सन्धिखर्क एफएम

सन्धिखर्क एफएम संस्कृति मनोरंजन र स्वाभिमानको मूल म?

कुकुर हराएको सुचना ।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडानं.२ भक्तिटोल स्थित श्री सिद्धेश्वर शिवालय मन्दिर अगाडी रहे...
31/10/2024

कुकुर हराएको सुचना ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडानं.२ भक्तिटोल स्थित श्री सिद्धेश्वर शिवालय मन्दिर अगाडी रहेको सगरमाथा दालमोट उद्योगको घरमा पालीएको घर पालुवा कुकुर हिजो मिति २०८१ साल कात्तिक १४ गते बिहान करीव साढे ८ बजेको समयमा निर्माणाधिन अर्घा भगवती विमानस्थल (एयरपोर्ट) नजिकैबाट हराएको हँुदा कुकुर देख्नुहुने महानुभावहरुले तल उल्लेखित नम्वरमा सम्पर्क गरीदिनुहोला । खबरगर्ने महानुभावलाइ उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
धन्यवाद
विजय खड्का मोवाइल नं. ९८५७०६३०५६

सन्धिखर्क एफएम ८९ थोप्लो ८ मेगाहर्जमा आज कात्तिक १२ गते एकादशीको दिन देखि तिहार अबधिभर तिहारका भाका सुन्न सक्नुहुनेछ ।
28/10/2024

सन्धिखर्क एफएम ८९ थोप्लो ८ मेगाहर्जमा आज कात्तिक १२ गते एकादशीको दिन देखि तिहार अबधिभर तिहारका भाका सुन्न सक्नुहुनेछ ।

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने ।कात्तिक ११ सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबा...
27/10/2024

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने ।
कात्तिक ११
सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाण्डाै, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा निःशुल्क उपचार हुने भएको हो ।

आउँदाे मङ्सिर १ गतेदेखि निर्णय लागू हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनज्योति माविमा एक दिने शिक्षक तालिम कार्यक्रम सम्पन्न
27/10/2024

जनज्योति माविमा एक दिने शिक्षक तालिम कार्यक्रम सम्पन्न

पुरा पढ्नुहोस

एमाले भूमिकास्थानको दोस्रो नगरअधिवेशन सम्पन्न अध्यक्षमा : श्रेष्ठ
25/10/2024

एमाले भूमिकास्थानको दोस्रो नगरअधिवेशन सम्पन्न अध्यक्षमा : श्रेष्ठ

पुरा पढ्नुहोस

23/10/2024

सन्धिखर्कमा ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम जारी
श्याम घिमिरे कात्तिक ७,
जेष्ठ नागरिक दिवस २०८१ को अबसरमा सन्धिखर्क नगरपालिकाले नगरभित्र रहनुभएका ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित ब्लाङ्केट वितरण कार्यक्रम सञ्चालन गरेको छ । सोहि कार्यक्रम अन्र्तगत आज सनपा वडानं. ९ र १० मा रहनु भएका १८ जना जेष्ठ नागरिकहरुलाइ नगरउपप्रमुख मिश्रा आचार्य सम्बन्धित वडाका वडाअध्यक्ष र अन्य जनप्रतिनिधिलगायतको टोलीले घरघरमा पुगि सु–स्वास्थ्य एवं दीर्घायुको कामना संगै सम्मान सहित ब्लाङ्केट वितरण गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी तुलसा श्रेष्ठले जानकारी दिनुभयो ।

दश वटा वडामा सम्पन्न भएको कार्यक्रममा हालसम्म ८७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको उपप्रमुख आचार्यले बताउनुभयो । भोलि कात्तिक ८ गते सनपा वडानं. ६ र ७ मा सम्मान कार्यक्रम रहेको आचार्यले जानकारी दिनुभयो । कार्यक्रमको गत असौज ७ गते नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको थियो ।

न चँगा - निम्बतरु
20/10/2024

न चँगा - निम्बतरु

पुरा पढ्नुहोस

एमाले सन्धिखर्कको दोस्रो नगर अधिवेशन सम्पन्न -अध्यक्षमा भुसाल
20/10/2024

एमाले सन्धिखर्कको दोस्रो नगर अधिवेशन सम्पन्न -अध्यक्षमा भुसाल

पुरा पढ्नुहोस

महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि आवतजावत गर्न सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनस...
18/10/2024

महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि आवतजावत गर्न सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगबीच सम्झौता भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक गाडीमा भाडा नलिने सम्झौता गरेका हुन् । सम्झौता कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन यो पहल गरेको बताउनुभयो ।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी,  ‘नयाँ पुस्तालाई सक्काउने नियत देखिएकाे रविकाे टिप्पणी ।
18/10/2024

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, ‘नयाँ पुस्तालाई सक्काउने नियत देखिएकाे रविकाे टिप्पणी ।

क्यान उपाध्यक्ष  सिंहलाइ सुपादेउराली मन्दिरमा स्वागत ।कात्तिक १नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहलाइ प्रशि...
17/10/2024

क्यान उपाध्यक्ष सिंहलाइ सुपादेउराली मन्दिरमा स्वागत ।
कात्तिक १
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहलाइ प्रशिद्ध धार्मिक एवं पर्यटकिय स्थल सुपादेउराली मन्दिरमा स्वागत गर्दे अर्घाखाँची क्रिकेट संघका अध्यक्ष रिषीकेश भट्टराईसहित मन्दिर व्यवस्थापन समितका अध्यक्ष फर्स बहादुर केसी ,सह–सचिव कमल केसी ,नरपानि प्रहरी चौकी इन्चार्ज असई अर्जुन बस्नेत साथमा क्रिकेट खेलाडि रिसभ रायमाझी र कमल थापा ।।

जिन्दगी पाठशाला (छन्द भुजङ्ग प्रयात) - डिल्ली राज घिमिरे
17/10/2024

जिन्दगी पाठशाला (छन्द भुजङ्ग प्रयात) - डिल्ली राज घिमिरे

पुरा पढ्नुहोस

जिन्दगी पाठशाला (छन्द भुजङ्ग प्रयात) : डिल्ली राज घिमिरे
17/10/2024

जिन्दगी पाठशाला (छन्द भुजङ्ग प्रयात) : डिल्ली राज घिमिरे

पुरा पढ्नुहोस

16/10/2024

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको अनुरोध ।
भोलि मिति २०८१ साल कात्तिक १ गते बिहिवार कोजाग्रत पूर्णिमाको दिन सन्धिखर्क नगरपालीका ९ अर्घामा रहेको अर्घा भगवती मन्दिरमा दर्शनगर्न जानुहुने दर्शनार्थी एवं सम्पुर्ण महानुभावहरुले तपशिल बमोजिमको रुट प्रयोग गरी आफ्नो सवारी साधन सञ्चालन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
तपशिल
चार पाङ्ग्रे साना सवारीसाधनको हकमा – सन्धिखर्क भक्तिटोल,विद्युत कार्यालय,धरमपानी, गच्छेगैरा, रहिसचौर हुदै अर्घा मसुरपाटामा पार्कीङ ।

दुई पाङ्ग्रे सवारी साधनको हकमा– सन्धिखर्क भक्तिटोल,विद्युत कार्यालय,धरमपानी हुदै अर्घा भगवती मन्दिर नजिकै रहेको अर्घा भगवती आधारभुत बिद्यालयसम्म पुगि पार्कीङ गर्ने ।
अनुरोधक : जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरक...
16/10/2024

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ बढाएको हो ।

नौली बुहारी – (इन्द्रवज्रा छन्द) -के पी भुसाल ‘अजस’
15/10/2024

नौली बुहारी – (इन्द्रवज्रा छन्द) -के पी भुसाल ‘अजस’

पुरा पढ्नुहोस

14/10/2024

अर्घाखाँचीमा सराय नाचको रौनक
लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको विभिन्न कोतघर र देवीका शक्तिपीठहरुमा हतियार जुधाएर नाच्ने सराय नाच सुरु भएको छ । यस क्षेत्रका ऐतिहासिक कोतघर, दुर्गा र भगवति मन्दिरहरूमा दसैंसँगै सराय नाचको विशेष महत्व रहेको छ । जिल्लामा दसैंको टीकाको भोलीपल्टदेखि पूर्णिमासम्म सराय नाच नाचिन्छ । तरबार, खुँडा, भाला,खुकुरीलगायत घरेलु हतियारको प्रयोग गरी सराय नाचिन्छ । राक्षससंगको लडाइँमा सत्यको विजयपछि सत्यका पुँजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरमा हतियार प्रदर्शन सहित सराय नाच्न थालिएको जनविश्वास रहेको छ । जिल्लाको राँगामारे,सिमेदेउराली,अर्घा,खिल्जी,धनचौर लगायतका बिभिन्न मन्दिरहरुमा सराय नाच हुने गर्दछ ।

मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने, मनसुन बाहिरिन थालेपछि दशैँका मुख्य दिनमा झरीको सम्...
07/10/2024

मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार, अब ठूलो पानी नपर्ने, मनसुन बाहिरिन थालेपछि दशैँका मुख्य दिनमा झरीको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

05/10/2024

असाेज १९,
नेकपा (एमाले) सन्धिखर्क नगरपालीका वडानम्वर २ को वडा स्तरीय पार्टी सदस्य भेला आज सम्पन्न भएको छ । आगामी कार्तिक ३ गते हुने नेकपा (एमाले) सन्धिखर्क नगरपालीकाको दास्रो नगर अधिबेशनकोलागि वडाबाट प्रतिनिधि छनौट गर्न भेला सम्पन्न भएको हो । भेलाले २३ जना पार्टी सदस्यहरुलाइ अधिबेशन प्रतिनिधिको रुपमा सर्बसम्मत चयन गरेको हो ।

कोलेनिका अर्घाखाँचीद्धारा आ.व २०८० /०८१ को वार्षिक आर्थिक स्थिती तथा जिल्लागत अवस्थाको बारेमा जानकारी
05/10/2024

कोलेनिका अर्घाखाँचीद्धारा आ.व २०८० /०८१ को वार्षिक आर्थिक स्थिती तथा जिल्लागत अवस्थाको बारेमा जानकारी

पुरा पढ्नुहोस

05/10/2024

पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य, दाउन्नेमा एकतर्फी खुल्यो, बाढीपहिरो प्रभावित विभिन्न ४१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा ।।

बडा दशैँ शुरू, आज घटस्थापना
03/10/2024

बडा दशैँ शुरू, आज घटस्थापना

असाेज १५,नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै
01/10/2024

असाेज १५,
नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध : खुलाउने प्रयास चल्दै

Address

Sandhikharka Bhaktitola

1234

Alerts

Be the first to know and let us send you an email when सन्धिखर्क एफएम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सन्धिखर्क एफएम:

Videos

Share

Category