Routine of नवलपुर

  • Home
  • Routine of नवलपुर

Routine of नवलपुर News & website Epic meme only & news

15/09/2025

Bhai kanxa🫡👩‍❤️‍💋‍👨❤️

10/09/2025
नवलपुर गैडाकोट मा राखिएको बोर्ड ! बुझ्न सकिएन !
30/08/2025

नवलपुर गैडाकोट मा राखिएको बोर्ड ! बुझ्न सकिएन !

अमेरिकाको भर्जिनिया मनसस पार्कस्थित एपार्टमेन्टको भुइँतलामा ४ जना नेपाली परिवार गोली लागेर मृत फेला परेका छन्। मृतकहरू स...
06/06/2025

अमेरिकाको भर्जिनिया मनसस पार्कस्थित एपार्टमेन्टको भुइँतलामा ४ जना नेपाली परिवार गोली लागेर मृत फेला परेका छन्। मृतकहरू सन्तोष परियार ३८ वर्ष, अन्जु श्रेष्ठ ३६ वर्ष, ८ वर्षीय बालक र २ वर्षीया बालिका छन्।

नवलपुरको कावासोती नगरपालिकाको बजार क्षेत्र अन्तर्गत राजमार्गको बिच भागमा राखिएका व्यावसायिक बोर्डहरु। राजमार्ग बन्दैगर्द...
17/05/2025

नवलपुरको कावासोती नगरपालिकाको बजार क्षेत्र अन्तर्गत राजमार्गको बिच भागमा राखिएका व्यावसायिक बोर्डहरु। राजमार्ग बन्दैगर्दा यतिबेला होर्डिङ्ग बोर्ड राख्नेहरुको होडबाजी दखिन्छ। बोटबिरुवा वा फुल रोपेर सुन्दर बनाउनुपर्ने स्थान सम्पन्न नहुँदै व्यावसायिक बोर्डहरले भरिएका छन्। तपाँईलाई यस्तो कार्य कत्तिको जायज लाग्यो आफ्ना बिचारहरु कमेन्टमा लेख्नुहोला।

17/05/2025

सम्पूर्णमा अपिल
आदरणीय आमाबुवा,दाजुभाई तथा दिदीबहिनीहरू गिरिबारी खोलाको पुल भाँचिएको कारणले गर्दा सवारी साधनहरू रानीटार भडरा बरुवा टाढी हुँदै चोरमारा निस्केको छ। गाउँघरका बाटा साँघुरा र जोखिम पूर्ण रहेको कारणले गर्दा आफू र आफ्नो बाल बच्चालाई बाटोमा हिँड्दा अथवा बाटो क्रस गर्दा सचेत रहन हार्दिक अनुरोध गर्दछु। दुर्घटना हुनभन्दा नहुन दिनु नै उत्तम उपाय हो। सबै सुरक्षित अनि सचेत रहौँ। यस परिस्थितिमा सबैले एकअर्काले खुलेर सहयोग गरौं।

14/04/2025

भित्ताको पात्रो र साल मात्र हैन , जिन्दगीको हाल पनि बद्लियोस् नयाँ वर्ष २०८२ को सबैमा शुभकामना !❤️💐

कावासोतीको हाइवेभरि जे मन लाग्यो त्यही बोर्ड राख्न पाइने हो? नगरपालिका अन्तर्गत पर्छ यो सब निगरानी गर्ने काम।।
11/04/2025

कावासोतीको हाइवेभरि जे मन लाग्यो त्यही बोर्ड राख्न पाइने हो? नगरपालिका अन्तर्गत पर्छ यो सब निगरानी गर्ने काम।।

दलदलेमा दुर्घटना, २ जना घाइतेआज (२०८१-१२-२९) बिहान करिव सवा ९ बजेको समयमा  देवचुली न.पा. १४, दलदले चोक नजिक क्रिस होटल अ...
11/04/2025

दलदलेमा दुर्घटना, २ जना घाइते

आज (२०८१-१२-२९) बिहान करिव सवा ९ बजेको समयमा देवचुली न.पा. १४, दलदले चोक नजिक क्रिस होटल अगाडी पूर्व-पश्चिम राजमार्गमा भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३५३४ नं.को ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको लु २ ख ६४३३ नं.को बसले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ग.प्र.०४-००१ प २२८२ नं.को मोटरसाइकल उक्त बसमा ठोक्किन गई दुर्घटना हुदा २ जना व्यक्तिहरु घाइते भई उपचारको लागी भरतपुर तर्फ पठाएको छ। ३ वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

स्रोतः जिल्ला प्रहरी कार्यालय, नवलपुर

official noticeनारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा चैत २७ गते देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजे सम्म र ...
06/04/2025

official notice
नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा चैत २७ गते देखि चैत ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजे सम्म र २०८२ वैशाख १ गते देखि वैशाख १५ गतेसम्म रातिको ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिने भएको छ ।

21/02/2025

नवलपुरको देवचुली ११ दलदलेमा गएराति सावा २ बजेतिर बुटवलबाट काठमाडौं हिडेको बस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जनामध्ये ११ जना घाइते भएका छन् । घाइते ११ जनामध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र ५ जनाको देवचुली अस्पताल दलदलेमा उपचार भइरहेको छ ।

भरतपुर उपचारका लागि पठाइएका छ जनाको अवस्था मध्यम रहेको र बाँकी ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको स्थानीयले जनाएका छन् ।

दुर्घटनामा परी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ५ बस्ने वर्ष ४० का सुजन कार्की, काठमाडाैंको पुतलीसडक बस्ने वर्ष ३५ का रोमराज लामिछाने, वर्ष ३२ की विजया लामिछाने, वर्ष ३५ का निदान लामिछाने, वर्ष २८ की प्रज्ञा लामिछाने, रामेछाप निवासी वर्ष ३३ की स्वस्तिका दाहाल, पाल्पा जिल्ला निवासी वर्ष ३४ का भोज बहादुर जर्धा, अर्घाखाँची निवासी वर्ष ३२ का बिशाल भुषाल, वर्ष २९ का आसिस बिक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ४ बस्ने वर्ष ३२ का अवि थापा र बाग्लुङ जिल्ला निवासी वर्ष ५० की कौसिला थापा घाइते भएका छन् । बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

Address

VA

Telephone

+15716861749

Website

Alerts

Be the first to know and let us send you an email when Routine of नवलपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share