News Dolakha - न्यूज दोलखा

News Dolakha - न्यूज दोलखा सत्य तथ्य निस्पक्ष खबरको लागि न्युज द?

दोलखाको जिरी नगरपालिका -७ तल्लो सिक्रीमा १ सय १५ मिटर सडक ढलान सम्पन्न भएको छ ।  नेपाल सरकार सहरी बिकास मन्त्रालय स्थानि...
15/06/2024

दोलखाको जिरी नगरपालिका -७ तल्लो सिक्रीमा १ सय १५ मिटर सडक ढलान सम्पन्न भएको छ ।

नेपाल सरकार सहरी बिकास मन्त्रालय स्थानिय पुर्वधार बिभाग र स्थानिय पुर्वधार बिकास आयोजना कार्यालय बागमती प्रदेश हेटौंडा मकवानपुरको रु ३० लाख बराबरीको आर्थिक सहयोगमा जिरी -सिक्री, पुरानोगाउँ -फुल्पिङ हुँदै हावा-च्यामा जोड्ने सडक खण्ड अन्तर्गत तल्लो सिक्रीमा १ सय १५ मिटर ढलान सम्पन्न भएको हो ।

सडक ढलानको काम सुरु भएसगै उक्त सडक खण्ड भएर चल्ने साना ठुला सबै सवारीसाधनहरु बन्द गरि अर्को बैकल्पिक सडकको प्रयोग गरिएको थियो । भने ठुलो सवारीसाधनहरु आवतजावतमा रोकनै लगाइएको थियो । बन्द रहेको उक्त सडक खण्ड झण्डै एक महिना पस्चात आजबाट पुनः सुचारु भएको जिरी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शान्त नेपालीले बताए ।

सडक सन्चालनमा आउनसाथ आजबाट जिरी -सिक्री, पुरानोगाउँ -फुल्पिङ हुँदै हावाच्यामा जोड्ने सडकमा चल्ने नियमित यात्रुबाहक बस लगाएत ठुला सवारीसाधनहरु पनि आज बिहानैबाट सन्चाल भएका छन ।

उक्त सडक खण्डमा सडक ढलान भएसगै स्थानियबासी लगाएत उक्त सडकमार्फत प्रत्येक्ष फाइदा लिने समस्त यात्रु सवारीचालकहरुमा समेत खुशियाली छाएको पाईन्छ ।
२०८१ ।। असार ०१ गते ।।
जिरी , दोलखा ।।

14/06/2024

असल मित्र नेपालद्वारा तामाकोसी गाउँपालिका -७ का ३ सय ४० जना विद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेसनरीका सामाग्री वितरण ।। पूरा भिडियो पहिलो कमेन्टमा ।। 👇️
https://youtu.be/drNtZ5nkRS4?si=DEdpY_roa6otDXkU

दोलखाको तामाकोसी गाउँपालिकामा असल मित्र नेपालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय  पोसाक तथा स्टेशनरीका सामा...
13/06/2024

दोलखाको तामाकोसी गाउँपालिकामा असल मित्र नेपालले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा स्टेशनरीका सामाग्री वितरण गरेको छ ।

"गुणस्तरीय शिक्षाको लागि थप सहयोग" भन्ने मुख्य अभियानका साथ असल मित्र नेपालका अध्यक्ष ज्ञान बहादुर सुनुवारको प्रमुख आतिथ्यतामा विद्यालय पोसाक तथा स्टेशनरीका सामाग्री वितरण गरिएको हो ।

तामाकोसी गाउँपालिका -७ हावा स्थित श्री दुम्सिझाङ आधारभुत विद्यालय, श्री अम्बिका आधारभुत विद्यालय र श्री कालिका माध्यमिक विद्यालय गरि जम्मा ३ सय ४० जना विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा स्टेशनरीका सामाग्री वितरण गरिएको असल मित्र नेपालले जनाएको छ ।

विद्यार्थी भाइबहिनीहरुको गुणस्तरीय शिक्षामा थप उन्नति प्रगतिका लागि आफुहरुले बिना सर्त र बिना स्वार्थ
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोसाक तथा स्टेशनरीका सामाग्री बितरण गरिएको असल मित्र नेपाल जिरीका अध्यक्ष ज्ञान बहादुर सुनुवारले बताए ।

आफुहरुले पोसाक तथा स्टेशनरीका सामाग्री पाएपछि विद्यार्थी, शिक्षक र अभिभावकहरुमा थप हौसलाका साथ खुशी मिलेको कालिका माध्यमिक विद्यालयका प्रध्यानाध्यापक भरत मुखियाले बताए ।

तामाकोसी गाउँपालिका -७ का तीन विद्यालयमा विद्यालय पोसाक तथा स्टेशनरीका सामाग्री वितरण भयो, म धेरै खुशी भएको छु । आउदो दिनहरुमा पनि वडाका बिद्यालयहरुमा यसरीनै साथ सहयोग गरिदिनुहुन असल मित्र नेपालप्रती म अनुरोध गर्न चाहान्छु वडा अध्यक्ष खुश बहादुर सुनुवारले बताए ।

कार्यक्रममा असल मित्र नेपाल जिरीका अध्यक्ष ज्ञान बहादुर सुनुवार, असल मित्र नेपाल जिरीका प्रतिनिधिहरु, तामाकोसी गाउँपालिका -७ का अध्यक्ष खुश बहादुर सुनुवार, जिरी नगरपालिका -९ का महिला सदस्य सुन्तली सुनुवार, समाजसेवी थलेन्द्र बहादुर सुनुवार, कालिका माबिका बिब्यस अध्यक्ष सन्जय कुमार सुनुवार, समाजसेवी गंगा बहादुर सुनुवार, कालिका माबि ठुलोपातलका प्र.अ सुनिल सुनुवार, विद्यार्थी र अभिभावक लगाएत पत्रकारको सहभागिता रहेको थियो ।

09/06/2024

कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १४ खच्चडको उद्दार कार्य सुरु गरिएको छ ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको बिहानैदेखि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै फसेका थिए ।
पूरा भिडियो पहिलो कमेन्टमा ।। 👇️

https://youtube.com/shorts/djhXuMCYpDw?si=x7B_BY0cDvDScPpm

दोलखाको जिरी नगरपालिकामा रोजगार संवाद मन्चको रोजगार रणनीति २०८० को अध्यावधिकको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...
09/06/2024

दोलखाको जिरी नगरपालिकामा रोजगार संवाद मन्चको रोजगार रणनीति २०८० को अध्यावधिकको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोजगार संवाद मन्चको संयोजक जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
सम्पन्न कार्यक्रमले जिरी नगरपालिका भित्रका बेरोजगारी नागरिकहरुलाई कसरी रोजगारी प्रदान गर्न सकिन्छ र नगरवासिको आर्थिक जीवन स्थर कसरी माथी उठाउन सकिन्छ भन्ने बिषयमा महत्त्वपूर्ण छलफल गरिएको थियो ।
२०८१ ।। जेष्ठ २७ गते ।।
Jiri Municipality जिरी नगरपालिका दोलखा

06/06/2024

ख्रीष्टियन समुदायको लागि समाधी स्थल अर्थात घाटको ब्यबस्थापन गरिनुपर्छ : प्रदेश कमिटीका सदस्य गुभाजु

पूरा भिडियो पहिलो कमेन्टमा ।। 👇️

https://youtu.be/Yk3HV5XlZyU?si=4dRrPnuSwM_vcJVM

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिरी नगर कमिटीको दोस्रो वडा अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।नेकपा एमाले दोलखाका प्रभा...
06/06/2024

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिरी नगर कमिटीको दोस्रो वडा अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।

नेकपा एमाले दोलखाका प्रभावशाली युवा नेता बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मण गुभाजुको प्रमुख आतिथ्यतामा जारी रहेको अधिबेशन ९ वटै वडामा भब्य, सब्य र मर्याधित ढंगले सम्पन्न भएको हो ।

सम्पन्न दोस्रो वडा अधिबेशनले वडा नम्बर १ मा केदार बहादुर कार्कीको अध्यक्षतामा २२ सदस्यीय, वडा नम्बर २ मा भलाराज कार्कीको अध्यक्षतामा १९ सदस्यीय, वडा नम्बर ३ मा रामभक्त दाहालको अध्यक्षतामा ३१ सदस्यीय, वडा नम्बर ४ मा शिव बहादुर कार्कीको अध्यक्षतामा २१ सदस्यीय, वडा नम्बर ५ मा ङिमासाङ्गे शेर्पाको अध्यक्षतामा २१ सदस्यीय, वडा नम्बर ६ मा गोपाल बहादुर कार्कीको अध्यक्षतामा २३ सदस्यीय, वडा नम्बर ७ मा डुके शेर्पाको अध्यक्षतामा १५ सदस्यीय, वडा नम्बर ८ मा गम्बु बिकको अध्यक्षतामा १५ सदस्यीय र वडा नम्बर ९ मा रत्न बहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको बागमती प्रदेश कमिटिका सदस्य गुभाजुले बताए ।

उहाँका अनुसार जिरी नगरपालिकाको १ देखि ९ वटै वडामा सर्बसमत नयाँ समिति गठन भएको हो ।

गुभाजुले सम्पन्न वडा अधिबेशनलाई सम्बोधन गर्दै नेकपा एमाले जनताको प्यारो र गौरवशाली पार्टीको रुपमा स्थापित भएका कारण हरेक सुखदुःखमा जनताको साथमा रहने पनि प्रतिबद्धता व्यक्त गरेका छन ।

जिरी नगरपालिका भित्रका ९ वटै वडामा नेकपा एमालेलाई सकृय रुपमा चलाएमान बनाउन आफुहरु रातदिन नभनी सक्रिय रुपमा अधिबेशन सम्पन्न गरिएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य टंक बहादुर जिरेलले बताए ।

दोस्रो वडा अधिबेशन कार्यक्रम अबधिभर नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मण गुभाजु, जिल्ला कमिटीका सदस्य टंक बहादुर जिरेल, जिल्ला कमिटीका सदस्य एबम जिरी नगर कमिटीका इन्चार्ज केशब कुमार कार्की, जिल्ला कमिटीका सदस्य सुर्य बस्नेत, जिल्ला कमिटीका सदस्य सुन्तली सुनुवार, जिल्ला कमिटीका सदस्य अप्सरा जिरेल, जिरी नगर कमिटीका अध्यक्ष टपेन्द्र खड्का, जिरी नगर कमिटीका सहसचिव रस्मिला राई (जिरेल) र नेकपा एमाले जिरी नगर कमिटीका सचिब लुकछिरी शेर्पाको सक्रियतामा अधिबेशन सम्पन्न भएको हो ।
२०८१ ।। जेष्ठ २४ गते ।।
जिरी , दोलखा ।।

नेकपा एमाले जिरी नगर कमिटी वडा नम्बर १ को दोस्रो वडा अधिबेशन जारी ।।२०८१ ।। जेष्ठ २४ गते ।।जिरी , दोलखा ।।
06/06/2024

नेकपा एमाले जिरी नगर कमिटी वडा नम्बर १ को दोस्रो वडा अधिबेशन जारी ।।
२०८१ ।। जेष्ठ २४ गते ।।
जिरी , दोलखा ।।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिरी नगरपालिका -२ को दोस्रो वडा अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।नेकपा एमाले दोलखाका प...
05/06/2024

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिरी नगरपालिका -२ को दोस्रो वडा अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।

नेकपा एमाले दोलखाका प्रभावशाली युवा नेता बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मण गुभाजुको प्रमुख आतिथ्यता तथा नेकपा एमाले जिरी नगरपालिका २ वडा कमिटिका अध्यक्ष सोन तेम्बा शेर्पाको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।

आज सम्पन्न दोस्रो वडा अधिबेशनले भलाराज कार्कीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति गठन गरेको छ । सर्बसमत रुपमा चयन भएको नेतृत्वको उपाध्यक्षमा लाक्पा गेली शेर्पा, सचिबमा होम राज खत्री, उप-सचिबमा गणेश गुभाजु र उप- सचिबमा पासाङलमु शेर्पा लगाएत अन्य १४ जना सदस्यहरु चयन भएका छन ।

नेकपा एमाले जनताको प्यारो र गौरवशाली पार्टीको रुपमा स्थापित भएका कारण हरेक सुखदुःखमा जनताको साथमा रहने नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य गुभाजुले बताए ।

जिरी नगरपालिका भित्रका ९ वटै वडामा नेकपा एमालेलाई सकृय रुपमा चलाएमान बनाउन आफुहरु रातदिन नभनी अधिबेशनमा हुमिएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य टंक बहादुर जिरेलले बताए ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मण गुभाजु, जिल्ला कमिटीका सदस्य टंक बहादुर जिरेल, जिल्ला कमिटीका सदस्य अप्सरा जिरेल, जिरी नगर कमिटीका अध्यक्ष टपेन्द्र खड्का लगाएत पत्रकारको उपस्थिति रहेको थियो ।

टोनि हेगन फाउन्डेसन र जिरी माबिको आयोजनामा दोलखाको पर्यटकीय नगरी जिरीमा टोनी हेगनले ७० वर्षअघि खिचेका फोटो र डकुमेन्ट्री...
04/06/2024

टोनि हेगन फाउन्डेसन र जिरी माबिको आयोजनामा दोलखाको पर्यटकीय नगरी जिरीमा टोनी हेगनले ७० वर्षअघि खिचेका फोटो र डकुमेन्ट्री प्रदर्शन ।।
२०८१ ।। जेष्ठ २२ गते ।।
जिरी , दोलखा ।।
तस्बिर : न्यूज दोलखा

नेपालकै पहिलो शालिक अर्थात प्रतिमा टोनि हेगन इकोलोजिकल पार्कमा टोनि हेगन फाउन्डेसन र जिरी माध्यमिक विद्यालयद्वारा माल्या...
04/06/2024

नेपालकै पहिलो शालिक अर्थात प्रतिमा टोनि हेगन इकोलोजिकल पार्कमा टोनि हेगन फाउन्डेसन र जिरी माध्यमिक विद्यालयद्वारा माल्यार्पन ।।
२०८१ ।। जेष्ठ २२ गते ।।
जिरी , दोलखा ।।

03/06/2024

जिरी नगरपालिका -८ को दोस्रो वडा अधिबेशनलाई सम्बोधन गर्नुहुदै नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य लक्ष्मण गुभाजु ।। 👇️
https://youtu.be/fxgqfn38ocM?si=42jxd6lM78O-pNrb

03/06/2024

वडा नम्बर ८ मा अब एमालेलाई कुनै पार्टीले हल्लाउन सक्दैन : अध्यक्ष बिक ।। 👇️
https://youtu.be/wzUXHeiyr-0?si=SiQPdLhJuOVcOuQD

03/06/2024

प्रमाण सहित भन्छु वडा नम्बर ८ को बिकास नेकपा एमालेले गरेको हो : टंक बहादुर जिरेल ।। पूरा भिडियो पहिलो कमेन्टमा ।। 👇️
https://youtu.be/dipfjSG04OY?si=yP3BGwxx0XvXbowt

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिरी नगरपालिका -८ को दोस्रो वडा अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।नेकपा एमाले दोलखाका प...
02/06/2024

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिरी नगरपालिका -८ को दोस्रो वडा अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।

नेकपा एमाले दोलखाका प्रभावशाली युवा नेता बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मण गुभाजुको प्रमुख आतिथ्यता तथा नेकपा एमाले जिरी नगरपालिका ८ वडा कमिटिका अध्यक्ष गम्बु बिकको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।

आज सम्पन्न दोस्रो वडा अधिबेशनले पुनः गम्बु बिकको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति गठन गरेको छ । सर्बसमत रुपमा चयन भएको नेतृत्वको उपाध्यक्षमा बम बहादुर सुनुवार, सचिबमा केशब कार्की, उप-सचिबमा असोक खाती र उप- सचिबमा सन्ज कुमारी बिश्वाकर्म लगाएत अन्य १० जना सदस्यहरु चयन भएका छन ।

जसमध्य सदस्यहरुमा मान बहादुर तामाङ, दिनेश रसाइली, सुजन पाख्रीन, गिता रसाइली, थिर बहादुर सुनुवार, कुमारी जिरेल, बिष्णु जिरेल, मदन सुनुवार, पदम सुनुवार र तेज बहादुर खड्का चयन भएका हुन् ।

नेकपा एमाले जनताको प्यारो र गौरवशाली पार्टीको रुपमा स्थापित भएका कारण हरेक सुखदुःखमा जनताको साथमा रहने नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य गुभाजुले बताए ।

जिरी नगरपालिका भित्रका ९ वटै वडामा नेकपा एमालेलाई सकृय रुपमा चलाएमान बनाउन आफुहरु रातदिन नभनी अधिबेशनमा हुमिएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य टंक बहादुर जिरेलले बताए ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मण गुभाजु, जिल्ला कमिटीका सदस्य टंक बहादुर जिरेल, जिल्ला कमिटीका सदस्य एबम जिरी नगर कमिटीका इन्चार्ज केशब कुमार कार्की, जिल्ला कमिटीका सदस्य अप्सरा जिरेल, जिरी नगर कमिटीका अध्यक्ष टपेन्द्र खड्का, र जिरी नगर कमिटीका सहसचिव रस्मिला राई (जिरेल) लगाएत पत्रकारको उपस्थिति रहेको थियो ।
२०८० ।। जेष्ठ २० गते ।
जिरी नगरपालिका -८, दोलखा ।।
तस्बिर : न्यूज दोलखा

30/05/2024

परिवर्तन चाहे सम्भव छ ।। पूरा भिडियो पहिलो कमेन्टमा ।।
भिडियो : मनोज जिरेल
@बैत्यश्वोर गाउँपालिका ।। क्षेत्रपा -८, दोलखा ।। 👇️
https://youtu.be/1uUUvnevv6k?si=Q5juwCpPHU-jPifM

दोलखाको बैत्यश्वोर गाउँपालिका -८ क्षेत्रपामा वसोवास गर्ने जिरेल समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका...
28/05/2024

दोलखाको बैत्यश्वोर गाउँपालिका -८ क्षेत्रपामा वसोवास गर्ने जिरेल समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् ।
परापुर्वकाल देखिनै वर्षको दुई पटक वाली लगाउने र भित्रयाउने समयमा भुमे देवताको विधी पुर्वक पुजा गर्ने प्रचलन रहेसगै आज भुमी देवता स्थलमा गएर विधीपुर्वक पुजा आराधना गरेका हुन ।
सहभागी भक्तजनले भुमी देवताको पुजा गर्दै बर्खे वाली सप्रिएकोमा खुशी हुँर्दै आगामी दिनमा पनि कुनै विग्नवाधा नपरोष भन्दै पुजा गरेको मुख्य पुजारी भक्त बहादुर जिरेलले बताए ।
बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमे पुजा गरिन्छ ।।
२०८१ ।। जेष्ठ १५ गते ।।
बैत्यश्वोर -८ क्षेत्रपा, दोलखा ।।

28/05/2024

आज १७ औँ गणतन्त्र दिवस मनाइँदै

सगरमाथाको चुचुरोमा पुगेर क्रूस ठराउन सफल भए यन बहादुर थापा ।।जहाँ यसो लेखिएको छयेशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र ज...
28/05/2024

सगरमाथाको चुचुरोमा पुगेर क्रूस ठराउन सफल भए यन बहादुर थापा ।।
जहाँ यसो लेखिएको छ
येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ । - यूहन्‍ना १४:६

सुनुवार सेवा समाज दोलखाको आयोजनामा जिल्लाको तामाकोसी गाउँपालिका -७ स्थित हावा देउरालीमा उभौली पर्व (स्याँदर पिदार) विविध...
25/05/2024

सुनुवार सेवा समाज दोलखाको आयोजनामा जिल्लाको तामाकोसी गाउँपालिका -७ स्थित हावा देउरालीमा उभौली पर्व (स्याँदर पिदार) विविध कार्यक्रमका साथ भब्य रुपमा सम्पन्न भएको छ ।
२०८१ ।। जेष्ठ १२ गते ।।
तामाकोसी गाउँपालिका- ७ हावा, दोलखा ।।
तस्बिर : न्यूज दोलखा ।।
Nabin Sunuwar Nabin Sunuwar

कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
21/05/2024

कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

क्रीकेटर सन्दिप लामिछाने संग भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल ! ❣️
21/05/2024

क्रीकेटर सन्दिप लामिछाने संग भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल ! ❣️

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
21/05/2024

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ

दोलखाको जिरी नगरपालिका -७ स्थित माथिल्लो आलेका ८९ बर्षिय सनेमान शेर्पा र ८७ बर्षिया मैताली शेर्पासगको भलाकुसारी पश्चात् ...
21/05/2024

दोलखाको जिरी नगरपालिका -७ स्थित माथिल्लो आलेका ८९ बर्षिय सनेमान शेर्पा र ८७ बर्षिया मैताली शेर्पासगको भलाकुसारी पश्चात् कैद गरिएको तस्बिर ।। पूरा भिडियोको लागि तलको लिन्कमा थिच्नुहोला ।। 👇️
https://youtu.be/tVOzNm3Whko?si=HR35hK8mfsUkE22Q

Address

Hatdanda
Jiri
45500

Alerts

Be the first to know and let us send you an email when News Dolakha - न्यूज दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Dolakha - न्यूज दोलखा:

Videos

Share


Other Media/News Companies in Jiri

Show All

You may also like