Achham Today Tv

Achham Today Tv हामी सत्य निष्पक्ष सुचना लिनका लागि हामिलाई फलो र लाईक गर्नुहोला [email protected]

30/01/2025

मोटरसाइकलको ठक्करबाट अछामको कमलबजारमा एक महिलाको मृत्यु भएको छ 😭

25/01/2025

दु:खद खबर 😥
अछाममा बाख्रा चराउन गएकी दुई किशोरी मृत अवस्थामा भेटिएकी छन। शनिबार जिल्लाको ढकारी गाँउपालिका वडा नं १ छिन्ने वडार जंगलमा २ जना किशोरी मृत फेला परेका छन् । गाउँपालिकाको वडा नं ८ पल्साँताका सरस्वति खड्का र ईश्वरी खड्का शानिबार आज मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार बाख्रा चराउन छिन्ने वडार जंगलमा गएका उनिहरु बेलुकी घर फर्केका थिएनन् ।

अछाम जेसीज बर्ष २०२५ काे नवनिर्वाचित अध्यक्ष जेसी जीतमान बाेहाेराकाे टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना !अ...
17/01/2025

अछाम जेसीज बर्ष २०२५ काे नवनिर्वाचित अध्यक्ष जेसी जीतमान बाेहाेराकाे टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना !
अध्यक्ष - जेसी जीतमान बाेहाेरा
कार्यकारिणी उपाध्यक्ष - जेसी झनक अधिकारी (बारूद)
कार्यकारिणी उपाध्यक्ष - जेसी कमल रावल
कानुनी सल्लाहकार - जेसी मनकला न्यापाने
महासचिव - जेसी हिक्मत नेपाली
काेषाअध्यक्ष- जेसी आनन्द साउद
सचिव - जेसी निशा भट्टराई
उपाध्यक्ष -जेसी ईसरा भण्डारी
उपाध्यक्ष -जेसी पुष्प सञ्जाल
उपाध्यक्ष - जेसीजगत भण्डारी
उपाध्यक्ष - जेसी पुष्प के.सी.

हार्दिक निमन्त्रणा !
17/01/2025

हार्दिक निमन्त्रणा !

पाँच महिनामा नेपाली विद्यार्थीले विदेश पढ्न जानको लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । 😲
17/01/2025

पाँच महिनामा नेपाली विद्यार्थीले विदेश पढ्न जानको लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । 😲

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्।कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न।महिला :- ...
17/01/2025

विद्वान् कालीदास एउटी महिलाको आँगनमा पुग्छन्।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहोस न।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु।

कालीदास :- म यात्री हुँ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ? यात्री त केवल दुई मात्र छन् - सूर्य र चन्द्रमा, जो कहिल्यै रोकिन्नन्, हमेशा चलिरहन्छन्। साँचो बताऊ, तिमी को हौ ?

कालीदास :- म पाहुना हुँ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन्। पहिलो धन र दोस्राे यौवन। यिनीहरूलाई जान समय लाग्दैन। भन को हाौ तिमी?

कालीदास :- म सहनशीलता हुँ। अब त पानी दिनुहाेस्।
महिला :- नाईँ, सहनशीलता त दुई मात्र छन्। पहिलाे, धर्ती जो पापी - धर्मात्मा सबैकाे बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नकाे भण्डार दिन्छिन्। अनि, दाेस्राे हाे रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ। साँच्चै भन त काे हाै तिमी?

कालीदास :- म हठी हुँ।
महिला :- फेरि असत्य। हठी त दुई मात्र छन्।
पहिलाे नङ र दाेस्राे केश।
जति काटे पनि फेरि फेरि निक्लिरहन्छन्। सत्य बोल , को हौ तिमी?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)

कालीदास :- म मूर्ख हुँ।
महिला :- होइन तिमी मूर्ख कसरी हुनसक्छौ? मूर्ख त दुई मात्र छन्। पहिलो शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सकेउ उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन्।
(उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए। आफ्नो फरक फरक परिचय दिएका कारण उनी महिलाको गोडा समाउँदै याचना गर्छन्। )

कालीदास: म कालीदास हुँ।
महिला :- उठ कालीदास। खासमा म सरस्वती माता हुँ।
(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो।)
माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार। तिमीले शिक्षाको बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्यौ र अहंकारको सिँहासनमा बस्यौ। यसैले तिम्रो चक्षु खोल्नको लागि मैले यो नाटक गर्नुपर्यो।

कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन्। त्यसैले विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ।

17/01/2025

धेरै ठाउँमा धेरै विद्यार्थीहरूको भिड हुन्थ्यो। धेरै विद्यार्थीहरु प्रस्तुति देखाउन आतुर हुन्थे तर यो बेला साँच्चिकै रमाइलो र मनोमहक भिडियो तपाईका लागि विद्यालयका शिक्षक शिक्षिकाले देखाइएको यो नित्य ।

16/01/2025

अछाममा अबैध क्याप्सुलसहित ४ जना पक्राउ परेका छन्। मंगलसैन नगरपालिका–५ मंगलसैन बजारबाट प्रकाउ परेका हुन।

16/01/2025

मंङ्गलसेन नगरपालिका १५ औ पालिका स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता उदघाटन समारोह सम्पन्न । मार्च पास 🎙️🎧️

15/01/2025

रवि लामिछाने रिहापछि .....

अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउअभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र...
15/01/2025

अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ
अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाइ अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ । उनीबिरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।

Wow: हिजो संक्रान्तिका दिन प्रयागराजकाे महाकुंभ मेलामा 3.5 करोड भन्दा बढी मान्छेले "अमृत स्नान" गरेका छन्। याे संख्या ने...
15/01/2025

Wow: हिजो संक्रान्तिका दिन प्रयागराजकाे महाकुंभ मेलामा 3.5 करोड भन्दा बढी मान्छेले "अमृत स्नान" गरेका छन्। याे संख्या नेपालकाे जनसङ्ख्या भन्दा बढी हो। 😮

14/01/2025

काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै माघे सकराती पर्व मनाए

14/01/2025

बायुपंखी चुलो सम्बन्धि अभिमुखिकरण पछि चुलो प्रदशनी कार्यक्रम गर्दै आस्था नेपाल अछाम ❤️🙏🎙️

13/01/2025
13/01/2025

पिडा छ दिलमा
मान्छे चाहिँ chill मा । 😪😆

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when Achham Today Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Achham Today Tv:

Videos

Share