Gulmi Khabar

Gulmi Khabar Gulmi Khabar Official ! नमस्ते 🙏 यो गुल्मी खबरको अफिसियल फेसबुक पेज हो ।

गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् । बिहीबार अपराह्न मग...
20/12/2024

गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् । बिहीबार अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् ।

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलबाट दे...
14/12/2024

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सु.प्र.१००१ ज १३८५ नं. को फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो ।

Good Morning From Resunga Gulmi !
05/12/2024

Good Morning From Resunga Gulmi !

गुल्मीको मुसिकोट नगरपालिका – १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १ हजार १ सय ...
01/12/2024

गुल्मीको मुसिकोट नगरपालिका – १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १ हजार १ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर थापाले ९ सय ३० मत ल्याएका छन् ।

माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तेस्रो र चौथो भएका छन् । माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर विकले १४३ र रास्वपाका उम्मेदवार विकास थापाले ४३ मत ल्याए ।

01/12/2024

मुसिकोट १ गुल्मीमा काङ्ग्रेस का उमेद्वार आनन्द श्रेष्ठ २५४ मतान्तर सहित विजयी।

I've just reached 15K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏...
01/12/2024

I've just reached 15K followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

01/12/2024

अपडेटः गुल्मीको मुसिकोट १
गणना भएको १९०२
जम्मा खसेको मत २३३४
कांग्रेस ९७६
एमाले ७३३
माओवादी केन्द्र १२६
रास्वपा ३६
राप्रपा ५
बदर २५,

01/12/2024

गुल्मीकाे फाेर्टिन स्टार युवा क्लबले रेसुङ्गा नगरपालिका तम्घास द्वारा आयोजित अन्तर मावि (कक्षा १०) स्तरीय पाँचौं फोर्टिन स्टार कप छात्र फुटबल प्रतियोगितामा शनिबार सम्पन्न भएकाे फाइनल खेलमा ऐतिहासिक जित निकाल्न सफल श्री जनसहयोग माध्यमिक विद्यालयले गरेकाे विजय र्याली ।
video : Megharaj Panthi

गुल्मीको सदरमुकाम तम्घासमा संचालन भएको पाँचौ फोर्टिन स्टार कपको उपाधी जनसहयोग माविलाई !गुल्मीको सदरमुकाम तम्घासमा संचालन...
30/11/2024

गुल्मीको सदरमुकाम तम्घासमा संचालन भएको पाँचौ फोर्टिन स्टार कपको उपाधी जनसहयोग माविलाई !
गुल्मीको सदरमुकाम तम्घासमा संचालन भएको पाँचौ फोर्टिन स्टार कप, माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधी रेसुङ्गा नगरपालिका–५ को जनसहयोग माध्यमिक विद्यालयले हात पारेको छ । शनिबार चिदिचौर खेल मैदानमा भएको खेलमा जनसहयोगले महेन्द्र माविलाई १–० गोल अन्तरले पराजित ग¥यो ।

जनसहयोगका लागि दोस्रो हाफमा सन्तोष परियारले निर्णाय गोल गरे । फोर्टिन स्टार कपमा पहिलो पटक गत बर्ष सहभागि हुँदा जनसहयोग मावि क्वाटरफाइनलबाट बाहिरिएको थियो । दोस्रो पटक भने उपाधी नै जितेको छ । खेलमा महेन्द्र माध्यमिक विद्यालय दोस्रो भएको छ । महेन्द्र मावि गत बर्ष पनि दोस्रो भएको थियो ।

गुल्मीमा धान उत्पादन बढ्यो !जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्प...
27/11/2024

गुल्मीमा धान उत्पादन बढ्यो !

जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ । गत वर्ष सात हजार चार सय ३९ हेक्टरमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा त्यो सीमित रह्यो ।

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो गत वर्ष भन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ । यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन् । मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबाग लगायत फाँटमा पनि अधिक धान उत्पादन हुने गरेको छ ।

यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सी लगायत जातका धान उत्पादन हुँदै आएको छ ।

यो गुल्मी जिल्लाको कुन ठाउँ होला कमेन्ट गर्नुहोला !
26/11/2024

यो गुल्मी जिल्लाको कुन ठाउँ होला कमेन्ट गर्नुहोला !

गुल्मीमा पाक्ने बेलामा सुन्तलाका बोट पहेँलो हुने रोगको प्रकोप देखिएको छ । बोटहरु पहेँलो हुने र दानाहरु पनि नपाक्दै पहेँल...
21/11/2024

गुल्मीमा पाक्ने बेलामा सुन्तलाका बोट पहेँलो हुने रोगको प्रकोप देखिएको छ । बोटहरु पहेँलो हुने र दानाहरु पनि नपाक्दै पहेँलो भएर झर्ने गरेका कारण किसान चिन्तित बनेका हुन ।
रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकाका सुन्तलामा यस्तो समस्या बढी देखिएको छ ।

गुल्मी जिल्लामै सबैभन्दा बढी ४०० मुरी धान फलाउन सफल गुल्मीको धुर्कोट गाउँपालिका - ६ चौरासीमा बस्ने मेघनाथ अर्यालको लोभला...
20/11/2024

गुल्मी जिल्लामै सबैभन्दा बढी ४०० मुरी धान फलाउन सफल गुल्मीको धुर्कोट गाउँपालिका - ६ चौरासीमा बस्ने मेघनाथ अर्यालको लोभलाग्दो यो कृषि कर्मलाइ उच्च सम्मान ।🙏

Pic : Anita Khatri

गुल्मी जिल्ला रेसुगां नगरपालिका तम्घास घर भएकी शान्ता रानी परियार पछिल्लो समय लोक दोहोरी क्षेत्रमा चर्चित नाम हो ।उनको अ...
15/11/2024

गुल्मी जिल्ला रेसुगां नगरपालिका तम्घास घर भएकी शान्ता रानी परियार पछिल्लो समय लोक दोहोरी क्षेत्रमा चर्चित नाम हो ।उनको
अहिले "ए म त ढले ढले" गीत सर्वाधीक चर्चित छ ।

Breaking News : गुल्मीमा कार दुर्घटना !😢गुल्मीमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ तम्घासदेखि बुट...
14/11/2024

Breaking News : गुल्मीमा कार दुर्घटना !😢
गुल्मीमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ तम्घासदेखि बुटवलतर्फ जाँदै गरेको लुम्बिनी बा ००४३ नम्बरको भेन्यू कार रुरुक्षेत्र गाउँपालिका १ रातामाटास्थित तम्घास रिडि सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कार दुर्घटना हुँदा चालक पाल्पा तिनाउ गाउँपालिका १ का २३ वर्षीय हेमबहादुर सारु र सवार रुपन्देही बुटवल उपमहानगरपालिका ४ का २३ वर्षीय अपता फलारी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् डिएसपी शंकर पोखरेलले जानकारी दिनुभयो ।

घाइते दुवै जनाको निधार, घाँटी, दाँया हात र शरीरको विभिन्न भागमा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा सामान्य उपचार पश्चात् दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।

गुल्मीमा अब साताको एक दिन मात्र हवाई उडान हुने!नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । ...
11/11/2024

गुल्मीमा अब साताको एक दिन मात्र हवाई उडान हुने
!
नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबारगरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।

नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।

गुल्मीको रेसुङ्गा पार्कमा फ्रान्सका पर्यटक (तस्वीरहरू)
07/11/2024

गुल्मीको रेसुङ्गा पार्कमा फ्रान्सका पर्यटक (तस्वीरहरू)

गुल्मीको चन्द्रकोट गाउँपालिका र छत्रकोट गाउँपालिका अन्तर्गत सोताको मध्य भाग  हुँदै बग्दै गरेको बडिगाढ खोलाको सुन्दर एवम्...
01/11/2024

गुल्मीको चन्द्रकोट गाउँपालिका र छत्रकोट गाउँपालिका अन्तर्गत सोताको मध्य भाग हुँदै बग्दै गरेको बडिगाढ खोलाको सुन्दर एवम् मनोरम दृश्य ।

तस्बिर : जनार्दन घिमिरे/रासस

Address

Gulmi , Tamghas
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share