Radio Harpal FM 90.9 MHz

Radio Harpal FM 90.9 MHz Pal Pal ko sathi 'Harpal FM'

https://harpalsamachar.com/?p=11030टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ
12/05/2024

https://harpalsamachar.com/?p=11030
टोखामा विष्णुमति नदि सरसफाई अभियानको शुभारम्भ

टोखा नगरपालिकाले विष्णुमति नदि सरसफाई अभियान शुभारम्भ गरेको छ ।निरन्तर रुपमा हरेक शनिबार बिहान सरसफाई गरिने गर.....

25/04/2024

Jhor Mahankal Secondary School

https://harpalsamachar.com/?p=10427
10/12/2023

https://harpalsamachar.com/?p=10427

टोखा नगरपालिकामा नगरस्तरीय स्वास्थ्यकर खाध्य पदार्थ खरिद तथा बिक्रि वितरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्प.....

https://harpalsamachar.com/?p=10448टोखाको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न
10/12/2023

https://harpalsamachar.com/?p=10448
टोखाको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

टोखा नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नारा सहितको ....

विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत, छठलगायत चाडपर्वका अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्र...
23/10/2023

विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत, छठलगायत चाडपर्वका अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिका साथै सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना
Everyone

https://harpalsamachar.com/?p=10241
12/10/2023

https://harpalsamachar.com/?p=10241

टोखा नगरपालिका भित्रका स्वाथ्य संस्था ब्यवस्थापन समितिका सदस्य तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्था संच...

08/10/2023

काठमाडौँ, असोज २१ । सरकार द्वारा आज देखि उपत्यकासँगै बाहिरी जिल्लामा चाडपर्वलक्षित सहुलियत पसल संचालन हुदै छन् ।...

https://harpalsamachar.com/?p=10233
08/10/2023

https://harpalsamachar.com/?p=10233

काठमाडौँ, असोज २१ । सरकार द्वारा आज देखि उपत्यकासँगै बाहिरी जिल्लामा चाडपर्वलक्षित सहुलियत पसल संचालन हुदै छन् ।...

https://harpalsamachar.com/?p=10227
08/10/2023

https://harpalsamachar.com/?p=10227

काठमाडौँ, असोज २१ । चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न स...

https://harpalsamachar.com/?p=10215
08/10/2023

https://harpalsamachar.com/?p=10215

२० असोज, काठमाडौं । टोखा को विकास र समृद्धि को आधार ,दिगो र फराकिलो स्थानीय कराधार भन्ने मूल नारा का साथ् शुरु भएको .....

https://harpalsamachar.com/?p=10195
04/10/2023

https://harpalsamachar.com/?p=10195

टोखा न पा -१ (साविक झोर महांकाल) का खेलाडीहरु का बीच भुतखेल चौर टोखामा टोल स्तरीय फुटबल प्रतियोगिता सुरुवात भएको छ ।...

चेक बाउन्समा २ वर्षसम्म कैद प्रस्ताव:१६ असोज, काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन गरी चेक अनादरलाई...
04/10/2023

चेक बाउन्समा २ वर्षसम्म कैद प्रस्ताव:

१६ असोज, काठमाडौं । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन गरी चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरेको छ ।

केही समयअघि मन्त्रीपरिषद्बाट पारित विधेयकमा चेक अनादरको विषयलाई बैंकिङ कसुर मान्ने र त्यस्तोमा अधिकतम् दुई वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको हो ।

सरकारले चेक अनादरलाई बैंकिङ कसुर बनाउने प्रयोजनकै लागि बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन संशोधन गर्न लागेको हो । यसअघिको ऐनमा यस सम्बन्धमा पर्याप्त व्यवस्था नभएको तथा सर्वोच्च अदालतले भिन्नभिन्न प्रकृतिमा फैसला गरेपछि चेक अनादरको विषयमा कानूनी एकरुपता थिएन । विधेयक पारित भएपछि त्यसमा स्पष्टता हुनेछ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ‘कसैले पनि आफ्नो बैङ्क खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीको लागि पर्याप्त छैन भन्ने जानीजानी कसैलाई चेक जारी गरी दिन वा बैङ्कसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन,’ भन्ने व्यवस्था छ । यसअघिको बैंकिङ कसुर तथा सजाय ऐनमा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटीदिन नहुने’ व्यवस्था मात्रै थियो ।

Suzuki Dashain Offer

साथै, बैंकले भुक्तानीको लागि आएको चेकमा आवश्यक रकम खातामा नभए चेक धारकलाई फिर्ता दिनुपर्ने र त्यसरी फिर्ता हुन आएको चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा तीस दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई त्यसको अभिलेख राख्नुपर्ने प्रस्ताव विधेयकमा छ ।

चेक फिर्ता दिँदा बैंकले खातावालालाई दिएको सूचनाको अभिलेख राखिसकेपछि त्यसको व्यहोरा चेकमा समेत जनाई त्यस्तो चेक धारकलाई फिर्ता गर्नुपर्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको छ ।

३० दिनको म्याद समाप्त भएपछि चेक धारकले फिर्ता गरिएको चेकमा उल्लेख गरिएको रकम भुक्तानी माग्दा खातामा आवश्यक रकम मौज्दात नभएर भुक्तानी दिन नसकिने भएमा बैंकले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको व्यहोरा प्रमाणित गरी त्यस्तो चेक धारकलाई फिर्ता गरिदिनु पर्ने गरी ऐन संशोधन प्रस्ताव गरिएको हो ।

तर, खातावालालाई बैंकमा पर्याप्त रकम नरहेको सूचना दिएकोमा खातावालाले जुनसुकै बखत त्यस्तो चेक फिर्ता लिई धारकलाई चेकमा उल्लिखित रकम भुक्तानी दिन भने सक्ने प्रस्ताव गरिएको छ ।

चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि भने अर्थ मन्त्रालयको परामर्शमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार हुने प्रस्ताव गरिएको हो ।

तीन महिना कैदलाई २ वर्ष बनाइयो

संशोधन विधेयकमा प्रस्ताव भएको चेक अनादर प्रमाणित भएमा चेक जारी गरीदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरीदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना साथै जेल सजायको समेत प्रस्ताव गरिएको छ ।

चेक अनादरमा पाँच लाख रुपैयाँसम्म बिगो भए एक महिनासम्म कैद, पाँचलाख रुपैयाँभन्दा बढी दश लाख रुपैँयाँसम्म बिगो भए तीन महिनासम्म कैद, दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैँयाँसम्म बिगो भए ६ महिनासम्म कैद र पचास लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद सजाय प्रस्ताव भएको हो ।

यसअघिको ऐनमा यस्तो कसुर गर्नेलाई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद हुने व्यवस्था थियो ।

चेक अनदार गर्ने व्यक्ति सम्बन्धित संस्थाको अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत भएमा उक्त ऐनमा प्रस्ताव गरिएको सजायमा थप एक वर्ष कैद हुने प्रस्ताव गरिएको छ ।

तीन महिनाभित्र जाहेरी दिनुपर्ने

ऐन संशोधन मार्फत खातामा पर्याप्त मौज्दात नहुँदा चेक काटेर चेक अनादर गरेको प्रमाणित भएमा प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिने व्यवस्था गर्न लागेको हो । । त्यसरी जाहेरी परेको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालत समक्ष मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था पनि गर्न लागिएको छ ।

मिलापत्र गर्न सकिने

चेक अनादरको मिलापत्र गर्न भने सकिने प्रस्ताव विधेयकमा गरिएको छ । मिलापत्रको लागि निवेदन परेमा सरकारी वकीलले मुद्दा अनुसन्धानको सिलसिलामा भए अनुसन्धान अधिकृतलाई दुवै पक्षबीच मिलापत्र गराई दिन र मिलापत्र भएको व्यहोरा अभिलेखमा जनाई उक्त अनुसन्धान स्थगन गर्न सम्बन्धित अनुसन्धान अधिकारीलाई आदेश दिनुपर्ने प्रस्ताव भएको छ । यसरी सरकारी वकीलले दिएको आदेशअनुसार मिलापत्र गराई त्यसको अभिलेख राख्नु सम्बन्धित अनुसन्धान अधिकृतको कर्तव्य हुने विधेयकमा प्रस्ताव गरिएको छ ।

मिलापत्रको लागि निवेदन परेमा सम्बन्धित अदालतले प्रचलित कानून बमोजिम मिलापत्र गराई दिनुपर्ने र त्यसरी मिलापत्र भएकोमा प्रतिवादीलाई ऐनबमोजिम सजाय नहुने प्रस्ताव भएको हो । यसरी चेक अनादरको अनुसन्धान हुँदै गर्दा वा मुद्दा दर्ता भइसकेपछि पनि मिलापत्र हुनसक्ने व्यवस्थाले अदालतमा यस्ता मुद्दाको संख्या कम हुनसक्ने बुझाइ सरकारको छ ।

विनिमेय अधिकारपत्र ऐनको दफा १०७क खारेज हुने

चेक बाउन्समा बैंकिङ कसुर ऐनका साथै विनिमेय अधिकारपत्र ऐन २०३४ पनि आकषिर्त हुने विद्यमान व्यवस्था थियो । उक्त ऐनको दफा १०७ ‘क’ मा बैंक खातामा रकम नभएको वा पर्याप्त नभएको जानीजानी चेक काटी हस्तान्तरण गर्ने र उक्त चेक भुक्तानीको लागि बैंकमा जाँदा पर्याप्त निक्षेप नभएको कारणले बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । उक्त व्यवस्थालाई खारेज गर्दै बैंकिङ कसुर तथा सजाय ऐनमा नै बिगो दाबी जरिवाना र जेल सजायको व्यवस्था भएको हो ।

तर, ऐन संशोधन हुनुअगाडि विनिमय अधिकारपत्र ऐन २०३४ अनुसार दायर भएका मुद्धा सोही ऐनअनुसार किनारा लाग्ने उल्लेख छ ।

सहकारी संस्था र संघलाई बैंकिङ कसुर ऐनबाट हटाइयो, सहकारी बैंकलाई ल्याइयो
विद्यमान बैंकिङ कसुर तथा सजाय ऐनको दायरामा सहकारी संस्था र संघहरु पनि रहेकोमा अब सहकारी बैंक मात्रै उक्त ऐनको दायराभित्र रहने गरी ऐन संशोधन प्रस्ताव भएको छ । ऐनको दफा १२ (क) लाई संशोधन गर्दै सहकारी संस्था र संघलाई झुक्याई कारोबार काम गर्दा बैंकिङ कसुर हुने व्यवस्थालाई हटाउने प्रस्ताव गरिएको छ । सो ठाउँमा सहकारी बैंक राख्न प्रस्ताव भएको हो ।

यस्तै ऐनको दफा १४ (ख) मा राष्ट्र बैंकको स्वीकृत लिएर मात्रै सहकारी संस्थाले बैंकिङ कारोबार गर्न सक्नेमा व्यवस्थालाई संशोधन गर्दै त्यसको स्थानमा सहकारी बैंक बनाउन प्रस्ताव गरिएको छ ।

त्रिभुवन विमानस्थलमा अवतरण हुनै लाग्दा कतार एयरको जहाज ‘ओभरसुट’:काठमाडौं । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजल...
04/10/2023

त्रिभुवन विमानस्थलमा अवतरण हुनै लाग्दा कतार एयरको जहाज ‘ओभरसुट’:

काठमाडौं । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने

यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

मलेखुमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका दुई स्कुले बालकको मृत्यु:धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवा...
04/10/2023

मलेखुमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका दुई स्कुले बालकको मृत्यु:

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।

घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

आज पाँच प्रदेशमा भारी बर्षा हुने:हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आस...
04/10/2023

आज पाँच प्रदेशमा भारी बर्षा हुने:

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

06/03/2022

रेडियो नाटक “पापी कोरोना”

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Radio Harpal FM 90.9 MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Radio Stations in Kathmandu

Show All