Operation Health

Operation Health It is a Radio Program on radio Resunga 106.2 Mhz. Every tuesday at 6:15 pm by Producer/RJ Arjun

कोरोनावाट बच्दै चाडपर्व मनाओँ
10/10/2021

कोरोनावाट बच्दै चाडपर्व मनाओँ

26/09/2021

मौसमी बिमारी कहिले हुन्छ?
नेपालमा वर्षमा दुईपटक जाडो याम सकिएपछि चैत्र बैशाखतिर र बर्खा सकिने भदौ असोजतिर भाइरसका कारण हुने बिमारी बढ्ने गरेको छ।

यसपटक रूघाखोकी लगायत भाइरस र ब्याक्टेरीयाका कारण हुने सङ्क्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल जाने गरेका छन् ।

मौसमी भाइरल ज्वरो र कोभिडका धेरै लक्षणहरू मिल्ने भएकाले रोग पहिचान गर्न सतर्क हुनुपर्छ ।

गुल्मी पहिरो अपडेट
22/09/2021

गुल्मी पहिरो अपडेट

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ ।

22/09/2021

जिका भाइरस एडिस एजेप्टी नामक लामुखट्टेको टोकाइबाट फैलने भाइरस हो । विश्वभर आतङ्क मच्चाइरहेको जिकाको प्रकोप ब्राजिलबाट सुरू भएर २४ मुलुकमा फैलिसकेको छ ।
जिका जन्मदोष र मस्तिष्क सम्बन्धि विकारमा जिम्मेबार छ। गर्भवतीमा यसको संक्रमण भए शिशु असामान्य रूपले सानो टाउको सहित जन्मिन्छ।यो भाइरस नेपालमा समेत भित्रिन सक्ने बताइएको छ।

Thank godयस्तो अवस्था लाई पनि सहज व्यवस्थापन गर्न सकियो अझ धेरै नदेखिएको भाग छ।
20/09/2021

Thank god
यस्तो अवस्था लाई पनि सहज व्यवस्थापन गर्न सकियो अझ धेरै नदेखिएको भाग छ।

19/09/2021
19/09/2021
19/09/2021

COVID-19 ले भिन्नभिन्न मान्छेहरूलाई भिन्नभिन्न तरिकाले असर गर्छ। धेरै जसो संक्रमित मान्छेहरूमा एकदम हल्कादेखि मध्यम स्तरसम्मका लक्षणहरू देखिन्छन् र बिरामीलाई अस्पतालमा भर्ना नगरिकनै रोग निको हुन्छ।
सबैभन्दा सामान्य लक्षणहरू:
ज्वरो आउने
सुक्खा खोकी लाग्ने
थकाइ लाग्ने
सामान्यतया कमै देखिने लक्षणहरू:
पीडा हुने वा दुख्ने
घाँटी दुख्ने
पखाला लाग्ने
आँखा पोल्ने
टाउको दुख्ने
स्वाद वा गन्ध थाहा नहुने
छालामा दाग हुने वा हात वा खुट्टाका औँलाको रङ उड्ने
गम्भीर लक्षणहरू:
सास फेर्न गाह्रो हुने वा पटकपटक सास फेर्नुपर्ने
छाती दुख्ने वा छातीमा दबाब पर्ने
बोल्न वा हिँडडुल गर्न नसक्ने
तपाईंमा गम्भीर लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सा जाँच गराउनुहोस्। जहिले पनि आफ्नो डाक्टर वा स्वास्थ्य सुविधा प्रदायककहाँ जानुअघि कल गर्नुहोस्।
एकदम हल्का लक्षण भएका तर स्वस्थ मान्छेहरूले आफ्नै घरमा बसेर आफ्ना लक्षणअनुसारको उपचार गर्नुपर्छ।
यो भाइरसका लक्षणहरू देखापर्न कुनै व्यक्तिलाई संक्रमण भएको दिनदेखि औसतमा ५–६ दिनसम्म लाग्छ, यद्यपि यस प्रक्रियामा १४ दिन पनि लाग्न सक्छ।

कल्पवृक्ष अर्थात पिपलको बोट धेरै अक्सिजन उत्पादन गर्छ ।
18/09/2021

कल्पवृक्ष अर्थात पिपलको बोट धेरै अक्सिजन उत्पादन गर्छ ।

https://dainikonline.com/story/27719/2020/3/17/corona-
19/03/2020

https://dainikonline.com/story/27719/2020/3/17/corona-

काठमाडौँ । अहिले विश्वभर महामारी बनेको कोरोना भाइरसको संक्रमण बारे विश्वभर विभिन्न अध्ययन भैरहेका छन् । अमेरिक.....

19/03/2020
27/09/2019

विश्व मुटु दिवसको अवसर पारी हृदय राेग प्रतिष्ठान गुल्मीको अनुरोधमा हरेक सोमवार निर्माण एवं सञ्चालन गर्ने कार्यक्रम अपरेसन हेल्थको विशेष अङ्क मिति २०७६/०६/११ गते सनिवार साँझ ६:३० बजेदेखि ७ बजे सम्म गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका बरिष्ठ मुटुरोग विषेशज्ञ डा. विशाल के.सि सङ्ग हुने भएकाले आफ्नोे जिज्ञासा राख्न सक्नुहुनेछ ।सोही कार्यक्रम आगामि सोमबार पुन प्रसारण हुनेछ ।

https://www.baahrakhari.com//news-details/214539/2019-09-08
08/09/2019

https://www.baahrakhari.com//news-details/214539/2019-09-08

काठमाडौं । मुटुको चालमा गडबड आउने कारण धेरै छन् । पछिल्लो समय अस्पतालमा मुटुको चालमा आउने गडबडका समस्या लिएर

29/07/2019

Todays episode of operation health

29/07/2019

हेपाटाइटिस : जनस्वास्थ्यको प्राथमिकता कहिले बन्ला?
डा दिलिप शर्मा

२०७६ श्रावण १२ आइतबार १५:२४:०० प्रकाशित
135
SHARES
FacebookTwitterMore

विश्व हेपाटाइटिस दिवस हरेक वर्षको जुलाई २८ मा मनाइन्छ। हेपटाइटिस 'बी' भाइरसका आविष्कारक ब्लुम्वर्गको जन्मतिथि पारेर सन् २०१० देखि यो दिवश मनाउन थालिएको हो। प्रत्येक वर्ष हेपाटाइटिससम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाइँदै आइएको छ।

पछिल्लो तथ्यांकअनुसार संसारभर करिब ३२ करोड हेपाटाइटिस संक्रमित व्यक्ति छन्। हेपाटाइटिसले वर्षेनी करिब १४ लाखको ज्यान लिने गरेको विभिन्न तथ्यांकले देखाएको छ। हेपाटाइटिस रोगहरुमध्येमा विश्वमा सातौं प्रमुख मृत्युको कारणसमेत हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हेपाटाइटिस संक्रमित १० जनामध्ये ९ जनालाई यो रोग लागेको समयमै थाहा नहुने गरेको पाइन्छ। संख्यामा हेर्न हो भने करिब ३० करोड जनतालाई हेपाटाइटिस जिवाणुको संक्रमण भएको विषयमा जानकारी नै छैन। यदि यति ठूलो समुदायलाई रोग भए/नभएको जाँच नगर्ने र उपचारमा लैजान सकिएन भने वर्षेनी लाखौँको संख्यामा हेपाटाइटिसको संक्रमणबाट ज्यान जाने सम्भावना रहन्छ।

हरेक वर्ष विश्व स्वास्थ्य संगठन र हेपाटइटिसको क्षेत्रमा काम गर्ने संस्थाले विभिन्न कार्यक्रम गरी यसप्रति जनचेतना जगाउने गर्छन्। यसै परिप्रेक्ष्यमा यस वर्षको नारा 'निदान नभएका लाखौं हेपाटाइटिस संक्रमितको खोजी गरौँ' भन्ने रहेको छ।

संसारभर हेपाटाइटिस सरुवा रोगमध्ये दोस्रो ठूलो मृत्युको कारण हो। यो एचआइभीभन्दा ९ गुणा बढी जनमानसमा फैलिइसकेको छ।

हेपाटाइटिस विभिन्न प्रकारका हुन्छन्। जसमध्ये विज्ञानको प्रगतिसँगै हेपाटाइटिस 'सी' पूरै निको हुन्छ। हेपाटाइटिस 'बी' भने खोपबाट जोगिन सकिन्छ। हेपाटाइटिस 'बी'विरुद्धको खोप पहिलो क्यान्सर विरुद्धको खोप पनि हो।

विश्व हेपाटाइटिस दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले सम्पूर्ण राष्ट्र र यस क्षेत्रमा कार्यरत संघसंस्थालाई हेपाटाइटिस निर्मुल गर्ने पूण्य कार्यक्रममा थप लगानी गर्न आग्रह गरेको छ। यस वर्ष मित्रराष्ट्र पाकिस्तानले विश्व हेपाटाइटिस दिवसको विशेष ग्लोबल इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रम इस्लामाबादमा हुँदैछ।

हेपाटाइटिस 'बी' र 'सी'का कारण लाखौंको मृत्यु भइरहे पनि विश्वभर नै यसलाई गम्भीरताका साथ लिएको देखिँदैन। नीतिगत तहबाट नै यसका लागि आवश्यक कामहरु हुनुपर्ने हो। जनस्वास्थ्यका हिसाबले यो निकै ठूलो समस्या हो। त्यसकारण यस क्षेत्रमा धेरै काम गर्न बाँकी छ। यसको रोकथाम र सुरुमै निदान गर्दै उपचार गर्नेतर्फ आवश्यक कार्य अगाडि बढाउनुपर्छ।

हेपाटाइटिस संक्रमितमध्ये धेरैलाई यो रोगको निदान र उपचारको सहुलियत सुविधा छैन। यसकारण पनि समस्या थपिइरहेको छ। सन् २०१७ मा मात्रै करिब ३० लाख हेपाटाइटिस 'बी' र 'सी'का नयाँ बिरामी थपिए।

यद्यपि विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म संसारबाट हेपाटाइटिस निर्मुल गर्ने महत्वकांक्षी योजना लिएको छ। हेपाटाइटिसलाई जनस्वास्थ्यको समस्याका रुपमा नेहेरसम्म उक्त लक्ष्य पूरा गर्न सम्भव छैन।

यसका लागि हरेक राष्ट्र र यस क्षेत्रमा काम गर्ने संस्थाले स्रोत जुटाउन सहयोग गर्नुपर्दछ। यसलाई राष्ट्रिय स्वास्थ्य नीतिमा नै सामेल गर्नुपर्छ। हरेक राष्ट्रले हेपाटाइटिसको निदान र उपचारमा प्रयोग हुने विभिन्न उपकरण र औषधिलाई सर्वसुलभ र सस्तो बनाउनुपर्छ।

हेपाटाइटिसको क्षेत्रमा लगानी गर्नु बुद्धिमतापूर्ण निर्णय हुन्छ। कलेजो बिग्रिएपछि करोडौं खर्च गर्नुभन्दा समयमा नै रोकथाम र उपचार गरी धेरैको जीवन र अर्थ जोगाउन सकिन्छ। बेलैमा हेपाटाइटिसको निदान र उपचार गरे कलेजोको सिरोसिस, क्यान्सर हुँदैन।

हाम्रो देशमा क्यान्सर भएकालाई १ लाख रुपैयाँ उपचार खर्च दिने नीति छ। यदि यो रकमले हेपाटाइटिस 'सी'को उपचार गर्न सके क्यान्सरमुक्त भएर गुणस्तरीय जीवन बिताउन सकिन्छ। त्यसकारण यतातर्फ पनि सरकारले काम गर्नुपर्ने देखिन्छ।

हामी सबैले संसारभरका ३२ करोड संक्रमितसँगै यिनीहरुको उपचारका साथै जनचेतनामूलक कार्यक्रममा सहभागी हुँदै बढीभन्दा बढी संक्रमितको उपचारमा सहयोग पुर्‍याउनु मानवीय कार्य हो।

14/06/2019

टोपलाल अर्याल गुल्मी, ३१ जेठ । कालीगण्डकी गाउँपालिकाका महिला स्वास्थ्य स्वयसेविकाहरुका लागि एचआइभी ए

10/06/2019

आजको विषेश अंकमा श्री रण अम्विका शाह अाँखा अस्पताल भैरहवामा कार्यरत मोतिविन्दु एवं रेटिना विषेशज्ञ डा. ज्ञानेन्द्र लामिछाने र नेपाल नेत्रज्योति संघ गुल्मीका अध्यक्ष शेरवहादुर थापा संग गरिएको विशेष कुराकानी रेडियो रेसुङ्गा १०६.२ मेगाहर्जमा साँझ ६:३० वजे ।

27/05/2019

आजको अंक थाईराइड रोग विषेश, थाईराइड रोग विषेशज्ञ डा. संग साझ ६:३० वजे रेडियो रेसुङ्गा १०६.२ मेगाहर्जमा
प्रस्तोता जेनिस

बच्चाको खोप कार्ड किन शुरक्षित राख्ने ।
26/05/2019

बच्चाको खोप कार्ड किन शुरक्षित राख्ने ।

------ Read More ------

गर्भास्था को साप्ताहिक चित्रण ।
16/05/2019

गर्भास्था को साप्ताहिक चित्रण ।

Welcome to your journey of being pregnant! This is the start of an incredible and amazing stage of your life.

लोकसेवा खुल्दै छ ।
10/05/2019

लोकसेवा खुल्दै छ ।

06/05/2019

आजको कार्यक्रम योग विषेश साँझ
६:३० वजे रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज

Vacancy announced
19/04/2019

Vacancy announced

09/04/2019

मानिस किन घुर्छ ? कसरी यसको रोकथाम गर्न सकिन्छ

एकपटक म र मेरा साथीहरु हिँउ खेल्न भनी नगरकोट गएका थियौँ । अत्यधिक हिँउको कारणले त्यो दिन गाडी नै चलेन । घर फर्कन सम्भव नभएपछि हामी सबैजना त्यहीँ बस्ने निर्णय ग¥यौँ । होटलहरु पनि सबै भरिएकोले गर्दा ३–३ जना एकै कोठामा सुत्नु पर्ने भयो । ओहो, मेरो साथी प्रमेश त कस्तो घुर्दो रहेछ ! अझ त्यसमाथि पनि चिसोले गर्दा म र मेरो अर्को साथी श्रेयस्कर त सुत्नै सकेनौँ । भोलि पल्ट हामीले प्रमेशलाई ऊ घुर्ने गरेको बताउँदा त उसलाई यसबारे केही थाहा नै पो नभएको बतायो । त्यसपछि मेरो मनमा प्रश्न उठ्यो– आखिर किन कोही मानिस घुर्छन् ? किन उनीहरु आफैंलाई चाहिँ यसबारे केही थाहा हुँदैन ?

यसबारे अध्ययन गर्दै जादाँ त घुर्ने समस्या भनेको त मानिसमा देखापर्ने अन्य समस्याहरु खुट्टा गनाउने, धेरै पसिना आउने, एलर्जी आदि जस्तै रहेछ । यस्तो समस्या केही मानिसलाई मात्र हुन्छ । करिब २० प्रतिशत मानिसहरुमा यो समस्या देखिँदो रहेछ ।

यदि सास फेर्दा हावा स्वतन्त्र रुपमा चल्न पाएन भने मानिस घुर्न थाल्छ । घुर्ने समस्या हाम्रो शरीरकै अंगसँग सम्बन्धित छ । हाम्रो घाँटी पछाडि रहेको एउटा कमलो टिस्यु (मासुको डल्लो)को कारणले गर्दा यो समस्या देखापर्छ । यही टिस्युकै मद्दतले हामी कुल्ला गर्न, निल्न र विभिन्न आवाज निकालेर बोल्न सक्छौँ । कुनै पनि कारणले त्यो टिस्युमा बृद्धि भयो भने मानिस घुर्न थाल्छ । यही टिस्यु र अन्य टिस्यु जस्तै उभ्ला, टन्सिल आदि सास फेर्दा हाम्रो घाँटीको पछाडि कम्पन गर्छ । जसले अवाज पैदा गर्छ । यो प्रक्रिया बेलुनबाट हावा निकाल्दा आउने आवजसँग मेल खान्छ ।

कस्ता मान्छे घुर्छन् त ?

यदि मानिसले सुत्नुभन्दा पहिले जाँडरक्सी खायो भने उसको जिब्रोको मोटाइमा केही हदसम्म बृद्धि हुन्छ । सुत्दा पनि त्यो जिब्रो अलिक पछाडि धकेलिन्छ । यसले श्वासप्रश्वास स्वतन्त्ररुपमा हुन सक्दैन । त्यही भएर रक्सी खाने मानिस धेरै घुर्छन् । गहिरो निद्रामा परेको बेला पनि कहिलेकाहीँ यस्तो हुने गर्छ । मानिस घुर्नुको अर्को कारण भनेको मानिसको घाँटीको टिस्युमा हुने बृद्धि पनि हो । विशेष गरेर मोटो मानिसमा यस्तो समस्या देखापर्छ । त्यही भएर दुब्ला मानिसका तुलनामा मोटो मानिस धेरै घुर्ने गर्छन् । रुघा लागेको वा पिनासको समस्या भएको मानिस पनि घुर्ने गरेका पाइएको छ । नाकबाट खुला रुपमा श्वासप्रश्वास हुन नपाएपछि यस्ता समस्याबाट ग्रसित मानिसहरु घुर्न थाल्छन् । कहिलेकाहीँ त नाकमा जम्ने फोहोरको कारणले पनि यस्तो समस्या देखा पर्छ ।

के घुर्नु नराम्रो हो ?

सामाजिक रुपमा हेर्न हो भने अवस्य नै घुर्नु नराम्रो हो । यसले अरुलाई रातको समयमा बाधा पु¥याउन र निद्रा बिथोलिदिन सक्छ । स्वास्थ्यको हिसाबले हेर्ने हो भने पनि घुर्नुलाई राम्रो मानिदैन । यसले स्वास्थ्यमा दुरगामी असर पार्न सक्छ । यसले शरीरमा अन्य समस्याहरु पनि खडा गर्न सक्छ ।

के घुर्ने बानीलाई रोकथाम गर्न सकिन्छ ?

अवश्य सकिन्छ । यसका लगि डाक्टरबाट विशेष सल्लाह लिन सकिन्छ । यस सम्बन्धी डाक्टरलाई यतयबिचथलनययि(नष्कत भनिन्छ । मुख, घाँटी र नाकको जाँच पछि कस्तो उपाय अपनाउन सकिन्छ भन्ने थाहा हुन्छ ।

घुर्ने मानिसमा ४० प्रतिशत पुरुष र २५ प्रतिशत महिला रहेका छन् । धेरै उमेर भएका मानिसहरु बेढी घुर्ने गरेको पाइएको छ । ५५ देखि ८५ उमेर समूहमा १÷३ मानिस घुर्दो रहेछन् । घुर्ने बानी हटाउने मुख्य ८ तरिकाहरु निम्न छन्:

१) सधंै कोल्टे परेर सुत्नुहोस् । उत्तानो परेर सुत्दा मानिस धेरै घुर्ने गरेको पाइएको छ ।

२) आफ्नो वजन घटाउनुहोस् । विशेष गरेर घाँटीमा बोसो जम्मा भयो भने पनि स्वतन्त्र रुपमा हावा मानिसको फोक्सो बाहिर र भित्र वहाव हुन पाउँदैन र मानिस घुर्छ ।

३) रक्सी र अन्य मादक पदार्थ खान छाड्नुहोस् । निद्रा लगाउने औषधिले पनि हाम्रो स्नायुप्रणालीमा असर पु¥याउन सक्छ । जसले हाम्रो घाटीमा नियन्त्रण हुँदैन र हामी घुर्न थाल्छौँ ।

४) एलर्जीहरुको उपचार गर्नुहोस् । श्वासप्रश्वास सम्बन्धी एलर्जीले पनि हावामा बाधा पु¥याइ घुर्ने समस्या ल्याउन सक्छ । यसले पछि गएर दमजस्तो समस्या पनि देखापर्न सक्छ ।

५) चुरोट खाने बानी त्याग्नुहोस् । यसले तपाइँको श्वासप्रश्वास प्रणालीलाई असर गर्छ ।

६) सुत्ने उठ्ने समय तालिका सधैं एउटै बनाउनुहोस् । ठीक समयसम्म सुत्नुहोस् ।

७) गर्भवती अवस्थामा तपाइँ घुर्नु हुन्छ भने डाक्टरको सल्लाह लिनुहोस् । यस्तो भयो भने पेटमा भएको बच्चाले प्रशस्त मात्रामा अक्सिजन नपाउन सक्छ ।

८) सुत्दा सिरानीको प्रयोग गर्नुहोस् । टाउको अलि माथि उठाएर सुत्ने गरियो भने पनि हावालाई निबार्ध रुपमा चल्न सजिलो हुन्छ ।

घुर्ने समस्याले गर्दा पछि गएर निकै ठूला समस्याहरु निम्ताउन सक्छ । त्यसैले समयमा नै यसको रोकथाम गर्नु नै उचित हुन्छ ।
साभार
रातोपाटी
२०७५ चैत्र २७ गते

06/04/2019

सवैलाई विश्व स्वास्थ्य दिवस 2019 को शुभकामना ।
यस बर्षको नारा Universal health coverage: everyone, everywhere सफल पार्न सवैले आफ्नो तर्फबाट भुमिका निर्वाह गरौँ।
Healthy life makes the people live with high confidence and peace to work accurately and quickly. One has to keep all the activities to be accurate for making every work possible with many types of possible ideas and plans.

05/04/2019
05/04/2019

उच्च रक्तचाप भएका व्यक्तिले के खाने ? के नखाने ?

उच्च रक्तचाप हृदय रोगको संकेत हुन सक्छ । खानामा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुपर्दछ, किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।

– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।

– सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।

– गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।

– पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।

– ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।

– बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।

के नखाने ?

– नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।

– सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।

– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।

– खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।

– नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।

नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।

मनलाई स्वस्थ राख्ने उपाए

– टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।

– दैनिक स्नान गर्नुस् ।

– प्रतिदिन व्यायाम गर्नुस् ।

– खूब पानी पिउनुस् ।

– रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।

– सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।

– यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।

आफन्तलाई नै नचिन्ने गराउने रोग ।
03/04/2019

आफन्तलाई नै नचिन्ने गराउने रोग ।

Address

Dhurkot

Alerts

Be the first to know and let us send you an email when Operation Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other Dhurkot media companies

Show All