Freepressnepal

Freepressnepal खोजपत्रकार जेवी पुनद्धारा संचालित यो पेजमा मूलधारे मीडियामा वर्जित र उपेक्षित मुद्धामाथि विमर्श चलाईन्छ ।

Freepressnepal is the independent digital news magazine run by senior investigative journalist JB PUN MAGAR

यो पनि सुनौं है
11/07/2024

यो पनि सुनौं है

इजरायल–प्यालेस्टाइनबीच चलेको घमासान बमबारीमा परि इजरायलमा रोजगारीका निम्ति गएका दश जना नेपालीको ज्यान गएकोछ । ...

हैट अग्निबीर !चारबर्ष देखि भारतीय गोर्खाली फौजमा एकजना नेपाली पनि भर्ती भएका छैनन , अग्निपथ योजनाका कारण । यसको दोषी भार...
25/06/2024

हैट अग्निबीर !
चारबर्ष देखि भारतीय गोर्खाली फौजमा एकजना नेपाली पनि भर्ती भएका छैनन , अग्निपथ योजनाका कारण । यसको दोषी भारत कि नेपाल ? मैले गोर्खाबिज्ञ पूर्व मेजर जनरल अशोककुमार मेहतालाई उनकै निवास नोयडामा पुगी यसको अन्तर्य सोधेंकोथिए । मैले प्राप्त गरेको जानकारी तपाईंलाई मेहताकै मुखारबिन्दबाट सुनाउन चाहन्छु, सुन्नोस् -

२०२२ जुन महिनामा भाजपा नेतृत्वको मोदी सरकारले भारतीय सेनाको निम्ति भन्दै अग्नीपथ नामक योजना सार्वजनिक गर्दछ, जस....

यो सुन्न छुटेकाहरुले सुनौं है, प्रिमियम हो तर अहिलेलाई निःशुल्क सुन्न पाईन्छ । 🙂
23/06/2024

यो सुन्न छुटेकाहरुले सुनौं है, प्रिमियम हो तर अहिलेलाई निःशुल्क सुन्न पाईन्छ । 🙂

भारतीय संविधानको नाममा सातौ पटक शपथ ग्रहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेश्रो चोटी प्रधानमन्त्र....

भारतीय चुनावको स्थलगत अध्ययन भाग- २
20/06/2024

भारतीय चुनावको स्थलगत अध्ययन भाग- २

भारतीय संविधानको नाममा सातौ पटक शपथ ग्रहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेश्रो चोटी प्रधानमन्त्र....

https://youtu.be/_HHA54jlOX8?si=Q9bDbX6rWXRybHMm
20/06/2024

https://youtu.be/_HHA54jlOX8?si=Q9bDbX6rWXRybHMm

भारतीय संविधानको नाममा सातौ पटक शपथ ग्रहण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेश्रो चोटी प्रधानमन्त्र....

लु आयो है ..भारतीय चुनावको स्थलगत रिपोर्टिङपछि मेरो ठम्याई थियो – यसपालि मोदी नेतृत्वको भाजपालाई २७२ अर्थात बहुमत पुर्या...
20/06/2024

लु आयो है ..
भारतीय चुनावको स्थलगत रिपोर्टिङपछि मेरो ठम्याई थियो – यसपालि मोदी नेतृत्वको भाजपालाई २७२ अर्थात बहुमत पुर्याउनै हम्मे छ । उ त्यसैको निम्ति प्रयत्नरत रहनेछ । चुनाव परिणाम अगाडि ८ जेठमा काठमाण्डौमा आयोजित कार्यक्रममा मैले त्यसको कारण पनि दिएकोथिंए । मैले त्यसो भन्दा काठमाण्डौमा पत्याइएको थिएन । भयो त्यहि ।
त्यसबखतको गजबको छलफल तपाईं धेरैले सुन्न पाउनु भएको थिएन । धेरै मित्रहरु सुन्न चाहिरहनुभएकोथियो । भारतको राजनीति, भू–राजनीति, नेपाल-भारत सम्बन्ध र चुनावी बिश्लेषणमा रुचि हुनेले यो नछुटाउनुहोला ।

An analysis of the reasons behind Modi's defeat and its impact on Nepalम र मेरा सहकर्मी बिकाश श्रेष्ठ भारतीय लोकसभा चुनावको स्थलगत रिपोर्टिङबाट फर्किएपछि ब....

के तपाईंले पनि कोभिड भ्याक्सिन लगाउनुभएकोछ ? यो सुन्नोस् -
24/05/2024

के तपाईंले पनि कोभिड भ्याक्सिन लगाउनुभएकोछ ? यो सुन्नोस् -

के कोभिड भ्याक्सिन लगाउनेको ज्यान खतरामा छ ? के भन्छन् विज्ञ डाक्टर ?कोभिड बिरुद्ध लगाइएको कोभिशिल्ड भ्याक्सिनले...

27/12/2023

जो संग सम्बन्धित छ-
फ्री प्रेस नेपालले डाकेको (सर्ट टाइम कलिङ्) आजको जमघटमा सहभागी भईदिनुभएका ४१ जना सहधर्मी तथा लेखक मित्रहरुमा यहिंबाट एकमुष्ठ धन्यवाद टक्रयाँए । आशा छ, आमन्त्रित बिशेष वक्ताका संभाषण र त्यसपछिको अन्तरंग छलफलले हाम्रो ज्ञानको दायरालाई फराकिलो बनाउन अवश्य मद्दत गर्यो होला ।
for my record

नेपालका प्राज्ञ, बौद्धिक, समाजशास्त्री र राजनीतिशास्त्रीहरु मुख सिएर बसिरहेको एउटा गम्भीर बिषयमा फ्री प्रेस नेपालले संवा...
07/08/2023

नेपालका प्राज्ञ, बौद्धिक, समाजशास्त्री र राजनीतिशास्त्रीहरु मुख सिएर बसिरहेको एउटा गम्भीर बिषयमा फ्री प्रेस नेपालले संवाद कार्यक्रम राखेकोथियो । यो हेर्नु, बुझ्नु र मनन गर्नु -

इण्डियामा समुदाय–समुदायबीच घृणा फैलाउन हिन्दुत्वको नाममा अभ्यास भइरहेको विषाक्त राजनीति र त्यसलाई नेपालमा फै.....

काठमाण्डौका ५० जना बरिष्ठ पत्रकार र तन्नेरी शोधकर्ताहरुको जमघटमाझ हुने संवाद कार्यक्रम :
25/07/2023

काठमाण्डौका ५० जना बरिष्ठ पत्रकार र तन्नेरी शोधकर्ताहरुको जमघटमाझ हुने संवाद कार्यक्रम :

30/05/2023
30/05/2023

रेशम चौधरी जेलमुक्त तर ‘बिष निकालेको सांप जस्तै’
अन्ततः मैले भने झैं भो - गणतन्त्र दिवसको अवसर पारि जन्मकैद भोगिरहेका रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिई उनलाई जेलमुक्त गरिदिएकाछन् ।यो निर्णय सबै दलको सहमतिमा गरिएकोथियो ।
रेशम यसरी छुटेपछिको यो प्रावधानको खास समस्या के हो भने आम माफी पाएर छुटेपनि रेशममाथि लागेको हत्याको अभियोग भने रहि नै रहनेछ । राजनीतिक मुक्ति पाएपनि उनी कानुनको नजरमा अपराधी नै मानिनेछन् । राजनीतिक रुपमा उनले आफ्नो शक्ति गुमाएकाछन् । किनकी उनलाई राजनीतिमा सक्रिय भागेदारीमाथि बन्देज लाग्नेछ ।
रेशम प्राविधिक रुपमा जेलमुक्त भएपनि राजनीति अधिकार नपाएपछि उनी बिष निकालिएको गोमन जस्तै हुनेछन् ।

19/05/2023

के रेशम चौधरी संविधान वा गणतन्त्र दिवसमा छुट्दैछन ?

टीकापुर दुर्घटनाले थारु र पहाडे उच्च जातीय समुदायबीच कोरेको खाडल बिस्तारै पुरिदैथियो । दुबै समुदायले आत्मसमीक्षा गरेर सम्बन्धलाई सामान्य बनाउन थालेकाथिए । हत्याको आरोपमा राज्यद्धारा फँसाइएकाहरु बिरुद्ध गैर थारु समुदाय नै उठेर तिनलाई जेलमुक्त बनाउने अभियानमा थिए । टीकापुर घटनालाई सबैले राजनीतिक घटना भएकोले त्यसलाई त्यसैगरि सल्टाउन सुझाव र दबाव दिइरहेकाथिए । राज्य र मूलधारका मीडियाबाट टीकापुरमा थारुलाई दैत्यको रुपमा प्रस्तुत गरिरहँदा मैले पहिलोचोटी टीकापुरमा थारु समुदायलाई जानाजान फँसाउने बदमासी भैरहेकोछ भनि खोज रिपोर्ट सार्वजनिक गरेकोथिंए । टीकापुरमा लगातार दुई बर्ष (तीन साता लामो ) त्यहिं बसेर तथ्य उत्खनन गर्ने काम भएकोथियो । त्यसैको आधारमा दुनियाले बुझ्न पाएकाथिए - टीकापुरमा भएको राज्यको बदमासी बारे ।

यो सबै परिप्रेक्ष्यमा अस्ति सर्वोच्च अदालतले समेत जिल्ला र पुनरावेदन अदालतको निर्णयलाई सदर गर्दै घटनामा नदेखिने रेशम चौधरीलाई ज्यानमारा करार गरेकोछ । यो निर्णयले न्यायालयबाट रेशम नछुट्ने निश्चित देखिन्छ भने टीकापुरलाई राजनीतिक घटना मान्न सहमत सबै शीर्षस्थ दलका नेताहरुको सहमतिमा चौधरीलाई गणतन्त्र वा संविधान दिवसको अवसर पारि छाड्ने बिकल्प बाँकी देखिन्छ ।र, त्यसमा काम पनि भइरहेको बताईन्छ । के रेशम यो बिकल्प प्रयोग गर्दै छुट्लान त ? त्यसका निम्ति केहि समय अझै कुर्नुपर्नेछ ।

टीकापुर सम्बन्धि भिडिओ सिरिज फ्री प्रेस नेपालको प्लेलिस्टमा गएर हेर्नोस् -

Address

Rajbiraj
<<NOT-APPLICABLE>>

Alerts

Be the first to know and let us send you an email when Freepressnepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Freepressnepal:

Share