नेपाल ७८ औँ स्थानमा रहेको थियो । यो सूचीमा फिनल्याण्ड गत वर्ष जस्तै एक नम्बरमा रहेको छ ।

"A nation's culture resides in the hearts and in the soul of its people" good morning from the city of temples 🙏        ...
19/03/2024

"A nation's culture resides in the hearts and in the soul of its people" good morning from the city of temples 🙏

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आधारमा प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन...
12/03/2024

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आधारमा प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले पक्राउ गर्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके राउतले कान्तिपुर टेलिभिजनको 'फायरसाइड' कार्यक्रम मार्फत खुलासा गरेका छन् त्यति बेला मेयर शाहलाई पक्राउ गर्न प्रचण्ड सरकारले गोप्य बैठक डाकेको राउतले बताएका छन्। ***nshah ***ncity

कस्तो दुखद घटना: नुवाकोटको लिखु गाउँपालिका ४ रानीटारकी माइली राईका श्रीमान्‌को  मृत्यु भएपछि शववाहन आयो, तर दिने पैसा नभ...
11/03/2024

कस्तो दुखद घटना: नुवाकोटको लिखु गाउँपालिका ४ रानीटारकी माइली राईका श्रीमान्‌को मृत्यु भएपछि शववाहन आयो, तर दिने पैसा नभएपछि फिर्ता गयो । शववाहन रित्तै फिर्ता भएपछि माइलीले श्रीमान्‌ले नै चलाउँदै आएको रिक्सा निकालिन् । शव रिक्सामा हालिन् र छोरा-छोरीलाई ठेल्न लगाएर पशुपतिनाथ आर्यघाट पुर्‍याइन् । Source: nepalview.com

11/03/2024

कस्तो विडम्बनाः रूसी सेनामा कार्यरत नेपाली युवाले एक भिडियो सन्देश जारी गर्दै आफूहरुलाई स्वदेश फर्काइदिन भारत सरकारसँग मद्दत मागेका छन्। उनीहरुले नेपाली राजदूतावासले कुनैपनि सहयोग नगरेको र नेपालबाट पनि कुनै प्रक्रिया अगाडि नबढेको भन्दै भारतले आफूहरुको उद्दार गर्छ भन्नेमा आशावादी रहेको बताएका छन् । भिडियो स्रोतः भारतीय पत्रकार शलु यादव

“If you love yourself, you won't harm others.” Buddha. A perfectly captured picture of Boudhanath Stupa.
09/03/2024

“If you love yourself, you won't harm others.” Buddha. A perfectly captured picture of Boudhanath Stupa.

महाशिवरात्री को अवसरमा पशुपतिनाथ मन्दिर आसपासमा खिचिएका तस्बिरहरु               🕉️
08/03/2024

महाशिवरात्री को अवसरमा पशुपतिनाथ मन्दिर आसपासमा खिचिएका तस्बिरहरु 🕉️

माओवादीको दोहोरो चरित्रःनेपालमा भारत विरुद्ध सुरुङ युद्धको घोषणा, भारतलाई उसको स्वार्थ विपरितका काम नगर्ने लिखित प्रतिवद...
20/02/2024

माओवादीको दोहोरो चरित्रः

नेपालमा भारत विरुद्ध सुरुङ युद्धको घोषणा, भारतलाई उसको स्वार्थ विपरितका काम नगर्ने लिखित प्रतिवद्धता

भारतीय प्राध्यापक एसडी मुनीले आफ्नो पुस्तक dabbling in Diplomacy: Authorised & Otherwise, Recollections of a Non-Career Diplomat मा तत्कालिन माओवादी शीर्ष नेता प्रचण्ड र बाबुराम भट्टराइले भारतीय नेता (पछि राष्ट्रपति) प्रणव मुखर्जी र भारतका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रलाई भारत विरोधी गतिविधि नगर्ने लिखित प्रतिवद्धता जनाएको खुलासा गरेका छन् । पुस्तकमा प्राध्यापक मुनिले माओवादी नेता वामदेव क्षेत्रीले दक्षिणी दिल्लीको मोती बागमा रहेको दुई कोठाको फ्ल्याटमा डा. भट्टराईसँग भेट गराएको र भेटमा भट्टराईले माओवादीलाई आतंकवादी नभएको व्याख्या गर्ने’ प्रस्ताव आफू मार्फत भारतीय प्रधानमन्त्री अटल विहारी वाजपेयी सरकारलाई पठाएको उल्लेख गरेका छन् । उक्त प्रस्ताव प्राध्यापक मुनिले माओवादीप्रति नरम नीति लिने ‘अब्जर्भर रिसर्च फाउन्डेशन’ का अध्यक्ष आरके मिश्रसम्म पुर्‍याएको र मिश्रले त्यो प्रस्तावबारे भारतीय कांग्रेसका तत्कालीन नेता प्रणव मुखर्जी (पछि राष्ट्रपति) सँग छलफल गर्दा मुखर्जीले माओवादीबाट भारतीय स्वार्थ विरुद्ध गतिविधि नगर्ने लिखित प्रतिबद्धता खोजेको उल्लेख गरेका छन् । भट्टराईले आफ्ना नेता पुष्पकमल दाहालसँग सल्लाह गरेर भारतीय स्वार्थ विरुद्ध गतिविधि नगर्ने प्रतिवद्धता सहितको पत्र उपलब्ध गराएको पनि मुनीले दाबी गरेका छन् । मुनीले उक्त प्रस्ताव तत्कालीन भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रकहाँ पनि पु¥याएका थिए । उक्त प्रस्ताव सुनाएपछि मिश्रले मुनीलाई “उनीहरू वास्तवमा के चाहन्छन्?” भनेर प्रश्न गरेका थिए । जवाफमा मुनीले माओवादीहरुले नेपालमा राजतन्त्र अन्त्य गर्न, राजनीतिक व्यवस्था परिवर्तन गर्न र नेपाली राजनीतिको मूलधारमा सहभागी हुन चाहेको बताए ।

मिश्रले झोक्किंदै भने, “यो सम्भव छैन। यस विषयमा म केही भन्न सक्दिनँ।”

मुनीले ‘नेपालका राजाले भारतको राष्ट्रिय हित संवर्द्धन गर्न के नै गरेका छन् र ? के उनले चीन, पाकिस्तान र दक्षिणी शक्तिलाई नेपालमा भारतको प्रतिरोध गर्न निम्त्याएका होइनन् ररु” भनेर तर्क गरेपछि मिश्र शान्त हुँदै के उनीहरू नेपालमा भारतीय स्वार्थलाई असर पुर्‍याउने गरी केही गर्नेछैनन् भनेर लेखेर दिन्छन्?’ भन्दै प्रश्न गरे । यस पटक पनि माओवादीको प्रतिबद्धतापत्र मिश्रलाई उपलब्ध गराइएको मुनीले पुस्तकमा लेखेका छन् । त्यसको केही सातापछि मुनीले हैदराबाद हाउसमा आयोजित एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई भेट्ने मौका पाएका थिए। त्यहाँ प्रधानमन्त्री बाजपेयीले मुनिलाई भनेका थिए
“मुनीजी, हामीले नेपालबारे तपाईंको सन्देश पायौं। केही गर्नेछौं,” त्यसको
केही महीनापछि भारतमा माओवादी विरुद्ध भइरहेको गुप्तचरी खुला गरियो र उनीहरूलाई तुलनात्मक रूपमा खुलेआम आफ्ना गतिविधि गर्न दिइयो।

‘ राजनीतिक पार्टी तिमीहरु हौ । त्यो कुरा तिमीहरुले नै सोच । मैले यसो गर, उसो गर भन्ने होइन । मैले त ‘ग्लु’ को जस्तो काम ...
03/01/2024

‘ राजनीतिक पार्टी तिमीहरु हौ । त्यो कुरा तिमीहरुले नै सोच । मैले यसो गर, उसो गर भन्ने होइन । मैले त ‘ग्लु’ को जस्तो काम गर्ने हो । छियाछिया भइरहेको देशलाई एकताको सूत्रमा जोड्ने हो । धेरै मान्छे मैले बोलिदियोस् भन्छन् । फ्रन्टमा आइदेओस् भन्छन् । तर, मैले त्यस्तो गर्न मिल्दैन ।’ -पुर्व राजा ज्ञानेन्द्र शाह । साभार नेपाल प्रेसबाट। तस्विर : Rabindra Mishra

19/11/2023

Popular Bollywood actor Vicky Kaushal danced in Nepali national song for upcoming movie

Congratulations team Nepal for the qualifying world cup..🎊🎉🎈
03/11/2023

Congratulations team Nepal for the qualifying world cup..🎊🎉🎈

हिन्दु धर्मालम्बीहरुले मनाउने विशेष पर्व नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना ।      #नागपंचमी
21/08/2023

हिन्दु धर्मालम्बीहरुले मनाउने विशेष पर्व नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना । #नागपंचमी

गाउँमा माटोले बनेका सुन्दर घरमा जुन आनन्द शान्ति मिल्छ, सहरका महलहरुमा कहाँ मिल्छर?
18/08/2023

गाउँमा माटोले बनेका सुन्दर घरमा जुन आनन्द शान्ति मिल्छ, सहरका महलहरुमा कहाँ मिल्छर?

नेपालको सुन्दरताको वर्णन शब्दमा सम्भव छैन् । तर बिडम्बना स्वर्गजस्तो देशलाई नर्क बनाउने प्रतिस्पर्धा भने जारी छ ।       ...
17/08/2023

नेपालको सुन्दरताको वर्णन शब्दमा सम्भव छैन् । तर बिडम्बना स्वर्गजस्तो देशलाई नर्क बनाउने प्रतिस्पर्धा भने जारी छ ।

टिकापुर घटनामा रेशम चौधरी लगायतको मुद्दामा सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठः अपराध पुष्टि भएकाको मुद्दा फिर्ता लिने रा...
17/08/2023

टिकापुर घटनामा रेशम चौधरी लगायतको मुद्दामा सर्वाेच्च अदालतको फैसलाको पूर्णपाठः अपराध पुष्टि भएकाको मुद्दा फिर्ता लिने राज्यको प्रयासप्रति सर्वाेच्च अदालत भन्छः "राज्य अपराधीहरूको संरक्षकका रूपमा रूपान्तरित हुन गएमा मुलुकको कानुन व्यवस्था पीडकको हातमा पुग्ने र आवाजविहीन, निर्बल तथा निरीह नागरिकको, जिउ ज्यान सधै जोखिममा रही पीडित थप पीडित हुने तथा पीडकहरू समाजमा रवाफका साथ खुला रूपमा हिँड्न पाउने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना हुन जान्छ।"

२०८० श्रावण ३२ गते (बिहिबार) दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भ...
17/08/2023

२०८० श्रावण ३२ गते (बिहिबार) दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
-जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा ।

प्रधान सेनापति प्रभुराम शर्मा र ५ दिने नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाको Tibet Military Command का Major Genera...
16/08/2023

प्रधान सेनापति प्रभुराम शर्मा र ५ दिने नेपाल भ्रमणमा आएका चिनियाँ जनमुक्ति सेनाको Tibet Military Command का Major General Yue Ande बीच बुधबार (साउन ३१ गते) जङ्गी अड्डामा शिष्टाचार भेटघाट । तस्बिरः नेपाली सेना । Nepali Army

कक्षा १२ को मंगलबार (साउन ३० गते ) सार्वजनिक भएको नतिजामा  ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण (फेल) भएका छन्। राष...
16/08/2023

कक्षा १२ को मंगलबार (साउन ३० गते ) सार्वजनिक भएको नतिजामा ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण (फेल) भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार सबैभन्दा बढी कमजोर विद्यार्थी अङ्ग्रेजी विषयमा रहेको पाइएको छ। नतिजामा अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै एक लाख नौ हजार पाँच सय २७ जना विद्यार्थी ननग्रेड भएका छन्। स्रोतः नेपाल खबर

15/08/2023

मुस्ताङ्ग जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित कागबेनी बजार जलमग्न लेदोयुक्त भएकाले नेपाली सेनाले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । भिडियो: नेपाली सेना । Nepali Army

निरन्तर वर्षा भइरहेका बेला ललितपुरको लाकुरी भञ्ज्याङबाट देखिएको उपत्यकाको सुन्दर दृश्य ।
14/08/2023

निरन्तर वर्षा भइरहेका बेला ललितपुरको लाकुरी भञ्ज्याङबाट देखिएको उपत्यकाको सुन्दर दृश्य ।

  : आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्...
14/08/2023

: आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु होला । -जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ।

Address

Dholahity
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Nepal Observer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Observer:

Videos

Share

Category



You may also like