Jaya Nepal

Jaya Nepal Beyond The Line. राजनीतिक अभियान

28/11/2024

कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनको विजय सुनिश्चित । चुनावी सभालाई अध्यक्ष प्रचण्डको सम्बोधन
२०८१ मंसिर १३ गते बिहीबार, कीर्तिपुर, काठमाडौं

हिरासतबाट दुर्गा प्रसाईंको भावुक पत्रसंसारभरि छरिनुभएका नेपालीमा म दुर्गा प्रसाईको नमस्कार !!म यहाँ हिरासतमा आरामै छु।भग...
24/11/2024

हिरासतबाट दुर्गा प्रसाईंको भावुक पत्र

संसारभरि छरिनुभएका नेपालीमा म दुर्गा प्रसाईको नमस्कार !!
म यहाँ हिरासतमा आरामै छु।भगवान पशुपति नाथ संग तपाईहरुको पनि आरामताकाको कामना पनि गरेको छु । हिरासत नजादा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरुप उपहार दिन कतिबेला भर्याङ्ग चढेर आउछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुदोरहेछ।
अन्तत: हिरासतमा आईसकेपछि क्षणिक कौतुहलता मेटिएर जादो रहेछ अनि एकाग्र र अनगिन्ति प्रश्नले मन पिरोलिदो रहेछ। हिरासत भित्रको अध्याँरो कोठा भित्र मैले हिजो मात्रै विपिको आत्म वृतान्त पढेर सके। मलाई विपिको आत्म वृतान्त खुब मन पर्यो र आत्म वृतान्त पढेर सक्दा एकोहोरो उहाँमा असिमित संमान जागेर आएको छ।
लाउ-लाउ खाउँ-खाउँको योवन अबस्था देखि विपिले दक्षिण एसियाका नागरिकको मुक्तिका लागी आफ्नो जीवन समर्पित गर्नु भएको रहेछ । भारतको स्वतन्त्रता आन्दोलन देखि नेपालको राणा बिरोधि आन्दोलन र बंगलादेशको स्वतन्त्रता आन्दोलनमा समेत उहाँले अत्यन्त ठूलो भूमिका निर्वाह गर्नुभएको रहेछ।
जनतालाई हाम्रो मौलिख अधिकार के हो भन्ने सम्म ज्ञान नहुँदा विपीले जनतालाई अधिकार सम्पन्न बनाउन नेपालमा राणा बिरोधि आन्दोलन गर्नु भएको रहेछ। फलस्वरूप: श्री ३ महाराज मोहन शमशेरले अध्याँरो कालकोठरिमा थुनिदिएका रहेछन् ।
अध्याँरो कालकोठरीमा नेलकडिमा बाधिएका विपीलाई दिन कतिबेला भयो। रात कतिबेला भयो। भन्ने थाहा समेत नभएको र खोपाको किरण देख्ना साथ भित्तामा धर्को तानेर कति दिन कति महिना बित्यो भन्ने गिन्ती गरेको र बिस्तारै धर्को तान्न समेत भुल्दै जानु भएको भन्ने पढ्दा मेरो गह भरिएर आँशु आयो। जेलभित्र लगातारको झण्डै महिना दिनको भोक हडतालको खबर बाहिरिए पछि अन्तराष्ट्रिय जगतको दवाबमा विपी कोइराला छुट्नु भएको रहेछ। सात सालको आन्दोलन,३६ सालको जनमत संग्रहको आन्दोलन हुँदै बीपीले आफ्नो जिबन नै नागरिकको मौलिख अधिकार र लोकतन्त्र प्राप्तिको लडाईमा समर्पित गर्नुभएको रहेछ। मलाई एकदिन बिहान भेट्न आउने एकजना पढेलेखेको तन्नेरी भाईले विपिको आत्मवृतान्त पढेको देखेर हाँस्दै भन्नु भयो दाई क्रुर शाषकले जनताको मुक्तिका लागि लड्ने क्रान्तिकारीलाई जेलमा थुन्छन् अनि निस्किदा क्रान्तिकारीहरु विद्वान बनेर निस्किन्छन् भन्ने सुनेको थिए तपाइँ पनि त्यसमै पर्ने छाट देखे भन्नुभयो। त्यसपछि हामि दुवै जना एकछिन खित्का छोडेर हास्यौं। मैले उहाँको नाम समेत सार्वजनिक गरिदिने थिए तर राज्यले उहाँलाई समेत निगरानीमा राख्न सक्ने हुँदा म भन्न असमर्थ छु।
बीपीको आत्म वृतान्त पढ्दा मैले एकपटक सदनको रोष्टममा उभिएर बोलेका स्वर्गीय कांग्रेसी नेता प्रदिप गिरिको त्यो अभिव्यक्तिलाई सम्झीए। उहाँले भन्नुभएको थियो,धेरै समय बिपी बाबुको संगत गर्दा बीपीको राजनैतिक चिन्तन र दुनियाँको भूराजनैतिक अबस्थितिको बारेमा उहाँको ज्ञान कति फराकिलो छ भन्ने कुरा मैले जहिले थाहा पाए बिपी बाबु प्रति मेरो सम्मान बढेर आयो यस्तै केहि भन्नु भएको थियो।त्यसैले महामानव बीपीका बारेमा मैले जति बोले पनि थोरै हुन्छ। त्यसैले अब म वर्तमानका मूल मुद्दामा तपाईको ध्यान केन्द्रित गर्न चाहान्छु।

भाग.१ (कम्बोडियाको टेलिकममा लगानी )
प्रधानमन्त्री केपी शर्मा ओली संग जोडिएको कम्बोडियाको टेलिकम एक्जिएटामा ओलीको लगानी भन्ने प्रमाणको आधारमा कम्बोडियामा प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याए । यसको लागि मैले आफ्नो समय र धनको लगानी गरे। नेपाली जनता माझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउदा म आज अत्यन्त हर्षित छु। मलाई थाहा छ भ्रष्टहरुको सत्ता निर्मम हुन्छ। उनीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायराल़ाई आफू केन्दित गर्छन्। उनीहरुका बिरुद्धमा सत्ताको कुर्सि हल्लाउन सक्ने जो कोहि देश भक्तलाई अनेकन आरोपमा हिरासत र अन्तत जेल भित्र सडाउने षडयन्त्र रचिन्छ। जसको परिणाम स्वरुप भ्रष्टको मुखुण्डो उतार्ने हिम्मत गरेकोमा निवास बाटै म पक्राउ परे। मलाई थाहा छ हिजो हिजो राणा कालमा राणा बिरुद्ध बोल्ने,पंचायतकालमा पंच सरकार बिरुद्ध बोल्ने र आज केपी ओलीका काला कर्तुत बिरुद्ध भण्डाफोर गरेर बोल्ने जो कोहीलाई बन्दुक धारी बर्दिवाला प्रहरीको दुरुपयोग गरेर पक्राउ गरिन्छ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्थ नै थिए। सोहि बमोजिम म आफ्नै निवास बाट पक्राउ परे। क्रुर अलोकतान्त्रिक हिटलर प्रवृत्तिको शासक ओलीको नजरमा म मात्रै होइन आज रवि लामिछाने पनि त ओलीको नजरमा आँखाको कसिङ्गर भएका छन्। नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका स्वकीय सचिब राजेश बज्राचार्य हुँदै काण्ड ओली निवास प्रवेश गर्न थालेपछि रामेस्वर थापाको घरमा आधा रातमा कसरी भ्रष्टहरुको सरकार बन्यो भन्ने तपाई हामी सबैले बुझेकै छौं। जसको प्रतिफल रवि लामिछानेले भोगिरहनु भएको छ। आज मैले भोगिरहेको छु र सुन्दै छु केहिसमयामा नै बालेन लाई पनि षड्यन्त्रको सिकार बनाइदै छ।
मलाई विश्वास छ मैले सार्वजनिक गरेको प्रमाण १००% सत्य हो। चार वर्ष अगाडि यहीं बिषय एक बिदेशी मिडियाले सार्वजनिक गरेको थियो। ग्लोवल वाच एनालाइसिस देखि नेपालका शासकका बारेमा अध्यन गर्ने अन्तराष्ट्रिय थिङ्क ट्याङ्कले केपी ओली एसियाकै भ्रष्ट नेताको रुपमा प्रमाणित गरेका थिए। एकाएक केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी भनेर समाचार सार्वजनिक गर्ने मिडियालाई तत्कालिन समयमै वालुवाटार बोलाएर ओलीले अन्तरवार्ता दिएका छन्। गाइगुइ हल्ला सुनिएको थियो अन्तर्वार्ता संगै उक्त पत्रकारलाई समाचार लुकाउन झोला भरेर खजाना समेत दिइएको थियो।

आज कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका मात्रै होइन राज्यको चौथो अंग पत्रकारिता समेत ओलीको मुठ्ठी भित्र कैद छ। मुलधारका मिडियाका मालिकहरु पत्रकार माथि कन्टेन्टमा कैची लगाउन सिपालु छन्। किनकि मूलधारका मिडियाका मालिक नै सत्ता र शक्तिका वरिपरि रहेर अन्तराष्ट्रिय जासुस र एजेन्टका रुपमा देश द्रोही काम गरिरहेका छन्।
अन्य मिडिया माथि सरकारले प्रेस काउन्सिल र साइवर ब्यूरो लगाएर नियन्त्रणमा राखेको छ। जसकारण सरकार बिरोधि कुनै पनि काला कर्तुतका भण्डाफोर अब मिडियाले गर्न सक्दैनन्। त्यसका अलवा पनि देश बाहिर बस्ने देश भक्त बुद्दिजिबि टंक दाहाल जस्ता विद्वानहरुले सत्यको खोजीमा अनबरत मुखरित हुँदै आएका छन्।
म ति देश भक्तलाई कोटी कोटी धन्यवाद दिन चाहन्छु।
आज नेपाल प्रहरी इतिहासमै सबै भन्दा बदनाम भएको छ। प्रहरीका उच्च -पदस्थहरु फूली थप्ने प्रलोभनमा शासकको गुलाम भएका छन् । जसको ज्वलन्त उदाहरण अहिले CIB का प्रमुख दिपक थापा र CIB प्रवक्ता होबिन्द्र बोगटी भएका छन्। मैले हिरासतमै थाहा पाएको छु होविन्द्र बोगटीले सरकारको प्रवक्ता जसरी मिडियामा बयान दिदै हिडेका छन् रे। जनताको हाड छाला घोटेर तिरेको करबाट तलब भत्ता खाने अनि देश र जनताको सेवा गर्ने कसम खाएका नेपाल प्रहरी आज भ्रष्टको मतियार ओलीको कठपूतली भएर अभिव्यक्ति दिनु आफैंमा राष्ट्रघात हो।
मैले प्रमाण सार्वजनिक गरेको प्रमाणका आधारमा एकै रातमा झुटो हो भनेर भन्ने ओलीको प्रवक्ता बनेका होविन्द्र बोगटी र भ्रष्ट ओलीलाई पक्राउ नगरी भ्रष्टको प्रमाण सार्वजनिक गर्ने बिरुद्ध नै जाइलाग्ने दिपक थापा बिरुद्ध राज्य द्रोह लगायतका मुद्दा लिएर सम्मानित अदालत जान बरिष्ठ अधिवक्ता र पूर्व न्यायाधिश संगको छलफलमा मेरो तयारि भैसकेको छ। नेपाल प्रहरी भित्र सबै खराब छैनन्। राष्ट्र भक्त र कतब्य निष्ठ जनताका सेवकहरु पनि छन् जसलाई बास्तबमै आइजीपीको फूली लगाइनु पर्छ। तर विडम्बना मैले सुनिरहेको छु ओलीको सेवामा आहोरात्र खटिएर देश र जनता प्रति गद्दारी गरेका दिपक थापा र होबिन्द्र बोगटीको काधमा फूली थप्ने राष्ट्र घाती काम भ्रष्ट सरकारले गर्दै छ।

म माथि अनाबस्यक झुटा मुद्दा थोपरेर थप प्रताडित बनाउने र आफ्नो देश लुट्ने धन्दामा कोहि बाधक बाकि नराख्ने कुनियोजित खेलमा ओली छन्। मलाई विस्वास छ सम्मानित न्यायालयले कुनै दबाब र प्रभाबमा नपरिकन न्यायको पक्षमा फैसला गर्ने छ। जुन गर्दै आइअरहेको छ।

मेरो बिपक्षि दल प्रति पनि अनुरोध छ, नेकपा माओवादी केन्द्र,राप्रपा,रास्वपा र कांग्रेस भित्रका राष्ट्रवादी साथीहरुले केपी ओलीको कम्बोडिया लगानीको छानविनको लागी गैरराजनैतिक छानविन समिति निर्माणमा आवाज उठाउने छन्। यो बिषय केवल दुर्गा प्रसाईको बिषय मात्रै नभएर देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण राष्ट्रिय मुद्दा भएकाले सबैले यसमा साथ दिनुहुनुहुन्छ भन्ने पूर्ण विस्वास लिएको छु।

(हिरासतको पत्र सचिवालय सदस्य कल्पित बाट साभार )

बाकि पृष्ठ, क्रमश ….

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्डभक्तपुर, १५ कार्तिक । नेकपा माओवादी केन्द्...
31/10/2024

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड

भक्तपुर, १५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।

‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खासगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आउनुभएको थियो । विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुबाट सुनिरहेको थिएँ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ ।’

नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उहाँले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो– ‘त्यति मात्र होइन, हाम्रो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बेलामा यो प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ, यो पनि महत्वपूर्ण उपलब्धि हो ।’

शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गर्ने काम गरेर पवित्र कार्य गरेपछि उहाँकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘२०६५ को एउटै मन्त्रिपरिषद बैठकबाट हामीले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय मात्रै गरेनौं, शंखधर साख्वाले जस्तै हामीले पनि करिब किसानहरुको निश्चित रकम ऋण मिनाहको निर्णय पनि गर्यौं ।’
आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला गरिब किसानको ऋण मिनाह, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्गलगायतका ठूला पूर्वाधारको सुरुवात गरेको स्मरण गर्दै दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपालको निर्माणहुँदै तेस्रोपटक प्रधानमन्त्री भएको बेलामा नेपाली इतिहासमै पहिलोपटक सरकारको अगुवाईमा भ्रष्टाचारविरुद्धको अभियान सुरु गरिएको बताउनुभयो । हरेकपटक माओवादी नेतृत्वको सरकारले ऐतिहासिक कामको थालनी गरेको उल्लेख गर्दै उहाँले यसलाई जनताको बीचमा लैजान नसक्नु कमजोरीको रुपमा रहेको बताउनुभयो ।
पछिल्लो समय आफ्नो नेतृत्वको सरकारले धेरै काम गर्न खोजेको देखेर सरकार ढालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारमा हुँदा सुरु गरिएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अब पार्टीको मुख्य एजेण्डा हुने र २०८४ माओवादीको हुने बताउनुभयो । सरकारबाट निस्केपछि आफूले एकपटक प्रदेश तहमा पुगेर जनताको अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उहाँले देशभरि जनताले माओवादी र प्रचण्डलाई मायाँ गर्न थालेको बताउनुभयो ।

‘३२ सिट हुँदा त माओवादीले यति काम गर्यो भने अब एकपटक बहुमत दिनुपर्छ कि भन्ने हिसाबले जनस्तरमा बहस चल्न थालेको छ, यो हाम्रा लागि निकै सकारात्मक कुरा हो’– उहाँले भन्नुभयो– ‘अब यसलाई हामीले अवसरको रुपमा बदल्नुपर्छ, आत्मविश्वास बलियो बनाउनुपर्छ, ८४ हाम्रो हो, माओवादीको अर्को जीतको वर्ष हुने छ ।’
माओवादी केन्द्र मध्यपुर थिमी नगर अध्यक्ष एवं मध्यपुर नरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरु दिलिप प्रजापति र रामनारायण बिडारीले शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन नगर समिति शिव श्रेष्ठले गर्नुभएको थियो ।

सो क्रममा सहिदहरु वैकुण्ठहरि श्रेष्ठ, सविन श्रेष्ठ र कृष्णमान श्रेष्ठका परिवारलाई अध्यक्ष प्रचण्डले सम्मान गर्नुभएको थियो ।

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र)क...
30/10/2024

कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड

काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं । हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौं । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौं ।’ हरेक कम्युनिष्ट नेता कार्यकर्ता र पार्टीहरुले क्रान्तिलाई किन सही रुपले अघि बढाउन सकेनौं र आम मानिसमा निराशा बढिरहेको भन्ने समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र होइन, आत्ममीक्षालाई संघर्षकै रुपमा अघि बढाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

‘म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु’– उहाँले भन्नुभयो– ‘म आदर्शको रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।’ क्रान्तिकारीहरुले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो ।

‘हामीले सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिरहेका छौं तर हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध लड्न सुरु नगरी अरुलाई परास्त गर्न सकिदैन’– उहाँले भन्नुभयो– ‘हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौं तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौं ।’

कम्युनिष्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उहाँले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताउनुभयो ।

कम्युनिष्ट घटकहरुबीचको सम्बन्ध सुधारलाई उहाँले चार चरणमा विकास गर्न सकिने उल्लेख गर्दै भन्नुभयो– ‘सबैभन्दा पहिले विचारमा स्पष्टता कायम गरेका दलहरु मिल्ने जति मिलौं, मिल्न नसक्नेले मोर्चा बनाऔं, त्यो पनि नसके कार्यगत एकता गरौं । त्यति पनि नसके हरेकले आफूलाई बदलेर समाजवादी क्रान्तिका लागि तयार पारौं । त्यति गर्दा मिल्ने जति मिल्दै जान्छन्, छाँटिने जति छाँटिदै जान्छन् ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्ने बताउनुभयो । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गणतन्त्र स्थापनामा कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका रहेकाले अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताउनुभयो । समाजवादी कार्यक्रमलाई कार्यनीति वा रणनीति के बनाउने बहसको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीभित्र रुपान्तरण गर्दै श्रेष्ठता हासिल गर्ने अभ्यास गर्दै जाँदा पुनः कम्युनिष्टहरुबीच सुदृढ एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले आजको कम्युनिष्ट आन्दोलनको गहिरो समीक्षा गरेर पछाडि फर्कने होइन, अगाडि बढ्ने बाटो तय गर्नुपर्ने बताउनुभयो । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा गणतन्त्र कम्युनिष्टकै कारण आएको उल्लेख गर्दै कम्युनिष्ट घटकहरुबीचको साझा मोर्चालाई अघि बढाउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो भने सचिव गिरिराजमणि पोख्रेलले नरबहादुर कर्माचार्यको जीवनीसहित उहाँको स्मृतिमा गरिने कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो ।

नेपाल पर्यटन पत्रकार महसंघ दाङको अध्यक्षमा बोहरा नेपाल पर्यटन पत्रकार महासंघ दाङ जिल्लाको अध्यक्षमा पत्रकार अभिषेक बोहरा...
27/10/2024

नेपाल पर्यटन पत्रकार महसंघ दाङको अध्यक्षमा बोहरा

नेपाल पर्यटन पत्रकार महासंघ दाङ जिल्लाको अध्यक्षमा पत्रकार अभिषेक बोहरा निर्वाचित भएका छन ।

आइतबार दाङको घोराहीमा भएको दोश्रो जिल्ला अधिवेशनले पत्रकार बोहराको अध्यक्षतामा २ जना पछि थप गर्ने गरी १५ सदस्य रहेको कार्यसमिति चयन गरेको हो ।

नेपाल पर्यटन पत्रकार महासंघ दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष धनिराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएम, गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पर्यटन पत्रकार महासंघका संस्थापक महासचिव केशरमान बुढाथोकी, बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायण भुसाल लगायतले पर्यटन प्रवर्द्धनका लागि पत्रकारको भूमिकाको बारेमा आफ्नो भनाइ राखेका थिए ।

अधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमिति यस्तो छ ।
अध्यक्ष : अभिषेक बोहरा
उपाध्यक्ष : सचिन भुसाल
महिला उपाध्यक्ष: स्वस्तिमा एमसी
सचिव : सुदन पौडेल
सहसह-सचिव : माहेन्द्र पाण्डेय
कोषाध्यक्ष : पूर्ण गिरी

सदस्यहरु
हेमन्त पोख्रेल
भरत रोका मगर
मनोज बुढा मगर
कौशल थापा
पुष्प सुवेदी
भुमिका डाँगी
नगेन्द्र चौधरी

26/10/2024

सरकारको जनविरोधी कदमका विरुद्ध माओवादी केन्द्रको खबरदारी सभा
२०८१ कार्तिक १०, भृकुटीमण्डप, काठमाडौं

शुभकामनाहिन्दुहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा देशभित्र र देशबाहिर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजु...
12/10/2024

शुभकामना
हिन्दुहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा देशभित्र र देशबाहिर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

असत्यमाथि सत्यको विजय भएको ऐतिहासिक मान्यता एवं विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्वपूर्ण योगदान गर्दै आएको छ। घटस्थापनादेखि प्रारम्भ भई कोजाग्रत पूर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशिर्वाद ग्रहण गर्दै पारिवारिक जमघट एवं पुनर्मिलन साथै खुसियाली र हार्दिकता साटासाट गरी मनाइने दशैं पर्व बसाइको विविधतापूर्ण विश्व परिवेशमा सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा समेत स्थापित हुँदै आएको छ।

देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी छ। हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक हुन्छ। यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ। तसर्थ, दशैं पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनर्मिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन म सबैमा अपील गर्दछु।

दशैंको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त छ। असोजको दोस्रो साता आएको अविरल वर्षापछिको बाढीपहिरोबाट सयौँ नेपालीको ज्यान गएको छ, कैयौँ मानिसहरू अहिले पनि बेपत्ता नै छन्। प्रकोपबाट अरबौंको भौतिक क्षति र जनसमुदायको जीवनमा अकल्पनीय पीडा थपिएको छ। तर, जतिसुकै पीडा र चुनौतीको बीचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को बिकल्प छैन। यस सन्दर्भमा सङ्कटको यस घडीमा प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारबिहीन नागरिकहरूका निम्ति पुनस्र्थापना एवं पुनर्वास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनर्निर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनःस्मरण गराउन चाहन्छु।

अन्त्यमा, विजयदशमी २०८१ ले हामी सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र उर्जा प्रदान गर्ने विश्वासका साथ समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद।
मितिः २०८१ असोज २६ गते
नेपाल संव्त ११४४ कौलाथ्वः ९, शनिबार
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेकपा (माओवादी केन्द्र)
केन्द्रीय कार्यालय

10/10/2024

चर्खे पिङ र नेपाली परम्पराको रमाइलो

07/10/2024

संसार हल्लाउँदै एउटी आशिका ।

04/10/2024

जब आशिका तामाङलाई देखेर गोङ्गबु बसपार्कमा पार्किङ शुल्क उठाउनेहरु भए भागाभाग ।

#आशिका #तामाङ

19/09/2024

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले संविधान दिवसको अवसरमा दिनुभएको सन्देश ।

17/09/2024

मधेशी महिलाको राजनीतिक आकर्षण ।

17/09/2024

जता प्रचण्ड, उतै जनता ।

Address

Basundhara
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Jaya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaya Nepal:

Share