Trending Topics

Trending Topics Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Trending Topics, Digital creator, Sunsari, Dharan.

24/02/2024

New movie



01/02/2024

तिमी त कस्तो rude रे तेरो बेहोरा नि हुन पर्यो नि मायाले बोल्न त!
😏

01/02/2024

भ्रममा नपर्नु-

मलाई तिम्रो याद हैन- बरु तिमीलाई दिएको सम्मान, तिमीमा खर्चेको समय, तिमीसँग विताएका पल र तिमी पाउने आसमा गुमाएको म स्वयमको याद आउँछ 🥺💔

17/01/2024

सबैले आ-आफ्नो हिसाबले प्रयोग गरे, म सोच्दै थिए म सङ सबै नजिक छन....!!

🙄🙄

17/01/2024

कुकुर पिटाइ खाएर पनि बफादार छ अनि मान्छे माया पाएर पनि गद्दार 😏

15/01/2024

मेरा आफ्नै छुट्टै कथा छन, त्यसैले अरुको कथामा मेरो topic नखोज्नु😶

15/01/2024

कोहि थिएन मलाई सम्झाउनको लागि मैले आफ्नै काधमा टाउको राखेर रोएको छु! 🙄

15/01/2024

अनेकौ दुख,पिडा बोकेर हिडेको भरिया हुँ
थाहा छैन् दुख बिसाउने चौतारी पहिला आउछ
कि जिवन बिसाउने ....💔😢

08/12/2023

ज्ञान दिराख्नु पर्दैन मेरो समय खराब हो, दिमाग हैन।

24/09/2023

ex को numbar भूपु भनेर save गरेको थिएँ, भाईले फूपू भनेर 2 घण्टा गफ दिएछ !!! 🤣😂😋🤩

राप्रपाको कार्यालयमा महानगरले डोजर चलाउला ? लिङदेनको फोन बालेनले उठाएनन्राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित क...
30/07/2023

राप्रपाको कार्यालयमा महानगरले डोजर चलाउला ? लिङदेनको फोन बालेनले उठाएनन्

राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय डोजर लगाएर भत्काउने तयारी काठमाडौं महानगरपालिकाले गरेको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेले घर खाली नगरिए डोजर लगाउनुको विकल्प नभएको बताए ।
गत शुक्रबार नगर प्रहरीले राप्रपाको कार्यालयमा गएर घर खाली गर्न माइकिङ गरेको थियो । उनीहरुले सोमबारअघि घर खाली नगराए डोजर चल्ने चेतावनी दिएर गएका थिए ।

राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारीले नगर प्रहरीले माइकिङ गरेर गए पनि महानगरबाट कुनै लिखित सूचना वा पत्र नआएको बताए ।

‘के कारणले भवन खाली गर्नुपर्ने हो भन्ने हामीलाई कुनै आधिकारिक जानकारी दिनुभएको छैन । हामीले लिखित पत्र मागेका छौं । तर, महानगरबाट कुनै रेस्पोन्स भएको छैन’, उनले भने ।

स्रोतका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङदेन स्वयंले महानगरका प्रमुख बालेन्द्र शाहसँग कुरा गर्न खोजे पनि सफल भएका छैनन् । अस्ति लिङदेनले गरेको फोन बालेनले रिसिभ गरेनन् भने म्यासेजको पनि रिप्लाइ गरेनन् ।

नगर प्रहरी प्रमुख पाण्डेले हाइटेन्सनमुनि निर्माण भएकाले घर भत्काउनुपर्ने बताए ।

उनले भने, ‘हाइटेन्सनमुनि घर बनाउन पाइँदैन । त्यसैले हामीले खाली गर्न भनेका हौं । आजसम्म पर्खिन्छौं । नत्र भोलि डोजर चल्छ ।’

राप्रपाले भने घर खाली गर्न कुनै तयारी गरेको छैन । पार्टीभित्र यो विषयमा औपचारिक छलफल नभएको मुख्य सचिव अधिकारी बताउँछन् ।

‘के गर्ने भनेर अहिलेसम्म मलाई कुनै स्पष्ट निर्देशन आइसकेको छैन । हामीले महानगरको मनसाय बुझ्न सकेका छैनौं । यही स्थानमा थुप्रै घरहरु हाइटेन्सन मुनि बनेका छन् । तर, राप्रपाको घरलाई मात्रै टार्गेट गरिएको छ’, उनले भने ।

नगर प्रमुख पाण्डे भने हाइटेन्सन मुनि बनेका सबै घरहरु भत्काइने बताउँछन् ।

‘नियम-कानून सबैलाई बराबर हुन्छ । त्यसमाथि देशको नेतृत्व गर्छु भन्ने राजनीतिक पार्टीकै कार्यालय अवैध छ भने त्यसले कस्तो सन्देश जान्छ ? त्यसैले यसमा कुनै कम्प्रोमाइज गर्न सकिँदैन’, उनले भने ।

आफू राप्रपासँग कुरा गर्न तयार रहेको उनले बताए । ‘उहाँहरु आज कुरा गर्न आउँछौं भन्नुभएको छ । कस्तो कुरा गर्नुहुन्छ, त्यहीअनुसार कदम चाल्ने हो । तर, घर खाली गर्ने कुरामा सम्झौता गर्ने कुनै सम्भावना छैन’, उनले भने ।

धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्सापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर–जग्गा प्रयोग गर्न दिएका थिए । मुख्य सचिव अधिकारीका अनुसार नक्सापासका लागि निवेदन दिएको वर्षौं हुँदा पनि गरिएको छैन ।

यो घर अहिले कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा छ । घरमा डोजर चल्नबाट रोक्न अदालत गएर अन्तरिम आदेश ल्याउने विकल्प छ । तर, राप्रपाको नाममा घर नभएकाले घरधनीहरुले नै यसका लागि निवेदन दिनुपर्ने हुन्छ । तर, घरधनीहरुले चासो नदिँदा कतै उनीहरु आफैं घर खाली गराउन चाहिरहेका छन् कि भन्ने आंशमा पैदा भएको एक नेताले बताए ।

कोशी प्रदेश मध्यावधिमा जानु उपयुक्त : बाबुराम भट्टराईनेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्मा...
30/07/2023

कोशी प्रदेश मध्यावधिमा जानु उपयुक्त : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निर्माणका लागि मध्यावधिमा जानु पर्ने जनाए। कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यावधि निर्वाचनको विकल्प सुझाएका छन् ।
‘कोशी प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइनर उनले भनेका छन्,‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’
सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदालतले सरकारलाई अवैधानिक भनेपछि कोशी सरकार निर्माण थप सकस परेको छ ।

शनिबार बिहान, इटहरी २० तरहरा चौकमा एक दुई गर्दै तीन सय बढी संख्यामा साइकलमा मानिसहरू भेला भए ।तरहरा साइक्लिङ क्लबको आयोज...
29/07/2023

शनिबार बिहान, इटहरी २० तरहरा चौकमा एक दुई गर्दै तीन सय बढी संख्यामा साइकलमा मानिसहरू भेला भए ।
तरहरा साइक्लिङ क्लबको आयोजनामा भएको‘कोरा च्यालेन्ज’मा पूर्वदेखि पश्चिमको निजगढसम्म हुँदै काठमाडौँदेखि समेत साइक्लिङका लागि मानिसहरू आएका थिए । स–साना बालबालिकादेखि पाका उमेर समूहका मानिसहरू पनि कोरा च्यालेन्जमा सहभागी भए ।
कोरा च्यालेन्जकै लागि काठमाडौँदेखि आएका नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले पर्यावरणको सौन्दर्यतासँगै पर्यटन प्रबद्र्धनमा साइक्लिङले कारण सहज हुने बताए । उनी प्रहरी अफिसर भएपनि सामान्य मानिसजसरी नै कोरा च्यालेन्जमा सहभागी भएर २६ किलोमिटरको यात्रा पूरा गरे ।

इटहरी उपमहानगरपालिकाले भूमि करमा अध्यधिक वृद्वि गरेको छ ।अघिल्लो वर्ष उपमहानगरपालिकाले ल्याएको आर्थिक ऐनभन्दा यसपटक ल्या...
29/07/2023

इटहरी उपमहानगरपालिकाले भूमि करमा अध्यधिक वृद्वि गरेको छ ।

अघिल्लो वर्ष उपमहानगरपालिकाले ल्याएको आर्थिक ऐनभन्दा यसपटक ल्याएको आर्थिक ऐनमा भूमि करको दर अत्यधिक बढाइएको हो ।

इटहरी नगरसभाले पास गरेको आर्थिक ऐन २०८०÷८१ अनुसार इटहरीको बजार क्षेत्रको मात्रै होइन ग्रामीण क्षेत्रको जग्गाको समेत कर बढाएको छ ।

गत वर्ष धुरको सबैभन्दा बढी २० रुपैयाँ करको दर तोकिएकोमा यस वर्ष १०० रुपैयाँसम्म पुर्‍याइएको छ ।

गत वर्ष सो जग्गाको भूमि कर २० रुपैयाँ लिइँदै आएको छ । गत वर्ष प्रति धुर ३ रुपैयाँ न्यूनतम २ रुपैयाँ लिँदै अहिले खेति हुने जग्गा कै प्रतिधुर ५ रुपैयाँ न्यूनतम पुर्‍याइएको छ ।

अघिल्लो वर्ष इटहरीकी लीलाकुमारी पौडेलले जग्गाको भूमि कर ३ हजार २७ रुपैयाँ तिरेकी थिइन् यो वर्ष उनले सोही जग्गाको १६ हजार २ सय ६५ रुपैयाँ कर तिर्नु परेको छ ।

उपमहानगरले अध्यधिक कर बढाएपछि तीव्र आलोचना सुरु भएको छ ।

मोरङमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु मोरङको बेलबारी नगरपालिकामा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुन...
29/07/2023

मोरङमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

मोरङको बेलबारी नगरपालिकामा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ११ गोविन्दपुरका अन्दाजी ५० वर्षीय धर्मराज थापा रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ११ सु.ह.नपा ११४३ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा सिटी सफारीचालक थापाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
उनलाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्‍याउनेबित्तिकै चिकित्कसले मृत घोषणा गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कोसी प्रदेशले जनाएको छ ।
ट्रक र चालक उर्लाबारी नगरपालिका ४ का ४६ वर्षीय सोमबहादुर घलानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऋणको घर कब्जा र बलत्कार गरेको आरोपमा एक युवक पक्राउ ५-लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटक–पटक जबरजस्ती करण...
29/07/2023

ऋणको घर कब्जा र बलत्कार गरेको आरोपमा एक युवक पक्राउ

५-लाख ऋण तिर्न नसक्दा ऋणीको घर जग्गा कब्जा गरेर पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले ललितपुरको थेचोबाट सूर्जमान मालीलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
यो घटनाका पीडितले शुक्रबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई पक्राउ गरेको हो ।
उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ । मालीबाट पटकपटक दुर्व्यवहार र यातना पाएपछि पीडितले आत्महत्या गर्ने प्रयास समेत गरेकी थिइन् ।
प्रहरीका अनुसार मालीसँग पीडितले २०७६ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । तर, मालीले ५५ लाख रुपैयाँ रुपैयाँ ऋण लिएको भन्दै नक्कली कागजात बनाएका थिए ।

बराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पस का विद्यार्थीहरुले १० कठ्ठा मा फुल खेती, संकलन भएको रकम विपन्न ज...
28/07/2023

बराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पस का विद्यार्थीहरुले १० कठ्ठा मा फुल खेती, संकलन भएको रकम विपन्न जेहेन्दार बिद्यार्थीलाई छात्रावृत्ती

हरेक वर्ष तिहारको समयमा सयपत्री र मखमली फूलको माग अधिक हुने गरेको छ । तर नेपाली किसानहरुले लगाएको फूलले माग धान्न नसक्दा ठुलो परिणामको फूलभारतबाट भित्रने गरेको छ । तिहारको समयमा हुने फूलको अभावलाई केही हद सम्म पुरा गर्ने उद्धेश्यले सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसका विद्यार्थीले आगामी तिहार लक्षित फूल खेती गर्ने भएका छन ।

विगत देखि नै तिहारको समयमा सयपत्री र मखमली फूल ठुलो परिमाणमा भारतबाट आयत गरिदै आएको तर्फ मध्यनजर गर्दै सप्तकोसी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले १० कठ्ठा क्षेत्रफलमा फूल खेती गर्नका लागि खनजोत गर्न थालिएको हो ।

बर्षेनी तिहारमा भारतीय फूलमा निर्भर हुनु परिरहेको र क्याम्पस् वरिपरी रहेको वर्षौंदेखि प्रयोगमा नआएको करिब १० कठ्ठा जमिनमा सयपत्री मखमली फूल लगाउने तयारी गरिएको संयोजक दिपा मग्राती बताउछिन ।

यस अघि पनि स्वतन्त्रत विद्यार्थी युनियनको अगुवाइमा सप्तकोसी बहुमुखी क्याम्पसका विद्यार्थीले आपको अचार बनाइ बिक्री गरि संकलित रकम शिक्षाशास्त्र संकायका विद्यार्थीलाई अध्यापन अनुमति पत्रको कक्षा र व्यवस्थापन संकायका विद्यार्थीलाई वैकिगं कोष लगाएतको निशुल्क कक्षा सञ्चालनमा खर्च गरिने भएको छ ।

सुनसरीको उत्तरी ग्रामीण भेगमा रहेको यस क्याम्पसका विद्यार्थीले सैद्धान्तिक शिक्षाका व्यवाहारिक प्रयोगमा ल्याएर आर्थिक उपार्जन गरेर शिक्षाकै लागि खर्चने प्रयास अघि वढाईरहेका छन । यस क्याम्पसमा अध्ययनरत अधिकांंस विद्याथी कोशी कटान पीडित , आर्थिक अवस्था कम्जोर रहेका परिवारका साथै पिछडिएका वर्गका रहेका छन् । तिहारलाई लक्षित गरि रोपिने सयपत्री र मखमली फूलहरु राहक्षेत्र , प्रकाशपुर , मधुबर , बाङ्गे , नडाहा आदि क्षेत्रका स्थानीय बजारमा बिक्री गर्ने लक्ष्य समेत विद्यार्थीले अहिले नै वनाइसकेका छन । आफुहरुले लगाएको फूलको विक्रीबाट संकलन हुने रकमले आर्थिक रुपमा विपन्न जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययनका लागि खर्च गरिने स्ववियु सभापति चित्रमान राई बताउछन् ।

जनस्तरबाट संचालित सामुदायिक क्याम्पसका रुपमा रहेको सप्तकोशी बहुमुखी क्याम्पसको स्ववियुको अगुवाईमा विद्याथीले गरेको सो सामाजिक कार्यहरु प्रसंशनिय रहेको बताउदै आगामी समयमा शैक्षिक एवं अतिरिक्त क्रियाकलाप समेत क्याम्पसले सञ्चालन गर्ने क्याम्पसका सह प्रमुख सुशील कोइरालाले जानकारी दिएका छन् ।

सप्तकोशी बहुमुखी क्याम्पसमा हाल एक हजार भन्दा वढी विद्यार्थी अध्ययनरत रहेका छन ।

धरानका मेयर हर्क साम्पाङलाई निजी जग्गामा वृक्षरोपण नगर्न उच्च अदालतको आदेश, मेयर हर्क सम्पाङ लाई निजि जग्गामा वृक्षरोपण ...
28/07/2023

धरानका मेयर हर्क साम्पाङलाई निजी जग्गामा वृक्षरोपण नगर्न उच्च अदालतको आदेश, मेयर हर्क सम्पाङ लाई निजि जग्गामा वृक्षरोपण नगर्न र नगराउन उच्च अदालत विराटनगरले आदेश दिइएको छ।

धरानका पुर्व वडध्यक्ष रोशन अधिकारिकी श्रीमती रोजिनाले दायर गरेको रिट सुनुवाइ गर्दै अदालतका न्यायाधीश मिलन कुमार राइले अनधिकृत प्रवेश गर्ने र वृक्षरोपण गर्ने काम लाई रोक्न आदेश दिएका छन। निबेदकको नाम मा दर्ता भएको जग्गा को मुद्दा टुङो नलागेसम्म अनधिकृतरुपमा प्रवेश गर्ने , वृक्षरोपण गर्ने गराउने कार्य नगर्नु भनी अन्तिम आदेश जारी गरिएको हो।

मेयर साम्पाङले गत शनिबार छोटी मोरङ डाडामा वृक्षरोपण गर्दा निवेदकको नाममा भएको जग्गामा वृक्षरोपण गरेपछी विवाद समेत भएको थियो। त्यसपछी अधिकारिले उच्च अदालतमा रिट दायर गरेकी थिइन।

गत असार ५ गते सकिएको रामधुनी महोत्सव २०८० का आयोजकले विभिन्न पक्षलाई अझैसम्म पैसा तिरेका छैनन्   मेला महोत्सव आयोजना गर्...
26/07/2023

गत असार ५ गते सकिएको रामधुनी महोत्सव २०८० का आयोजकले विभिन्न पक्षलाई अझैसम्म पैसा तिरेका छैनन्

मेला महोत्सव आयोजना गर्ने, दर्शक, प्रायोजक अनि स्थानीय तहबाट सक्दो पैसा उठाउने, तर विभिन्न व्यवशायीहरुलाई तिर्नुपर्ने पैसा नतिरि वर्षौं झुलाउने आयोजकहरुको प्रवृत्ती पुरानै हो । आयोजकहरुको यस्तो गैह्रजिम्मेवारीपनका कारण धेरै स्थानीय व्यवशायीहरु पीडित छन् भने मेला महोत्सव आयोजकहरुप्रतिको विश्वाससमेत गुम्दो छ ।
टेन्ट, साउण्डसिस्टम, सञ्चारमाध्यम, होटलदेखि कलाकारसम्मलाई आयोजकले पैसा नदिइ ठगी गर्ने गरेका छन् । गत असार ५ गते सकिएको रामधुनी महोत्सव २०८० का आयोजकले विभिन्न पक्षलाई अझैसम्म पैसा तिरेका छैनन् । पैसा तिर्नको लागि पटक पटक ताकेता गर्दा पनि नपाएको व्यवशायीहरुले गुनासो गरेका छन् ।
रामधुनी युवा क्लवले १५ दिनको महोत्सव आयोजना गरेको थियो । स्थानीय व्यापार व्यवशाय प्रबद्र्धन गर्ने भनेपनि स्थानीय व्यापारीकै पैसा बाँकी राखेर आयोजक अहिले सम्पर्कविहिन भएका छन् । क्लबका अध्यक्ष होमकाजी राईको फोन प्रायः अफ हुने गरेको छ । फोन लागेको बेलामा पनि नउठाउने गरेको व्यवशायीको गुनासो छ । क्लबका सचिव रमेश घिमिरे, संयोजक विनोद चौधरीलगायत पदाधिकारीहरुले पनि वेवास्ता गरेका छन् ।
पैसा नतिरी पदाधिकारीहरु सम्पर्कविहिन हुन थालेपछि व्यवशायीहरुले वडाध्यक्षलाई गुहारेका थिए । रामधुनी नगरपालिका वडा नं। १ का वडाध्यक्षको रोहबरमा भएको छलफलका क्रममा आयोजकहरुले अर्को पटक मेला लगाएर पैसा तिर्ने बताएका थिए । ‘पहिलो पटकमै विश्वास गुमाए, अर्को पटक कुन आधारमा कारोबार गर्नु,’ एक व्यवशायीले न्युजलयसँग भने, ‘तिर्ने नियत देखिएन, दुई चार हजार रुपैया लगानी गरेर व्यवशाय चलाउने हामी पीडामा पर्यौं ।’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले जातिय तथा धार्मिक सद्भाव खल्बल्याउने गरी अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न ...
26/07/2023

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले जातिय तथा धार्मिक सद्भाव खल्बल्याउने गरी अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गर्दै विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् ।

धार्मिक सद्भाव बिथोल्ने गरी अभिव्यक्ति दिएको भन्दै मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव मार्फ प्रधानमंत्रीलाई बुझाइएको ज्ञापन पत्रमा धरान उपमहानगरपालिका वडा नं. २ स्थित बालगोपाल मन्दिर र शिवशक्ति कल्याणी केन्द्र अगाडि निर्माण गरिएको चर्च भत्काउन माग समेत गरिएको छ । मोरङका हिन्दु जागरण नेपाल, सनातन युवा मंच, वैदिक कर्मकाण्ड परिषद लगायत १४ वटा संस्थाहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको संविधानले प्रदान गरेको धार्मिक स्वतन्त्रताको हकमा अर्काको धर्ममा खलल नपर्ने गरी आफ्नो धार्मिक हकको प्रयोग गर्न आग्रह गर्दै मन्दिर भएको क्षेत्र बाहिर चर्च स्थानान्तरण गर्न आग्रह गरिएको छ ।

सुनसरी। बराहक्षेत्रनगर र आसपासको क्षेत्रका नागरिकलाई लक्षित गरेर बराहक्षेत्र नगरले १६ बेडसहितको अस्पताल भवनको सिलन्यास ग...
05/07/2023

सुनसरी। बराहक्षेत्रनगर र आसपासको क्षेत्रका नागरिकलाई लक्षित गरेर बराहक्षेत्र नगरले १६ बेडसहितको अस्पताल भवनको सिलन्यास गरिएको छ ।
नगरप्रमुख रमेश कार्कीले विधिपूर्वक मंगलवार बहुआयमिक अस्पताल भवनको सिलन्यास गरेका छन्। सो कार्यक्रममा बोल्दै कार्कीले भन्छन, ‘भवन निर्माणपश्चात बिरामी र सेवाग्राहीले थप विशेषज्ञसहितको सुविधा पाउनेछन्, भने नगर अस्पताललाई थप विकास गर्दै आधुनिक उपकरणह समेत थप्दै लगिने छ ।’यस नगरका नागरिकले छिटो र सर्वसुलभ रुपमा उपचार पाउन भन्ने कुरामा नगर सधैं लागी परिरहने छ ।
संघिय सरकार खानेपानी मन्त्रालयकोे १ करोड ८० लाख लागत सहयोगबाट भवन निमार्ण गर्न लागिएको हो । बराहक्षेत्र वडा नं. ६ को साकेला पार्क अगाडि रहेको नगरको जग्गामा अस्पताल भवन को सिलन्यास गरिएको छ ।

सिलान्यास कार्यक्रममा वडा नं. ६ का अध्यक्ष उद्धब प्रसाद पोखरेल, नगरका इन्जिनियर राजु भट्टराई, जनप्रतिनिधिलगायत सरोकारवाला र स्थानीयवासीको उपस्थिति रहेको थियो भने उक्त भवन १५ मिटर चौडा र २० मिटर लम्वाइको हुने निर्माण कम्पनी सगरमाथा विडारी जेभी का तारा नाथ दाहालले जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर हर्क साम्पाङले  धरानमा भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नगर्न आग्रह  हुन् । यसअघि ...
19/06/2023

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर हर्क साम्पाङले धरानमा भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नगर्न आग्रह हुन् ।

यसअघि काठमाडौ र पोखराका मेयरले आदिपुरुषको प्रदर्शन नगर्न सार्वजनिक आग्रह गरीसकेका छन् । सोअनुसार आजदेखि ती तीनै नगरमा फिल्मको प्रदर्शन रोकिने भएको छ ।

ताप्लेजुङमा शनिवार राति लगातार परेको पानीसंगै झरेको पहिरोमा परी बेपत्ता केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार...
19/06/2023

ताप्लेजुङमा शनिवार राति लगातार परेको पानीसंगै झरेको पहिरोमा परी बेपत्ता केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको पनि मृत्यु भएको छ।

पहिरोले बगाई बेपत्ता भएका केशरबहादुरको उनको घर रहेको स्थान भन्दा करिव ५० मिटर तल मृत भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा सुरेश राईको मृत्यु भएको बताइएको छ ।उद्धार गरिएका राजकुमार राईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

यसअघि पहिरोबाट बेपत्ता भगिमाँया बुढाक्षेत्री , उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्ववल बुढाक्षेत्री बेपत्ता नै छन्। पहिरोमा परी बेपत्ता भएका मध्ये गणेश तामाङको शव फेला परिसकेको छ ।

बोर्डको बैठक बसेर मेयर साम्पाङलाई नै अध्यक्ष बनाउन सकिन्छ : पूर्व अध्यक्ष तिलक राईहामीले मेयरलाई मुद्दा हालेकै छैनौ, खान...
16/06/2023

बोर्डको बैठक बसेर मेयर साम्पाङलाई नै अध्यक्ष बनाउन सकिन्छ : पूर्व अध्यक्ष तिलक राई

हामीले मेयरलाई मुद्दा हालेकै छैनौ, खानेपानी बोर्डको बैठक बोलाउन माग मात्रै गरेका हौं : मनोज

रश्मी प्रधान / असार १, २०८०

इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरीमा दोस्रो खुल्ला व्यायामशालाको उद्घाटन गरेका छन् । इटहरी-५,बराह टोल स्थित बराह टोलमा न...
16/06/2023

इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरीमा दोस्रो खुल्ला व्यायामशालाको उद्घाटन गरेका छन् । इटहरी-५,बराह टोल स्थित बराह टोलमा नगर स्तरीय योजनाको ५ लाख रुपैयाँ र उपभोक्ता लागत साझेदारीको ७४ हजार ६५ गरी जम्मा ५ लाख ७४ हजार ६५ रुपैयाँको लागतमा खुल्ला व्यायामशालाको उद्घाटन गरिएको हो ।

इटहरीको प्रमुख आवश्यकता बाढी नियन्त्रण,शिक्षा र स्वास्थ्य भएकाले आफूले जनतामाझ गरेका प्रतिबद्धता पूरा गरिछाड्ने प्रतिबद्धता मेयर पौडेलले समेत गरे । व्यक्तिको स्वास्थ्य भन्दा ठुलो सम्पत्ति कुनै नभएको भन्दै मेयर पौडेलले स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम पनि अपरिहार्य हुँदै गएकाले इटहरी उपमहानगरपालिका भर आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरी २५ वटा थप खुल्ला व्यायामशाला समेत निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

इटहरीका विकास आवश्यकताका आधारमा प्राथमिकताका तय गरी क्रमिक रूपमा पूरा गर्ने उद्घोष गर्दै आफ्नो कारणले जनताको शिर झुक्न नदिने र आफूले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्ने वचन दिए ।

दिगो र गुणस्तरीय विकासका लागि पालिकाबाट हुने विकास निर्माणका काममा नागरिकको सहभागिता, खबरदारी र सहयोग अत्यावश्यक भएको मेयर पौडेलको भनाई छ ।

सेन्सर पास गरियो "आदिपुरूष"विवादित संवाद हटाएर दक्षिण  भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत हिन्दी फिल्...
16/06/2023

सेन्सर पास गरियो "आदिपुरूष"विवादित संवाद हटाएर

दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत हिन्दी फिल्म आदिपुरूष मा सीता(जानकी) भारतीय हुन् भन्ने शब्द राखिएको भन्दै विवाद उत्पन्न भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त संवाद भारतबाट पनि नहटेसम्म फिल्म प्रदर्शनमा रोक लगाउने बताएका छन्।
सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले भने विवादित संवाद हटाउँदै सेन्सर पास गरेको जानकारी दिएका छन्।

हामीले फिल्मको विवादित शब्द हटाएर सेन्सर पास गरिसकेका छौं उनले भने, भारतमा पनि उक्त संवाद हटाएपछि मात्र फिल्म चल्न दिने भन्ने कुरा चाहिँ हामीलाई थाहा छैन।

उनले अगाडि भने, हाम्रो काम विवादित शब्द हटाएर सेन्सर पास गर्ने हो। भोलिदेखि फिल्म प्रदर्शन गर्न हामीले अनुमति दिएका छौं।हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म आदिपुरूष लाई ओम राउतले निर्देशन गरेका हुन् भने यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत प्रदर्शन हुने भएको छ।

यो फिल्म रामायणमा आधारित भएर निर्माण गरिएको हो ।

Address

Sunsari
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Trending Topics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share