Lamkikhabar Media

Lamkikhabar Media सुदुरपश्चिम भित्रका समेटिएका खबर्ला?

बिनोद न्यौपाने , लम्की भदौ २१- कैलालीको लम्कीचुहामा प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । एक कार्यक्रमका बिच लम्क...
06/09/2022

बिनोद न्यौपाने , लम्की
भदौ २१- कैलालीको लम्कीचुहामा प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । एक कार्यक्रमका बिच लम्कीचुहा नगरपालिकामा नवागंतुक प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढालाई स्वागत गरिएको हो । लम्कीचुहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रितिभक्त गिरीको काज सरुवा पश्चात् डडेल्धुराको अमरगढी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत शेर ब . बुढाको लम्कीचुहा नगरपालिकामा सरुवा हो । उहाँको सरुवा भएपछी आज लम्कीचुहा नगरपालिकामा स्वागत कार्यक्रम गरिएको हो । बिगत ४ बर्षदेखी लम्कीचुहा नगरपलिकामा सवारी चालकमा कार्यरत कृष्ण प्रसाद रिजाललाई पनि बिदाइ गरिएको छ । उक्त स्वागत कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाकि मेयर सुशिला शाहिले " लम्कीचुहा नगरपालिका अझै पनि अस्तब्यस्त छ । यसलाइ कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरालाइ मध्यनजर गर्दै उत्कृष्ट बनाउन सबै एकजुट हुनुपर्छ ।" यस्तै उपमेयर जुना चौधरिले " आज हामीले नयाँ अभिभावक पाएका छौँ । सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लम्कीचुहा नगरपालिकालाई उत्कृष्ट नगरपालिका बनाउनुपर्नेमा हामी सबै लाग्ने छौं ।"
नवाआगन्तुक प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले धन्यवाद ब्यक्त गर्दै " म २०५५ सालदेखि स्थानीय सरकारमा काम गर्दै आएको छु। मलाइ धेरै अनुभव छ , र आज लम्कीचुहा नगरपलिकामा आउदा पनि अझै कसरी राम्रो बनाउन सकिन्छ भन्ने कुरामा म प्रतिबद्ध रहने छु । आशा छ नगरपालिकाको एउटा प्रतिनिधित्व गर्ने अवसर पाएको छु सबै कर्मचारीहरुले सहयोग गर्नु हुनेछ । साथै यस लम्कीचुहा नगरपालिकालाई एक उत्कृष्ट नगरपालिका बनाउने प्रतिबद्धता पनि गर्दछु ।"

30/07/2022

राष्ट्रिय स्वतन्त्र पाटिका अध्यक्ष रवि रामिछाने धनगढिमा ।

16/07/2022

सुदूुरपश्चिम भित्रको खबर समेटीएको लम्की खबर... बिनोद न्यौपानेको साथमा ।।

Address

Sudurpaschim
Kailali
10900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847919101

Website

Alerts

Be the first to know and let us send you an email when Lamkikhabar Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lamkikhabar Media:

Share