All things about AAP Likhit Tayari Android Mobile Application.
# AAP Likhit Tayari Application भनेको के हो ?
- AAP को पूरा रुप Army, Apf र Police हो । यो नेपाल प्रहरी जवान, सशस्त्र प्रहरी जवान र नेपाली सेना सैन्यको लोकसेवा आयोगले लिने लिखित परीक्षा तयारीको free android mobile Application हो ।
# AAP Application क-कसले प्रयोग गर्न मिल्छ ?
यो Application नेपाल प्रहरी जवान, सशस्त्र प्रहरी जवान
र नेपाली सेना सैन्यको तयारि गरिरहेका सबै परीक्षार्थीहरुले प्रयोग गर्न मिल्छ ।
# AAP App भित्र के-के कुराहरु रहेका छन् ?
- यो एप्लिकेशन भित्र नेपाल प्रहरी जवान, सशस्त्र प्रहरी जवान र नेपाली सेना सैन्यको परीक्षामा आउने नेपाली, अंग्रेजी, गणित, सामान्य ज्ञान, सेवा सम्बन्धी, बौद्धिक परीक्षण (IQ), पुराना प्रश्नपत्र, नमुना प्रश्नपत्र, भिडियो सामग्री, समसामयिक विषयवस्तु, विज्ञापन, लिखित परीक्षा र लिखित परिक्षा नतिजा नतिजा लगाएतका अन्य कुराहरु रहेका छन् ।
# AAP App कसरी प्राप्त र प्रयोग गर्ने ?
- Play Store मा “AAP Likhit Tayari” लेखेर Search गरी Download गर्नुहोस। App Download पश्चात Open गरी login गरि Application भित्र रहेका कुराहरु निःशुल्क पढ्न सक्नु हुनेछ।
# App मा रहेका कुराहरु पढ्न र Download गर्न कुनै शुल्क तिर्नुपर्छ कि पर्दैन ?
यो Application पूर्ण रुपमा नि:शुल्क छ । यसमा रहेका बिषयवस्तु पढ्न र Download गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन ।
# यो Application कसले तयार पारेको हो ?
- AAP Likhit tayari App “Technical rk tech” Youtube channel को सहकार्यमा रुपेश वि.क द्वारातयार पारिएको र Fusions web solutions (p) Ltd , Kathmandu द्वारा developed गरिएको नेपालको पहिलो लिखित परिक्षा तयारि Android mobile application हो ।
# यो Application तयार पार्नुको मुख्य उदेश्य के हो ?
- वर्षेनी हजारौं युवाहरुले राष्ट्रको सेवा गर्ने उद्देश्यले नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको तयारी गरिरहेका हुन्छन् त्यस्ता राष्ट्रसेवा गर्ने भावना बोकेका युवाहरुका लागि लोकसेवा आयोगले लिने लिखित परीक्षाको मोबाइलद्वारा सफल तयारी गर्न निःशुल्क रुपमा सहायता पुर्याउनु यो एप्लिकेशनको मुख्य उद्देश्य हो ।
https://play.google.com/store/apps/details?id=com.fusionsapp.apfapp