Rajmarg Online

Rajmarg Online news site

दाङको बंगलाचुली गाउँपालिका १ मा अवस्थित उजा बागेश्वरी माता
26/12/2024

दाङको बंगलाचुली गाउँपालिका १ मा अवस्थित उजा बागेश्वरी माता

अष्ट्रेलियामा एउटा क्याफेमा मिठो र राम्रो खाना खुवाएको भन्दै Virat Kohli ले नेपाली शेफ र स्टाफलाई क्याफेको किचनमै गाएर ध...
26/12/2024

अष्ट्रेलियामा एउटा क्याफेमा मिठो र राम्रो खाना खुवाएको भन्दै Virat Kohli ले नेपाली शेफ र स्टाफलाई क्याफेको किचनमै गाएर धन्यवाद दिएका

सरकारले  २८० करोड रुपैया खर्च गरेर बिराटनगरमा १० हजार जना अटाउने क्रिकेट रंगशाला बनाउने भएको छ । रंगशालाको नाम गिरिजाप्र...
26/12/2024

सरकारले २८० करोड रुपैया खर्च गरेर बिराटनगरमा १० हजार जना अटाउने क्रिकेट रंगशाला बनाउने भएको छ । रंगशालाको नाम गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला हुने छ ।

पुस १३ गते शनिबार एक दिनका लागि चर्चित नेपाली चलचित्र प्रेम गीत–३ एक रुपैयाँमा हेर्न सकिने भएको छ । नेपाल टेलिकमको एनटीट...
26/12/2024

पुस १३ गते शनिबार एक दिनका लागि चर्चित नेपाली चलचित्र प्रेम गीत–३ एक रुपैयाँमा हेर्न सकिने भएको छ । नेपाल टेलिकमको एनटीटीभी एपमार्फत् प्रेम गीत–३ एक रुपैयाँमै हेर्न पाइने भएको हो ।

नेपालगन्ज : मेलाबाट फर्किरहेकी किशोरी बलात्कृतदाङ, ११ पौष । नेपालगन्जस्थित भेरी अस्पतालको गेटबाट १४ वर्षीया छोरीलाई साथम...
26/12/2024

नेपालगन्ज : मेलाबाट फर्किरहेकी किशोरी बलात्कृत
दाङ, ११ पौष । नेपालगन्जस्थित भेरी अस्पतालको गेटबाट १४ वर्षीया छोरीलाई साथमा लिएर हिँडेकी उनी दिनभर छोरीको स्वास्थ्य जाँचका लागि अस्पताल वरिपरि दौडिरहेकी थिइन् ।

सोमबार अस्पतालका कोठाहरू चहार्दा पनि उनले छोरीलाई छाडिनन् । उनका आँखामा पीडासँगै डर पनि देखिन्थ्यो । बाँकेको नरैनापुरस्थित नेपाल–भारत सिमानामा बस्ने पीडित परिवार सामूहिक बलात्कारमा परेकी छोरीलाई न्यायका लागि मात्र लडी रहेको छैन, परिवारकै सुरक्षालाई लिएर चिन्तित पनि छ ।

नरैनापुरमा पुस ३ को राति मेला हेरेर घर फर्किरहेकी वडा–४ की १४ वर्षीया किशोरीमाथि दुई युवाले बलात्कार गरेको घटनालाई परिवारले गुपचुप नै राखेको थियो । भोलिपल्ट प्रहरीले घटनाबारे थाहा पाएपछि पीडितलाई बोलाएर सोधे पनि उनीहरूले सुरुमा बताउन चाहेनन् ।

प्रहरीको निकै केरकारपछि मात्र परिवारले सबै कुरा खुलाएका थिए । त्यसको भोलिपल्ट पुस ५ मा प्रहरीले जबर्जस्ती करणीमा उजुरी दर्ता गरेको थियो । पीडित किशोरीका बुबाले पीडककै डरका कारण घटनालाई गोप्य राख्न खोजेको बताए ।

३० प्रहरी सम्पर्कविहीन,७ दिनभित्र हाजिर हुन निर्देशनदाङ, ११ पौष । प्रहरी प्रधान कार्यालयले असोजदेखि सम्पर्कमा नरहेका ३० ...
26/12/2024

३० प्रहरी सम्पर्कविहीन,७ दिनभित्र हाजिर हुन निर्देशन
दाङ, ११ पौष । प्रहरी प्रधान कार्यालयले असोजदेखि सम्पर्कमा नरहेका ३० जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।कार्यालयले एक सुचना जारी गर्दै नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको जानकारी दिएको छ।

गैर हाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्युठानको गौमुखी गाउँपालिका-३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-५ का बुद्धिमान तामाङ छन् ।

सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् ।

आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका ६ फचकपुरमा यही पुस २० गते हुन गइरहेको माघी महोत्सवमा खाजा खानका लागि तयार गरिएका मालुकाको पा...
26/12/2024

दाङको घोराही उपमहानगरपालिका ६ फचकपुरमा यही पुस २० गते हुन गइरहेको माघी महोत्सवमा खाजा खानका लागि तयार गरिएका मालुकाको पातका दुनाटपरी । थारु समुदायको महान पर्व माघी आउनु भन्दा पहिले विभिन्न वडा र पालिकाले महोत्सव गर्ने र आफैले तयार गरेका सामाग्री प्रयोग गर्ने गर्दछन् ।तस्बिरः रासस

पाल्पा रामपुरको स्थानीय जङ्गलबाट घाँसको भारी बोकेर रामपुर नगरपालिका(५ बेझाडस्थित घरतर्फ जाँदै गरेका स्थानीय । तस्बिरः रा...
26/12/2024

पाल्पा रामपुरको स्थानीय जङ्गलबाट घाँसको भारी बोकेर रामपुर नगरपालिका(५ बेझाडस्थित घरतर्फ जाँदै गरेका स्थानीय । तस्बिरः रासस

दाङको घोराही उपमहानगरपालिका(९ स्थित श्री नरदेवी मध्यामिक विद्यालयको बुधबार आयोजित ६८ औँ वार्षिकोत्सव समारोहमा मौलिक पोशा...
26/12/2024

दाङको घोराही उपमहानगरपालिका(९ स्थित श्री नरदेवी मध्यामिक विद्यालयको बुधबार आयोजित ६८ औँ वार्षिकोत्सव समारोहमा मौलिक पोशाकमा सजिएका थारु युवती । तस्बिरः रासस

बाँके प्रहरी गेटमा आत्मदाहकाे प्रयास, न्याय नपाएकाे गुनासाेदाङ, ११ पौष । जिल्ला प्रहरी कार्यालय बाँकेकाे मुल गेटमै एक पु...
26/12/2024

बाँके प्रहरी गेटमा आत्मदाहकाे प्रयास, न्याय नपाएकाे गुनासाे
दाङ, ११ पौष । जिल्ला प्रहरी कार्यालय बाँकेकाे मुल गेटमै एक पुरूषले आत्मदाहकाे प्रयास गरेकाे घटना सार्वजनिक भएकाे छ । पुस ८ गते नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेको गेटमा नेपालगन्ज उपमहानगरपालिका-२२ बिर्ता गाउँका वाजिद अलि शेषले आफैँमाथि प्रज्वलनशील पदार्थ छर्केर आत्मदाहको प्रयास गरेका हुन ।

कार्यालयको गेटमा ड्युटीमा बसेका प्रहरीहरूले समयमै उनलाई नियन्त्रणमा लिएपछि उनको ज्यान जोगियाे । आफुले न्याय नपाएपछि आत्मदाहकाे प्रयास गरेकाे उनले बताएका छन ।

उनका अनुसार गत मंसिर २० गते शेषकी ६ महिने गर्भवती श्रीमती आशियामाथि स्थानीय केही महिलाहरूले कुटपिट गरेका थिए । आशियालाई आफूमाथि किन कुटपिट भइरहेको छ भन्ने पनि थाहा थिएन । पसलमा बसेको बेला एक्कासि केही महिलाहरू आएर हात तथा झाडुले हिर्काउन थाले । आशियामाथि कुटपिट भइरहेको दृश्य सीसीटीभी क्यामेरामा समेत कैद भएको छ ।

त्यसरी कुटपिट गर्न उक्साउने व्यक्ति वाजिदका काकासँग लेनदेनको विवाद भएका एक जना सोही ठाउँकै व्यक्ति भएको वाजिदको आरोप छ । काकाको एक जना व्यक्तिसँग उधारो लेनदेनको विवादका सन्दर्भमा वडा प्रहरी कार्यालय नेपालगन्जमा गएको बेला आफ्नो श्रीमतीमाथि कुटपिट भएको उनले बताए । उनी भन्छन्, ‘त्यो मान्छे (काकासँग विवाद भएको) कुटपिट भइरहेको बेला त्यहीँ रहेको भिडियोमै देखिन्छ । मेरो विरुद्धमा तेरो श्रीमान किन पुलिसमा गएको ? भनेर आफ्ना आफन्त महिलाहरूलाई ल्याएर पिट्न लगाएको रहेछ ।’

उक्त घटनापछि वाजिदले गर्भवती रहेकी श्रीमतीलाई तत्काल नेपालगन्ज मेडिकल कलेजमा लगेर गए । मंसिर २१ गते उनले वडा प्रहरी कार्यालय नेपालगन्जमा आफ्नी श्रीमतीमाथि कुटपिट भएको भन्दै निवेदन दिए । वडा प्रहरी कार्यालयबाट प्रहरी २२ गते गाउँमा पुगेर कुटपिटमा संलग्न भएको भिडियोमा देखिएका पाँच जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाए पनि एक जना लल्लन भनिने आविद खान नाम गरेका व्यक्ति प्रहरीमा पुगेर सबैलाई छुटाइदिएको वाजिद र उनका छिमेकी वाहिद खान बताउँछन् । ती व्यक्ति एक जना नेताको नजिकको मानिस भएको उनीहरूको आरोप छ ।

त्यसपछि दिनहुँ जिल्ला प्रहरी कार्यालय बाँकेमा गएर जाहेरी दर्ता गर्न आग्रह गरेको र सुनुवाइ नभएको वाजिद र उनका साथीहरू बताउँछन् । आफूहरूले कुटपिटमा संलग्न ६ जनाको नाममा जाहेरी दिन खोजे पनि प्रहरी अधिकारीहरूले तीन जनाको नाममा मात्रै जाहेरी दिन भनेर दर्ता गर्न नमानेको उनीहरूको भनाइ छ । २० गते भएको घटनाका सम्बन्धमा मंसिर २ गते मात्रै जाहेरी दर्ता भयो, त्यो पनि अभद्र व्यवहारको कसुरमा ।

जाहेरी दर्ता गरिसकेपछि आफूले आरोपितहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न ताकेता गर्न थालेको वाजिदले बताए । ‘म हरेक दिन जिल्ला प्रहरी कार्यालयमा गएर पक्राउ गर्नुपर्यो भनेर अनुरोध गर्थें, उहाँहरू भोलि भोलि भन्दै टार्दै जानुहुन्थ्यो । कुटपिट गर्नेहरू गाउँमै घुमेर हामीलाई उल्टै चिढ्याउँथे, धम्की दिन्थे कि, देखिस् तैँले केही गर्न सकिनस् । हामीलाई नेताले जोगाइदिन्छ भनेर,’ वाजिदले भने, ‘उता पुलिसमा गयो भने कुरै नसुन्ने ।’

उनीहरूको लगातारको दबाबपछि पुस ८ गते प्रहरी कुटपिटमा संलग्न महिलालाई समात्न गाउँमा पुग्यो । महिला आरोपितलाई समात्न पुगेको प्रहरी टोलीमा महिला प्रहरी नै थिएनन् ।

प्रहरीले फेरि अर्काे टोली मगायो । तर, त्यसमा पनि महिला प्रहरी नरहेको वाहिद बताउँछन् । त्यसैबीचमा त्यहाँ एउटा भारतीय नम्बर प्लेटको गाडी आइपुग्यो । त्यसमा आएका व्यक्तिले पक्राउ गर्न खोजिएका व्यक्तिलाई आफूहरूले गाडीमा लगेर प्रहरीकहाँ पुर्याइदिने भन्न थालेको वाजिदको भनाइ छ । यसै विवादका बीच ती महिलाका बुबाको जिम्मा लगाएर १ घन्टामा जिल्ला प्रहरीमा हाजिर गराउनु भनेर प्रहरी हिँडेको वाजिदले बताए ।

प्रहरी हिँडेपछि आफू पनि जिल्ला प्रहरी कार्यालय पुगेको र ती महिलालाई ल्याउलान् भनी कुरिबसेको वाजिदको भनाइ छ । घन्टौँ कुर्दा पनि ती महिला प्रहरीकहाँ नल्याइएपछि प्रहरीलाई आफूले तुरुन्त झिकाउन अनुरोध गरेको र दबाब दिएको बताए ।

तर, प्रहरीले कुनै चासो नदेखाएपछि आफूलाई रिस र हिनताबोध एकैसाथ भएको वाजिदले बताए । त्यसपछि अप्रिय निर्णय लिन खोजेको उनको भनाइ छ । वाजिद नेपालगन्जबाट बेतहनी जाने बाटोकिनारमा घरमै किराना पसल चलाइरहेका छन् । उनी प्रहरीले आफूमाथि अन्याय गरेको र दोषीहरूलाई उम्काएर शक्तिशालीहरूको पक्षमा लागेको आरोप लगाउँछन् ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की उक्त घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् । अनुसन्धानमै रहेको बेला आरोपितलाई तुरुन्तै समात्नुपर्छ भनेर ती व्यक्तिको माग रहेको उनले बताए । एसपी कार्कीले प्रहरीले ती व्यक्तिलाई दुःख दिएको, मानसिक दबाब दिएको, कसैको प्रभावमा परेको आरोप अस्वीकार गरे ।

प्युठानमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा १ जना पक्राउदाङ, ११ पौष । प्युठानमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आर...
26/12/2024

प्युठानमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
दाङ, ११ पौष । प्युठानमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा नौबहिनी गाउँपालिका- १ खारखोलाका २५ वर्षीय ज्ञानेन्द्र राना मगर छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मगरले ती किशोरीलाई यही पुस १ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी स्याउलिवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड दाङ, ११ पौष । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड...
26/12/2024

‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड

दाङ, ११ पौष । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड ६८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५४ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४९ करोड ६८ लाख ग्रसकलेक्सन गरेको हो ।

७५ दिनसम्म हलमा रहिरहे करिब ५० करोड ग्रसकलेक्सन गर्ने निर्माता विनोद पौडेलको विश्वास छ । कात्तिक १५ गते लक्ष्मिपूजाका दिनमा रिलिज भएको यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ । यो चलचित्रले विदेशमा ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको उनको भनाइ छ । “बाहिरको यकिन डाटा आइसकेको छैन । तर, हालसम्म ३५ करोडभन्दा माथि नै कलेक्सन गरिसकेको छ,” निर्माता पौडेलले भने ।

‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा ४९ करोड ६८ लाख र नेपाल बाहिर ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गर्दा हालसम्म जम्मा ८५ करोडभन्दा माथि कलेक्सन गरिसकेको छ । भारत, कोरियालगायत देशमा यो चलचित्र प्रदर्शन गर्न अझै बाँकी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख लागतमा निर्माण भएको चलचित्र हो ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

काँक्रेविहार : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार मन्दिर । वीरेन्द्रनगर उपत्यकाको बीचभागमा जंगलको थुम...
26/12/2024

काँक्रेविहार : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार मन्दिर । वीरेन्द्रनगर उपत्यकाको बीचभागमा जंगलको थुम्कोमा रहेको काँक्रेविहार पुरातात्त्विक र ऐतिहासिक महत्त्वले भरिपूर्ण छ । २१ मिटर अग्लो शिखरशैलीको मन्दिर क्षेत्र १७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : हेमन्त केसी/रासस ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जनजिक स्याली नदीछेउको झाडीमा देखिएका चित्तलको बथान । तस्बिर : राजेन्द्रप्रसाद पने...
26/12/2024

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जनजिक स्याली नदीछेउको झाडीमा देखिएका चित्तलको बथान । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

हिउँदको तेस्रो वर्षा सातै प्रदेशमा हुनेदाङ, ११ पौष । यो वर्षको हिउँदको तेस्रो वर्षा शुक्रबार (भोलि) र शनिबार (पर्सि) हुन...
26/12/2024

हिउँदको तेस्रो वर्षा सातै प्रदेशमा हुने
दाङ, ११ पौष । यो वर्षको हिउँदको तेस्रो वर्षा शुक्रबार (भोलि) र शनिबार (पर्सि) हुने सम्भावना छ । सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने अर्को पश्चिमी न्यूनचापीय प्रणाली आजै राति नेपाल प्रवेश गर्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । त्यसको प्रभावले बदली (आकाशमा बादल), वर्षा र हिमपात हुने उनले बताए । पश्चिम नेपालबाट त्यो प्रणाली प्रवेश गर्नेछ । आज दिउँसो भने सबैतिर मौसम सामान्य रहने उनले उल्लेख गरे ।

यो वर्षको हिउँदको पहिलो र दोस्रोजस्तै शुक्रबार र शनिबार पनि पश्चिम नेपालमै वर्षाको सम्भावना बढी छ । “पश्चिम नेपालमा अलि बढी प्रभाव पर्ने देखिन्छ,” उनले भने, “सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”उनका अनुसार, अरू प्रदेशमा हल्का वर्षाको सम्भावना छ । शुक्रबार दिउँँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । “भोलि (शुक्रबार) राति त यीसँगै लुम्बिनी प्रदेशमा पनि वर्षाको सम्भावना छ,” उनले भने ।

शुक्रबार कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको पनि सम्भावना रहेको उनले बताए ।

घोराहीका मेयर नरुलाल भन्छन्– फोहरले पुगेन, अझै चाहियोदाङ, ११ पौष । विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु पालिकाभित्रको फोह...
26/12/2024

घोराहीका मेयर नरुलाल भन्छन्– फोहरले पुगेन, अझै चाहियो
दाङ, ११ पौष । विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु पालिकाभित्रको फोहर कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा छन् । फोहर फाल्ने ल्याण्डफिल साइटको समस्या प्रायः सबै नगरपालिकाको साझा समस्या हो । तर, दाङ जिल्लास्थित घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको चिन्ता चाहिँ अर्कै छ । आफ्नो पालिकाका फोहर कम भएको भन्दै उनी छिमेकी पालिकासँग फोहर मागिरहेका छन् ।

घोराही उपमहानगरले तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकासँग गल्नेखालको फोहर मागिरहेको चौधरी बताउँछन् ।आखिर, घोराही उपमहानगरपालिकालाई किन चाहियो फोहर ? यसबारे पछि चर्चा गरौंला, अहिले चाहिँ काठमाडौं आएर रेडियोकर्मी बनिसकेको मान्छे किन र कसरी दाङ फर्कियो भन्ने कथा सुनौं ।

घोराही उपमहानगरपालिका वडा नम्बर–२ मा जन्मिएका ५७ वर्षीय नरुलाल चौधरी दोस्रो कार्यकालका रुपमा घोराही उपमहानगरको मेयरमा आसीन छन् । उनी नेकपा एमालेका नेता हुन् ।किसान परिवारमा जन्मेका नरुलालसँग शिक्षण पेशामा दुई वर्ष काम गरेको अनुभव छ । काठमाडौं आएर केही समय रेडियो नेपालमा थारु भाषाको समाचार वाचक बनेको चौधरी ०५३ सालपछि रेडियो नेपालबाट राजीनामा दिएर गाउँ फर्किए ।

गाउँमा जनताले राम्रो नेतृत्व नपाएका कारण स्थानीय तहको विकास नभएको भन्दै उनी ‘आफ्नो गाउँ आफैँ बनाउने’ अभियान बोकेर गाउँ फर्किएको बताउँछन् । वर्गीय रुपमा पछि परेका मानिसहरु राजनीतिक–सामाजिक क्षेत्रमा आएर मात्र यो समुदायलाई न्याय हुने ठानेर आफू राजनीतिमा लागेको नरुलालको तर्क छ ।

गाउँ फर्किएपछि नरुलाललाई फेरि शहर पस्न मन लागेन । उनी गाउँमै रमाए । उनी नेपाल कम्युनिष्ट पार्टी एमालेसँग ०४५ सालबाट औपचारिक रूपमा जोडिए । ०४९ सालमै एमालेले स्थानीय तहमा टिकट दिएकामे तर, २५ वर्षभन्दा कम उमेर भएकाले उठ्न नपाएको उनी सुनाउँछन् । ०५४ सालमा भने उनी दाङको रामपुर गाविस अध्यक्षमा निर्वाचित भए ।

नरुलाल एमालेको जिल्ला कमिटी सदस्य र अध्यक्ष हुँदै अहिले पोलिटब्युरो सदस्य छन् । उनी एमालेका दाङ इन्चार्ज समेत हुन् । ०७४ सालमा घोराही उपमहानगरको मेयर बनेका उनी । ०७९ साल माओवादी–कांग्रेस गठबन्धनलाई हराउँदै दोस्रोचोटि मेयर बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७४ सालमा घरघरमा ग्यासको पाइप पुर्‍याउने र स्विच प्याट्ट पार्नासाथ ग्यास बल्ने बताएका थिए । उता, दाङमा एमालेका पोलिटब्यूरो सदस्य नरुलालले ३ सय घरमा फोहरबाट ग्यास बल्ने प्रवन्ध गरेका छन् । तर, उनलाई चिन्ता छ– थप फोहरको ।

मेयर नरुलालले घोराही उपमहानगरपालिकामा कस्तो काम गरिरहेका छन् ? उनको काम गराइबाट आम जनता सन्तुष्ट छन् या छैनन् ? यो विषयमा यथार्थ कुरा बुझ्न उपमहानगरका विपक्षी नेताहरु वा स्थानीय नागरिक समाजलाई सोध्नुपर्ने हुन्छ । तर, नरुलाल घोराही जनता सन्तुष्ट रहेको दाबी गर्छन् । स्थानीय तहले राम्रो काम गर्‍यो भने जनतामा आशा जगाउन सकिने उनको भनाइ छ । चौधरी भन्छन्,‘हेर्न जानुभए पनि हुन्छ, साँच्चिकै नमुना उपमहानगर भएको छ । हामी सिस्टममा छौँ ।’

एमाले नेता एवं घोराहीका मेयर चौधरी हालै नेकपा एमालेको दुईदिने कार्यशालामा भाग लिन काठमाडौं आएका थिए । यहाँ आएका बेला मेयर चौधरीसँग खबरहबले स्थानीय सरकारको विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ ।

शुरुमा घोराही उपमहानगरपालिकाबारे केही बताइदिनू न । पालिकामा कसरी काम गरिरहनुभएको छ ?

घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले ५ सय २२.२१ वर्ग किलोमिटरमा फैलिएको छ । यो देशभरका ११ वटा उपमहानगरपालिका मध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो हो । यहाँ २ लाख ५ सय ३० जनसंख्या बस्छन् । घरधुरी पनि लगभग ५० हजार छन् । त्यसमध्ये ४ हजार ८ सय ११ घरधुरी गरिबीमा छन् । हामीले उहाँहरूलाई गरिबीको परिचयपत्र पनि वितरण गरिसकेका छौँ ।

घोराहीमा जातीय हिसाबले थारु, मगर, ब्राह्मण, क्षेत्री, गुरुङ र अल्पसंख्यक जाति बसोबास गर्नुहुन्छ । उल्लेखनीय बसोबास थारु र ब्राह्मण क्षेत्रीको छ ।

यो उपमहानगरपालिका दाङ जिल्लाको सदरमुकाम पनि भएकाले यहाँ बजार र सहरी क्षेत्र पनि छ । विकास निर्माणको हिसाबले ठूलो एरिया भएका कारण विकट ठाउँहरु पनि छन् । वडा नम्बर १९ पहाडी क्षेत्रमा पर्छ । वडा नम्बर १, २, ३, ५, ११, १२, १३ र १८ मा पनि पहाडको भूगोल पर्छ । त्यहाँ ०७४ साल अगाडिसम्म मान्छेहरू डोकाबाट बिरामी ओसार्ने गर्थे । अस्पतालबाट सुत्केरीलाई घरसम्म ल्याउन समस्या थियो । हामी निर्वाचित भएपछि सबै नागरिकको पहुँच सडक यातायातमा हुनुपर्छ भन्ने हिसाबले ती विकट क्षेत्रमा बाटो पुगेको छ । १२ महिना चल्ने हिसाबले बनाउन बाँकी छ । ट्रयाक खुलिसकेको छ ।

सबै वडा कार्यालयदेखि नगरसम्म पिच जोड्नुपर्छ भन्ने लक्ष लिएका थियौँ । अहिले १९ नम्बर बाहेक १८ वटा पिचले नगरपालिकाको कार्यालयसम्म जोडिसकेको छ । विद्युत् पनि छेउ कुनाबाहेक सबै ठाउँमा पुगेको छ । सञ्चार वडा नम्बर २ को चार्किघात, कोल्टी, ३ को मुसलघाट बाहेक सबैमा सुविधा छ । ती ठाउँमा पनि सञ्चार मन्त्रालय र विभागसँग कुरा राखेर टावर निर्माणको काम भराइरहेको छ ।

हामीले समाज कल्याण गर्छु भन्ने संस्थासँग समन्वय गरेर सडक बालबालिकालाई बस्ने घर बनाइदिएका छौँ । खानेकुराको व्यवस्थापन गरेका छौँ । पहिला–पहिला समस्या थियो । हामीले सबै हिसाबले काम गरिरहेका छौँ । तर अझै पनि सबै कुरा पर्याप्त हुन सकेको छैन । उपमहानगरबासीका न्यूनतम आवश्यकता पूरा गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन ।

घोराहीका जनताले स्थानीय सरकारसँग कस्तो अपेक्षा राखेका थिए ? दुई कार्यकाल नेतृत्व सम्हाल्दा तपाईले के–के काम पूरा गर्नुभयो ?

वास्तवमा पहिलो कार्यकालमा हामीहरूलाई नयाँ संरचनामा काम गर्नुपर्ने भएर समस्या भयो । संघीयता लागू भएपछि पहिलोपटकको जनप्रतिनिधिलाई काम गर्न समस्या थियो । नेपालको संविधान ०७२ को अनुसूची ८ मा दिएका एकल २२ वटा अधिकार छन् ती अधिकारमा कानुन आफैँ निर्माण गर्नुपर्ने र कानुन बनाएर काम अगाडि बढाउनुपर्ने समस्या थियो । जनशक्ति पनि पर्याप्त भएन । संघ सरकारले क्षमता अनुसारको कर्मचारी व्यवस्थापन गर्न नसक्दा पनि समस्या भयो ।

हामीसँग सबै वडा कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनतालाई सेवा दिन धौ–धौ हुने अवस्था थियो । यसका बाबजुद पनि सबै वडाको भवन निर्माण गर्‍यौं । २२ वटै अधिकारका कानुन निर्माण गर्‍यौं र नागरिकको सेवा प्रवाह गर्नका लागि वडा–वडाबाट राजस्व संकलन गर्नेदेखि लिएर सबै काम वडाबाटै सम्पन्न गर्ने भइसकेपछि नागरिकहरुलाई घर–घरमा सिंहदरबार भनेजसरी सेवा प्रवाहमा कुनै समस्या छैन । जसले गर्दा उपमहानगरमा देखिने गरी काम भएको छ ।

१९ वटै वडामा स्वास्थ्य चौकी सञ्चालन गरेका छौँ । ७७ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमा गएर निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएका छौँ । आँखा अपरेसन निःशुल्क गर्ने गरेका छौँ । घोराहीका नागरिकलाई निःशुल्क रगत दिने व्यवस्था पनि हामीले गरेका छौँ । ९३ वटा सामुदायिक विद्यालय ७८ वटा संस्थागत विद्यालय छन् । यी विद्यालयमा विद्यार्थी कम थिए । तर, पछिल्लो समयमा शैक्षिक सुधार गर्नका लागि दरबन्दी मिलान गरेका छौँ । सबैभन्दा पहिला विद्यार्थी अनुसारको टिचर हुनुपर्छ । सोही योग्यता क्षमताको प्रअ हुनुपर्छ भनेर व्यवस्थापन गरेका छौँ । मात्रृभाषामा शिक्षा लागू पनि गरिएको छ ।

घोराहीलाई सफा, सुन्दर र हरियाली सहरका रूपमा विकास गर्ने काम भइरहेको छ । हामीले नगरिकहरुको आर्थिक क्षेत्रको विकासमा विशेष जोड दिएका छौँ । नागरिकहरूलाई आर्थिक क्षेत्रको विकासका लागि उनीहरूलाई वित्तीय साक्षरता पनि चलाइरहेका छौँ । कसरी आम्दानी गर्ने र कसरी खर्च गर्ने भन्ने कुरा हामीले नागरिकहरूलाई सिकाउँदै छौँ ।

वैदेशिक रोजगारीको क्षेत्रमा गएका नागरिकहरूलाई पनि वित्तीय साक्षरताको शिक्षा दिइरहेका छौँ । पैसालाई पुँजीको रूपमा विकास गर्नुपर्छ भनेर क्लास चलाइरहेका छौँ । पहिलो कार्यकालमा गाई व्यवस्थापन पनि गरिएको थियो, त्यसलाई निरन्तरता दिएको छ । यस्तै बालमैत्री नगर पनि बनाइएको छ । हामीले सबैलाई व्यवस्थापन गरेका छौँ ।

यी सबै काम गर्नुभएछ, अहिले घोराहीमा समस्याचाहिँ के छ ?

यातायातका हिसाबले चार लेनको सडकको समस्या थियो, त्यो संघ सरकारले समयमै नबनाउँदा धेरै नागरिकले क्षति भोग्नुपरेको थियो । यसपटक हाम्रा महासचिव शंखर पोखरेलले टेन्डर आह्वान गरेर नेपाल सरकारकै बजेटबाट हुने गरी त्यो ४ लेनको सडक अगाडि बढाउन पहल गर्नुभएको छ । अब यो समस्या समाधान हुन्छ भन्ने छ ।

दोस्रो कुरा, स्थानीय तहमा सबैभन्दा ठूलो समस्या भनेको अब सिचाइँलाई विशेष जोड दिने हो । यसले हाम्रो उपमहानगरमा रोजगारी सिर्जना गर्न सकिन्छ । कृषिको विकासका लागि ४३ वटा कृत्रिम जलाशय बनाएका छौँ, जहाँ अहिले माछा पौडिरहेका छन् । पानीलाई लिफ्ट गर्ने काम भएको छ । तालको वरिपरि खेतीपाती तरकारी खेती लगायतका व्यवसायका खेती सुरु भएको छ । यहाँ बोटिङ गर्ने होटेल सञ्चालन गर्ने काम भएको छ । युवाहरु विदेश जानुभन्दा यतातिर लागेका छन् ।

घोराही उपमहानगरले फोहर व्यवस्थापन राम्रोसँग गरेको छ भन्ने सुनिन्छ, कसरी भइरहेको छ व्यवस्थापन ?

फोहर व्यवस्थापनलाई जोड दिएर गल्ने फोहरबाट ग्यास उत्पादन गर्ने प्लान्ट निर्माण गरिएको छ । यसमा तीन पक्षको सम्झौता छ ः घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र ऊर्जा विकास कम्पनी । यी तीनवटाको साझेदारी काम भइरहेको छ । केही घरमा ग्यास पुगेको छ ।

होटलहरुबाट निस्किएको गल्ने फोहर राम्रोसँग आएको भए १५ सय घरधुरीलाई नै ग्यास वितरण गर्ने सक्ने क्षमता र लगानी छ । तर, होटलहरुबाट भनेजस्तो फोहर आएको छैन । अन्य स्थानीय तहबाट समेत फोहर ल्याउने कुरा पनि चलाएको हो तर गल्ने फोहर नै आउँछ किआउँदैन भन्ने हो

तर, समस्या के छ भने गल्ने फोहर पर्याप्त नहुँदा जति ग्यास उत्पादन गर्न सकिने थियो, त्यति ग्यास उत्पादन भएको छैन । तर, फोहर व्यवस्थापन र सरसफाइको क्षेत्रमा ग्यास र मल तयार गरेर बिक्री गर्ने गरी काम भएको छ । फोहर व्यवस्थापन गर्नका लागि धेरै सहज भएको छ ।

तर, होटलहरुबाट निस्किएको गल्ने फोहर राम्रोसँग आएको भए त हामीले १५ सय घरधुरीलाई नै ग्यास वितरण गर्ने सक्ने क्षमता र लगानी छ । तर, होटलहरुबाट भनेजस्तो फोहर आएको छैन । होटलबाट निस्किएको फोहर बगुंरपालनतर्फ गइरहेको छ । बगुंर पालनलाई पनि हामीले प्राथमिकता दिएको हो तर अहिले गल्ने फोहर पर्याप्त नहुँदा लक्ष पूरा हुन सकेको छैन ।

अन्य स्थानीय तहबाट समेत फोहर ल्याउने कुरा पनि चलाएको हो । तर, गल्ने फोहर नै आउँछ–आउँदैन भन्ने हो । मिसिएको फोहरको काम छैन । गल्ने मात्र फोहर आउँछ भने हामी तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकासँग सहकार्य गर्न तयार छौं । तर, गल्ने फोहर हुनुपर्छ, मिसावट हैन ।

अहिले घोराहीमा उत्पादन भएको फोहरले ३ सय घरलाई मात्रै ग्यास पुगेको छ । हामी यसलाई बढाउने अभियानमा लागेका छौँ ।

फोहरबाट ग्यास उत्पादन गर्न कति लगानी गर्नुभएको छ ? कति ग्यास उत्पादन भइरहेको छ ?

अहिले उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने एउटा निश्चित क्षेत्रफल थियो, त्यो हामीले नगरको तर्फबाट गरेका छौँ । पर्खाल निर्माण गर्ने काम थियो, त्यो हामीले गरेका छौँ । निजी कम्पनीले ६० प्रतिशत र वैकल्पिक ऊर्जाले ४० प्रतिशत लगानी गरेको छ । त्यसका आधारमा २०–२२ करोडको लागतमा यो परियोजना निर्माण भएको छ । अहिले सामान्यः यसलाई फोहर जुटाउने कोसिसमा छौँ र फोहरको वर्गीकरण गर्नेमा केन्द्रित गरेका छौँ ।

स्थानीय तहको जनप्रतिनिधिले पार्टीको नेताजस्तो भएर काम गर्‍यो भनेर कहीँ–कहीँ तीव्र असन्तुष्टि आइरहेको हुन्छ । यहाँको नगरमा त्यो छ कि छैन ?

अहिले घोराहीमा त्यो असन्तुष्टि देखिएको छैन । किन पनि म ठोकुवा गरेर भन्छु भने जनचाहना र भावनाअनुसार स्रोत साधनलाई अत्यधिक उपयोग गरेर उनीहरूको हितमा काम गरिरहेको भएर शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास र आर्थिक विकासको क्षेत्रमा सबै हिसाबले कामलाई अगाडि बढाइरहँदा नागरिकहरू सकरात्मक हुनुहुन्छ ।

किनकि म स्वयम पनि जनतासँग दिनदिनै समस्या बुझ्न कुनै न कुनै रूपमा जोडिइरहेको छु । जनविरोधी गतिविधि गर्ने अवस्था छैन । हामीले नियमित तीन–तीन महिनामा सार्वजनिक सुनुवाइ गर्ने गरेका छौँ । दलहरूप्रति असन्तुष्टि छैन ।
कहीँ कतै मेयर र उपमेयरलाई काम गर्न वडाअध्यक्षहरु नमिलेका कारण पनि समस्या भएको खबर आउँछ, घोराहीमा कस्तो छ ?

हाम्रो मेयर र उपमेयरमा पनि कुनै विवाद छैन । वडा अध्यक्षहरुपनि सहयोगी हुनुहुन्छ । राम्रो कामको लागि सबैले सहयोग गर्नु नै भएको छ । म पनि सही ढंगले चलेको छु । १९ वटा वडामा नेकपा एमालेले १३ वटा वडासहित प्रमुख उपप्रमुख जितेको छ । नेपाली कांग्रेसले ५ वटा वडाध्यक्ष जितेको छ । माओवादीले एउटा वडा जितेको छ ।

हामीले समानखालको विकास अगाडि बढाउने कार्यक्रम र नीति ल्याएको भएर कसैमा विवाद हुँदैन । नीतिअनुसार काम हुने भएकाले सबैको एकात्मक भावना छ । यहाँ हेर्न जानुभए पनि हुन्छ साँच्चिकै नमुना उपमहानगर भएको छ । हामी सिस्टममा छौँ । राजनीतिक दलले पनि पूराका–पूरा साथ दिनुभएको छ । हामी जथाभाबी योजना छनोट पनि गदैनौं

स्थानीय सरकारलाई भ्रष्टाचारको आरोप पनि लाग्ने गरेको छ नि ?

हाम्रो उपमहानगरपालिका सुशासनसँग जोडिएको छ । कहीँ कतै भ्रष्टाचार नहोस् भनेर यो कुरामा विशेष हेक्का राखिएको छ । किनकि उपभोक्ताबाट हुने काम कम छ, हामीले खरिद ऐन अनुसार ठेक्का टेन्डर गर्छौं । जहाँसुकैको मान्छे पनि आएर काम गर्न सक्छ । कुनै खरिदमा स्वार्थ राख्नुपर्ने या उपभोक्ता समिति बनाएर बदमासी गर्न पाउने खालका कुराहरु छैनन् ।

हामीले भ्रष्टाचार गर्न नपाइने संयन्त्र निर्माण गरेका छौँ । कुनै ठाउँमा जनता सताउने काम हुँदैन र हुन पनि दिने छैन । तर, स्थानीय तहले भ्रष्टाचार गरेको भए तथ्यसहित बाहिर आउनुपर्छ भनेर म पनि वकालत गरिरहेको हुन्छु । म ठोकुवा गरेर भन्छु– मेरो उपमहानगरपालिकामा १ रुपैयाँको पनि भ्रष्टाचार भएको छैन । साँच्चिकै नमुना उपमहानगर छ । अरूको पनि यस्तै होस ।

म जनतासँग उभिएर शीर ठाडो पारेर हिँड्न सक्छु । म जनताको सेवामै विचार, सिद्धान्त र दर्शनमा छु । म यो कुरा जीवनको महत्वपूर्ण समय पनि मान्छु । म विकास भनेर मान्छेको जीवनमा आउने परिवर्तनलाई मान्छु । जबसम्म मान्छेको जीवनमा आर्थिक अवस्था र शिक्षामा परिवर्तन आउँदैन, त्यो बेलासम्म हामीले विकास भयो भनेर मान्न सकिँदैन ।

हामी अहिले पनि विकासका लागि चाहिने पूर्वाधारको तयारीमै लागिरहेका छौँ । । बाटा घाटा, सिँचाइ, सञ्चार र मानिसहरूको खुसी अनि सन्तुष्टि, यही कुरासँग जोडिएका छौं । यसको मापन गर्ने कुरा जनताको सन्तुष्टिसँग हो । जहाँ जनताको सन्तुष्टि छैन, त्यहाँनेर विकास भएको मानिँदैन ।

जनताको आम्दानीको स्रोत कस्तो छ ? पछाडि परेको समुदाय दलित, जनजाति र भूमिहीनको अवस्था कस्तो छ ? पछि परेका सुकुम्वासी र गरिबहरूको पहुँच माथिसम्म आयो कि आएन ? यिनै कुराहरुले विकासलाई दाँज्ने भएकाले घोराही उपमहानगरलाई सुख, शान्ति र समृद्धिसँग जोडिएको छ । यो अवस्थाको घोराही बनाउने आधार तयार पारेका छौँ । आगामी आउने जनप्रतिनिधिले धेरै तरिकाले कामलाई अगाडि बढाएर जान सक्छन् । हामीले गरेका यी यावत कामलाई निरन्तरता दिइयो भने जनताले दुःख पाउँदैनन् र अब गरिबी निवारण हुन्छ भन्ने कुरामा ढुक्क छौँ । त्यता हाम्रो जोडबल छ ।

स्थानीय सरकारले राम्रोसँग काम गरे साँच्चिकै जनतालाई सुविधा दिन सकिने रहेछ ?

हो, मज्जाले दिन सकिन्छ । जनतालाई पर्ने समस्या भनेको स्थानीय सरकारसँग ठोकिन्छ । जनताले सामूहिक र व्यक्तिगत इच्छा पनि राखेका हुन्छन् । स्वार्थका इच्छा बाहेक सामूहिक आवश्यकतालाई जनप्रतिनिधिले पूरा गरे साँच्चिकै स्थानीय तह विकसित भएर जान्छ । तर, स्वार्थ बाझ्ने व्यक्तिगत इच्छाहरु पूरा गर्नतिर लागियो भने समस्या आउँछ ।

कानुनी बाधा भए फुकाइदिनुपर्छ । सबै कुरा स्थानीय सरकारले मात्र पूरा गर्न नसक्ने भएर तीन तहको सरकारको अभ्यास भएको हो । ठूला आयोजनाहरू संघ सरकारले गर्छ । जस्तो– एक जिल्लाबाट अर्को जिल्ला जोड्ने सडक, ठूला योजनाका खानेपानी, विद्युतका काम, पुलका काम लगायत संघ सरकार र प्रदेश सरकारले मिलेर गर्नुपर्छ । जनतालाई डेलिभरी दिने काम र दिनदिनै हुने समस्याका कामहरू स्थानीय तहले समाधान गर्नुपर्छ । उनीहरूले संघ प्रदेश सरकारलाई चिन्दैनन् ।

त्यसकारण जनताको घर–घरको सरकार स्थानीय सरकार बने जनताका सबै गुनासा र समस्या समाधान गर्न सकिन्छ । मैले त्यो अभ्यास गरेको छु ।

कामको चाप र दबाव स्थानीय सरकारसँग धेरै हुन्छ । तर, आफूलाई असल अभिभावक ठानेर स्थानीय सरकारले काम गर्नुपर्छ । स्थानीय सरकार जनतासँग जोडिने भएकाले कुर्सीमा मात्र बस्ने चाहिँ गर्नुभएन । जनताको वरिपरि रहेर सेवा दिने कुरामा जोड गर्नुपर्छ । स्थानीय सरकारले जनता र जनताले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ । केन्द्र र प्रदेशले पनि स्थानीयसँग समन्वय गरेर काम गर्नुपर्छ ।

दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्पचुमा आचार्यलमही, ११ पुस । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र व्...
26/12/2024

दुई अध्यक्षको ‘कुर्ची तानातान’ ले एकीकरण आयोजनाको काम ठप्प
चुमा आचार्य
लमही, ११ पुस । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र व्यवस्थापनका लागि खोलिएको जग्गा एकीकरण आयोजना कार्यालय विवादमा परेको छ । जग्गा एकीकरणको लागि भन्दै प्रदेश सरकारको कार्यालय अहिले दुई वटा अध्यक्षकै एकीकरण के हुने हो भन्ने विषय नै चर्चामा छ । एउटा कार्यालयमा दुई वटा अध्यक्ष भएपछि स्थानीयहरू सर्वप्रथम –‘अध्यक्षहरूकै एकीकरण गर्नुपर्ने भन्दै’ व्यंग्य गर्न थालेका छन् ।

अध्यक्षको जिम्मेवारीमा दुई व्यक्ति दाबी गर्दै कार्यरत भएपछि समस्या उत्पन्न भएको छ । तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको मातहतमा यो आयोजना सुरु गरेका थिए । त्यसअन्तर्गत २०७९ असोज १ मा राप्ती गाउपालिका– ३ का स्यामेस चौधरीलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेका थिए । तर, सरकार परिवर्तनसँगै उनको कार्यकाल नसकिँदै २०८१ कार्तिक १३ मा मुख्यमन्त्री चेतनारायण आचार्यले शुसिल कुमार बस्नेतलाई अध्यक्ष नियुक्त गरे ।

आफ्नो कार्यकाल बाँकी रहँदै बस्नेतलाई नियुक्ति गरेको भन्दै निर्णयविरुद्ध चौधरीले उच्च अदालत तुलसीपुरमा रिट दायर गरे । ५ मंसिरमा न्यायाधीश अरूपमा प्रसाद कोइरालाको इजलासले चौधरीलाई पदमा कायम राख्न अन्तरिम आदेश दियो ।

यस आदेशपछि चौधरी कार्यालयमा नियमित हाजिर गरिरहेका छन् भने बस्नेतले पनि कार्यालयमा आएर हाजिर गर्न छाडेका छैनन । चौधरीले सुविधा र काम गर्न आवश्यक स्रोत–साधन पाएका छैनन । अर्कोतर्फ, बस्नेतले सेवा–सुबिधा उपभोग गरिरहे पनि काम भने दुबैले गरेका छैनन । कार्यालय आउने र जानेसमयमा दुईअध्यक्षहरूको लुकामारी नै चल्ने गरेको छ ।

चौधरी भन्छन्– “म कार्यालयमा नियमित हाजिर गरिरहेछु, तर कुनै सुबिधा पाएको छैन । बस्ने कोठा र कुर्सीसमेत उपलब्ध छैन’’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार, काम अघि बढाउन अदालतको निर्णय प्रतिक्षा गरिएको छ ।

चौधरीको कार्यकालमा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको थियो । यो परियोजना पाँच वर्षमा २५ अर्ब रूपैयाँको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त लगानीका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सकिएको बताएका छन ।

राप्ती नदीको दुई किनारमा तटबन्ध निर्माण, नदी वारपार जोड्ने तीन पुलको निर्माण, सडक विस्तार, खानेपानी, र विद्युतको सुबिधा बनाउने सरकारको योजना थियो । राजधानी क्षेत्रको आधुनिक सहर निर्माण क्रममा रहे पनि स्रोतको अभाव र राजनीतिक विवादले काम अघि बढ्न सकेको छैन । डीपीआर अनुसार काम नहुँदा जनता मारमा परेका छन । जग्गा व्यवस्थापन नहुँदा जग्गा सो क्षेत्रमा जग्गा कित्ताकाट रोकिएको छ, जग्गा किनबेचमा समस्या भएको छ । त्यति मात्र होइन स्थानीयहरूले बैंक ऋणमा कारोबार गर्न पाएका छैनन् ।

लुम्बिनी प्रदेशले २० वर्षभित्र १ खर्ब लागतमा आधुनिक सहर निर्माणको योजना राखेको भए पनि विवाद र स्रोतको अभावले प्रगति रोकिएको छ। प्रदेश सरकार र सरोकारवाला निकायले सहकार्य नगर्ने हो भने यो महत्वकांक्षी योजना थप अन्यौलमा पर्न सक्ने देखिन्छ ।

सल्यानमा एउटै किसानको २३ लाखको सुन्तलादाङ, ११ पौष । सल्यानको छत्रेश्वरी गाउँपालिकामा किसानहरूले सुन्तला खेतीलाई व्यवसायि...
26/12/2024

सल्यानमा एउटै किसानको २३ लाखको सुन्तला
दाङ, ११ पौष । सल्यानको छत्रेश्वरी गाउँपालिकामा किसानहरूले सुन्तला खेतीलाई व्यवसायिक बनाउँदै आफ्नो आर्थिक अवस्था उल्लेखनीय रूपमा सुधार गरेका छन् । वडा नम्बर १, २ र ५ मा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । छत्रेश्वरी गाउँपालिकाको कृषि विकास शाखाको विवरण अनुसार यी ३ वडाको १००.७ हेक्टर क्षेत्रफालमा सुन्तला खेती हुँदै आएको छ ।

यहाँका एक हजार ६२६ बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन् । वडा नं १ मा ७ सय बढी, वडा नं. २ मा ६ सय बढी र वडा नं.५ मा करिब ३ सय घरपरिवारले सुन्तला खेती गरिरहेका छन् । पहिले परम्परागत खेतीबाट घर चलाउन मुस्किल हुने गरेकोमा अहिले सुन्तला खेतीले आफ्नो परिवारको जीवनस्तरमा परिवर्तन आएको किसानहरू बताउँछन् ।

छत्रेश्वरी २ डिग्रेका किसान बेल बहादुर घर्तीले सुन्तला खेतीबाट मात्रै वार्षिक २३ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । ‘कम भएको साल ११ लाख रूपैयाँ सम्म आम्दानी हुन्छ, नत्र भने मैले १५ देखि २३ लाखसम्म आम्दानी गर्ने गरेको छु’, उनले भने । सुन्तलाका बोट २५०० पु¥याउने लक्ष्यका साथ व्यवसायिक सुन्तला खेतीमा लागेका बेल बहादुरको अहिले १५०० बोट छन् । जसमध्ये ५०० बोटले फल दिइरहेको र अरू १००० बोट तयार हुँदै गरेको उनको भनाइ छ ।

यसैगरि छत्रेश्वरी १ मयानीका हिम बहादुर शाहीको बगैंचामा पनि ७०० बढी सुन्तलाका बोट छन् । वार्षिक १० देखि १२ लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । वडा नं. १ मा केशर बहादुर खत्री लगायतका किसानले पनि सुन्तला बिक्रीबाट मनग्ये आम्दानी लिने गरेका छन् । सुन्तला खेतीका लागि हावापानी र माटो उपयुक्त भएका कारण सुन्तला खेती यस क्षेत्रका किसानहरूको आयको प्रमुख स्रोत बन्दै गएको छ । राम्रो आम्दानी हुँदै गएपछि किसान सुन्तला खेतीमा आकर्षित भएका छन् । गत वर्ष सल्यानमा एक हजार आठ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको तथ्यांक छ ।
सुन्तला खेतीलाई प्रवद्र्धन गर्न र किसानहरूलाई विभिन्न सहयोग प्रदान गर्नका लागि छत्रेश्वरीको वडा नं. १ र २ मा सुन्तला जोन कार्यक्रम समेत लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले मल, बिउ, यान्त्रिकीकरण, नर्सरी खेती बिस्तार, बगैंचा बिस्तार तथा बगैंचा सुधार लागायतका कार्यक्रम र योजना सञ्चालनका लागि छत्रेश्वरी संगै बागचौर नगरपालिका, सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकामा सुन्तला जोन कार्यक्रम लागू गरेको हो । जसका लागि सुन्तलाजात फलफूल सञ्चालन समन्वय समिति पनि गठन गरिएको छ ।

किसानहरूले सुन्तला उत्पादनबाट वार्षिक लाखौं रूपैयाँ आम्दानी गर्दै आएका छन् । यद्यपी रोगव्याधि, बजार व्यवस्थापनको अभाव र चिस्यानयुक्त भण्डारणको सुविधा नहुनु मुख्य चुनौती बनेका छन् । सरकारी तवरबाट किसानहरूलाई तालिम, अनुदान जस्ता सहयोग प्रदान भएतापनि त्यो अझै पर्याप्त छैन ।

विशेष गरेर किसानहरूले शीत भण्डारणको व्यवस्था गर्न माग गरेका छन् । सल्यानको उर्वर भूमि, अनुकूल मौसम र किसानहरूको परिश्रमले सुन्तला खेती यहाँको पहिचान बनेको छ । सरकारी निकाय तथा सरोकारवालाहरूले खेती, बजारिकणमा देखिएका समस्या एवम् चुनौतीहरूको व्यवस्थापनमा ठोस योजनासहित आवश्यक कदम चाल्ने हो भने सल्यान सुन्तला उत्पादनको उत्कृष्ट नमुनाको रूपमा विकास भई आम्दानीको दरिलो माध्यम बन्ने देखिन्छ ।

Address

Ghorahi Dang
Ghorahi
00977

Alerts

Be the first to know and let us send you an email when Rajmarg Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajmarg Online:

Videos

Share