Jasus Khabar

Jasus Khabar "सत्य तथ्य र निष्पक्ष पत्रकारीता, जासुस खबरको प्रतिबद्धता"

नाला बनाउन खनेको खाडलमा काम गरिरहेका बेला त्यै खाडलबाट निकालिएको माटो खाडलमा खस्दा काम गरिरहेका तीन जना महिला मजदुरको मृ...
13/06/2024

नाला बनाउन खनेको खाडलमा काम गरिरहेका बेला त्यै खाडलबाट निकालिएको माटो खाडलमा खस्दा काम गरिरहेका तीन जना महिला मजदुरको मृत्यु भएको छ। कावासोती फलफुल चोक वन कार्यालय नजिकै खनेको खाल्डोमा ठुलो दुर्घटनामा भएको हो । घटना घटे लगतै आक्रोशित स्थानीय बासिन्दाले नगरपालिकाको लापरबाही ले गर्दा घटना घटेको भन्दै नगर प्रमुखको राजीनामा माग्दै नाराबाजी गरेका थिए ।

Sad Fact: पछिल्लो १० महिनामा मात्रै १,२२५ जना नेपालीले नागरिकता त्याग गरेका छन। यो क्रम बढिरहेको छ । कारण के होला ?😳
13/06/2024

Sad Fact: पछिल्लो १० महिनामा मात्रै १,२२५ जना नेपालीले नागरिकता त्याग गरेका छन। यो क्रम बढिरहेको छ । कारण के होला ?😳

राप्तीसोनारी गाउँ पालिका वडा नम्बर ९ ढकेरी स्थित टिपरको ठक्करबाट मोटरसाइकल चालक स्थानिय लोकेन्द्र बिष्टको घटना स्थलमै मृ...
13/06/2024

राप्तीसोनारी गाउँ पालिका वडा नम्बर ९ ढकेरी स्थित टिपरको ठक्करबाट मोटरसाइकल चालक स्थानिय लोकेन्द्र बिष्टको घटना स्थलमै मृत्यु भए पश्चात् स्थानियले अहिले टिप्परमा आगो लगाई दिएका छन्।

हिजबुल्लाहले उत्तरी इजरायल सैन्य साइटहरूमा रकेट र ड्रोनहरू प्रक्षेपण गर्दछलेबनानी समूहले १५ इजरायली सैन्य स्थानहरूमा १५०...
13/06/2024

हिजबुल्लाहले उत्तरी इजरायल सैन्य साइटहरूमा रकेट र ड्रोनहरू प्रक्षेपण गर्दछ
लेबनानी समूहले १५ इजरायली सैन्य स्थानहरूमा १५० रकेट र ३० आत्मघाती ड्रोनहरू प्रहार गरेको हेजबुल्लाह अधिकारीले बताए।

हिजबुल्लाहले लेबनानी सशस्त्र समूह र इजरायल बीचको युद्धको बढ्दो डरको बीचमा धेरै इजरायली सैन्य अड्डाहरूलाई लक्षित गरी ठूलो ड्रोन र रकेट आक्रमण गरेको बताएको छ।

अक्टोबर 8 मा दुई पक्षहरू बीचको हिंसाको प्रकोप पछि इरान-सम्बन्धित समूहले गरेको यो सबैभन्दा ठूलो हमला हो, हिजबुल्लाह स्रोतले बिहीबार अल जजीरा अरबीलाई बताए।

लेबनानी समूहले 150 वटा रकेट र 30 विस्फोटक ड्रोनहरू प्रयोग गरी 15 इजरायली स्थानहरूलाई लक्षित गरेको थियो, जसमा केही कब्जा गरिएका गोलान हाइट्समा रहेका छन्, स्रोतले भन्यो।

इजरायली मिडिया आउटलेटहरूले रिपोर्ट गरे कि हिजबुल्लाह रकेटहरूले कम्तिमा दुई जना घाइते र 15 फायरहरू सुरु गरे।

इजरायली सेनाले X मा एक पोस्टमा भने कि "धेरै" प्रक्षेपणहरू रोकिएका थिए र केहीले आगो प्रज्वलित गरे।

एक आधिकारिक विज्ञप्तिमा, हिजबुल्लाहले यो अपरेशन "अडिग प्यालेस्टिनी जनता र गाजामा उनीहरूको साहसी र सम्मानजनक प्रतिरोधको समर्थनमा र सियोनिस्ट शत्रुले जौइयामा गरेको हत्याको प्रतिक्रियाको सन्दर्भमा" भएको बताएको छ।

13/06/2024

बहराइनको पुरानो मनामा बजारमा आगलागी हुँदा छत माथिबाट उद्दारको लागि आग्रह गर्दै एक युवा !

13/06/2024

बहराइनको पुरानो मनामा बजारमा बुधबार भीषण आगलागी हुँदा २५ भन्दा बढी पसल जलेर नष्ट भएका छन् भने कैयौं घाइते भएका छन् । बहराइनको अल अयाम अखबारका रिपोर्टहरूका अनुसार आगो सुरुमा एक बहु-मंजिला आवासीय भवनमा सल्किएको थियो र छिमेकी पसलहरू र व्यावसायिक सुविधाहरूमा द्रुत रूपमा फैलिएको थियो।

13/06/2024

सुनसरीको कोशी गाउँपालिका वडा नं - ८ अवस्थित भन्टावारीमा आज नजाल शर्माको अन्दाजी ३० वर्षीय छोरा सितारा शर्मा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हाे । हाल अहिले पुरै घटनाको बारे खुलासा भएका छैन। थप विवरण आउन बाँकी।

Video - sajid

तेह्रथुमको आठराई गा.पा.७ थोक्लुङको नाम्जाङ आ.वि.मा कक्षा ८ सन्चालन गर्नका निम्ति तत्काल कक्षाकोठाको अभाव भएपछी शिक्षक अभ...
13/06/2024

तेह्रथुमको आठराई गा.पा.७ थोक्लुङको नाम्जाङ आ.वि.मा कक्षा ८ सन्चालन गर्नका निम्ति तत्काल कक्षाकोठाको अभाव भएपछी शिक्षक अभिभावक मिलेर कक्षाकोठा बनाउँदै ।
उक्त विद्यालय प्रस्तावित नि.मा.वि. भएको र यो सालबाट कक्षा ८ सन्चालन शुरू भएको हो ।

Photo: Tulsi Sitoula

अमेरिकाको फ्लोरिडामा भारी वर्षापछि  बाढीसँगै डुबानमा । उष्णकटिबंधीय चिसो यस क्षेत्रबाट गुज्रदै गर्दा भारी वर्षाका कारण क...
13/06/2024

अमेरिकाको फ्लोरिडामा भारी वर्षापछि बाढीसँगै डुबानमा । उष्णकटिबंधीय चिसो यस क्षेत्रबाट गुज्रदै गर्दा भारी वर्षाका कारण क्षेत्रहरू डुबानमा परेका छन्।

तस्बिर: एफपी

पानी होस् या घाम, नेपाली फ्यानहरु सधै टिमलाई सपोर्ट गर्न चम्किन्छन् । ❤️
12/06/2024

पानी होस् या घाम, नेपाली फ्यानहरु सधै टिमलाई सपोर्ट गर्न चम्किन्छन् । ❤️

कुवेतमा गायिका रचना रिमालको कार्यक्रम !
12/06/2024

कुवेतमा गायिका रचना रिमालको कार्यक्रम !

स्तब्ध! कुवेतको एक श्रम शिविरमा आगलागी हुँदा करिब ४० भारतीय नागरिकको मृत्यु भएको छ ।
12/06/2024

स्तब्ध! कुवेतको एक श्रम शिविरमा आगलागी हुँदा करिब ४० भारतीय नागरिकको मृत्यु भएको छ ।

विश्वकप २०२४ मा घरेलु टोली अमेरिकालाई हराउँदै सुपर-८ मा स्थान बनाएको छ । खेल जित्न नसकेपनि अमेरिकाले अन्तिम समय सम्म भार...
12/06/2024

विश्वकप २०२४ मा घरेलु टोली अमेरिकालाई हराउँदै सुपर-८ मा स्थान बनाएको छ । खेल जित्न नसकेपनि अमेरिकाले अन्तिम समय सम्म भारतलाई चुनौती दिएको थियो ।

आज बुद्ध एअरको क्याप्टेन रीता  प्याकुरेलले चलाउनु भएको फ्लाईट्मा चितवनबाट काठमाडौं आइयो । एकजना यात्रीले आफ्नो बुढी आमा ...
12/06/2024

आज बुद्ध एअरको क्याप्टेन रीता प्याकुरेलले चलाउनु भएको फ्लाईट्मा चितवनबाट काठमाडौं आइयो । एकजना यात्रीले आफ्नो बुढी आमा डराउनुहोला भनेर सायद ल्यान्ड भएपछि सुनाउनुभयो, आमा हामी केटी मान्छेले चलाएको प्लेनबाट आएको हो नि ती आमाले आत्तिएजस्तो गरेर हो र ? मात्र भन्नुभयो ...तर अनुहारमा खुशी थियो । क्याप्टेन रीताको टेकअफ र ल्यन्डिङ थाहा नै नहुने खालको साह्रै सहज र ढुक्कको थियो ।

बंगलादेशले पहिलो चरणमा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने औपचारिक निर्णय गरेको छ । बिजुली भारत हुँदै ढुवानी हुनुपर्ने...
12/06/2024

बंगलादेशले पहिलो चरणमा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने औपचारिक निर्णय गरेको छ ।

बिजुली भारत हुँदै ढुवानी हुनुपर्ने भएकाले बंगलादेश सरकारले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ कमर्शियल मार्जिन तिर्ने ।

12/06/2024

सुनसरीको मिटर ब्याजी पीडित मजदुरहरु आन्दोलन गरेका छन्। उक्त मिटर ब्याजी पिडितहरु न्यायको लागी आज जिल्ला प्रशासन कार्यालय सुनसरी cdo कार्यालय अगाडि प्रदर्शन गरेकाे हो।

जसपा नेपालको अध्यक्षमा उपेन्द्रको १८ वर्षदेखि निर्विकल्प नेतृत्व
12/06/2024

जसपा नेपालको अध्यक्षमा उपेन्द्रको १८ वर्षदेखि निर्विकल्प नेतृत्व

Jasuskhabar - No.1 Nepal News Portal

हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ...
12/06/2024

हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ ।

सुक्खाले बाली बिग्रेको गुनासो सिमकोट गाउँपालिका–१, २, ३ र ४ का किसानले गरेका छन् । पानी वैकल्पिक व्यवस्था नहुँदा उनीहरू कसरी अर्को बाली लगाउने र परिवारको भरणपोषण गर्ने भनेर चिन्तित भएका छन् ।

हिउँदमा हिउँ पर्दा सुविकाल हुने हिउँ नपर्दा अनिकाल हुने सिमकोट गाउँपालिका–३ का गाजीमा लामा बताउँछन् । यस वर्ष हिउँ नपर्दा भोकमरीको अवस्था आएको उनले भने । चैतमा कोदो र वैशाख पहिलो साता चिनो छर्नुपर्नेमा पानी नपर्दा खेती गर्न नपाएको लामाले बताए ।

पानी नपर्दा खेतबारीमा लगाउने खुर्सानी, मकै, फर्सीलगायत अन्य तरकारी लगाउन नपाएको सिमकोट गाउँपालिका–२ ठेहेगाउँका किसान गौगोरा बोहराले बताए । उनले भने, “आठ–दश वर्ष अगाडि यसरी खेतबारी सुक्खा हुँदैनथे तर यो हिउँदमा हिउँ र बर्खामा पानी नपर्दा समस्या भएको छ ।”

चिनियाँ मन्त्रीले गरे लुम्बिनीको भ्रमण, प्रवर्द्धन गर्न विमानस्थलमा उडान गर्ने प्रतिबद्धता
12/06/2024

चिनियाँ मन्त्रीले गरे लुम्बिनीको भ्रमण, प्रवर्द्धन गर्न विमानस्थलमा उडान गर्ने प्रतिबद्धता

Jasuskhabar - No.1 Nepal News Portal

दाङ तुलसीपुरमा अत्यधिक बढ्दो गर्मीको कारण दिनहुँ बेहोस हुने विद्यार्थीहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ, यसैगरी दाङक...
12/06/2024

दाङ तुलसीपुरमा अत्यधिक बढ्दो गर्मीको कारण दिनहुँ बेहोस हुने विद्यार्थीहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ, यसैगरी दाङको तुलसीपुर-११ उरहरी स्थित अमर माध्यमिक विद्यालयका विद्यार्थी बेहोस भएका छन् । अत्यधिक गर्मीका कारण दिनहुुँ विद्यार्थीहरु बेहोस हुँदै आएको र अन्य दिनको तुलनामा आज बेहोस हुने विद्यार्थीको संख्या बढेको छ,बेहोस भएका विद्यार्थीहरुको अवस्था ।
फोटो: रोशन क्षेत्री

बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल...
12/06/2024

बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Jasuskhabar - No.1 Nepal News Portal

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ ।उहाँलाई जेने...
12/06/2024

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ ।उहाँलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उहाँले यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोसल जस्टिस)को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कुवेतमा कामदार बस्ने ६ तले भवनमा आगलागीः ४१ जनाको मृत्यु,भवनमा नेपाली पनि रहेको आशंका
12/06/2024

कुवेतमा कामदार बस्ने ६ तले भवनमा आगलागीः ४१ जनाको मृत्यु,भवनमा नेपाली पनि रहेको आशंका

Jasuskhabar - No.1 Nepal News Portal

दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रिजेन्टेशन दिदै एक प्राध्यापक।
12/06/2024

दक्षिण कोरियाको एक विश्व बिध्यालयमा बालेन र उनको लिडर सिपको बारेमा विद्यार्थीहरु लाई प्रिजेन्टेशन दिदै एक प्राध्यापक।

कुवेतमा बुधबार विदेशी कामदारहरू बस्ने एउटा भवनमा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। कुवेतका उपप्रधानमन्त्रीले ...
12/06/2024

कुवेतमा बुधबार विदेशी कामदारहरू बस्ने एउटा भवनमा आगलागी हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। कुवेतका उपप्रधानमन्त्रीले सम्पत्ति मालिकहरूले यस्ता घटनाहरूमा योगदान पुर्‍याउने उल्लङ्घन गरेको आरोप लगाएका छन्।

दाङ तुलसीपुरमा अत्यधिक बढ्दो गर्मीको कारण दिनहुँ बेहोस हुने विद्यार्थीहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ, यसैगरी दाङक...
12/06/2024

दाङ तुलसीपुरमा अत्यधिक बढ्दो गर्मीको कारण दिनहुँ बेहोस हुने विद्यार्थीहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ, यसैगरी दाङको तुलसीपुरमा रहेको अमर मा.वि.उरहरी मा बेहोस भएका विद्यार्थीहरुको अवस्था

हावाहुरीले विद्यालयको टिनको छानो उडाएपछि ... ।तनहुँको बन्दीपुरस्थित सरस्वती आधारभूत विद्यालयका महिला शिक्षकहरू ।'किन आफै...
12/06/2024

हावाहुरीले विद्यालयको टिनको छानो उडाएपछि ... ।
तनहुँको बन्दीपुरस्थित सरस्वती आधारभूत विद्यालयका महिला शिक्षकहरू ।
'किन आफैं जुट्नुभयो ?'
'सम्बन्धित ठाउँमा खबर गरियो । २ हप्ता कुरियो । केही पहल भएन । अनि आफैं जुटियो ।'

के हो हुण्डी कारोबार ? किन हुण्डी कारोबारलाई अबैध र जोखिमपूर्ण मानिन्छ ?विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई ...
12/06/2024

के हो हुण्डी कारोबार ? किन हुण्डी कारोबारलाई अबैध र जोखिमपूर्ण मानिन्छ ?
विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । कसैले थाहा पाएमा कानुन बमोजिम सजाय पनि हुन्छ ।

कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुन्डीमा आकर्षित हुने गरेका छन् । हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गर्दछन् ।

किन हुण्डी कारोबारलाई अबैध र जोखिमपूर्ण मानिन्छ ?

हुण्डी कारोबार मार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । खासगरी सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि समान आयात, मानव बेचबिखन, अबैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रसर्य दिइरहेको पाइन्छ । त्यसैले पनि हुण्डी कारोबातरलाई अबैध र जोखिमपूर्ण मानिएको हो ।

हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले आफुले दश नङ्ग्रा खियाएर कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन छ । साथै आफ्नो परिश्रमको बैध रकमलाई दलाल र बिचौलियाहरुले अबैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्ने भएकाले सबै व्यक्ति हुण्डी कारोबार गर्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ ।

हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको प्रहरी अधिकारी बताउँछन् । नेपालबाट ठूलो मात्रामा लागुऔषध विभिन्न देशमा जाने गरेको छ । यसरी बिक्री हुने लागुऔषधको पैसा नेपालमा अवैध तरिकाबाट नै आउने गर्छ । हुन्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको छ । हुन्डीको अवैध कारोबारसँगैे सुन तस्करी पनि मौलाएको छ । लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

नेपाली क्रिकेट टिम समर्थक
12/06/2024

नेपाली क्रिकेट टिम समर्थक

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ...
11/06/2024

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् ।

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when Jasus Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jasus Khabar:

Videos

Share

Nearby media companies