Chuli Khabar । चुली खबर

Chuli Khabar । चुली खबर "सधैँ अनि सबैको लागि" chulikhabar.com

इजरायलमा ज्यान गुमाएका १० मध्ये ५ नेपालीको शव प्राप्त भएको छ ।
15/10/2023

इजरायलमा ज्यान गुमाएका १० मध्ये ५ नेपालीको शव प्राप्त भएको छ ।

नरहरिनाथ: वडा नं.८ मा राष्ट्रिय प्रसारण लाइन को बिधुत सेवा सुरु।
15/10/2023

नरहरिनाथ: वडा नं.८ मा राष्ट्रिय प्रसारण लाइन को बिधुत सेवा सुरु।

महेश बटाला । कालिकोट: जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं.८ मा राष्ट्रिय प्रसारण लाईनको बिधुत पुगेको छ। जिल्ला ब.....

माध्यामिक तहको शिक्षक अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन भएपछि यसरी हेर्न सकिने।
05/10/2023

माध्यामिक तहको शिक्षक अध्यापन अनुमति पत्रको नतिजा प्रकाशन भएपछि यसरी हेर्न सकिने।

नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी।
05/10/2023

नेपालगञ्जमा आंशिकरुपमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी।

आज विश्व शिक्षक दिवस।संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक...
05/10/2023

आज विश्व शिक्षक दिवस।
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ ।

यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ (The teacher we need for the education we want : the global imperative to reverse the teacher shortage.) रहेकको छ ।

समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।

आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबार(आज)देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड...
05/10/2023

आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबार(आज)देखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलाइने छ ।खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।बुधबार राति त्रिभुवन अन्तर्राष्ट्...
05/10/2023

काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।

भोलिदेखि वानडे विश्वकप
04/10/2023

भोलिदेखि वानडे विश्वकप

भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्लामा पुगे रवि लामिछाने।आज राति चैनपुर पुग्ने, राहत उद्दारमा सरकारलाई झक्झक्याउने र स...
04/10/2023

भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्लामा पुगे रवि लामिछाने।आज राति चैनपुर पुग्ने, राहत उद्दारमा सरकारलाई झक्झक्याउने र सकेको पहल गर्ने उनको भनाई।

घरेलु हिंसाबाट पीडित कालिकोट,तिलागुफा न.पा –७ की २४ वर्षीया सोदेस्ना शाहीलाई कानुनी प्रक्रियामा जान इन्सेकले बुधबार कालि...
04/10/2023

घरेलु हिंसाबाट पीडित कालिकोट,तिलागुफा न.पा –७ की २४ वर्षीया सोदेस्ना शाहीलाई कानुनी प्रक्रियामा जान इन्सेकले बुधबार कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी मार्फत सहयोग गरेको छ ।
स्रोत:SM

राहत शिक्षकले सरकारसँग माध्यमिक तह (९-१२) लाई जुनियर र सिनियर माविमा विभाजन गर्ने सम्झाैता गरेका थिए । सोकाे विराेधमा मा...
04/10/2023

राहत शिक्षकले सरकारसँग माध्यमिक तह (९-१२) लाई जुनियर र सिनियर माविमा विभाजन गर्ने सम्झाैता गरेका थिए । सोकाे विराेधमा माध्यमिक शिक्षक तृतीय श्रेणी शिक्षकहरुले शिक्षा सचिवलाई ज्ञापन पत्र बुझाएका छन् ।
स्रोत: शिक्षा
Photo:Dinesh KC

आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बसेकी भारती मानन्धर कमजोर भएर ढले पछि उपचारको लागि वीर अस्पताल लगिएको ...
04/10/2023

आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बसेकी भारती मानन्धर कमजोर भएर ढले पछि उपचारको लागि वीर अस्पताल लगिएको छ।
स्रोत:RONB

नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शा...
04/10/2023

नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएका जानकारी दिएको हो । उनीहरु विभिन्न स्वास्थ्य संस्थामा उपचार भए पश्चात घर फर्किएको र १ जना सर्वसाधारणको अझै भेरी अस्पतालमा उपचार भैरहेको प्रशासनको भनाइ छ ।

२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का।
04/10/2023

२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का।

सरुवा भएको विद्यालयले हाजिर गराएन । उपमहानगरमा विनाकाम हाजिर गरेर तलब खान मनले मानेको छैन भन्छन् पासवान । राजिनामा दिने ...
04/10/2023

सरुवा भएको विद्यालयले हाजिर गराएन । उपमहानगरमा विनाकाम हाजिर गरेर तलब खान मनले मानेको छैन भन्छन् पासवान । राजिनामा दिने निष्कर्षमा पुगेका छन् ।
स्रोत: शिक्षा

होमनाथ न्यौपाने (शिक्षक आन्दोलनका बहुचर्चित शिक्षक) 'मन्त्री कसले बनायो ?, मन्त्री कसले फुस्काउँछ ?' नाराका रचयिता जन्म:...
04/10/2023

होमनाथ न्यौपाने (शिक्षक आन्दोलनका बहुचर्चित शिक्षक)
'मन्त्री कसले बनायो ?, मन्त्री कसले फुस्काउँछ ?' नाराका रचयिता

जन्म: बैशाख १६, २०३६
नेपाल जनज्योति मा. वि. देवचुली (नवलपुर)का शिक्षक
अध्यक्ष, गणित शिक्षा परिषद, नवलपुर
सधैं हसिलो र प्रफुल्ल, सकारात्मक सोंच र निष्कपट स्वभावका
त्रिभुवन विश्वविद्यालयबाट विज्ञान सङ्कायमा स्नातकोत्तर (७० प्रतिशत अंकसहित) उत्तीर्ण
श्रीमती पनि शिक्षण पेशामा आवद्ध (जनज्योति नमूना प्रा. वि.)
छोरी प्रकृति पनि सरकारी विद्यालयमै, पढाइ अब्बल

प्रारम्भिक जागीर तथा कार्यसम्पादन:
निजामतीतर्फ खरिदारको रूपमा हुलाक तथा प्रधानमन्त्री कार्यालयमा (हेल्लो सरकार सञ्चालन)
श्रावण २६, २०७१ मा मा. वि. को तृतीय श्रेणीमा शिक्षक सेवा उत्तीर्ण गरी अध्यापन शुरु
विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रूपमा पदेन सदस्य
पुन: २०७५ मा निजामती सेवामा उप-सचिव प्राविधिकमा खुलातर्फ नाम निकाल्न सफल (मौखिक परीक्षामा अनुत्तीर्ण)
जिल्लाभित्र गणित विषयका तालिम प्रशिक्षक
'पढाउनकै लागि जन्मिएको व्यक्ति' भन्ने विद्यार्थीको भनाइ
विद्यालयभित्र सबै शिक्षकहरूका प्रिय #अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे ! Homnath Neupane
-Tika Ram Yatri

उत्तरी आयरल्याण्डको बेलफास्ट शहरमा आयोजित विश्वका १९० भन्दा बढी देशका युवा नेताहरुको सम्मेलनमा मा. सोबिता गौतम चन्द्र सू...
04/10/2023

उत्तरी आयरल्याण्डको बेलफास्ट शहरमा आयोजित विश्वका १९० भन्दा बढी देशका युवा नेताहरुको सम्मेलनमा मा. सोबिता गौतम चन्द्र सूर्य अंकित नेपालको झण्डा फर्फराउँदै।
One Young World 🇳🇵

Address

Naraharinath RMp-07 Kalikot
Kalikot

Telephone

+9779864361624

Website

Undefined variable: isMonitored
    Return to your account

Alerts

Be the first to know and let us send you an email when Chuli Khabar । चुली खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share