06/12/2025
फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् ।
ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्।
पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन।
विश्वकप २०२६ को उद्घाटन खेल २०२६ जुन ११ मा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिको सिटीमा हुने तय भएको छ।
फिफा डटकममार्फत आज सम्पूर्ण खेल तालिका, स्टेडियम र खेलको समय सार्वजनिक गरिने बताइएको छ।
ड्र कार्यक्रम पूर्व इङ्ल्यान्ड कप्तान रियो फर्डिनान्डले सञ्चालन गरेका थिए। उनलाई टम ब्रेडी, वेन ग्रेट्ज्की, आरोन जज र शाकिल ओनिलले सहयोग गरे।
कार्यक्रम केभिन हर्ट, हिडी क्लुम र ड्यानी रामिरेजले होस्ट गरेका थिए भने आन्द्रेया बोसेली, रोबी विलियम्स, निकोल सर्जिन्जर र लरेन हिललगायत कलाकारहरूले प्रस्तुति दिएका थिए।
स्रोतः- हाम्रो खेलकुद