Nepali sawal

Nepali sawal Nepali sawal is one of the leading online news portals of nepal .

04/11/2025

कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

काठमाडौँका सुकुम्बासीलाई हटाउने होइन, बसिरहेकै क्षेत्रमा पक्की घर बनाइदिनुपर्छ : नेता प्रभु साह
03/11/2025

काठमाडौँका सुकुम्बासीलाई हटाउने होइन, बसिरहेकै क्षेत्रमा पक्की घर बनाइदिनुपर्छ : नेता प्रभु साह

सडक चिप्लो भएको कारण दाउन्ने सडक खण्ड एकतर्फी मात्र संचालनमा छ भने सवारीसाधन बिस्तारै अगाडि बढ्दैछन् । यात्रा गर्नुअघि स...
03/11/2025

सडक चिप्लो भएको कारण दाउन्ने सडक खण्ड एकतर्फी मात्र संचालनमा छ भने सवारीसाधन बिस्तारै अगाडि बढ्दैछन् । यात्रा गर्नुअघि सडकबारे बुजेर मात्र निस्कनुहोला ।

नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् ।तस्वीर : प्रचण...
02/11/2025

नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् ।

तस्वीर : प्रचण्डको सचिवालय

कांग्रेस पार्टी कार्यालयमा नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व माग गर्दै गरे तालाबन्दी
02/11/2025

कांग्रेस पार्टी कार्यालयमा नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व माग गर्दै गरे तालाबन्दी

एउटा सानो व्यवसाय गर्ने भन्नुस् हजारथरि कागजातको आवश्यकता, सयौं शंका र कैंयन हण्डर आइपर्छ, तर कसैले दल खोल्ने भनेर पाखुर...
02/11/2025

एउटा सानो व्यवसाय गर्ने भन्नुस् हजारथरि कागजातको आवश्यकता, सयौं शंका र कैंयन हण्डर आइपर्छ, तर कसैले दल खोल्ने भनेर पाखुरा सुर्किन नपाउँदै भाग खान बसेकाहरूको वाहवाही आई हाल्छ र भोलिपल्टै दर्ता पनि हुन्छ। गरि खानेको पछि लागे कहिँ पुगिन्न ठ'गी खानेको पछि लागे जहाँपनि पुगिन्छ भनेर होला दलका वरिपरि सबै भुनभुनाउने। जुन देशमा ईलम गर्ने भन्दा नेता बन्नेको लर्को लामो हुन्छ त्यो देश उभो लाग्न कठिन हुन्छ।

- पत्रकार समा थापा

सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (Under-40) ले कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शनसंगै पार्टी कार्...
02/11/2025

सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (Under-40) ले कांग्रेस पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शनसंगै पार्टी कार्यालयको गेटमा तालावन्दी पनि गरेका छन् ।

सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।- शिक्षामन्त्री महाबिर पुन
02/11/2025

सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।- शिक्षामन्त्री महाबिर पुन

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले विवादास्पद स्टाटस लेख्नुअघि शनिबार दिउँसो ललितपुरको एक रेस्टुरेन्टमा साथ...
02/11/2025

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले विवादास्पद स्टाटस लेख्नुअघि शनिबार दिउँसो ललितपुरको एक रेस्टुरेन्टमा साथीसँग मदिरा सेवन गरिरहेको दाबी सञ्चारकर्मी मञ्जु कार्कीले गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त दृश्य आफूले प्रत्यक्ष देखेको बताउँदै राति बालेनको पोस्ट देखेपछि “अवस्था झन् जटिल रहेछ” भन्ने प्रतिक्रिया दिएकी हुन्।

कार्कीले लेखेकी छन्, “हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिएँ। कौसीतिरको ठाउँमा चार–पाँच जना साथीसँग बालेन थिए। उनले बारम्बार मदिरा थपिरहेका थिए। मलाई लाग्यो, शनिबार छुट्टीको दिन भएकाले होला। तर राति उनको स्टाटस देखेपछि दिउँसोको दृश्य सम्झिँदा अवस्था गम्भीर लाग्यो।”

बालेनले त्यस राति अमेरिका, भारत, चीन र नेपालका प्रमुख दलहरू — एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादी — लाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गरी पोस्ट गरेका थिए। उनले केही मिनेटमै स्टाटस मेटाए पनि त्यसको स्क्रिनसट अहिले पनि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। पत्रकार कार्कीको पोस्टपछि बालेनको व्यक्तिगत व्यवहार र मानसिक अवस्थाबारे फेरि चर्चा सुरु भएको छ।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजरसहित पुगेपछि प्रहरी र मह...
02/11/2025

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजरसहित पुगेपछि प्रहरी र महानगरबीच तनाबपूर्ण स्थिति सिर्जना भएको छ। मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको टोली आइतबार बिहान त्यहाँ पुगेको थियो।

तर उपत्यका ट्राफिक कार्यालयका डीएसपी सुनिलजंग शाहले उक्त कार्यालय गुठी संस्थानले २०३२ सालमा दिएको भोगाधिकार भएको भन्दै डोजर रोक्न आदेश दिए। उनले भने, “हामीलाई गुठीले भोगाधिकार दिएको ठाउँ हो, त्यसैले भत्काउन दिँदैनौं। अन्य टहरा वा अवैध संरचना के हुन्छ भन्ने कुरा अलग हो, तर कार्यालय हटाइँदैन।”

काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराईले पनि महानगरले यसबारे कुनै पनि औपचारिक समन्वय नगरेको बताए। नगर प्रहरी प्रमुख राजु पाण्डेले भने मेयर शाहको आदेश कार्यान्वयन गरिरहेको बताए।

महानगरले राम मन्दिर परिसरलाई सम्पदा क्षेत्रको रूपमा संरक्षण गर्ने उद्देश्यले त्यहाँको संरचना हटाउने तयारी गरेको हो। अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी र महानगर सुरक्षा टोली खटाइएका छन्, र परिस्थिति तनावपूर्ण बनेको बताइएको छ।

कात्र्तिक १६, २०८२प्रेस विज्ञप्तिनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ कात्र्त...
02/11/2025

कात्र्तिक १६, २०८२

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ कात्र्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

काङ्ग्रेस नेता तथा पुर्व उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना नेपाली काङ्ग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री गोपालम...
02/11/2025

काङ्ग्रेस नेता तथा पुर्व उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

नेपाली काङ्ग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ अस्वस्थ भएका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि श्रेष्ठलाई काठमाडौ बाट दिल्लीको अपोलो अस्पतालमा लगिएको बुझिएको छ । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता श्रेष्ठले केही दिन अगाडि राजा,राजतन्त्र सहितको दलीय व्यवस्थाको धारणा सार्वजनिक गरेका थिए । श्रेष्ठलाई हाम्रो पनि स्वास्थ लाभको कामना ।

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when Nepali sawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali sawal:

  • Want your business to be the top-listed Media Company?

Share