Roshi online Nepal

Roshi online Nepal सत्य तत्थे खबर तथा रोचक भिडियोका लागि

03/03/2024

सरकार परिवर्तनको चर्चासँगै टीआरसी विवाद टुंग्याउने दाहालको प्रयास, ओली र देउवासँग भेट
काठमाडौं । लामो समयदेखि थाँती रहेको संक्रमणकालीन न्यायसम्वन्धी विवादका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका छन् । सरकार परिवर्तनको व्यापक चर्चा चलिरहेको बेला दाहालले प्रमुख दल राजनीतिक घटकका प्रमुखसँग आइतबार बिहान छुट्टाछुट्टै कुरा गरेका हुन् । यतिबेला एमाले जसरी हुन्छ अहिलेको सरकार ढाल्ने योजनामा छ भने कांग्रेस जोगाउने प्रयासमा छ । सोही कारण शुक्रबार भरतपुर महानगरपालिकाका मेयर एवं दाहाल पुत्री रेनुले आयोजना गरेको सामान्य कार्यक्रममा देउवा, ओलीसहितका पूर्वप्रधानमन्त्रीहरु र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसमेत पुगेका थिए । अहिलेको राजनीतिक खिचानानीमा लामो समयदेखि पेचिलो विषय बनेको टीआरसी विधेयक टुंगाउने र आफू र आफ्नो पार्टीका नेता कार्यकर्ताहरुमाथिको ‘तरबार’ हटाउने प्रयासमा प्रधानमन्त्री दाहाल छन् । संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी छ । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आए पनि त्यसलाई दलहरुले आफ्नो राजनीतिक अस्त्रको रुपमा मात्रै प्रयोग गरेका छन् । मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्या तथा दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन् । यसैगरी, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने ? मानअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने ? घटी सजायका सम्बन्धमा आधार कारण खुलाई सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत तोक्ने भन्ने विषयमा पनि विवाद कायम छ ।

02/03/2024

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया बालिका शालिन पोखरेलको शंकास्पद मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा भेटिएकी उनको मृत्यु आत्महत्या नभई बलात्कारपछि हत्या भएको कुरा सार्वजनिक भएसँगै घटनाको छानविन गरी दोषीहरुलाई कडा कारवाही गर्न जनदबाब निकै बढेको थियो । दबाबपछि प्रहरीले स्कुलका प्रिन्सिपल (प्रधानाध्यापक) ६० बर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० बर्षीय किरण अधिकारी र वार्डेन ४८ बर्षीय कमल पौडेललाई पक्राउ गरेको हो । शालिन पोखरेल आफू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनका परिवारले हत्या भएको दाबी गरे पनि स्कुल व्यवस्थापन, चितवनका निजी विद्यालय सञ्चालक र प्रहरीले भने हत्या नभई आत्महत्या भएको दावी गर्दै आएका थिए । बालिकाका बाबुले चितवनमा पोस्टमार्टम गर्दा चलखेल हुनसक्ने र गलत रिपोर्ट निकाल्नसक्ने आशंका गर्दै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याएर परीक्षण गर्दा शालिनको बलात्कारपछि हत्या भएको देखिएको थियो । पीडित पक्षले पटक पटक किटानी जाहेरी दिनखोज्दा प्रहरीले नलिएको, किटानी गरिएका व्यक्तिको नाम हटाउन दबाब दिएको, मृतक बालिकाका काकालाई यातना दिएर थुनामा राखेको बताउँदै आएको थियो । शालिनको मृत्यु प्रकरणले सामाजिक सञ्जालमार्फत घटनाको छानविन र दोषीमाथिकारवाही गर्न सरकारलाई चर्को दबाब परेको थियो । यो घटना पनि निर्मला पन्तको जस्तो दोषी पत्ता नलाग्ने अवस्था आउनसक्ने धेरैको चिन्ता रहँदै आएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई हिरासतमा लिएको बताएको छ । शालिन पोखरेल गत फागुन १२ मा पंखामा स्काउटको डोरीले झुन्डिएको अवस्थामा बालिका मृत भेटिएकी थिइन् । घुँडा टेकिएको अवस्थामा मृत भेटिएकी उनको हत्या भएको भन्दै पीडित परिवारले न्यायको माग गर्दै आएको छ

02/03/2024

न्यून गुणस्तरको औषधि बनाएको भन्दै विभागद्धारा केही उद्योगमाथि कारवाही
काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको औषधि बनाएको भन्दै केही औषधि उद्योगमाथि कारवाही गरेको छ । विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडलाई कारवाही गरेको हो । लोमसका दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला पारेको विभागको भनाई छ । एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा न्यून गुणस्तरको भेटिएको विभागको भनाई छ । विभागको प्रयोगशाला परीक्षण गर्दा लोमसले उत्पादन गरेको ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको छ । मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा न्यून गुणस्तर पाइएको छ । न्यून गुणस्तरको भएकाले ती औषधि बिक्रीमा रोक लगाइएको छ । त्यस्तै, परीक्षणका क्रममा फर्माको इन्टस्ट्रिजले उत्पादन गरेको ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि न्यून गुणस्तरको भएको पाइएको छ । सो औषधिको ब्याच नम्बर २२–०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको छ । बजार अनुगमनका क्रममा संकलित औषधिको नमूना परीक्षण गर्दा ती उद्योगको औषधिमा गुणस्तरको समस्या देखिएको विभागको भनाई छ । विभागले बजारमा पठाइएको सम्वन्धित् ब्याचहरु फिर्ता गर्न पनि उद्योगलाई निर्देशन दिएको छ । गुणस्तरको समस्या देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न अनुरोध गर्दै विभागले बजारमा पठाइएका औषधिहरु फिर्ता गरी सोको विवरण विभागमा बुझाउन पनि निर्देशन दिएको छ ।

01/03/2024

विश्वकप छनोट खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए
काठमाडौँ । फिफा विश्वकप-२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गर्नुभएको हो । नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र दीप कार्की छन् । रक्षकमा अजय चौधरी, अनन्त तामाङ, सुमित श्रेष्ठ, योगेश गुरुङ एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द र सनिस श्रेष्ठ छन् । मिडफिल्डरमा एरिक विष्ट, मनिष डाङ्गी, रोहन कार्की, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई छन् भने स्ट्राइकरमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजङ्ग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, र सञ्जिव विष्ट छन् ।

01/03/2024

नामिबिया ३ रनले पराजीत, नेपालको फाइनलमा पुग्ने संभावना कायमै
काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि जित निकालेको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको हो । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउँदा नेपालले जीत हासिल गरेको हो । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ८० रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्दतमा ५५ रन बनाए । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे । त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको सहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे । दीपेन्द्रसिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल नौ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले सात तथा सोमपाल कामी दुई रनमात्रै बनाए । बलिङतर्फ नामिबियाका बेन शिकाङगोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक–एक विकेट लिए ।

01/03/2024

काठमाडौं : घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १८१ रन पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रनमात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । उसले ८ रन मात्र बनाउन सक्यो ।

29/02/2024

काठमाडौं । विशेष अदालतले मध्यपहाडी राजमार्ग निर्माणका क्रमममा भ्रष्टाचारको आरोप लागेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित सबै आरोपितलाई सफाइ दिएको छ । अदालतले आज बुधबार उक्त आयोजना प्रमुख, कर्मचारी र निर्माण व्यवसायीमाथिको आरोप पुष्टि हुन नसक्ने भन्दै सफाई दिएको हो । उक्त सडक निर्माणको ठेक्का पाएको महादेव–खिम्ती निर्माण सेवाका प्रवन्ध निर्देशक रहेका सिंहमाथि समेत भ्रष्टाचारमुद्दा दायर भएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापको इजलासले आयोजना प्रमुख विजय चापागाई, इञ्जिनियर दीपक खड्का, सव–इञ्जिनियर गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्गा फुयाँल समेतलाई सफाई दिएको हो । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तिायरले मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा भ्रष्टाचार भएको दावीसहित ६८ लाख ९३ हजार रुपियाँ विगो माग दावी गरी २०७८ फागुनमा मुद्दा दायर गरेको थियो

11/12/2023

हेटौँडामा धुलो दूधको कारखानाः साढे ४७ करोड लगानी, केही हप्ताभित्रै उत्पादन, ४० जनालाई रोजगारी
मकवानपुर । दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ । बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । बागमती प्रदेश सरकारको रु ४७ करोड ५० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० शिशौघारीमा केही वर्ष अगाडि धुलो दूध उत्पादन आयोजना स्थापना गरिएको थियो । आयोजनाका लागि बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ जिल्लाका कृषकबाट गरी दैनिक ६० हजार लिटर दूध कृषकबाट खरिद गर्ने योजना रहेको बोर्डले बनाएको छ । प्रदेश सरकारले बोर्डलाई चाँडो धुलो दूध उत्पालन गर्न जिम्मेवारी दिएको थियो । व्यावसायिक धुलो दूध उत्पादन गर्न आवश्यक प्राविधिक कर्मचारी र मजदुर नियुक्त गर्न केही समय पर्खिनु परेकाले काममा ढिलाइ भएको बोर्डका कार्यकारी निर्देशक प्रजिता ज्ञवालीले जानकारी दिएन । उनका अनुसार हेटौँडाबाट उत्पादित धुलो दूध स्वदेशलगायत विदेशमा पनि निर्यात गरिने छ । आयोजना सञ्चालन हुँदा प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब ४० व्यक्तिले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।

24/08/2023

कीर्तिपुरकाे थापागाउँमा एक व्यक्तिलाई चितुवाले आक्रमण गरेकाे छ। थापागाउँस्थित नगरपालिका- ४ कुखुराको खोरभित्र सुतिरहेका एक स्थानीयलाई बिहीबार बिहान १ बजे चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो ।

कुखरा पालनका लागि बनाइएको खोरभित्र चितुवा पसेपछि सुतिरहेका ती व्यक्ति र चितुवाबीच घम्साघम्सी परेकाे थियाे । साेहि क्रममा ती स्थानिय मात्र घाइते नभइ चितुवाकाे पनि च्यापुमा चाेट लागेकाे छ । घाइते नै भएपनि ती व्यक्तिले चितुवालाई खोरभित्रै थुनेर राख्न सफल भएका थिए । त्यसपछि घाइते व्यक्तिलाई उद्धार गरेर राष्ट्रिय ट्रमा सेन्टर लगिएकाे थियाे ।


यद्धपी चितुवा भने अहिले भागिसकेकाे छ । उक्त चितुवामाथि डार्ट प्रहार गरेर डिभिजन वन कार्यालयको प्राविधिक टोलीले नियन्त्रणमा लिने प्रयास गरेकाे थियाे ।
प्राविधिहरुले चारपटकसम्म डार्ट प्रहार गरे पनि चितुवालाई नलागेपछि पाँचौ पटककाे प्रहारकाे तयारी भएपनि उक्त काेशिस असफल हुँदा चितुवा त्यहाँबाट भागेको हाे। चितुवा खोरको माथिल्लो भागबाट निस्किएर मकैबारी हुँदै खोल्सातिर भागेको छ ।

24/08/2023

कन्सल्टेन्सीको ठगी धन्दाः लाखौँ कुम्ल्याएर सञ्चालक फरार
सुरुङ्गा (झापा) । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल ९अञ्जान०, धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अर्जुनधारा–६ निवासी चन्दा अधिकारीले बताइन् । श्रीमान् दीपक अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लक्ष्मण घिमिरे र लक्ष्मीप्रसाद बराल (अञ्जान) ले आफूहरूसँग रु तीन लाख ठगी गरेको अधिकारीले बताउनुभयो । गत वर्ष भदौ ३० गते आफ्ना श्रीमान्लाई माल्टा पठाउने भन्दै घिमिरेले आफूहरूसँग राहदानीसहित रु एक लाख, चार महिनापछि पुसमा पुनः रु एक लाख त्यस्तै मेडिकल तथा प्रहरी रिपोर्टका लागि रु नौ हजार छ सय र चैत ३ गते वर्क पर्मिटका लागि भन्दै पुनः रु एक लाख लिएर सम्पर्कविहीन भएको अधिकारीले बताइन् । रकम लिएको तीन महिनामा माल्टा उडाउँछु भन्ने घिमिरेले पछि आफूले माल्टा पठाउन नसकेको र काठमाडौँमा रहनुभएका सरसँग कुरा गर्नु भन्दै अञ्जानसँग सम्पर्क गराएको पीडित अधिकारीले बताइन् । उनले भनिन्, “काठमाडौँबाट सर आउनुभएको छ भन्दै घिमिरेले पुस ४ गते अञ्जानसँग भेट गराएको र पुसमा पुनः दोस्रो पटक मेडिकल गराएर फागुनको अन्तिमतिर ‘एग्रिमेन्ट पेपर’ दिँदै विश्वास दिलाएर पुनः रु एक लाख चैत ३ गते दिएका हौँ । योसहित उनीहरूले हामीलाई ठगेको रु तीन लाख नौ हजार छ सय पुगेको हो ।

23/08/2023

काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस सडकबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

21/11/2022




काठमाडौंको निर्वाचन क्षेत्र नंं ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ अग्रस्थानमा देखिएका छन् । उनको निकटतम प्रतिद्वन्द्वीमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल आएका छन् । अहिलेसम्म प्राप्त मतगणना अनुसार श्रेष्ठले ५६४ मत प्राप्त गरेका छन् भने पोखरेलले ५६१ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादीबाट उठेका कल्पना धमलालो ३ सय ४५ मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६० मत पाएका छन् ।

21/11/2022




भक्तपुरमा २ मा मतगणना जारी रहेको छ । हालसम्म गनिएको मतलाई हेर्दा नेपाली कंग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार १०६ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।
यस्तै उनलाई पछ्याउँदै एमालेका महेश बस्नेत दोश्रो स्थानमा छन् । उनले अहिलेसम्ममा तीन हजार ६८० मत ल्याएका छन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र दलका साजन विकका लागि ४२४ मत खसेको छ ।

21/11/2022




ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले अग्रता कायम राखेको छ ।


  
पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार अमृत खड्काले ८ सय १३ मत पाएका छन ।
त्यस्तै माओमादीकी पम्फा भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई पडाडि पारेकी छिन ।
मत परिणाम अनुसार पम्फाले ७ सय १६ र तोसिमाले ७ सय ७ मत प्राप्त गरेकी छन्।

21/11/2022

21/11/2022





काठमाडौंको निर्वाचन क्षेत्र नंं ४ मा नेपाली कांग्रेसका गगन थापा अग्रस्थानमा देखिएका छन् । उनको निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका राजन भट्टराई आएका छन् ।
अहिलेसम्म प्राप्त मतगणना अनुसार गगन थापाले ६६८ मत प्राप्त गरेका छन् भने भट्टराईले ६३३ मत प्राप्त गरेका छन् ।

21/11/2022





कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले प्रारम्भिक अग्रता कायम गरेका छन ।
कँडेलले ५६१ मत पाएका छन । उनको प्रतिस्पर्धामा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४९७ मतसहित कँडेललाई पछ्याइरहेकी छन ।
राप्रपाका सुवर्णराज पन्त तेस्रो र सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल मतसहित चौथो स्थान कायम गरेका छन ।

21/11/2022




काठमाडौंको निर्वाचन क्षेत्र नंं ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै अग्रस्थानमा देखिएका छन् । घण्टी चुनाव चिन्ह लिएर चुनाव उठेका स्वतन्त्र पार्टीका बिराजभक्त श्रेष्ठले ६ सय ७ मत ल्याएका छन् भने लौरो चिन्हका हाम्रो नेपाली पार्टीले ५ सय ११ मत ल्याएका छन् ।
तेस्रो स्थानमा एमालेका शिव सुन्दर राजवैद्यले ३ सय ५ मत पाएका छन् भने नेकपा समाजवादीका जीवनराम श्रेष्ठले भने २ सय १३ मत पाएका छन् । श्रेष्ठ अहिलेको गठबन्धन सरकारका पर्यटन मन्त्री छन् ।

21/11/2022




सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टिका डा. सीके राउतले अग्रता कायम गरेका छन ।
पछिल्लो तथ्याङ्क अनुसार सीके राउतले ६२९ मत प्राप्त गरेका छन । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टि ( लोसपा) जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पाटिएका उपेन्द्र यादवले ५९ मात्रै मत प्राप्त गरेका छन ।

21/11/2022




मुस्ताङ १ प्रतिनिधिसभा सदस्यका उमेदवार योगेश गौचन थकाली वियजी भएका छन् । नेपाली कांग्रेसका थकालीले एमालेका उम्मेदरा प्रेम तुलाचनलाई उछिन्दै विजयी भएका हुन् ।
गौचनले ३ हजार ९९२ मत प्राप्त गरेर निर्वाचित भएका हुन । उनका निकटम प्रतिस्पर्धी नेकपा तुलाचनले ३ हजार ७८ मत पाएका छन् ।
मुस्ताङ १ मा कुल सात हजार २३० मत खसेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

21/11/2022




भक्तपुर क्षेत्र नं २ मा मतगणना स्थगित भएको छ। सदर वा बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो।
यस क्षेत्रमा आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको थियो। विवाद निस्किएपछि केहि समय अघि मतगणना स्थिगित गरिएको हो। भक्तपुर–२ मा ६५ हजार ७७५ मत खसेको छ।
अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेत भन्दा कांग्रेसका थापा अगाडि छन्।
विवाद समाधान गरि पुनः मतगणना सुरु गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ।

21/11/2022




काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ ।

बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले राससलाई जानकारी दिए ।
यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द्रमा मतदान भएको थियो । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ वडा पर्छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा एमालेका कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा रहेका छन् ।

21/11/2022




काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस प्रकाशमान सिंहले अग्रता कायम गरेका छन ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली काँगेसका प्रकाशमान सिंहले ७५४ मत प्राप्त गरेका छन । त्यस्तै सिंहका प्रतिस्पर्धी रवीन्द्र मिश्रले ६८० मत प्राप्त गेका छन ।
त्यसैगरी एमालेका किरण पौडेल ४९६, रमेश खरेल २२५ र घण्टीका पुकार बम १७५ मत ल्याएका छन ।

28/08/2022




निर्वाचनको मिति जति नजिकिदै छ,त्यति त्यति मतदातालाई आफ्नो पक्षमा पार्ने कार्यमा राजनीतिक दलहरु लाग्न थालेका छन् । सुन्दा अत्यन्तै लोकप्रिय लाग्ने तर कार्यान्वयन कहिल्लै हुन नसक्ने नारा पनि राजनीतिक दलले आगामी निर्वाचन अघि ल्याउने होडबाजीमा नै लागेका छन् ।
सत्ता बाहिर रहेका राजनीतिक दलले निर्वाचन लक्षित गरेर आर्थिक एजेन्डालाई अगाडि सार्ने तयारी गरिरहेका बेला सत्तामा रहेका दलले आफुले गरेको प्रगतिको विवरण सार्वजनिक गर्न थालेका छन् । आइतबार मात्र ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो कार्यकालमा गरेका प्रगतिको विवरण नै सार्वजनिक गरिन् । उनले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई निःशुल्क बिजुली उपलब्ध गराएको, गत आर्थिक वर्षमा ७४१ मेगावाट बिजुली थप गरेकोलगायत १७ बुँदे उपलब्धिको फेहरिस्त नै सार्वजनिक गरिन् ।
ऊर्जा मन्त्री भुसालले आफ्नो कार्यकालमा गरेका प्रगतिको फेहरिस्त अहिले नै सार्वजनिक गर्नुको अर्थ पनि आगामी निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्नु नै हो । मन्त्री भुसालले मात्र होइन्, अन्य मन्त्रीले पनि आफ्नो कार्यकालको प्रगति समीक्षा गर्न सुरु गरेका छन् ।
निर्वाचनको मिति जतिजति नजिकिदै गएको छ,त्यति त्यति सत्तामा सहभागी दल र विपक्षमा रहेका दल समेतले आर्थिक एजेन्डालाई प्राथमिकता पार्न थालेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब लगभग ८३ दिन मात्र बाँकी रहेकाले पनि दलहरु आफ्ना आर्थिक एजेन्डालाई महत्व दिएर मतदातालाई आकर्षित गर्न खोजिरहेका छन् ।
सरकारले एकै चरणमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गराउने निर्णय गरिसकेको छ । उक्त निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न दलहरुले आर्थिक एजेन्डालाई अगाडि सार्न लागेका हुन् ।
निर्वाचनको मिति नजिकिदै जादा आर्थिक एजेन्डाले प्रवेश पाउन थालेका छन् । निर्वाचनको समयमा बाहेर अन्य समय गुमनामजस्तै बन्ने आर्थिक एजेन्डा यतिबेला पुनः घन्किन थालेका छन् ।
निर्वाचनमा आर्थिक एजेन्डालाई प्राथमिकतामा नपार्ने हो भने चुनाव जितिन्न भन्ने निष्कर्षमा राजनीतिक दल पुगेकाले पनि निर्वाचनको मूल एजेन्डा आर्थिक हुन पुगेको हो ।
सरकारले निर्वाचनको मिति नजिकिदै गरेको समयमा बर्षौदेखि थाती रहेको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना र ४५० मेगावाटको सेती ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिएको छ । ३० वर्षदेखि निर्माण हुन नसकेर थाँती रहेको पश्चिम सेती निर्वाचन नजिकिएसँगै भारतलाई सुम्पनुको अर्थ पनि मतदातालाई नै आकर्षित गर्नु नै हो ।
त्यसैगरी, मुलुककै सवैभन्दा ठूलो १२ सय मेगावाटको बुढीगण्डकी जलासययुक्त आयोजना निर्माणको चर्चा फेरि निर्वाचनको समयमा भएको छ । कहिले चीन, कहिले भारतीय कम्पनीलाई निर्माण गर्न दिइने भनिएको उक्त आयोजना अन्त्यत स्वदेशी लगानीमा नै निर्माण गरिने भएको छ । तर, उक्त आयोजना कुन मोडलमा बनाउने भन्ने बारेमा भने अझै तय भएको छैन् ।
निर्वाचनको मिति नजिकिएसँगै आर्थिक लक्षित एजेन्डाले प्राथमिकता पाउँदै गएका छन् । निर्वाचनको मिति नजिकिदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्री केपी ओलीसम्मले आफ्नो भाषणमा आर्थिक एजेन्डलाई पार्न थालेका छन् । यसरी आर्थिक एजेन्डाले प्राथमिकता पाउने काम निर्वाचनसम्म मात्र भएको अर्थविद् डिल्लीराज खनालले बताए ।

‘कर्णप्रिय नारा’ को खोजी
निर्वाचनलाई लक्षित गरेर बिभिन्न राजनीतिक दलले कर्णप्रिय नारा ल्याउन ल्याउने तयारी गरेका छन् । नागरिकका चाहना र भावनालाई समेटेर निर्वाचन लक्षित नारा तयार पार्नका सबै दल तल्लिन देखिन्छन् ।
नेपाली काँग्रेसले निर्वाचनका लागि घोषणापत्रको मस्यौदा तयार गर्ने गरिरहेको छ । यसैगरी,नेकपा एमालेले घोषणापत्रको मस्यौदा तयार पार्न बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा बिज्ञ टोली गठन गरेको छ । उक्त टिमले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि घोषणापत्रको मस्यौदा तयार पार्दैछन् ।
घोषणापत्रमा के कस्ता नारा अगाडि बढाउने भन्ने बिषयको जिम्मा घोषणपत्र मस्यौदा टिमलाई दिइएको छ ।
भ्यूटावरदेखि बृद्धभत्ताको बृद्धिसम्मका नारा
घोषणापत्रमा समृद्धिको नारादेखि बृद्धिभत्ता बृद्धिसम्मका कुराहरु समावेश गर्ने तयारीमा राजनीतिक दलहरु पुगेका छन् । राजनीतिक दलले स्थानिय तहमा भ्यूटावर निर्माणदेखि बृद्धभत्ता बृद्धिका नारासम्म घन्काउन थालेका छन् ।
यसभन्दा अघिको केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन हजार रुपैयाँको बृद्धभत्तालाई बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएका थिए । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८÷८९ को बजेट भाषणमा ३३ प्रतिशत वृद्धभत्ता बढेको घोषणा गरेका थिए । अहिलेको घोषणापत्रमा त्यसलाई बढाएर लैजाने नारा एमालेले अघि सार्ने भएको छ ।
यस्तो आकर्षक नाराले करिव १३ लाख जेष्ठ नागरिक लाभान्वित हुने अनुमान गरिएको छ । बृद्धभत्तालाई ‘आकर्षक’ नारा यो चुनावमा बनाउने तयारी गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले १०० बाट सुरु गरेको वृद्ध भत्तालाई भोट तान्ने आकर्षक नारा बनाउने तयारी सबै दलले बनाएका छन् । अर्थतन्त्र नाजुक अवस्थामा पनि राजनीतिक दलले बृद्ध भत्तालाई आकर्षक नारा बनाउन उचित नहुने टिप्पणी विज्ञहरुले गरेका छन् ।
आगामी पाँच वर्षमा देशको अर्थतन्त्रको आकार बढाउने, बिजुली उत्पादन बृद्धि गर्ने, इन्धनबाट चल्ने सवारीसाधन विस्थापित गरी विद्युतबाट चल्ने सवारीसाधन चलाउने, पाँच वर्षमा गरिबीमुक्त राष्ट्र बनाउने, लाखौँ नागरिकलाई रोजगारी दिने यावत् आकर्षक प्रतिबद्धता दलहरुले घोषणपत्रमा उल्लेख गर्नेछन् ।
, Button

28/08/2022




पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो ।
कम्पनीको शेयरमा १५ लाख ५१ हजार ४१३ वटा योग्य आवेदन परेको छ । मागभन्दा बढी आवेदन पारेकाेले धिताेपत्र तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता शेयर वितरण गरिएको छ ।
त्यसपछि बाँकि भएको दुई कित्ता शेयर थप दुई जनालाई एक/एक कित्ता वितरण गरिएको छ ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो ।
त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।

28/08/2022




काठमाडौं महानगरपालिकाले आइतबार रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु गरेको छ।
आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो।
महानगरको डोजरले रत्नपार्कको सबवेसँगैका संरचना भत्काइदिएको छ। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।

28/08/2022




काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचना हटाउने महानगरको अभियान नै भएको बताएकी छिन् ।
आइतबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान नै भएको बताएकी हुन् ।
काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने एजेन्डाप्रति आफू सजग र सचेत रहेको पनि स्मरण गराउन चाहेको पनि उपमेयर डंगोलले बताएकी छिन् ।
यस्तो छ उपमेयर डंगोलको अपिल
सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना हटाउने कार्यलाई केही दिनदेखि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ ।
त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु ।
त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु । काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो एजेन्डाप्रति म सजग र सचेत रहेको पनि स्मरण गराउन चाहन्छु ।
तर, केही दिनदेखि मुख्य गरेर केही अनलाइन मिडियाहरूमा महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रुपमा लिइने गरिएको छ ।
पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन ।
यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।

28/08/2022




पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट हुने भएको हो ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो ।
त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको शेयरले वितरण हुनेछ । त्यस अनुसार २ लाख २९ हजार ४६८ जनाले मात्रै शेयर पाउनेछन् ।

17/06/2022

असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड अगाडि सडकपेटीमा लगानीकर्ता तिलक कोइराला आमरण अनशनमा बसेका छन्। धितोपत्र बोर्डले आफ्नो आँगनमा अनशन बस्न नदिएपछि उनी सडक पेटीमा बस्न बाध्य भएका हुन्।
सडक पेटीमा बस्नु उनको रहर होइन बाध्यता हो। सडक पेटीमा तीन दिनदेखि भोकै बस्नु चानचुने कुरा पनि होइन। यसरी बस्ने हिम्मत जो कोहीले गर्न सक्दैनन्। म यस्तो गर्न सक्छु भन्नु र गरेरै देखाउनुमा केही फरक हुन्छ। तर सरकार, राष्ट्र बैक र धितोपत्र बोर्डले भने यो विषयलाई सामान्य रुपमा लिँदै आएका छन्। तीन दिन बितिसक्दा समेत कुनै सोध पुछ नहुनुले त्यो कुराको पुष्टि गर्छ।
नेपालमा लगानीकर्ता यस कारण आन्दाेलित
सरकार,राष्ट्र बैंक र धितोपत्र बोर्डको भनाइलाई मात्र मान्ने हो भने संसारमा कहीँ पनि लगानीकर्ताले यसरी आन्दोलन गरेको देखिएको छैन। सुनिएको पनि छैन। उनीहरूको भनाइमा पूर्ण सत्यता छ। तर नेपालमा किन यस्तो बारम्बार देखिन्छ? के यी अनशनकारी रहरले पेटीमा आउँछन् ? संसारमै नभएको जात्रा किन यिनी बारम्बार दोहोर्‍याउँछन् ? के हुन् यिनका माग ? कोबाट यिनलाई आन्दोलनमा होमिने शक्ति प्राप्त हुन्छ ? यी यावत प्रश्नको उत्तर तीनै निकायले खोजेको देखिँदैन।
जब सडकबाट उठ्ने मागलाई सामान्य ठानिन्छ या भनाैं विद्रोहलाई सामान्य रुपमा लिइन्छ। त्यति बेलै सोच्नु पर्छ कि यसले भविष्यमा परिवर्तनको सङ्केत गरिरहेको छ। परिवर्तनको सङ्केत देखिँदा देखिदै पनि वास्ता गरिँदैन भने आउने दिन पक्का त्यसले सार्थकता पाउँछ । इतिहासले भन्छ, कुनै पनि परिवर्तनको सुरुवात सामान्य नै हुन्छ। तर कालान्तरमा त्यसले उग्र रूप लिन्छ। जब उग्र रूप लिन्छ। त्यति बेला रोक्न चाहेर पनि रोक्न सकिन्न। अन्तमा सामान्य ठान्ने शक्ति बढारिन्छन्। त्यसपछि नयाँ युगको सुरुवात हुन्छ।
आन्दाेलनकाे शक्ति
के यो आन्दोलनले त्यस्तो रूप लिन सक्ला? कसको शक्तिले उग्ररूप लिन सक्छ भन्ने पनि लाग्न सक्छ। त्यस्तो लाग्नु भन्दा अघि शेयर बजारमा आबद्ध लगानीकर्ताको संख्या हेर्नु पर्ने हुन्छ। जुन सङ्ख्या ५१ लाख ९४ हजार छ। दोस्रो बजारमा कारोबार गर्ने १२ लाख छन्। काठमाण्डौमा मात्रै तीन चौथाइ छन्। ५१ लाखलाई मात्रै आधार मानेर हेर्ने हो भने यो कुल जनसङ्ख्याको करिब १८ प्रतिशत हो। ती १८ प्रतिशत जनता अनशनकारीको पक्षमा छन्। ती १८ प्रतिशत मानिसको नैतिक समर्थन यो आन्दोलनलाई छ। तिनै १८ प्रतिशतको शक्ति यिनको पक्षमा छन्। प्रत्यक्ष सहभागी हुन नसक्नु बेग्लै कुरा हो। नैतिक समर्थन पाउनु अलग्गै कुरा हो। प्रत्यक्ष सहभागी हुन नसक्नुलाई सामान्य रुपमा लिने गल्ती गर्नु नै दुर्भाग्य हो। किनकि नैतिक समर्थनको शक्ति त्यो भन्दा निक्कै ठुलो हुन्छ।
किन यत्तिका मानिसले नैतिक समर्थन गरे ? स्वाभाविक छ। सम्पत्तिको क्षयीकरण। कसैको सम्पत्ति हरेक दिन क्षयीकरण हुन्छ भने उसले आनन्दको अनुभूति गर्न सक्दैन। कडा मिहिनेतका साथ आर्जन गरेको सम्पत्ति केही महिनामै तल आउँछ भने चाहे त्यो दैनिक कारोबारी होस् वा होल्ड गरेर पछि बेचौला भन्ने नै किन नहोस्। दुबैका लागि पाच्य कुरा होइनन्। सोही कारण यिनीहरूको नैतिक समर्थन जुटेको हो।
नैतिक समर्थन गर्नेहरूलाई प्रतिशतमा हेर्ने भूल पनि गर्नु हुँदैन। किनकि जो वित्तीय रुपमा साक्षर छ। त्यसको मात्रै शेयर बजारमा सहभागिता हुन्छ। त्यति मात्रै होइन शैक्षिक रुपमा अगाडि रहेका,थोरै आर्थिक अवस्था मजबुत भएका चल्ता पुर्जा मानिस यो आन्दोलनका नैतिक समर्थनकर्ता हुन्। उनीहरू मुलुकको आर्थिक अवस्था मात्रै होइन अन्तर्राष्ट्रिय परिदृश्यसँग पनि उत्तिकै नजिक छन् भन्ने अर्को कुरा बिर्सनु हुँदैन। त्यसैगरी, बुद्धिजीवीहरूले पनि यसलाई नजिकबाट नियाल्न सुरु गरिसका छन्। शुक्रवार अनशन परिसरमा पुगेका मानिसहरूको उपस्थिति र नैतिक समर्थनले त्यो पुष्टि गर्छ। शुक्रवार मात्रै रामहरि खतिवडा,जनकराज शाह,मानुषी यमि भट्टराई लगायतले अनशन स्थलमै पुगेर नैतिक समर्थन गरे। यो क्रम थप बढ्दै जाने निश्चित छ।
अहिलेका १९ बुँदे माग सरसर्ती हेर्दा कसैले मागै नगरी सरकार आफैले गर्न सक्ने देखिन्छन्। यी मागका लागि लगानीकर्ताले सडकमा आउनुकाे अर्थ सरकारले काम गर्न नसकेको रुपमा लिनु पर्छ। अन्य देशमा किन लगानीकर्ता सडकमा आउँदैनन् र आएको देखिँदैन भन्नेको उत्तर यही हो। किनकि ती देशमा लगानीकर्ताले माग गरेका सुविधा उपलब्ध भइसकेका छन्। त्यसले यस्ता सामान्य विषयमा त्यहाँ आन्दोलन गरेको सुनिँदैन।शेयर बजारलाई ३० वर्षसम्म पनि पूर्ण क्षमतामा काम गर्ने अवस्थामा नपुर्‍याउनु नेतृत्वको अक्षमता हो। जुन विषयको चरम असन्तुष्टि लगानीकर्तामा देखिन्छ।
लगानीकर्ताको चरम असन्तुष्टिले नै सबैलाई बढार्न सक्छ। कसरी बढार्न सक्छ ? यो प्रश्न गम्भीर छ। लगानीकर्ताको चरम असन्तुष्टि बिस्तारै बढ्दै जाँदै छ। यसले सरकार र सरोकारवालाहरूप्रति वितृष्णा बढाउँदै छ। ५१ लाख, लगानीकर्तामा त यसले गहिरो छाप छोडी नै सक्यो। ती ५१ लाखसँग आश्रितमा पनि यसले प्रभाव बढाउँदै लैजाने छ। जुन प्रभाव तीव्र गतिमा यसैगरी बढ्दै गयो भने त्यसले सरकारलाई नै धक्का दिन सक्छ। आउने संघीय निर्वाचनमा उनीहरूले बदला लिन सक्छन्। त्यसले गर्दा आफ्नो अक्षमता ढाकछोप गर्ने भन्दा पनि उनीहरूको मागलाई तत्काल सम्बोधन गर्नुको विकल्प, छैन।, In, list

Address

Dhulikhel

Alerts

Be the first to know and let us send you an email when Roshi online Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Roshi online Nepal:

Share