16/02/2024
बहिराहरुको समस्या
बहिरा ब्यक्ति भन्नाले सुन्न र बोल्न नसक्ने व्यक्तिलाई बुझिन्छ। बहिराहरु बोल्न र सुन्न सक्दैनन्। उनीहरूले सञ्चारका लागि सांकेतिक भाषा प्रयोग गर्ने गर्छन्। संकेत गरेर सञ्चार गर्नु उनीहरुको आफ्नो अधिकार हो । सांकेतिक भाषा बहिराहरूको आफ्नो भाषा हो । हाम्रो आफ्नै भाषा र संस्कृति हुन्छ , सबैले बहिराको भाषा र संस्कृतिलाई सम्मान गर्नु पर्छ । तर हाम्रो समाजमा बहिराहरुले संकेत वा हातको इशाराबाट कुरा गरेको देख्दा सुन्ने मान्छेले बहिरालाई नराम्रो दृष्टिकोणले हेर्ने गर्छन् , बहिराहरु बोल्न र सुन्न मात्र सक्दैनन् तर हाम्रो समाजले बहिराहरुलाई मानसिक कमजोरी भाको व्यक्ति बराबर सोचेर हेप्ने गर्छन्।
बहिराहरूको समस्या धेरै छ । बहिराहरुको सञ्चारको माध्यम भनेकै सांकेतिक भाषा हो । बहिराहरुलाई आफ्नै घर परिवारमा समेत सञ्चार गर्न गार्हो हुन्छ । सुन्न र बोल्न नसक्ने भएका कारणले हामी बहिराहरु बाटोमा हिँड्दै गर्दा सुन्ने मन्छेले हामीलाई संकेत/ हातको इशाराबाट कुरा गरेको हेर्दा हाम्लाई हेर्दै हाँस्ने र गिजाउने गर्छन् । हातको इसाराले के गरेको होला ? भन्दै अचम्म पर्छन् र सुन्न मान्छेले हाम्रो भाषा बुझ्दैनन् ।
२) अर्को कुरा हाम्लाई यातायात गर्दा समेत सञ्चारमा अवरोध आउने गर्छ। जस्तै हामी पढ्नको लागि दैनिक टाढा टाढा घर बाट विद्यालय आउनको लागि हामी बसमा चड्छौं र बसमा पनि सुन्न र बोल्न नसक्ने साथै सञ्चारको कमीले गर्दा पैसाले उठाउने बेला , पैसा उठाउने मान्छेले हाम्लाई हेप्ने गर्छन् । हाम्लाई यस्तो गर्नु हुन्न , नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र बर्गीकरण अनुसार यातायात गर्दा सबै जिल्ला र नेपाल भरिका बहिरा व्यक्तिहरुले ५० प्रतिशत छुट पाउन पर्छ । यो हाम्रो अधिकार हो । सबैलाई बहिरा व्यक्तिहरुलाई बसमा चढ्न वा सहभागि हुन दिनु पर्छ । सुन्न मान्छे बराबर सम्मान गर्नु पर्छ । टाढा घर बाट आउने आउने जाने गर्छन् त्यसमाथि उनीहरूलाई नराम्रो दृष्टिकोणको व्यवहार गर्दा उनीहरूलाई नकारात्मक कुराको असर पर्छ ।
३) र साथै अर्को कुरा हामी बहिराहरुलाई उच्च शिक्षा दिनु पर्छ । आफ्नै गाउँ क्षेत्रमा उच्च शिक्षाको सञ्चालन गर्नु पर्छ ।हामी बहिरा विद्यार्थी र सुन्न विद्यार्थीलाई बारबार मान्नु पर्छ ।सुन्न व्यक्ति सरह क्षमता अनुसारको रोजगार पाउनु पनि हाम्रो अधिकार हो ।हाम्लाई यसले सुन्न र बोल्न सक्दैन कसरी काम गर्छ भनेर अगाडी बढ्न अवरोध गर्नु हुँदैन । सुन्ने र बहिरा दुवैलाई बारबार मान सम्मान गर्नु पर्छ , सुन्नेलाई मात्र अगाडि बढाउन खोज्नु हुँदैन ।
बहिराहरुको लागि सजिलो होस् भनेर नेपाल सरकारले , हस्पिटल , विद्यालयमा दोभाषेको व्यवस्था गर्न आवश्यक छ ।
धन्यवाद!!!!!