Scout Tv

Scout Tv Scout TV is a channel created by scout and for the scouts. We televise the Napal jamboree,camp and
(4)

15/05/2024
15/05/2024
12/02/2024

camping Fun

कोइराला नेतृत्व नेपाल स्काउटको टोलि जाजरकोटमा उत्खनन् गर्दै।।नेपाल स्काउट रास्ट्रीय प्रधान कार्यालयले जाजरकोट स्थित  भेर...
14/11/2023

कोइराला नेतृत्व नेपाल स्काउटको टोलि जाजरकोटमा उत्खनन् गर्दै।।

नेपाल स्काउट रास्ट्रीय प्रधान कार्यालयले जाजरकोट स्थित भेरी नगरपालिका मा,ललितपुर महानगरपालिका स्काउट सदस्य एब्म बिपद ब्यवस्थापन आकस्मिक उद्दारक श्री पवन कोइरालाको नेतृत्व मा २० सद्स्य नेपाल स्काउट,बिपद ब्यवस्थापन टोलि पठाइएको छ।
उक्त टोलि मिति २०८०/०७/२० गते भुकम्म प्रभाबित क्षेत्रमा गइ भुकम्पबाट ग्रस्त बनेका जाजरकोटबासीलाई सघाएर दुखमा मलम लगाउने प्रयास गरेको छ । आफ्ना घरवास गुमाएका भुकम्प पिडितको घरमा फसेको लत्ता- कपडा ,गरगहना ,पैसा ,रासन,भान्सा का सर-समान् लगायत अन्य दैनिक उपभोग्य वस्तु निकाल्न सहयोग गरेर नेपाल स्काउटले आफ्नो स्वयंसेवकिय भुमिकालाई झन् फराकिलो बनाएको छ ।
जाजरकोटको भेरी नगरपालिकालाई केन्द्र बनाएर, भेरी नगर प्रमुख (मेयर) चन्द्र प्रकाश घर्तिको सहकार्यमा नेपाल स्काउटका विपद व्यवस्थापन टिमका प्रमुख पवन कोइराला नेतृत्वको २० जनाको टोली स्वयंसेवकको भुमिका निर्वाह गरिरहेको नेपाल स्काउट, कर्णाली प्रदेश सम्योजक कमल बोहोराले जनाउनु भयो ।
स्काउटले शिविर खडा गरेर भग्नावसेस हटाउने,अस्थायी वासस्थान निर्माण गर्ने र सक्दो जनतालाई आवस्यक दैनिक उपभोग्य वस्तु वितरण गर्ने काम गरिरका छन। स्काउटको निस्वार्थ सेवा देखेर भुकम्प पिडित समेत दंग छन् । स्मरण रहोस् स्काउट पुर्ण स्वयंसेवी संस्था हो । उक्त टोलिमा सातै प्रदेश बाट स्वयंसेवक उपस्थित रहेका छन।जनतालाई दुख पर्दा स्काउट सधै अग्रभागमा रहेर खटिने र यसमा जनतालाई सेवा दिन पाउँदा सबै स्वयंसेवक खुसी रहेको कोइरालाले बताए ।

Teej service camp 2080
19/09/2023

Teej service camp 2080

ग्रेस ईभेन्टसले आफ्नो सातौं बार्षिक उत्सव तथा फुर्लिमा फाउन्डेसन  को दोश्रौं बार्षिक उत्सव गएको शनिवार राजधानीको लाजिम्प...
12/09/2023

ग्रेस ईभेन्टसले आफ्नो सातौं बार्षिक उत्सव तथा फुर्लिमा फाउन्डेसन को दोश्रौं बार्षिक उत्सव गएको शनिवार राजधानीको लाजिम्पाट स्थित Last Friday Bar and Grill मा कार्यक्रम संचालक आवाजको दुनियाको साथी श्री दिनेश डिसी का साथ भब्यताका साथ सु-सम्पन्न गर्यो। उक्त कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वधार तथा यातायात मन्त्रि माननिय श्री प्रकाश ज्वाला तथा विशिष्ट अतिथि चौतारा सागांचौकगढि नगरपालिका का उप-प्रमुख सिता थापा को आतिथ्यमा सु-सम्पन्न भएको थियो।

ग्रेस ईभेन्टसको सातौं तथा फुर्लिमा फाउन्डेसन को दोश्रौं बार्षिक उत्सव का अवसरमा "फुर्ली स्मृति सप्तरंगी सम्मान २०८०", फेशन शो तथा सङितिक कार्यक्रम आयोजना गरिएको ग्रेस ईभेन्टसका संचालक श्री सुरज थापा ले बताउनु भयो।
ग्रेस ईभेन्टसका कार्यकारी अध्यक्ष तथा फुर्लिमा फाउन्डेसनका संथापक अध्यक्ष सुश्री मिङ्मा शेर्पाले ग्रेस ईभेन्टसको सातौं बार्षिक उत्सव तथा फुर्लिमा फाउन्डेसन को दोश्रौं बार्षिक उत्सव मनाउन पाउँदा साहै खुसी लागेको बताउनु भयो। उन्ले ग्रेस ईभेन्टसको सात बर्षको यात्रामा ग्रेस ईभेन्टसलाई साथ, सहयोग तथा सल्लाह दिने सबैमा न्यानो माया व्यक्त गरिन्।
वरिष्ठ संगितकार श्री शम्भुजीत बास्कोटा, वरिष्ठ कलाकार श्रीमति बशुन्धरा भुषाल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर श्री रोजिन शाक्य, गायक श्री महेश काफ्ले, फिल्मी पत्रकार सुश्री बर्षा बस्नेत, फुटबल खेलाडी श्री डोना थापा तथा सामाजिक अभियन्ता सुश्री मुस्कान खातुन जस्ता बिभिन्न बिधाका सात हस्तिहरुलाई "फुर्ली स्मृति सप्तरंगी सम्मान २०८० " वाट सम्मानित गर्न पाउँदा आफु हर्षित भएको ग्रेस ईभेन्टसका कार्यकारी अध्यक्ष तथा फुर्लिमा फाउन्डेसन संथापक अध्यक्ष सुश्री मिङ्मा शेर्पाले बताईन्।

कार्यक्रममा गायक सपन श्रेष्ठ, प्रिन्स राज, बिज्जु लिम्बु, कलाकार अर्जुन कार्कि, नृत्यांगना बर्षा अधिकारी तथा शोना तामाङ, गायक तथा संगित निर्देशक सन्तोष सहानि, मेकअप आर्त्सित टेक राज पाण्ये लगायत का सेलिब्रेटि अतिथि हरु रहेका थिए भने मेडियाका तर्फबाट राजेन्द्र लुईटेल, सोनित राज ढुङेल, राजिव खत्री, सन्तोष कुमार थापा, देभिल सिङ्ह राजपुत, गीता अधिकारी, शर्मा जि, आशमान लोप्चान लगायतको उपस्थिति रहेको थियो।

ग्रेस ईभेन्टस मार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्र-छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरञ्जन खेलकुद र सौन्दर्यको माध्यम वाट उनीहरुको व्यक्तित्व तथा नेतृत्वदायी क्षमता विकास, भाषण कला, अनुशासन, आन्तरिक कला प्रदर्शन र उच्च शिक्षामा भुमिका खेल्दै वार्षिक रुपमा राजधानी तथा मोफसलमा दर्जनौ सौन्दर्य प्रतियोगिता र अन्य मनोरञ्जात्मक कायक्रमहरु आयोजना गर्दै आइरहेको महासचिव पवन कोईरालाले बताउनु भयो साथै ग्रेस ईभेन्टसको आफ्नो सातौं बार्षिक उत्सवको उपलक्ष्यमा यस वर्ष सात मुख्य कार्यक्रम हरु पनि आयोजना गर्ने बताउनु भयो।

ग्रेस ईभेन्टसको पाचौं बार्षिक उत्सवको अवसरमा ओैपचारिक घोषणा गरिएको फुर्लिमा फाउन्डेसनले महिला तथा समग्र युवाहरुको आवाज बनी सदैव महिला हिसां, एकल महिला साथै तेस्रो लिङ्गीहरुको समस्या समाधान गर्दै उनीहरुको हकहित र मानव अधिकारको निमित्त लड्न सहयोग गर्नुका साथै देशमा भैपरि आउने समयमा जस्तोसुकै समस्यामा साथ र सहयोग गर्दै जनचेतनामुलक कार्यहरु गरि शिक्षा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको फुर्लिमा फाउन्डेसनका संथापकअध्यक्ष सुश्री मिङ्मा शेर्पाले बताईन्।

कार्यक्रममा ग्रेस ईभेन्टस वाट बिभिन्न समयमा आयोजित कार्यक्रमका सबै सहयोगी हातहरुलाई सम्मान गर्नुका साथै सातौं बार्षिक उत्सवको उपलक्ष्यमा सात जना मोडेलहरु क्रमश दुर्गा तामाङ, ऋतीका शाह, मुस्कान नेवार, ऋितु कार्की, सुजा श्रेष्ठ, महिमा चौधरी र तासी दोल्कर शेर्पा ले बिभिन्न थिममा फेशन शो प्रस्तुत गरेका थिए भने उक्त शो को कोरियोग्राफी कोरियोग्राफर आर्शु महर्जनले तथा थिम अनुसारको लुगा श्वेताज क्रियशनका संचालक श्वेता मल्ल ठकुरी वाट तयार पारिएको थियो। सम्मान, फेशन शो, गित तथा संगितले भरिपुर्ण उक्त कार्यक्रम सुरु देखि अन्त सम्म रंगिन बनेको थियो ।
धर्म राज पनेरु, बिन्द्र प्रजापती, निमा तामाङ, दिवस राज भट्टराई, सबिन खड्का, एलिना तामाङ, सीमा विष्ट, कुशल श्रेष्ठ, झरना श्रेष्ठ, उषा महर्जन र अंकित मल्ल हरु कार्यक्रमलाई सफल बनाउनका लागि अग्रपङ्ति रहेर कार्यक्रमलाई सफल बनाएका थिए भने उक्त कार्यक्रमको आयोजनाको जिम्मा ग्रेस ईभेन्टसका संचालक श्री सुरज थापा ज्यू ले लिनु भएको थियो।

फुलको गमलामा पानि हालि कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वधार तथा यातायात मन्त्रि माननिय श्री प्रकाश ज्वाला ज्युले सुरु गर्नु भएको कार्यक्रममा ग्रेस ईभेन्टसका संचालक श्री सुरज थापा ज्यु ले सौन्दर्य प्रतियोगिता तथा यस संग आवद्घ सम्पुर्ण क्षेत्रवाट पनि देशलाई विश्व समुदायमाझ चिनाउन सकिने धारणा राख्दै बिशेष अतिथि चौतारा सागांचौकगढि नगरपालिका का उप-प्रमुख सिता थापा ज्यू वाट कार्यक्रमको समापन गरिएको थियो ।

Address

Chabahil
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Scout Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Scout Tv:

Videos

Share

Category

Nearby media companies


Other TV Channels in Kathmandu

Show All