04/10/2023
अस्तित्वको घर
मठ, मन्दिर, मस्जिद
चर्च, गुम्बा, गुरुद्वारा ठड्याउन - जमिन चाहिन्छ
महल, दरबार,
घर उभिन पनि - जमिन चाहिन्छ
जङ्गललाई आश्रय - जमिनले दिन्छ
जलको आश्रम - जमिनले दिन्छ ।
हिमाल चुलिन पनि - जमिनको आधार चाहिन्छ ।
जमिन छोडेर उडेको पंछी
फर्केर जमिनमा आउँछ
जमिन छोडेर उडेको पानी
बादलसम्म मात्र पुग्छ
वर्षा बनेर पुन: जमिनमा बर्सिन्छ
जमिन छोडेर उडेको अहङ्कार
फर्केर जमिनमा बजृन्छ ।
खनिज, जीवजन्तु
जमिनमुनि लुकेर बस्छ ।
प्रत्येक अन्न आदि जमिनको गर्भबाट उमृन्छ ।
प्रत्येक दर्शन, अध्यात्म,
बिचार वा वादको जन्म यही जमिनमा भयो ।
जमिनभन्दा माथि चम्कने चन्द्रसूर्य
जमिनमा आएर चम्कन्छ
प्रत्येक अस्तित्वको उदय जमिनमा हुन्छ
प्रश्रय जमिनले दिन्छ
विलय यही जमिनमा हुन्छ ।
तिम्रो धर्मको जमिन कुन हो ?
भन, तिम्रो भगवान
तिम्रो ईश्वर,
तिम्रो अल्लाह, परमेश्वर, खुदा कुन स्वर्गमा बस्छ?