21/11/2023
NRNA को विभिन्न देशका समितीमा पनि बिबाद चुलिदै, दक्षिण कोरिया समितिको अध्यक्ष बिपिन गुरुङ द्वारा बिज्ञप्ति जारी
युगल किशोर सेर्मा/
दक्षिण कोरिया/ निर्बाचन पश्चात् बिबादित बन्दै आएको NRN को विभिन्न देश मा गठित समितीमा पनि बिबाद चुलिदै गएको छ
निर्बचान पस्च्यात प्रतिनिधि चयन मा केन्द्र को नियम बिपरित भएको भन्दै असन्तुष्ट भएको सेस घले समहु, भवन भट्ट एबम जिबा लामिछाने समुह बिच बिबाद चुलिदै गएको हो
दक्षिण कोरियाको सामजिक कृयाकलप, बिभिन्न सामजिक गति बिधि सञ्चालन गर्ने क्रममा भएको बिबाद पश्चात शेष घले समुहले एक बिज्ञप्ति जारि गर्दै बास्तबिक अनि बिधान अनुरुप NRNA आफु हरु रहेको दाबी गरिएको छ।
शेष घले समुह दक्षिण कोरियाका अध्यक्ष बिपिन गुरुङले एक बिज्ञप्ति जारी गरेर सो दाबी गर्नु भएको हो।
दक्षिण कोरियामा रहेका सम्पुर्ण नेपाली समुदायको हकहित र केही नयाँ र फरक योगदान गर्नका निमित्त हामी नयाँ नविनतम सोचका साथ अगाडि आएका हौँ,एकताबद्ध भएका हौ,हाम्रा सिलसिला निरन्तर कायम छन् "बिज्ञप्तिमा उल्लेख छ
NRNA संस्थाको परिकल्पना तथा विधि विधान विपरीत दक्षिण कोरिया प्रस्थान गरेका दुई बर्ष नपुगेका व्यक्ति लाई जवरजस्ति पन्जिकृत सदस्य बनाएर चुनाव गराइएको,जुन गैर-आवासीय नेपाली संघको बिधान परिच्छेद २ को उपदफा ५.१ विपरीत छ,त्यसैले पनि उक्त अधिवेशन अवैध छ,जसको परिणाम स्वरुप त्यो अमुक समुहको नेपाल सरकार बाट मान्यता त के नाम पनि सुन्न नचाहेको हालको स्थिति रहेको छ, त्यसैले ति र त्यस्ता अवैतिक तर्क तथा प्रवृत्तिका विरुद्ध हामी अझै संसक्त ढंगले अगाडि बढ्ने र यसमा सबै पक्षको सहयोग र सल्लाहको अपेक्षा गर्दछौं गुरुङ द्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।
पहिलो प्रयास अनुरुप हामिले NRNA first futsal CUP "कोरियामा दुःख पाएका नेपाली हरु लाई बासस्थानको व्यवस्था गर्ने अर्थात् सेल्टर स्थापना गर्ने पवित्र मानवसेवाको" उद्देश्य राखी ,यहि नोवेम्बर 26 तारीखमा गर्दै छौं, जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी सम्पुर्णमा सम्पुर्णमा उक्त कार्यक्रममा सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौं।!बिज्ञप्तिमा लेखिएको छ।