The Nepali Diaspora

The Nepali Diaspora The Nepali Diaspora is a prominent news platform headquartered in the United States. "Connecting Nepalis Beyond Borders"

Its primary focus is to share news and stories about the Nepali diaspora—individuals of Nepali origin living in various countries around the world.

01/07/2025

📢 We Are Hiring!

Ivazz Technology & Ivazz Holidays are expanding our team! We’re looking for passionate and skilled individuals to join us in the following positions:

🌍 Ivazz Holidays

🔹 Ticketing Manager – Rs. 40,000/month
📍 Minimum 1 year experience in air ticketing (Domestic & International) preferred.

🔹 Receptionist – Rs. 15,000/month
📍 Strong communication and customer handling skills required.

💻 Ivazz Technology

🔹 WordPress/Laravel Backend Developer – Rs. 50,000/month
📍 Proficiency in PHP, Laravel, MySQL, and WordPress customization is a must.

🔹 Frontend Developer – Rs. 35,000/month
📍 Strong skills in HTML, CSS, JavaScript, and modern frontend frameworks.

🔹 Graphics Designer – Rs. 50,000/month
📍 Must have basic video editing knowledge and experience with AI design tools (like Canva, Midjourney, DALL·E, etc.)

🔹 Marketing Manager – Rs. 40,000/month
📍 Should be able to plan and implement digital and offline marketing strategies.

📩 To Apply:
Send your updated CV and portfolio
[email protected]
+9779851090241

हर्कको घोषणा -  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्...
27/05/2025

हर्कको घोषणा - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ । उहाँले बेदाग, इमान्दार र काम गर्न चाहनेलाई उम्मेदवार बनाउने बताउनु भएको छ ।
उहाँले फेसबुक पेजमा लेख्नु भएको छ, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका विश्वका यी शक्तिशाली नेताहरू✅ पियरे एलियट ट्रुडो, क्यानाडाका प्रधानमन्त्...
24/05/2025

अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका विश्वका यी शक्तिशाली नेताहरू

✅ पियरे एलियट ट्रुडो, क्यानाडाका प्रधानमन्त्री (१९६८–१९७९, १९८०–१९८४): राजनीतिक अर्थशास्त्र, मास्टर डिग्री

✅ मार्क कार्नी, क्यानाडाका प्रधानमन्त्री (२०२५ देखि): अर्थशास्त्र, स्नातक डिग्री

✅ सेबास्टियन पिनेरा एचेनिक, चिलीका राष्ट्रपति (२०१०–२०१४, २०१८–२०२२): अर्थशास्त्र, मास्टर डिग्री, पीएचडी
✅ जुआन म्यानुएल सान्तोस, कोलम्बियाका राष्ट्रपति (२०१०–२०१८): सार्वजनिक प्रशासन, मास्टर डिग्री; पत्रकारिता, निम्यान फेलो

✅ अल्भारो उरिबे भेलेज, कोलम्बियाका राष्ट्रपति (२००२–२०१०): व्यवस्थापन र प्रशासन, स्नातकोत्तर प्रमाणपत्र
एडवर्ड सिगा, जमैकाका प्रधानमन्त्री (१९८०–१९८९): सामाजिक विज्ञान, स्नातक डिग्री

✅ कार्लोस सालिनास दे गोर्तारी, मेक्सिकोका राष्ट्रपति (१९८८–१९९४): सार्वजनिक प्रशासन, मास्टर डिग्री; राजनीतिक अर्थशास्त्र र सरकार, पीएचडी

✅ भिसेन्ते फक्स क्वेसादा, मेक्सिकोका राष्ट्रपति (२०००–२००६): शीर्ष व्यवस्थापन, डिप्लोमा

✅ फेलिपे काल्डेरोन हिनोजोसा, मेक्सिकोका राष्ट्रपति (२००६–२०१२): सार्वजनिक प्रशासन, मास्टर डिग्री

✅ दुमा गिदोन बोको, बोत्सवानाका राष्ट्रपति (नोभेम्बर २०२४ देखि): कानून, मास्टर डिग्री

✅ एलेन जोनसन सर्लिफ, लाइबेरियाका राष्ट्रपति (२००६–२०१८): सार्वजनिक प्रशासन, मास्टर डिग्री

✅ छेरिङ तोब्गे, भुटानका प्रधानमन्त्री (जनवरी २०२४ देखि): सार्वजनिक प्रशासन, मास्टर डिग्री

✅ डोनाल्ड साङ, हङकङका प्रमुख कार्यकारी (२००५–२०१२): सार्वजनिक प्रशासन, मास्टर डिग्री

✅ शङ्कर दयाल शर्मा, भारतका राष्ट्रपति (१९९२–१९९७): ब्रान्डाइस फेलो

✅ शिमोन पेरेस, इजरायलका प्रधानमन्त्री (१९८४–१९८६, १९९५–१९९६), इजरायलका राष्ट्रपति (२००७–२०१४): उन्नत व्यवस्थापन कोर्स

✅ बेन्जामिन नेतन्याहु, इजरायलका प्रधानमन्त्री (१९९६–१९९९, २००९–२०२१, २०२२ देखि): राजनीति विज्ञान

✅ जाफर हसन, जोर्डनका प्रधानमन्त्री (२०२४ देखि): सार्वजनिक प्रशासन, मास्टर डिग्री

✅ एल्बेग्दोर्ज साखिया, मङ्गोलियाका राष्ट्रपति (२००९–२०१७): सार्वजनिक प्रशासन, मास्टर डिग्री

✅ ओयुन-एर्देने लुभ्सान्नाम्स्राइ, मङ्गोलियाका प्रधानमन्त्री (२०२१ देखि): सार्वजनिक नीति, मास्टर डिग्री

✅ ली सियन लुङ, सिङ्गापुरका प्रधानमन्त्री (२००४–२०२४): सार्वजनिक प्रशासन, मास्टर डिग्री

✅ लरेन्स वङ, सिङ्गापुरका प्रधानमन्त्री (२०२४ देखि): सार्वजनिक प्रशासन, मास्टर डिग्री

✅ सिङ्मन री, दक्षिण कोरियाका राष्ट्रपति (१९४८–१९६०): मास्टर डिग्री

✅ हान दक-सु, दक्षिण कोरियाका प्रधानमन्त्री (२००७–२००८, २०२२–२०२५), कार्यवाहक राष्ट्रपति (२०२४, २०२५): अर्थशास्त्र, मास्टर डिग्री, पीएचडी

✅ मा यिङ-जेउ, ताइवानका राष्ट्रपति (२००८–२०१६): कानून, पीएचडी

✅ लाई चिङ-ते, ताइवानका राष्ट्रपति (जनवरी २०२४ देखि): सार्वजनिक स्वास्थ्य, मास्टर डिग्री

✅ क्यारियाकोस मित्सोताकिस, ग्रीसका प्रधानमन्त्री (जुलाई २०१९ देखि): व्यवसाय प्रशासन, मास्टर डिग्री

✅ मेरी रोबिन्सन, आयरल्यान्डका राष्ट्रपति (१९९०–१९९७): कानून, मास्टर डिग्री

✅ माइया सान्दु, मोल्डोभाका राष्ट्रपति (२०२० देखि): सार्वजनिक प्रशासन, मास्टर डिग्री

24/05/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शुक्रबार सिरियामाथिको प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाउने आद....

अमेरिकी भिसा प्राप्त भएपछि पनि आवेदकको गतिविधि र कानुनी पालना नियमितरूपमा जाँच गरिरहने अमेरिकी सरकारको स्पष्ट चेतावनी आए...
14/05/2025

अमेरिकी भिसा प्राप्त भएपछि पनि आवेदकको गतिविधि र कानुनी पालना नियमितरूपमा जाँच गरिरहने अमेरिकी सरकारको स्पष्ट चेतावनी आएको छ । अमेरिकी दूतावासद्वारा जारी सूचनामा भिसा जारी हुनु अन्तिम प्रक्रिया नभएको जनाइएको छ ।
सूचनामा भनिएको छ, "हामी भिसा प्राप्त गर्ने सबै व्यक्तिले अमेरिकी कानून र आप्रवासन नियमहरूको पूर्ण पालना गरिरहेका छन् कि छैनन् भन्ने कुरा निरन्तर जाँच गर्छौं ।"
यदि कुनै व्यक्ति नियम उल्लंघनमा देखिएमा उनीहरूको भिसा रद्द हुन सक्ने र भविष्यमा कानुनी रूपमा अमेरिका प्रवेश गर्न नपाउने सम्भावना रहेको दूतावासले चेतावनी दिएको छ ।
अमेरिका जान इच्छुक नेपाली नागरिकलाई सम्बोधन गर्दै दूतावासले भिसा प्राप्त भएपछि पनि कानुन र नियमको पालना गर्न अनिवार्य रहेको र बेवास्ता गरे गम्भीर कानुनी परिणाम भोग्नुपर्ने उल्लेख गरेको छ ।

21/01/2025

पछिल्ला वर्षहरूमा सामाजिक उद्यामशिलतामा युवाको चासो निकै बढेको देखिन्छ । सामाजिक उद्यमशिलता र सामाजिक प्रभाव अ...

09/12/2024

अमेरिकामा झन्डै ५० प्रतिशत नेपालीले टीपीएस छाडेर अन्य स्टाटसमा

अमेरिकामा अस्थायी संरक्षित स्टाटस (टीपीएस) अन्तर्गत रहेका नेपालीहरूको संख्या झन्डै आधाले घटेर ७,५०५ मा सीमित भएको छ। पछिल्लो तथ्यांक अनुसार, झन्डै ५० प्रतिशत नेपालीले टीपीएस त्यागेर अन्य आप्रवासन स्टाटसमा रूपान्तरण गरेका छन्।

टीपीएस अन्तर्गत रहनेहरूले अमेरिकामा काम गर्न र बस्न पाउने सुविधा पाउँछन्। तर, पछिल्लो समयमा धेरै नेपालीहरूले स्थायी आवास (ग्रीन कार्ड), विद्यार्थी भिसा, वा अन्य वैध स्टाटस रोजेका कारण टीपीएसको संख्या कम भएको हो।

यो कमीले टीपीएसको भविष्य र यसलाई नवीकरण गर्ने प्रक्रियामा रहेका नेपालीहरूमा नयाँ तरंग ल्याएको छ।

☝️ जेलेन्स्की रूससँग सम्झौता गर्न इच्छुक !!!अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेले...
09/12/2024

☝️ जेलेन्स्की रूससँग सम्झौता गर्न इच्छुक !!!
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको दाबी गर्नुभएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले एलिसी प्यालेसमा आयोजना गर्नुभएको त्रिपक्षीय वार्तापछि ट्रम्पले यो धारणा सार्वजनिक गर्नुभएको हो। ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा युक्रेनलाई उपलब्ध गराइएको अर्बौं डलरको सैन्य सहायताको खिल्ली उडाउँदै, यदि आफु पुनः राष्ट्रपति निर्वाचित भएमा, जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र युद्ध समाप्त पार्न सक्ने दाबी गर्नुभएको छ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्नुभएको छ, “जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन्।” उहाँले थप उल्लेख गर्नुभएको छ, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ। धेरै जीवन अनावश्यक रूपमा बर्बाद भइरहेका छन्। परिवारहरू गुम्दैछन्। यो जारी रह्यो भने स्थिति अझै खराब बन्न सक्छ।”

युक्रेनलाई पठाइएको नयाँ सैन्य सहायता प्याकेजको घोषणासमेत यसै क्रममा भएको छ। पेन्टागनका अनुसार, यो प्याकेजमा ड्रोन, हिमार्स रकेट लञ्चरका लागि गोलाबारुद, लामो दूरीमा मार गर्न सक्ने हतियार, ट्याङ्क तथा बख्तरबन्द गाडीका लागि उपकरण समावेश छन्।

तर, विश्लेषकहरूले ट्रम्पको दाबीप्रति शंका व्यक्त गरेका छन्। जेलेन्स्कीले कुनै पनि सम्झौता समतामूलक हुनुपर्नेमा जोड दिनुभएको छ। यता, ट्रम्पले युद्ध अन्त्यका लागि शान्तिपूर्ण सहमतिको बाटो अपनाउन युक्रेनलाई आन्तरिक रूपमा दबाब दिन सक्ने सम्भावना व्यक्त गरेका छन्।

युद्धविराम र वार्ताको आह्वानबीच, अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनका लागि ९८ करोड ८० लाख अमेरिकी डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ, जसले युद्धको स्वरूपमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779851090241

Alerts

Be the first to know and let us send you an email when The Nepali Diaspora posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Nepali Diaspora:

Share