Inside Nepal

Inside Nepal Follow Us For Lastest News
(7)

एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा–५ बाट बालेन शाह उम्मेदवार भए नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झन् ठूलो मतान...
13/01/2026

एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा–५ बाट बालेन शाह उम्मेदवार भए नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झन् ठूलो मतान्तरसहित विजयी हुने दाबी गरेका छन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एवं मेयर बालेन शाहका निकट सहयोगी राजु पाण्डे आगामी निर्वाचनमा काठमाडौं क्षेत्र...
13/01/2026

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एवं मेयर बालेन शाहका निकट सहयोगी राजु पाण्डे आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्...
12/01/2026

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।

मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने तयारीमा रहेका पाण्डेले यो विषय आफैंले स्वीकार गरेका छन् । बालेन निकट स्रोतका अनुसार मेयर शाहले पाण्डेलाई काठमाडौं–४ बाट उम्मेदवार बनाउने विषयमा आन्तरिक तयारी अघि बढाइरहेका छन् ।

पाण्डेले मेयर शाहप्रति आफ्नो अडान स्पष्ट पार्दै भनेका छन्, “मेयर साबले छाड्नु भएको महानगरमा म एक मिनेट पनि बस्दिनँ। उहाँले छाड्नुभन्दा अघि नै मैले छाड्न सक्छु, तर बालेन बिना राजु पाण्डे महानगरमा रहँदैन ।”

राजु पाण्डेको सम्भावित उम्मेदवारी र मेयर बालेन शाहसँगको निकट सम्बन्धले काठमाडौं–४ को चुनावी माहोललाई थप चासो र चर्चाको केन्द्रमा ल्याएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने प्रक्रियालाई केन्द्रमा राख्दै आफ्ना न...
12/01/2026

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने प्रक्रियालाई केन्द्रमा राख्दै आफ्ना निकट नेताहरूसँग आन्तरिक छलफल थालेका छन् । महाराजगन्जस्थित निवासमा बोलाइएको बैठकमा नेता शेखर कोइराला, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, मीनेन्द्र रिजाललगायत सहभागी छन् ।

बैठकमा विशेष महाधिवेशनको सम्भावित असर, पार्टीभित्र देखिन सक्ने राजनीतिक तथा कानुनी जटिलताबारे गहिरो विचार–विमर्श भइरहेको छ । यसका लागि देउवाले कानुन व्यवसायीहरूलाई समेत सहभागी गराएर आगामी कदमबारे राय लिइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता टु टेपछि उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङ नयाँ राजनीति...
12/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता टु टेपछि उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङ नयाँ राजनीतिक समीकरणको खोजीमा सक्रिय देखिएका छन् । समानुपातिकतर्फ स्वतन्त्र रूपमा निर्वाचन ल ड्न नपाउने अवस्थापछि उनले अन्य दलहरूसँग एकता वा चुनावी तालमेल गरेर समानुपातिक मत सुरक्षित गर्ने रणनीति अघि बढाएका हुन् । यसै क्रममा उनेपा र राष्ट्रिय परिवर्तन पार्टीबीच संवाद सुरु भएको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनले नेपाली राजनीतिमा एउटा स्पष्ट र महत्त्वपूर्ण सन्देश स्थापित गरेको छ ।यसै ऐतिहासिक अवस...
12/01/2026

नेपाली कांग्रेसको विशेष महाधिवेशनले नेपाली राजनीतिमा एउटा स्पष्ट र महत्त्वपूर्ण सन्देश स्थापित गरेको छ ।

यसै ऐतिहासिक अवसरमा पूर्वडीआईजी रमेश खरेलले युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई इतिहासका नायकु को संज्ञा दिँदै उनीहरूको साहसको उच्च प्रशंसा गरेका छन ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई अब विश्राम लिन आग्रह गरेका छन् । उनले भनेका छन्, “हामी...
11/01/2026

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई अब विश्राम लिन आग्रह गरेका छन् । उनले भनेका छन्, “हामीले सभापतिजीलाई भनेका छौं । समय आएको छ। अब तपाईंले पद छोडिदिनुस् । तपाईंले आराम गर्नुपर्छ र नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गरिदिनुस् ।”

चुनावमा नउठ्ने घोषणा गरिसकेका बाबुराम भट्टराईलाई गोरखाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । प...
11/01/2026

चुनावमा नउठ्ने घोषणा गरिसकेका बाबुराम भट्टराईलाई गोरखाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीको शनिबार बसेको जिल्ला समिति बैठकले पार्टीका संरक्षकसमेत रहेका भट्टराईलाई क्षेत्र नम्बर १ र २ दुवैबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यालो नेपाल पार्टीसँग भएको एकता सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । पुस २६ गत...
10/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यालो नेपाल पार्टीसँग भएको एकता सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको रास्वपाको आकस्मिक सचिवालय बैठकले उक्त सहमति अघि नबढाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यद्यपि, रास्वपाले उज्यालो नेपालको आगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ । सचिवालयको निर्णयमा सहकार्यका क्रममा भएको छोटो यात्राको सम्मान गर्दै उज्यालो नेपालको नेतृत्व र संगठनलाई सफलताको कामना गरिएको उल्लेख छ ।

नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री धर्मलाल चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल ...
10/01/2026

नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री धर्मलाल चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन् ।

उनसँगै नेकपा माओवादीका पूर्वसांसद ठम्मर विष्ट र अभियन्ता डा. नरबहादुर कार्की पनि शनिबार उनेपामा आबद्ध भएका हुन् ।

नवनियुक्त अध्यक्ष घिसिङले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् । उनेपाले तीनै जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य टुटेपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई नेतृत्व सुम्पिँदै अध्यक...
10/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य टुटेपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई नेतृत्व सुम्पिँदै अध्यक्ष बनाएको छ ।

रास्वपाको भनाइ अनुसार, पुस १४ मा तय भएको सहमतिभन्दा बाहिरका माग उठेपछि एकता अघि बढ्न सकेन । सहमति कायम राख्न घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार लामो छलफल भए पनि निष्कर्ष निस्कन सकेन ।

नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका नन्दकिशोर बस्नेत (एनके) राष्...
10/01/2026

नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । शनिबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर बस्नेतले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।

Address

Kathmandu

Telephone

+9779746334601

Website

Alerts

Be the first to know and let us send you an email when Inside Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Inside Nepal:

Share