Multi Services.Com

Multi Services.Com We provide multiple services, electrical and the internet related services like a new router deliver

Please like,comment and share on below link
02/09/2023

Please like,comment and share on below link

रोजमेरी चौथौँ तीज नृत्य प्रतियोगिता–२०८०
आउँदै गरेको हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको सम्पूर्ण अभिभावक एवम् विद्यार्थी भाइबहिनीहरुलाई अग्रीम शुभकामना व्यक्त गर्दछौँ । यसै अवसरमा रोजमेरी आइडल बोर्डिङ स्कुलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई फोटो प्रतियोगिता र ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई तीज नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हुनाले यस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गदछौँ ।
नृत्य प्रतियोगिताका नियमहरु : (६ देखि १० सम्मका छात्रा विद्यार्थीहरुलाई तीज गीत र छात्र विद्यार्थीहरुलाई लोक भाकाका गीत)
१. यस प्रतियोगितामा रोजमेरी आइडल बोर्डिङ स्कुलका विद्यार्थीले मात्र भाग लिन पाउनेछन् ।
२. प्रतियोगीले भिडियो पठाउँदा नेपाली संस्कृति झल्कने पहिरनको प्रयोग गर्नुपर्नेछ ।
३. प्रतियोगिताको फोटो र भिडिया] भाद्र १० गते देखि २० गते सम्म आइसकनु पर्ने छ ।
४. भिडियो स्कुलको फेसबुक पेजको मेसेजमा वा [email protected] मा नाम, थर, कक्षा, सेक्सन र
ठेगाना सहित पठाउनु पर्नेछ ।
५. विजेता घोषणा पेजमा फोटो र भिडियोको लाइक, कमेन्ट, मेन्सन सेयरको तथा प्रस्तुतीको आधारमा हुनेछ ।
६. १ लाइक = १ भोट, १ कमेन्ट र १ मेन्सन=३ भोट, र १ सेयर = ५ भोटमा साथै एउटा अकाउण्टबाट १ सेयर र १
कमेन्ट भन्दा बढी गरेमा मान्यता हुने छैन ।
७. विद्यार्थीले पठाएका भिडियोबाट ४०% मुल्याङ्कन र ६०% लाइक, सेयर तथा मेन्सनको आधारमा हुनेछ ।
८. लाइक, कमेन्ट, सेयर तथा मेन्सनको मान्यता २०८० भाद्र ३१ गते साँझ ६:०० बजे सम्मलाई दिइने छ ।
९. भिडियोमा अनुहार देखिने एकल जोडीलाई पनि मान्यता दिइने छ । साथै भिडियो २ देखि ३ मिनेट सम्मको मात्र
हुनुपर्नेछ ।
१०. विजेताको नाम असोज १ गते रोजमेरी स्कुलको फेसबुक पेज मार्फत घोषणा गरिने छ ।
११. बिजेतालाई नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरिने छ ।
१२. रोजमेरी पेजमा लाइक गरेको व्यक्तिको कमेन्ट, लाइक, मेन्सन र सेयरलाई मात्र मान्यता दिइनेछ ।
पुरस्कारहरु :
नृत्य प्रतियोगिता
प्रथम पुरस्कार – रु. ३,५०० र प्रमाण पत्र
द्धितीय पुरस्कार –रु. २,००० र प्रमाण पत्र
तृतीय पुरस्कार –रु. १,००० र प्रमाण पत्र
सान्त्वना पुरस्कार –रु. ५०० र प्रमाण पत्र
फोटो प्रतियोगिता
प्रथम पुरस्कार – रु. १,५०० र प्रमाण पत्र
द्धितीय पुरस्कार –रु. १,००० र प्रमाण पत्र
तृतीय पुरस्कार –रु.५०० र प्रमाण पत्र

Address

Asia
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Multi Services.Com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Multi Services.Com:

Share

Category


Other TV Networks in Kathmandu

Show All