03/10/2024
आजबाट नवरात्री प्रारम्भ
नवरात्रिको पहिलोदिन: घटस्थापना को
मंगलमय सुभकामना
*********************************************************************
वदुर्गा भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ ।
महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर (दानव) को कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएकोा शास्त्रहरूमा उल्लेख छ ।
नवदुर्गा सनातन हिन्दु धर्मकी देवी दुर्गाको नौ वटा रूप हो ।
नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री पर्दछन ।
नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ
दिनसम्म पुजा गर्ने गरिन्छ ।
*********************************************************************
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।[१]
*********************************************************************
शैलपुत्री
नवदुर्गा भगवतीको पहिलो स्वरूप शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सैभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ ।
शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । शैलपुत्रीलाई सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ ।
व्युत्पत्ति: शैलपुत्री को शाव्दिक अर्थ पहाड (शिला) की छोरी भन्ने हुन्छ। शैलराज हिमालयको घरमा पैदा भएको कारणले नवदुर्गाको पहिलो अवतारलाई शैलपुत्री भनिएको हो।
आवरण: दाहिने हातमा त्रिशूल, देव्रे हातमा कमल, निधारमा अर्धचन्द्राकार चन्द्र।
अन्य नाम: सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी।
मन्त्र: 'ॐ देवी शैलपुत्र्यै नमः।' अथवा 'ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नम:।'
पुजा: नवरात्रीको पहिलो दिन।
शासित ग्रह: चन्द्रमा।
बाहन: नन्दी (साँढे)।
*********************************************************************