Jhapa Media

Jhapa Media All news based

मान्छे हराएको सूचना भेट्नु हुनेहरुले सम्पर्क गरिदिन अनुरोध !झापा शिबसताक्षी-११, ब्याङडाडा निबासी हाम्रो बुबा याम बहादुर ...
11/04/2024

मान्छे हराएको सूचना

भेट्नु हुनेहरुले सम्पर्क गरिदिन अनुरोध !
झापा शिबसताक्षी-११, ब्याङडाडा निबासी हाम्रो बुबा याम बहादुर भण्डारी आज २९ चैत, बिहिवार बिहान १० बजे दमकस्थित नमस्ते अस्पतालमा उपचाररत आउनु भएको र त्यसपछि अहिलेसम्म बुबा सम्पर्कमा नआउनु भएको कारण भेट्नु वा देख्नु हुनेहरुले सम्पर्क गरेर सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।
सम्पर्क: ९८१७९१५९४९/९८१४९७०५३२

11/04/2024

मुस्लिम धर्मावलम्बीहरुले मनाउने ईद उल फित्र अर्थात् ईद पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

31/03/2024
Help Post :झापाको दमक-९ इटाभट्टा टोल निवासी बोल्न नसक्ने पदम बहादुर कार्की आज बेलुका ५:०० बजे बाट सम्पर्क बिहिन हुनु भएक...
25/03/2024

Help Post :झापाको दमक-९ इटाभट्टा टोल निवासी बोल्न नसक्ने पदम बहादुर कार्की आज बेलुका ५:०० बजे बाट सम्पर्क बिहिन हुनु भएकाले देख्नुहुने महानुभाबहरुले प्रहरी वा फोन न. ९८१६९३३६८१ (शोभा कार्की) मा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध छ।

  ‼️सुख्खा याममा आगो लाग्ने सम्भावना धेरै हुने भएकोले आगलागिका घटनाहरु भएमा बारुणयन्त्रको नं. (दमकलको  नं.)  ०२३-५७०१०१,...
17/03/2024

‼️
सुख्खा याममा आगो लाग्ने सम्भावना धेरै हुने भएकोले आगलागिका घटनाहरु भएमा बारुणयन्त्रको नं. (दमकलको नं.) ०२३-५७०१०१, ९८५२६२२१०१ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

मानिस हराएको सुचना !!!झापा जिल्ला कमल गाउँपालिका वडा नम्बर-४ पशुपति टोलका स्थायी बासिन्दा वर्ष ३८ का विजय सापकोटा यहिँ म...
15/03/2024

मानिस हराएको सुचना !!!

झापा जिल्ला कमल गाउँपालिका वडा नम्बर-४ पशुपति टोलका स्थायी बासिन्दा वर्ष ३८ का विजय सापकोटा यहिँ मिति २०८० फागुन १६ गते राति अन्दाजि ३:३० बजे देखि आफ्नै घरबाट हराई रहेको र कहिं कतैबाट सम्पर्कमा नआएकोले निजलाई कहिं कतै देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित मोवाईल नम्बरमा सम्पर्क गरी जानकारी गराई खोजि कार्यमा सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछाैँ।

यो पोस्टलाई जतिसक्दो धेरै सेयर गरी सहयोग गरी दिनुहुन शुभेच्छुक, शुभचिन्तकहरुमा अनुरोध गर्दछौँ।

जानकारीको लागि :-
निजले प्रयोग गर्दै आएको मोबाइल नं. 9803979528 फागुन २६ गते शनिबार राति सम्म फोन लागिरहेको भएतापनि फोन काट्ने, नउठाउने गरेको र फागुन २७ गते आइतबार बिहान देखी फोन लाग्न छोडेको छ।
बुबा- देवीप्रसाद सापकोटा, Devi Sapkota
(9863780189)
भाई- मोहन सापकोटा
(9823222390)
भाई- शिशिर सापकोटा, Shishir Sapkota
(9840837828)

13/03/2024

प्रतिनिधि सभा बैठक, २०८० फागुन ३० गते, बुधबार

07/03/2024

प्रतिनिधि सभा बैठक, २०८० फागुन २४ गते, बिहीबार

भोलि बिहान शुक्रबार ८:३० बजे हजुरहरु सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।🙏❣️
29/02/2024

भोलि बिहान शुक्रबार ८:३० बजे हजुरहरु सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।🙏❣️

26/02/2024

राष्ट्रिय सभा (पन्ध्रौं अधिवेशन) बैठक संख्या - ०७, मिति २०८० साल, फागुन १४ गते , साेमबार

25/02/2024

प्रतिनिधि सभा बैठक, २०८० फागुन १३ गते, आइतबार बिहान ११ः०० बजे

21/02/2024

काठमाण्डौं महानगरले गरीब भएर उपचार गराउन नसक्नेहरुका लागि निःशुल्क उपचारको नियमलाई online सिस्टममा ल्याउने भएपछि महानगर भित्रका ४१ ओटा अस्पतालबाट अहिले ३२३ वटा निःशुल्क बेड उपलब्ध गराउन सफल भएको छ ।

अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको SIM Card पाउने भएका छन्।
20/02/2024

अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको SIM Card पाउने भएका छन्।

07/02/2024

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ सप्ताह आजबाट सुरु भएको छ। प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ।

कुनैपनि सम्बन्धलाई थप प्रगाढ र राम्रो बनाउनका लागि भ्यालेन्टाइन डे सप्ताहलाई निकै महत्त्वपूर्ण मानिन्छ।

भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रुपमा मनाइन्छ। आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरुप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ।

जानौं ‘भ्यालेन्टाइन डे’ सप्ताहको ७ दिनबारेः

फेब्रुअरी ७: रोज डे
फेब्रुअरी ८: प्रपोज डे
फेब्रुअरी ९: चकलेट डे
फेब्रुअरी १०: टेडी डे
फेब्रुअरी ११: प्रमिस डे
फेब्रुअरी १२: हग डे
फेब्रुअरी १३: किस डे
फेब्रुअरी १४: भ्यालेन्टाइन डे

बढ्यो पेट्रोल र डिजेलको मूल्य
01/02/2024

बढ्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्यकाठमाडौ । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिल...
15/01/2024

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौ । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।

सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाली बजारमा पनि मूल्य घटाएको छ ।

योसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम भएको छ ।

यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ भने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

14/01/2024

सरकारले भोलि अर्थात माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । माघ १ गते मुलुकभर सार्वजनिक विदा हुने भएको हो ।

इजरालयमा प्यालेस्टिनी समूह हमासको आक्रमणमा ज्यान गुमाएका थप तीन जना नेपालीको शव पहिचान भएको छ ।
29/10/2023

इजरालयमा प्यालेस्टिनी समूह हमासको आक्रमणमा ज्यान गुमाएका थप तीन जना नेपालीको शव पहिचान भएको छ ।

28/10/2023

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ ।

शास्त्र अनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम भने हिजो बेलुका नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि हिजो नै सकिएको छ । जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगेर सेलाइएको छ ।

व्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने गरिन्छ । तर, आज टीका लगाउनेले जमरा लगाउँदैनन् । दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ ।

यस्तै, कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि शुरु गरिँदैछ । आकाशदीपदान पनि आजै बेलुकादेखि शुरु गरिने छ ।

बाँके जिल्लामा आज (बुधबार) मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ।Ps.आज स्थानीय घाट, तलाउमा देवीको ...
25/10/2023

बाँके जिल्लामा आज (बुधबार) मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ।

Ps.आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो।

आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका ...
24/10/2023

आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ ।

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइने परम्परा रहँदै आएको छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

यस वर्ष विजयादशमीको उत्तम साइत आज कात्तिक ७ गते मंगलबार बिहान ११:०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिल...
24/10/2023

यस वर्ष विजयादशमीको उत्तम साइत आज कात्तिक ७ गते मंगलबार बिहान ११:०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ।

पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद

आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद

जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।

देवी विसर्जन
ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।
उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।
कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।
गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।

“बडा दशैंको” हार्दिक मङ्गलमय शुभकामना!!

22/10/2023

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

धक्काले दशैंको रमाइलोमा रहेकाहरुलाई झस्काएको छ। भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ।

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सु...
15/10/2023

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Dashain Offer IELTS - Rs 6000 only /-PTE - Rs 4000 only .-JAPANESE - Rs 9000 only /-KOREAN - Rs 13000 only /- Aims Educa...
08/10/2023

Dashain Offer

IELTS - Rs 6000 only /-
PTE - Rs 4000 only .-
JAPANESE - Rs 9000 only /-
KOREAN - Rs 13000 only /-

Aims Education Consultancy,
Damak-5, Campus Mode, Jhapa

03/10/2023

२०८० सालको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे।

30/09/2023

EDV 2024 खुल्ने मिति - असोज १८ गते देखि कार्तिक २२ गतेसम्म ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ...
30/09/2023

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।

Address

Jhapa
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Jhapa Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhapa Media:

Videos

Share