म को हुँ ?
‘खोइ!’ ….. को हो को?
यसको कुनै उत्तर छ जस्तो त मलाइ लाग्दैन तर पनि यसो सोच्ने प्रयास गर्छु मेरो बिशेष कुनै परिचय छ कि!
मेरो नाम दिपक – यो त मेरो मात्र होइन क्या रे, जस्को पनि त हुन सक्छ नि। यो संसारमा दिपक नाम गरेका कति होलान कति ! सम्झिन सजिलो हुन्छ भनेर कुनै एक नाम दिएको होला, त्यसमा कुनै बिशेष “म” पक्कै लुकेको छैन ।
मेरो जागीर – यो पनि मेरो पहिचान हुनै सक्दैन – त्यो मेरो पदमा हि
जो अर्कै थियो, भोलि अर्कै आउने छ । क्षणिक परिचय दिएर के गर्ने ? भोलि बिहान उठ्दा जागिर छुट्ला, अनि झुटो बोल्यो भन्नुहोला फेरि ।
मेरो शैक्षिक योग्यता – त्यस्ता ओभरसियर सर्टिफिकेट पनि त लाखौँसंग होला । अब ओभरसियर कसरि मेरो परिचय हो भन्नु?
तस्विरमा देखिएको मान्छे – त्यो पनि कहिले कस्तो, कहिले कस्तो देखिन्छ । अनि आजकलका तस्बिरको के कुरा गर्नु? कम्प्युटरले गर्दा सबै ब्राड पिट । कहिले त आफैले आफैलाई चिन्न गार्हो पर्छ ।
मेरो सोचं – त्यो पनि बिहान खुशीको बहार हुन्छ, साझं दुखको बर्षा । कहिलेकाहिँ त एक दिन एउटा ब्लग लेखेर पोस्ट गर्छु अनि अर्को दिन ‘धत् त्यस्तो किन सोचेछु’ भनेर दंग हुन्छु – त्यस्तो सोचको के बिश्वास गर्नु ? मैले नै बिश्वास नगरेपछि तपाइँले त गर्ने कुरै भएन ।
त्यसो भए म को त?
सिधा उत्तर – अहिले सम्म त्यहीं चिन्ने प्रयास गर्दै छु ।
यसलाई सरल तरिकाले भन्नु पर्दा…….. ‘म साधारण मान्छे । होइन क्या रे, केहि असाधारण गुणहरु पनि छन् ।’ राम्रा कि नराम्रा ? – त्यो त भन्न सक्दिन, तर ति अलि फरक छन् अरु भन्दा | तर, ति पनि परिवर्तनशिल छन, समय संगै, अनि परिस्थिति संगै |
सबैले भन्ने गरे जस्तै ‘म एक नेपाली, देशप्रेमी युवा’….. ए, त्यो पनि अलि मिलेन जस्तो छ, म अहिले नेपालको काठमाडौं सहरमा छु, त्यो भानीरहन नमिल्ला । अनि देश प्रेम??… कस्तो गर्हुङ्गो शब्द, मैले बोक्न सक्छु होला? …. सोच्नै पर्छ । कुनै दिन उत्तर निस्कियो भने भन्छु है ।
जन्मिसकेपछि केहि चाँही गर्नु पर्छ है भन्ने सोचं भने पक्कै छ । आफ्नो लागि? ‘होइन’ ………. बाँच्न त कमिला पनि बाँचेको छ नि – ‘अरुका लागि’।
हामीले देख्ने हरेक चीजको कुनै न कुनै अर्थ छ, दिन चर्यामा केहि न केहि रुपमा ति सबै काममा आएकै हुन्छन । आएनन भने हामी के गर्छौं,…… त्यो मैले भन्नु नपर्ला । नेपालको बिजुलिमा त के भर पर्नु पसलको मैन बत्तिको जिम्मामा …!!
भन्नाले – ‘मेरो पनि केहि अर्थ होला, म पनि केहि कामलाग्ने चिज बन्न चाहन्छु भनेको ।’
‘मलाई नेपालको बिधुत प्राधिकरणको व्यवस्थापन मन पर्दैन’, त्यसैले ? – ‘खोइ!’
एउटा नाम त सानैदेखि पाएको छु – दिपक । जस्को अर्थ पनि राम्रो छ – दीप , बत्ति, उजालो, ज्वाला त्यस्तै त्यस्तै ।
तर मेरो जीवनको अर्थ? – ‘त्यो खोज्दै छु ।’ जीवनको अर्थ भेटिदैन….. त्यो सबलाई थाहा छ । तर खोजीरहेको छु, सायद खोज्नु नै अर्थ पाउनु हो – त्यसैले खोजीरहने छु ।
अब गफ बढी भो, आफैलाई झ्याउ लागि सक्यो । पढ्ने मान्छेलाइ कति दिक्क लाग्या होला ! कतिले “तँ, जोसुकै होस्” भनेर कम्प्युटर नै बन्द पनि गर्नु भयो होला । फेरि कम्प्युटर भने कि क्या हो … कम्प्युटर नै त होइन होला, मेरो साइट मात्र होला नि ।
अब सिधा-सिधा नाम, थर, ठेगाना, काम गर्ने ठाउँ, मोबाइल नम्बर सब दिन्छु है ।
‘ए…… मोबाइल पनि दिन्छु भने कि क्या हो?’ दिन्न भो – राती-राती मिसकल आयो भने निद्रा बिग्रन्छ, ….. अनि भोलि कलेजमा दिनभर झुल्नु पर्छ । बरु इमेल गर्नुस है, भोलि बिहान उठेर रिप्लाई गर्छु नि |
म लगभग दिनको ९-12 घण्टा जति कम्प्युटर मै बिताउछु । पेशा – यहिँ कम्प्युटर नै हो । काठमाडौंको टोखा रोडमा रहेको इन्जिनियरिंग कलेजमा पदने गर्छु । अनि फुर्सदको समयमा आइटी सम्बन्धि लेख/ब्लग लेख्छु । मेरा लेखहरु पढ्नु मन लाग्यो भने उत्पति क्लब र मेरो आफ्नै ब्लग मा आइटी सम्बन्धि लेखहरु नियमित पढ्न सक्नुहुने छ । र साथै अन्य केहि अनलाइन ब्लग, र मेरो पर्सनल ब्लगमा पनि लेखिराखेको हुन्छु ।
साँझ पख घरको कौसीमा गएर यसो ज्यान तान्छु, दौडीनछु, उफ्रंछु । सलमान खान बन्ने रहरले त होइन, तर कम्प्युटरमा बसिरहदा पछि नाती-नातिना देख्न नपाई माथि जानु पर्ने हो कि भन्ने डरले । सिधा कुरा – स्वस्थ रहन ।
अरु खासै केहि गर्दिन । फुर्सद भयो कि वेब सर्फ गर्छु, किताब पढ्छु , केहि लेक्छु । यति मै रमाएको छु । अलि लामो बिदा भो भने घुम्न निस्कन्छु ।
मेरो बारेमा अरु थप जान्न मन लागे मलाइ सोसियल मिडियामा फलो गर्न सक्नुहुन्छ, वा सिधै [email protected] मा इमेल पनि गर्न सक्नुहुन्छ । केहि सार्वजनिक रुपमै सोध्न मिल्ने प्रश्न छन् भने यहि कमेन्ट बक्समा लेखे पनि फरक नपर्ला ।
सोसियल मिडिया प्रोफाइल:
Facebook: Facebook.com/gharati
Twitter:
LinkedIn: Linkedin.com/deepakgharti
Youtube: Youtube.com/deepakgharati
अन्य ब्लगहरु:
मुख्य ब्लग: www.deepakg.com.np
ब्लग 2 : www.deepakgharti.com.np
ब्लग 3 : www.just-deepak.tk
उत्पति क्लब : www.utpaticlub.tk