Prabodh Weekly

Prabodh Weekly Nepal's Weekly magazine

19/11/2023
08/11/2023
वर्षः  १३, पुर्णाङ्कः  ५९२, अङ्कः  १४,  नेपाल सम्वत्  ११४३, येले / यलम्वर सम्वत् ५०८३, भोट सम्वत्  २१५०, वि.सं. २०८० कार...
20/10/2023

वर्षः १३, पुर्णाङ्कः ५९२, अङ्कः १४, नेपाल सम्वत् ११४३, येले / यलम्वर सम्वत् ५०८३, भोट सम्वत् २१५०, वि.सं. २०८० कार्तिक ३ गते शुक्रबार, Oct 20, Friday 2023 मा प्रकाशित प्रबोध पत्रिका ।

भारतीय हस्तक्षेप, नेपाल सरकार मौन प्रबोध साप्ताहिक अनलाइन संस्करणनेपाली भूमिमाथि हिन्दु साम्राज्यवादी भारतीय बिस्तारवादल...
16/10/2023

भारतीय हस्तक्षेप, नेपाल सरकार मौन
प्रबोध साप्ताहिक अनलाइन संस्करण

नेपाली भूमिमाथि हिन्दु साम्राज्यवादी भारतीय बिस्तारवादले आफ्नो हालीमुहाली गरिरहेको छ । नेपाल सरकार मौन छ । अहिलेसम्म कालापानी क्षेत्रको ४ सय वर्ग कि.मी. नेपाली भूमि खुलेआम दलाल साम्राज्यवादी मुलुक भारतले कब्जा गरिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कैलाश (जोलिङकाङ), गुञ्जी, पिथौरागढ र अल्मोडाको जागेश्वरधाम भ्रमण गरेका छन्। नेपाली भूमिमा विभिन्न कार्यक्रम हुँदा पनि नेपाल सरकार, नेपाली राजनीतिक दलहरुले मोदी भ्रमणको विषयमा कुनै धारणा सार्वजनिक गर्न सकेका छैनन् ।
लामो समयदेखि नेपाल र नेपालीको सार्वभौमसत्तामाथि दलाल भारतीय साम्राज्यवादी शासकहरुले नाङ्गो हस्तक्षेप गरिरहेका छन्। नेपाल सरकारलाई कुनै जानकारी विना नै भारतीय प्रधानमन्त्री मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमण गरेका छन् । हेलिकप्टरबाट साढे ८ बजे नेपाली अतिक्रमित भूमि कुटी क्षेत्रको जोलिङ्काङ पुगेको स्रोतको दाबी छ । उनले ६ हजार २ सय उचाइमा रहेको जोलिङ्काङमा पाठपुजा र कैलाश पर्वतको दूर दर्शन गरेका छन् । कैलाश दर्शनपछि नेपाली अतिक्रमित भुमि गुञ्जीमा स्थानीय र कालापानीमा रहेका
भारतीय सेनासँग छलफल गरेको स्रोतको दाबी छ । नेपाली अतिक्रमित भुमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका भारतीयहरुसँग छलफल गरेका छन् ।
कालापानी क्षेत्रमा तैनाथ दलाल भारतीय सेना, इन्डोतिब्बत सिमा पुलिस, सशस्त्र सीमा बल, सुरक्षा अधिकारी लगायतसँग पनि भेटघाट र छलफल गरेको बुझिएको छ । दिनको १२ बजे अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पाठपुजा गर्न गएका थिए। मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेको स्रोतको दाबी छ। नेपाली अतिक्रमित सीमा क्षेत्रमा मोदी भ्रमणबारेमा नेपाललाई कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेश रोक लगाइएको थियो ।
वि.सं. २०७६ कार्तिक १६ मा जम्मु–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि भारतीय नक्सामा नेपाली लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भुमिलाई गाभेको थियो। व्यापक विरोध भएपछि वि.सं. २०७६ कार्तिक २० गते कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा स्पष्ट रहेको उल्लेख गरेर नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सार्वजानिक गरेको थियो । सोही कार्तिक २१ गते भारतीय विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको स्पष्टीकरण समेत दिएको थियो । वि.सं. २०७६ मङ्सीर ३ गते सुगौली सन्धि अनुसार काली (महाकाली नदी) पूर्वमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको पुनःस्मरण गराएको नेपालको परराष्ट्र मन्त्रालयले भारतले जारी गरेको नयाँ नक्साबारे कूटनीतिक नोट पठाएको भनाइ सार्वजनिक गरेको थियो । नेपाल सरकार, राजनीतिक दल, नागरिक समाजको चौतर्फी विरोधपछि वि.सं. २०७७ वैशाख २६ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली अतिक्रमित भुमि लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश मानसरोवर जोड्ने सडक सञ्जालको भिडिओ कन्फरेन्स गरेर उद्घाटन गरेका थिए ।
वि.सं. २०७७ वैशाख २७ गते एकतर्फी सडक निर्माण दुई देशबीच भएको समझदारी विपरित रहेको नेपाल सरकारको भनाइ सार्वजनिक गरेको थियो । वि.सं. २०७७ वैशाख २७ गते भारतको विदेश मन्त्रालयले सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमा भित्रै रहेको प्रतिक्रिया दिएको थियो । वि.स.ं २०७७ जेठ ७ मा मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालले आधिकारिक नक्सा जारी गरेको थियो । वि.सं. २०७७ जेठ ३१ गते नेपालले जारी गरेको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित गरेको थियो ।
नेपाली भुमिमा नेपाल सरकारसँग अनुमति नलिई मोदीको भ्रमण र परियोजनाहरु सञ्चालन गरिरहेको छ । माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले कुनै प्रतिक्रिया दिन सकेको छैन् । भारतले आफ्नो भुमिमा अनेक हर्कत गर्दा पनि नेपाल सरकार मौन रहेको छ ।

दसै कसको रमाइलो ?       लोकराज निरौला      धरान–१५, सुनसरी  प्रबोध साप्ताहिक अनलाइन संस्करणदसैैलाई राजा पृथ्वीनारायण शाह...
16/10/2023

दसै कसको रमाइलो ?
लोकराज निरौला
धरान–१५, सुनसरी
प्रबोध साप्ताहिक अनलाइन संस्करण

दसैैलाई राजा पृथ्वीनारायण शाहको शासनकालमा सबैले अनिवार्य मान्नै पर्ने र नमाने कार्वाही हुने भएपछि वि.सं. २०४६ सम्म सबै जाति, धार्मिक समुदायले दसै पर्व मानेको पाइन्छ । वि.सं. २०४६ को जनआन्दोलनको सफलता र बहुदलीय संसदीय व्यवस्थाको पुर्नस्थापनापछि जातीय धार्मिक र सामाजिक संघ संस्था स्थापना गर्ने, राजनीतिक दलहरुको स्थापना र दर्ता गर्न पाउने स्वतन्त्रतासँगै दसै पर्व कसले मान्ने, कसले नमान्ने, यस पर्वको ऐतिहासिक विरासत के हो भन्ने कुराको वहस शुरुवात भयो । अहिले नेपालका केही आदिवासी जनजाति समुदायले दसै मान्न छाडेका पनि छन् । मुश्लिम र इसाई धार्मिक सम्प्रादय भित्र भने दसै पर्व मनाइदैन ।
विशेश गरी हिन्दु सनातनी बौद्ध धर्मवम्वी समुदाय र किरात धर्मलम्वीहरुले समेत मनाउने गरेको यो दसै पर्व नेपालमा करिव ९० प्रतिशतले मनाइने ठुलो पर्व हो । त्यसैले गर्दा धर्म निरपेक्ष मुलुक भएर पनि यो पर्वमा सरकारले अरु जाति, धार्मिक पर्वमा भन्दा यस पर्वमा धेरै विदा र महत्व दिने गरेको छ। राज्यका सेना, प्रहरी, शिक्षक, कर्मचारीले पाउने चाडपर्व खर्च पनि यही दसैमा पाउने हुँदा दसै कसले मान्ने नमान्ने भन्दा पनि यो पर्व नेपालीहरुको एउटा साझा पर्वको रुपमा स्थापित भईसकेको कुरालाई हामीले अस्वीकार गर्न सकिदैन । दसै नै नमान्ने जाति वा धार्मिक सम्प्रदायमा पनि यस पर्वमा अरु पर्वमा भन्दा लामो समय सरकारी विदा हुने गर्दछ । धेरै मानिसहरुले आफनो नीजि पेसा, व्यवसायलाई पनि छुट्टी गरेर मनाउने भएको हुँदा पारिवारिक र आफन्तजनसँग भेटघाट गर्ने, राम्रो मिठो, मसिनो खाने, घरगृह सरसफाइर्, सिंगार गर्ने अवसरको रुपमा उपयोग गर्ने हुँदा पनि यो पर्व नेपालीहरुको साझा पर्वको रुप जस्तो हुन गएको छ ।
१.वर्गीय समाजमा दसै पर्व कसको रमाइलो ः
पुँजीवादी समाजमा वर्ग हुन्छ र कुनै पनि धर्म चार्डपर्व पनि वर्गीय हैसियतमा नै मनाइने गरिन्छ । अहिले हाम्रो नेपाली समाजमा मूलरुपमा तीन वटा वर्ग छन् । ती हुन सम्भ्रान्त पुँजीपति वर्ग, मध्यम पुँजीपति वर्ग, र निम्न सर्वहारा श्रमिक वर्ग यी तीन तहै वर्गमा दसैको रमाइलो तीनै प्रकारको रहने गर्दछ । जो सम्भ्रान्त पुँजीपति वर्ग छ। उसलाई सधैं दसै छ । के बहानामा पैसा खर्च गर्ने भन्ने सोच हुँदा उसका लागि खानपान, मोजमस्ती, विलासी गहना, सामाग्रीको उपयोग धन दक्षिणा, जुवातास खेल्ने मनोरञ्जन गरी दसै मनाउनका लागि पैसा खर्च गर्ने वहाना दसै उपर्युक्त र राम्रो पर्व हो । दास्रो वर्ग छ मध्यम पुँजीपति वर्ग यो वर्ग सम्भ्रान्त पुँजीपति वर्गको सिको र देखासिकी गर्न खोज्ने वर्ग पनि भएकाले न तल झर्न सक्छ न छिटो सम्भ्रान्त पुँजीपति वर्गमा रुपान्तरण हुन नै सक्छ । यो वर्गका लागि चाडपर्र्व धान्न कुनै बेला कठिन हुन नि सक्छ । चिन्ताको विषय हुने हुँदा यो वर्गलाई दसै त्यति सहज छैन । सम्भ्रान्त पुँजीपति र मध्यम पुँजीपति वर्गले आफन्त ज्वाँइ, सम्धि बाहेक चाडपर्वमा अन्य छिमेकी, इष्टमित्र, गरिव आफ्ना नातेदारलाई वास्ता र सम्मान पनि गर्दैनन । तेस्रो वर्ग छ, निम्न श्रमजीवी सर्वहारा वर्ग सामान्य खेतीपातीले दैनिक ज्यालादारी यातायात र कलकारखानामा मजदुरी, सामान्य व्यापार व्यवसाय गरेर जिविका चलाउने यो वर्ग कुनै चाडपर्व, विवाहमा सम्भ्रान्त र मध्यम वर्गको पुँजीपतिहरुको सिको देखासिकी पनि गर्दैनन । उ आफ्नो कमाईमा सन्तोष गर्दछ । विहान बेलुका चुलो बाल्न नै धौं धौं हुने परिवारमा पनि आफ्नो कमाइबाट केही बचत जोहो गरेर आफ्नो हैसियत अनुसार चाइपर्व मनाउने गर्दछन् । यो वर्गले आफन्त छिमेकी इष्टमित्रहरुलाई खुशी साथ राम्रो सम्मान गर्दछ। खुशी साथ भएको कुरा खुवाउँछ । यो वर्गका लागि आपत विपत पर्दा संकट भएपनि चाडपर्व रमाइलो हुने गर्दछ ।
२. दसैैको सकारात्मक पक्षहरुः–
एक आपसका सद्भाव र सकारात्मक सोचको विकास गर्न आफुभन्दा ठुला मानिसबाट आर्शिवाद शुभकामना ग्रहण गर्नु, आफन्तजन भेटघाट गरी सम्बन्धलाई प्रगाढ बनाउनु, घर परिवारदेखि गाउँ टोलसम्म सरसफाई, बाटोघाटो मर्मत र दसैको अवसर हुने साहित्यिक, सांस्कृतिक, सामुहिक श्रमबाट हुने सिर्जनात्मक र रचनात्मक कार्य गर्नु दसैका सकारात्मक पक्ष हुन् ।
३.दसैका नकारात्मक पक्षहरुः–
आजभन्दा केही वर्ष अगाडिसम्म शासक र गाउँघरका ठुलाठालूहरुले दसैको बेला गरिव निम्न वर्गलाई विना मूल्य काम लगाएर श्रम शोषण गर्नु, धर्म, चाडपर्वमा जातीय विभेद र छुवाछुत गर्नु, हाल जुवातास खेल्नु, अत्यधिक मदिरा पदार्थ सेवन गुर्न, धार्मिक अन्धविश्वासको रुपमा पशुहरुको अत्यधिक वली, पुजा हुनु, चाडपर्वको अवसरमा सामुहिक श्रमद्धारा गरिने सिर्जनात्मक कार्यहरुमा कमी हुँदै जानु दसै पर्वका नकारात्मक पक्ष हुन् ।
४. दसैलाई सकारात्मक र गच्छे अनुसार मनाऔ ः
आजकाल धेरै मान्छेहरु दसैै आउन लाग्दा यो दसै होइन दशा हो भन्ने गर्दछन् । अति निम्न आयस्रोत भएका हरेक परिवारका लागि एकसरो राम्रो लगाउन, दुई छाक मिठो मसिनो खानका लागि दसै दशा नै बन्ने गर्दछ । तर, हामीले आफ्नो कमाईमा सन्तोष गरेर सकारात्मक सोचका साथ गच्छे अनुसार दसैै मनायौ भने दसै दसैै नै हुन्छ । हामीले आफ्नो गच्छे हैसियत भन्दा बढी विलासी खर्च ग¥यौं, खानपिन सवारी साधन प्रयोगमा लापरर्वाही ग¥यौं । सबैप्रति सम्मान र सद्भाव राखेनौं भने दसै दशा पनि बन्न सक्छ ।

तपाईंको पहाड घर कहा“ हो ?प्रबोध साप्ताहिक अनलाइन संस्करण भवानी बरालपूर्व अध्यक्ष, प्रेस काउन्सिल नेपाल गएको साल पुस २३ ग...
16/10/2023

तपाईंको पहाड घर कहा“ हो ?
प्रबोध साप्ताहिक अनलाइन संस्करण

भवानी बराल
पूर्व अध्यक्ष, प्रेस काउन्सिल नेपाल

गएको साल पुस २३ गते कवि भुपाल राईले कान्तिपुर कोशेलीमा ‘तपाईंको पहाड घर कहाँ हो ?’ शिर्षकमा एउटा लामो आलेख बाहिर ल्याएका थिए । शिर्षकले हामी पहाडमा पुख्र्योली थातथलो भएकाहरुबीच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आम वाक्य हो । जसरी उपत्यकाका रैथानेहरु समय अनुसार तपाईले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन । यो वाक्य त्यस्तै एउटा परिचय गर्ने अनौपचारिक कुराकानीको प्रस्थान वाक्य हो ।
पचासको दशकतिर लेखिएको राईकै कविता ‘दाजै कविता गाउँमै छ’ को प्रसङ्गबाट सुरु गरेर लेखिएको यो आलेख आफैमा ‘अर्थ–राजनैतिक–साहित्य’ बनेको छ । साहित्य कुनै वर्ग, समुदाय विशेषको पक्षपोषण गर्छ भन्ने मान्यता यो लेखले स्थापित गरेको छ । र, साहित्य लेखनमा बखान गरिने स्वतन्त्रता, स्वच्छन्दता, उत्तरआधुनिकता र अराजकताको खण्डन गर्दछ । मैले उनको यो कविता पढेको छैन तर, राईले कविता यात्राको सन्दर्भमा यो कविता ‘माइलखुट्टी’ भएको ठहर गरेका छन् । साझा प्रकाशनले त्यही शिर्षकमा सङ्ग्रहकै रुपमा प्रकाशित गरेपछि यस्तो लाग्नु अस्वाभाविक पनि हैन् ।
लेखनका दुई धारा छन् एउटा अतित अर्थात भूत लेखन अर्को सिर्जनात्मक लेखन । भूत लेखन सिर्जनात्मक हुन्न भन्ने नै चैं हैन । तर अक्सर भूत लेखन बढी काल्पनिक हुन्छन् । कतिपय सन्दर्भमा असान्दर्भिक पनि भईसकेको हुन्छ । भएकै घटना लेखिएपनि त्यसलाई पत्याउने आधार खुम्चिसकेको हुन्छ। सिर्जनात्मक लेखन चैं वर्तमानको अवस्थालाई भविष्य देखाउने मार्ग हो । राईको त्यो अतितको कविता पनि उनले बोकेको दर्शनसँग सम्बन्धित चेतनाको स्तरले भूत वा सिर्जनाको हैसियत निर्धारण गर्छ । उनकै भाकामा उनकै कवितामा परिभ्रमण गर्दा उनले गर्ने आजको उनको चेतनास्तरले स्वमूल्याङ्कन गर्ने हो ।
राईको कविता, ‘दाजै कविता गाउँमै छ’ यो शिर्षकले नै सबै कुरा बोलेकै छ । अझ कविताको अन्य अन्तरंग गेडाले धेरै कुरा खोलेकै होला । पूर्वी नेपालको कुनै गाउँको प्रकृति, मानव वस्ती र त्यहाँको सामाजिक सांस्कृतिक लयमा लेखिएको त्यो कविताले पूर्वी पहाडको राष्ट्रियतालाई त बोकेकै होला । अर्थात समग्रमा यो क्षेत्रीय ‘नेचर–डेमोग्राफिक’ रुपरेखा होला। त्यहाँको भूगोल, प्रकृति, जीवन जगत्, सुखान्त, दुखान्त गाउँको कथा समेटिएकोले कविता गाउँमा भएको उद्घोष कविले गरे होलान ।
अक्सर कविता त गाउँमै हुन्छ । श्रम, दुःखजिलो, पीडा, शोषण, उत्पीडन, अभाव दुरदराज र विकट गाउँमा हुन्छ । कविता वा साहित्यका अन्य विधाले यसैमा बोल्ने हो । यसमानेमा कवि राईको कविता पहाडी गाउँको प्रकृति र समाजलाई उधिनेर बोल्यो । तर कविता त्यो पहाडी गाउँमा मात्रै हुन्न । कविले उधिने झैं श्रम, आफ्नो भन्ने सघन भाव मधेसका देहातमा पनि छ । यो पहाडको कुनै गाउँको विषय मात्रै हैन । मधेसका अनेकान गाउँमा पनि कविता भए छन । मधेसका पीडा, वेदनाले पनि कविता लेखाउँछ, लेखाएका पनि छन् ।
सहरमा त नाटक मात्र हुन्छ । गाउँको अभावग्रस्त कविताले केही नदिएपछि अझ दुःखमाथि दुःख थपेपछि गाउँ छोडेर भौंतारिएका हुन् । कविताको पीडा पोख्न, पीडा मेट्न मानिसहरु गाउँ छोडिरहेका छन् । जनजीविकाको लागि पनि थातथलो छोडेका हुन् । केहीले गाउँले सहरलाई घेर्ने रणनीति अनुसार स्थानान्तर हुँदा सहरमा अल्मलिएका वा हराएका हुन सक्छन् ।
मधेसको त्यो फाँटिलो देहातमा कविता, गीत सबै फलेफुलेका छन् । फले नफुलेका भए मैथली साहित्यमा महाकवि विद्यापति हुन्नथे । तर, एउटा चरित्रले पहाड तनहुँ घाँसी कुवाका भानुभक्तलाई आदिकवि देख्यो । ‘महाकवि’, लक्ष्मीप्रसाद देवकोटा मात्रै भए । कवि शिरोमणि लेखनाथ भए । राष्ट्र कवि माधव घिमिरे यस्तै यस्तै आदि । यस्तो आदिकवि, महाकवि, शिरोमणि, राष्ट्रकवि जन्माउने पहाड मात्र बहुप्रचारित भएपछि अलिकति चेत भएको पहडियालाई अर्को पहडियाले भेट्दा सबैले सोध्ने नै भए ‘तपाईंको पहाड घर कहाँ हो ?’
सामुदायिक पहिचानको थातथलो त हुन्छ नै यदि यही कुरा जान्नलाई कविलाई धरमपुर झापामा सोधेको कुरा रहस्यमय हैन । बरु उभित्र सुसुप्त अवस्थामा रहेको पहिचानजनित राष्ट्रियताको भाव हो । तर पञ्चायतको उदयसँगै राष्ट्रियता सामुदयिक भावको छैन । भौगोलिक भाव भईसकेको छ । वि.सं. २०१८ मा निर्मित संविधानले १४ अञ्चल ७५ जिल्ला घोषणा गर्नासाथ सामुदायिक राष्ट्रियता खारेज भयो । यसर्थ कविले आफु स्थान्तरण भएको काठमाण्डुलाई आफ्नो घर भने । सहभागीले अलिक कर गरेपछि पुख्र्योली थलो भोजपुर भने तर माझ किराँत भन्न सकेनन् वा भ्याएनन ।
पञ्चायतले पछिल्लो पटक राष्ट्रियताको एउटा भाष्य निर्माण गरिदिएको छ । त्यो भौगोलिक राष्ट्रियता हो । पूर्वी पहाडको राष्ट्रियता अब वल्लो किरात, पल्लो किरात र माझ किरात वा लिम्बुवान रहेन । समग्र पहाडी मुलको भौगोलिक राष्ट्रियता बन्यो । सोलु, ओखलढुङ्गा, संखुवासभा, ताप्लेजुङ आदि बन्यो । यसैले हिमालमा बस्नेहरु पनि पहाडी जिल्लाका नामले चिनिने भए । तराईमा त मिथिला, भोजपुरा, अवध हैन सुनसरी, मोरङ, सप्तरी, धनुषा आदि नामका भए । पहाडी राष्ट्रियतालाई स्थापित गर्ने मनोविज्ञान अन्तर्गत हिमाल र मधेसलाई विस्थापित गर्ने योजना हुन सक्छ । यसैले तराई वा हिमालमा बस्नेलाई उसको वतन सोध्ने चलन छैन । कविले जान्न खोजेको नेपाली राष्ट्रियताको अन्तर्य यही हो । त्यसैले पहाडियाहरु पूर्व पश्चिम जहाँका हुन तिनले भेट्दा पहिलो थेगो हुन्छ, ‘तपाईको पहाड घर कहाँ हो ?’
नेपालको यो आधुनिक स्वरुप बन्नुभन्दा अघि पनि नेपाल थियो । किरात, लिच्छवी, मल्लकालमा पनि वर्तमानको नेपालको करिव यही स्वरुपको समग्र नाम नेपाल हो । भलै त्यहाँभित्र बाइसी, चौविसी, उपत्यकामा तीन र उपत्यका पूर्व तीन गरी ५२ गणराज्यहरु किन नहुन । तिनै गणराज्यहरुको ऐतिहासिक स्वरुप आधुनिक नेपालको इतिहास हो । तर, एकत्रित स्वरुपको राज्य विस्तार गर्ने काम पहाड गोर्खा राज्यले ग¥यो । यसैले कवि राईले संकेत गरेझैं नेपाली राष्ट्रियताको निर्माण त्यही पहाडले ग¥यो । पहाड र पहाडियाले निर्माण गरेको राज्य र राष्ट्रियतामा अन्यले अपनत्व ग्रहण गर्न नसकेको हो ।
नेपाली राष्ट्रवादको चुरो नेपालको ‘एकीकरण’ वा ‘गोर्खा राज्यको विस्तार’ दुई कुराको छिनोफानो नहुञ्जेल तर्कतरङ्ग चलिरहन्छ । पहाड त वर्तमान राष्ट्रवादको मुख्य धमनी हो, जहाँबाट रक्त सञ्चार भईरहन्छ । अमिवाको न्युक्लियस र त्यसलाई सघाउने प्लाज्माहरुको नियति यस्तै हुन्छ भनेर गरेको उदाहरण पनि यहाँ सटिक छ । जसले कविकै भाकामा भन्दा हिमाललाइ नजरअन्दाज ग¥यो । मधेसलाई परहेजमा राख्यो ।
कविले ठीकै भने राष्ट्रवादको पहाडी एकात्मक ढाँचा ‘असिल हिन्दुस्थाना’ बनाउने पृथ्वीनारायण वैचारिकीमा आधारित थियो । त्यसअघि त नेपालको स्वरुप उत्पीडनरहीत संघीय गणराज्यमा थियो । जसको चर्चामाथि पनि भईसकेको छ । तर सेनहरुले स्वशासनलाई भत्काउने, उपनिवेश बनाउने क्रियाकलाप गरेर ‘पृथ्वी विचार’ लाई भूणमा ल्याउने मार्ग प्रशस्त गरेका थिए ।
त्यसपछि पृथ्वी विचार जंगबहादुर कुँवरको मुलुकी ऐन हुँदै संस्थागत हुने क्रम बढ्यो । महेन्द्र शाहले एक धर्म सापेक्ष, भूमिसुधारको नाममा किपट उन्मुलन, लोकतन्त्रको खारेजी लगायत अर्थ–राजनैतिक कार्यक्रमलाई निरन्तरता दिए । जसको उत्कर्ष जनमत सङ्ग्रह, पहिलो, दोस्रो जनान्दोलन, सशस्त्र विद्रोह, मधेस आन्दोलनमार्फत जवाफ तलब भएको थियो । तर खारेजीमा परेको यो पहाडी राष्ट्रवाद फेरिपनि संस्थागत हुने सुरसारमा छ । यसैले धर्म सापेक्ष ‘असिल हिन्दुस्थाना’को पुनरस्थापना, संघीयताको खारेजीसहितको खिचडीका सर्दाम भेला गरिदैछ । यस पटकको मतादेशले त्यतैतिरको संकेत गरेको छ । यसैले संसदमा एक भाषा, एक भेष, एक राष्ट्र एक देशको रिहर्सल सुरु भएको छ । जुन राष्ट्रवादले मधेसलाई राष्ट्रघात र घातीको पगरी गुथाएको थियो । त्यही पहाडी राष्ट्रवादलाई उजिल्याउन खोजिदैछ । जुन राष्ट्रवादले राजनैतिक स्वतन्त्रता खोज्नेलाई अराष्ट्रिय तत्व (अत) बनाएको थियो । त्यसैले राष्ट्रिय एकताको पुरानो मिति खोजेर पुस २७ गतेलाई दिवस बनाइदैछ । यसैले अब झन जोडले भेटघाटमा सोध्नेछन, ‘साँच्ची तपाईको पुख्र्यौली पहाड घर कहाँ हो ?’

पुनर्वासको चर्चा ः
यसै प्रसङ्गमा कविले पुनर्वासको चर्चा पनि गरेका छन् । सुन्दा कर्णप्रिय लाग्ने पुनर्वास योजनाको छ। दृष्ट्रि तराईका फाँटमा पहाडको हस्तक्षेप बढाउनको लागि रहेको ठहरमा पुगेका रहेछन । तर पुनर्वास मात्र हैन ‘रस्ती रसाई बस्ती बसाइ’ नारा अन्तर्गत पूर्वी तराईमा बसोबास गराइएको थियो । आजको सुनसरी, मोरङ र झापामा कैयौं स्थानमा झोडा फाँड्ने काम भएको थियो । मोरङको कुल झोडा, रमाइलो झोडा, कानेपोखरी, झापाको केर्खा, झिलझिले, सुनसरीको पञ्चायन, महेश्वरलगायत अनेक झोडा (चारकोशे जंगल) फँडानी गरेर पहाडका बासिन्दालाई बसाइयो । पुनर्वास कम्पनीले मध्यमधेसमा पहाडी मुलकाहरुलाई बसायो । झापाको सीमावर्ती
क्षेत्र पृथ्वीनगर, जलथलदेखि महकाली कञ्चनपुरको दोधारा चाँदनीसम्म
पहाडिमूलकाहरुको बस्ती बसाउने काम भयो । सूचना प्रविधिको उस्तो विकास नभएको त्यो बखतमा महेन्द्रले मानवलाइ नै प्रयोग गरेर राष्ट्रवाद
मधेसमा वोल्लो छेउदेखि पल्लो छेउसम्म बिस्तार गरे ।
राप्तीघाँटी विकास परियोजना अन्तर्गत चितवन फँडानी गरेपछि पहाडे मूलकालाई बसाइयो । नेपाल औलो उन्मुलन संघ गठन गरेर त्यसैको माध्यमबाट मच्छड मार्ने विषादी ‘डिडिटी’ पाउडर छरियो । मधेसमा मच्छडसँग जुध्न सक्ने क्षमता मधेसी र थारुहरुमा मात्र थियो । यसर्थ पहाडिमूलकाहरु मधेसको बाटो मात्र हिँडदथे, रात कटाउँदैन थे । यो विषादी छरेपछि केही हदसम्म औलो उन्मुलन हुन थाल्यो । चितवन लगायतका मधेस बस्न अनुकुल भयो । मधेस बस्न अनुकुल हुँदै गएपछि राजनैतिक पीडितका नाममा, वर्माबाट फर्केका प्रवासी नेपालीका नाममा पहाडिमुलकालाई चितवन लगायत मधेस क्षेत्रमा बसाइयो ।
नेपाल भारत सीमा रक्षाका नाममा गोर्खा भूपू सैनिकलाई मधेसमा जग्गा वितरण गरियो । ठीकै भनेका हुन कविले यो आलेखमा ‘महेन्द्रीय पहाडे राष्ट्रवाद’ मधेसमा यसरी विस्तार भयो । वर्तमानको नेपाली राष्ट्रवादको बनीबनाउ स्रोत पहाड नै हो । त्यो स्रोतलाई उपयोग गरेर महेन्द्रले मधेसमा राष्ट्रवादको नयाँ बैचारिकी स्थापित गरे । त्यसैले आजसम्म महेन्द्रीय वैचारिकीले आम पहाडे मुलकालाई भेट्दा बोल्ने थेगो नै बनाइदिएको छ, ‘तपाईको पहाड घर कहाँ हो ?
राजमार्गको कुराः
विकासको लागि राजनीति नेपालको आर्थिक जीवन पूर्व–पश्चिम हैन उत्तर–दक्षिण जोडिएको छ । तरराजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग आफ्नै नाममा आफ्नै गुरुयोजना अन्तर्गत बनाए । मधेसको आर्थिक जीवन रेखा त हुलाकी मार्गसँग धेरै सम्बन्धित थियो । हुलाकी मार्ग बनाउँदा हुने मधेसको उन्नतिलाई नजरअन्दाज गरे । उनले नयाँ राजामर्ग बनाए । जहाँ उनको वैचारिकी स्थापित गर्न सजिलो होस । कविले महेन्द्र राजमार्ग बनाउनुको उद्देश्यमा मत बझाई राख्नु पर्ने छैन । महेन्द्रको एक मात्र नारा थियो । ‘विकासको लागि राजनीति’ । जहाँ विकास गर्ने हो त्यहाँ राजनीति पु¥याउने । राजनीति नजाने ठाउँमा विकास नलैजाने। यसैले उनले पहाडको विकासमा ध्यान दिएनन् । महेन्द्रलाई मधेसमा आफ्नो अनुकुल ‘राष्ट्रवादी राजनीति’ लैजानु थियो । महेन्द्र राजमार्गको विकासको नाममा राजनीति कुदाएका हुन्। कविले भनेझै्र सेवा, सुविधा, अवसर र विकासबाट बञ्चित पहाडी समुदाय राजमार्गमा बसाइँ सरे । यो वाध्यकारी परिस्थिति बनाउने महेन्द्रीय ‘विकासको लागि राजनीति’ नारा मात्र थियो । यो नारालाई ठीक उल्टो पारेर बुझियो भने खुटखबर आउँछ । जस्तो ः राजनीतिको लागि विकास । कविले उठाएको मुख्य प्रश्नको उत्तर यही हो ।
पहाडको त्यो बनीबनाउ राजनीति लैजान महेन्द्र राजमार्ग अनुकुल थियो । यसैले उत्तर–दक्षिणको आर्थिक जीवनलाई पनि उनले हेरेनन र पूर्व–पश्चिम हुलाकीलाई पनि मान्यता दिएनन । बरु मानव बस्ती कम्ती भएको चुरेको फेदैफेद राजमार्ग बनाए । जहाँ पहाडे मुलकाहरुको बस्ती बसाउन सजिलो होस । आखिर भयो पनि त्यस्तै काकडभिट्टादेखि कञ्चनपुरसम्म नै महेन्द्र राजमार्गमा पहाडे राष्ट्रियताको सघन उपस्थिति भयो । यसरी महेन्द्रीय राष्ट्रवादले सिमावर्ती काकडभिट्टादेखि दोधारा चाँदनीसम्म यसैगरी पूर्व–पश्चिमराजमार्गले मेचीदेखि महाकालीसम्म मधेसलाई घेराबन्दी गर्न सफल भयो । त्यहाँ बसोबास गर्ने जति पुस्ता विते पनि अझै एक अर्का भेट हुँदा सोध्ने गर्छन, ‘तपाईको पहाड घर कता हो ?’

एक कमिसनरी वित्तीय विश्लेषकको कुराकानीमा आधारित लेखप्रतिप्रबोध साप्ताहिक अनलाइन संस्करण रमेश गिरीप्राविधिक तथा विद्युतीय...
16/10/2023

एक कमिसनरी वित्तीय विश्लेषकको कुराकानीमा आधारित लेखप्रति
प्रबोध साप्ताहिक अनलाइन संस्करण

रमेश गिरी
प्राविधिक तथा विद्युतीय अभियन्ता

‘यसकारण नेपालका लागि उपयुक्त छैन विद्युतीय सवारी’ भन्ने शिर्षकमा एउटा लेख पढने अवसर प्राप्त भयो । उक्त लेख फरकधार भन्ने अनलाइन पत्रिकामा १५ असोज २०८० मा प्रकाशित भएको रहेछ। लेख वित्तीय विश्लेषक हेमन्त बस्यालसँगको अनौपचारिक कुराकानीमा आधारित भएकोले त्यति धेरै औपचारिक मान्न सकिएन । तर, अहिलेको केही जोस, जाँगर भएका नयाँ पुस्ता र देशमा केही गरौं भन्ने युवा वर्गको लागि बिषालु देखिन आएकोले दुई शब्द भएपनि खण्डन लेख्न जरुरी देखेर दोहोराई तेहेराई पढेपछि निम्न बँुदामा प्राविधिकको हैसियतले आफ्नो कुरा राख्दैछु ।
१) लेखक आर्थिक बिषयमा ज्ञाता रहेको तर ब्यवहारिक र प्राविधिक क्षेत्रमा शुन्य ज्ञान भएको ब्यक्ति भएर पनि हुनु पर्छ । लेख नै औपचारिक रुपमा नलेखी चिया गफको कुरालाई पत्रकारले आधार मानेर टिपेको देखिन्छ । नकारात्मक सन्देश छर्नको लागि भने निम्न बुँदाहरु उठाएको देखिन्छः–
क) विद्युतीय सवारीको शुरुको लागत बढी भएकोले पेट्रोल गाडीको तुलनामा महँगो भएर बढी डलर बाहिरिने छ ।
ख) ८ देखि १० वर्षमा ब्याट्री आयु समाप्त भएपछि ब्यवस्थापनको कमीको कारण वातावरण थप घातक भएर जानेछ ।
ग) ब्याट्री डिस्पोज गर्दा बढी खर्च लाग्नेछ ।
घ) विद्युतीय सवारीको तौल पेट्रोल सवारीको भन्दा बढी भएको कारण रोडमा घर्षण बढेर रोड छिटो बिगार्नेछ ।
ङ) दैनिक २५ देखि ३० कि.मि. यात्रा गर्नेले विद्युतीय सवारी किन्न लागत बढी हुनेछ ।
च) इलेक्ट्रिक मोटर बनाउन प्रयोग हुने तामा र ब्याट्री बनाउन प्रयोग हुने लिथियम, निकोल, कोबाल्ट, लगायतका खनिज पदार्थ उत्खनन र प्रशोधनमा हुने प्रदुषणले पर्यावरणमा धेरै प्रभाव पार्छ ।
छ) शुरुमा पेट्रोलियम सवारी खरिद गर्दा ६ देखि ८ हजार डलर बाहिरिन्छ तर विद्युतीय सवारी खरिद गर्दा २० देखि ३० हजार डलर बाहिरिन्छ ।
ज) जनतासँग ग्यास किन्ने पैसा नभएको अवस्थामा विद्युतीय सवारी किन्नको लागि प्रोत्साहित गर्न सकिदैन ।
२) निज वित्तीय विष्लेशकका सुझावहरुः—
क) बार्षिक २० देखि २२ हजार कि.मि. भन्दा बढी अथवा दैनिक १ सय ५० कि.मि. भन्दा बढी गुड्नको लागि सार्वजनिक सवारी मात्र विद्युतीय खरिद गर्न सकिन्छ ।
ख) विद्युत खपतका हिसाबले विद्युतीय सवारीले भन्दा बढी विद्युतीय चुलोले खपत गर्छ । ६० लाख परिवारको घरमा ६० लाख चुलो खरिद गर्दा कम डलर बाहिरिन्छ भने बिजुली बढी खपत हुन्छ ।
ग) सरकारले ६० लाखभन्दा माथि पर्ने गाडीमा कर छुट दिएकोले गरिव जनतामैत्री नीति राज्यसँग छैन ।
माथि उल्लेखित बँुदाहरु सरसर्ती हेर्दा बिजुली कहाँ कसरी प्रयोग हुन्छ ? राज्यलाई कसरी फाइदा हुन्छ भन्ने बिषयमा केन्द्रीत भएको देखिदैन । थालमा पस्केको भात मुखमा हाल्दा हातबाट भुइँमा झरेको कुरा प्रष्ट आएको देखिन्छ। बिजुली उत्पादनमा शंका गरेको देखाउँछ । उहाँको तर्क अनुसार बिजुली उत्पादन गर्दा पनि सबै कच्चा पदार्थ महँगो मुल्यमा विदेशबाट नै ल्याउनु पर्ने हुन्छ । डलर बाहिरिने भयो । उत्पादित बिजुली उपभोक्ताको घरसम्म लैजान पुर्बाधार तयार गर्दा नेपाली उत्पादन छैन । घरमा प्रयोग हुने मिटर, विभिन्न क्षमताका तार, बल्ब, पङखाहरु सबै विदेशबाट आएका छन । स्वदेशी पुँजी विदेशिएको छ । यसरी गणना गर्ने हो भने बिजुली प्रयोगको उच्चारण गर्न नसकिने अवस्था हुन्छ । त्यसैले बँुदामा केन्द्रीत रहेर कुरा गरौं ।
सर्वप्रथम वि.सं. २०७९ भदौ सम्मको रेकर्ड अनुसार डिजेल पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे चार, छ, दस र चौध पाङ्ग्रे गरी जम्मा ४८ लाख सवारी नेपाल भित्रईसकेका छन्। त्यसमध्ये दुई पाङ्ग्रे मात्र ३९ लाख रहेका छन् । जसमध्ये सरकारी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा थन्किएका गाडीहरु हेर्ने हो भने झण्डै ५०% जस्तो देखिन्छ । ती गाडीलाई इभिमा रुपान्तरण गरी पुनः प्रयोग गर्ने र पुँजी पलायन हुनबाट बचाउने बारेमा कुनै योजना देखिदैन । सन् २०२१ देखि २०२२ सम्मको नेपाल आयल निगमको रेकर्ड हेर्दा ग्यासोलिन मात्र २६ लाख ३४ हजार ३ सय १ किलो लिटर आयात भएको छ । पि एन् ग्यासको हिसाब छुट्टैछ । जस अनुसार ५ लाख ३६ हजार २८ वटा सिलिन्डर आयात भएको छ । लुब्रिकेन्टदेखि मर्मतको निम्ति सबै सामान बाहिरबाट नै आउने गर्छन । उस्तै परे नेपालमा प्राविधिक नरहेको हल्ला पिटेर विदेशबाट नै मगाउने चलन छ । यो डलर पलायन नभएर के हो ?
विद्युतीय सवारी महँगो भनिरहँदा मैले बजारमा सर्वे गरे अनुसार विद्युतीय सवारीले जुन सुविधा उपलब्ध गराएर हालको बजारमा विद्युतीय सवारी ल्याएको छ । त्यति सुविधा डिजेल, पेट्रोलबाट चल्ने गाडीले दिने हो भने सोही विद्युतीय सवारीको दोब्बर मुल्य भन्ने गर्दछन । अहिलेको पेट्रोलियम महङ्गी अनि निश्चित
किलोमिटरपछिको मर्मत, चलायमान पुर्जाको परिवर्तन र पेट्रोल हिसाब गर्दा दस वर्षमा गाडीको मुल्य दोब्बर हुन्छ । जति बढी चल्यो त्यति मुल्य बढेर जाने हो । त्यही ठाउँमा विद्यतीय सवारी छ भने मर्मत कार्य ७५% घटेर जान्छ । आफ्नै देशको उत्पादन बिजुली प्रयोग हुने हुँदा डलर बाहिरिनु पर्दैन । सडकमा धुवाँले आक्रान्त हुनु पर्दैन । जनतालाई सस्तोमा यात्रा गर्न पाउँछन् । मान्छे प्रगतिशील प्राणी भएकोले १० वर्षपछि नयाँ सिस्टमको विकास हुन्छ। पुरानोलाई स्वतः विस्थापित गरेर जान्छ। कच्चा पदार्थ उत्पादनकर्ता मुलुक हाम्रो देश नभएको र विदेशमा नै परनिर्भर रहेकोले उत्पादक देशले दस वर्षपछिको योजना बनाएर अगाडि बढेको हुन्छ । यो नेपालको मात्र टाउको दुखाइ होइन । विद्युतीय सवारीमा प्रति किलोमिटर अधिकतम् ५० पैसा प्रति ब्यक्ति पर्न आउँछ । तर ग्यासोलिन सवारीमा प्रति किलोमिटर न्युनतम् ५ रुपैयाँ प्रति ब्यक्ति पर्न आउँछ। यसबारेमा लेखक केही बोलेको देखिदैन ।
विद्युतीय सवारीको तौल बढी भएको कारण रोड बिग्रिने तर्क शुद्ध रुपमा पेट्रोलियम कम्पनीबाट कमिसन खाएको तर्क मात्र हो । नेपालको रोड बनाउन एक करोडको ठेक्का कबोल गरियो भने ७०% रकम कर्मचारी कै पोल्टामा फर्केर जान्छ । ३०% रकमले मात्र निर्माण ब्यवसायीले रोड तयार गर्छ । उसले ४ को अलकत्रा हाल्नु पर्ने ठाउँमा १ मात्र हालेर रोड तयार गरी देखाउँछ । त्यो उसको सिस्टम कै खराबीका कारण भएको बाध्यात्मक अवस्था हो । अनि रोड बनेको एक महिना नपुग्दै उम्कन शुरु हुन्छ । त्यसमा डिजेलबाट चल्ने अत्यधिक भारबहन सवारीको कुरा पनि उठाउनु पर्दथ्यो । बिजुली प्रयोगलाई कसरी व्यापक बनाउने र नयाँ पेट्रोल गाडीदेखि पेट्रोलियम पदार्थ अत्यधिक बढी चलायमान पुर्जा आयातमा कसरी कटौती गर्ने भन्ने चिन्ता निज वित्तीय विश्लेषकलाई हुनु पर्ने हो। आफ्नो देशको उत्पादन भएको कारण ६० लाख घर परिवारको चुलोमा ग्यास होइन इनडक्सन चुलो लगाउन र त्यसमा चल्ने भाँडा खरिदमा सरकारले सहुलियत दिएर जनतालाई प्रोत्साहित गर्नु पर्छ । थोरै किलोमिटर २५ देखि ३० कि.मि. चल्नको लागि विद्युतीय साइकल खरिद गरिनुपर्छ । सबै पुराना ग्यासोलिन गाडीहरु बिजुली गाडीमा रुपान्तरण गरिनुपर्छ भनेर उठाउन किन सक्नु भएन ?
नेपालको भ–ुबनोट अनुसार फरक फरक पावरको बिजुली गाडी प्रयोग गर्नु पर्छ । जसको मुल्य पनि फरक हुने गर्दछ। सरकारको सबैभन्दा राम्रो पक्ष सडक चौडा र डबल लाइनको बनाउने, गाडी अपर्झट बिग्रिएमा साइड मै बनाउन मिल्ने गरी हरेक किलोमिटरमा पार्किङ एरिया छुट्टाउनु पर्छ । रोडमा बत्ती झलमल्ल हुनुपर्छ । यति हुँदा आफ्नै देशमा रोजगारी बढेर जान्छ । देशभित्र असल ब्यवस्थापनसहित बैज्ञानिक समाजवादको खाँचो छ । आफ्नो परिवार छोडेर विदेश पलायन हुने कसैलाई रहर हुदैन। पलायन भएकाहरु फर्केर आउँछन। राज्यको नीति युवा बेचेर डलर कमाउने, त्यही डलरले गाडी तेल र मर्मतको लागि पुर्जा आयात गर्ने, त्यसमा नै कर्मचारीको लागि कमिसन छुट्टाउनु पर्ने भएपछि अगाडि फड्को मार्ने सोच वा तर्क आउन सक्दैन । इच्छाएको ब्यक्तिले आफनो सवारी रुपान्तरण गर्न पाउने ब्यवस्था गरिनु पर्छ । त्यस्तै ५ बर्ष पुगेका सबै सवारी साधनलाई अनिवार्य रुपान्तरणको ब्यवस्था गरिनु देशको हितकर हुन्छ । हालको स्वदेशी उत्पादन एक नम्बर, कृषि दुई नम्बर, रोडको विकास तेस्रो नम्बरमा उद्योग अन्तर्गत पुराना गाडीलाई इभिमा रुपान्तरण गर्न ठुला ठुला कारखाना खोल्न युवाहरूलाई प्रोत्साहन गर्नु हो । जसले क्षमता अनुसार काम गरेर देखाउने छन् । जनताले राहतको सास फेर्न पाउनेछन । विद्युतीय सवारीभन्दा पेट्रोलियम सवारी सस्तो भनी भ्रम छर्नेहरुलाई धुलो चटाइनु पर्छ ।
(१८ असोज २०८० हाल काठमाडौं २० वर्ष पुरानो यामाहा बाइक इभिमा रुपान्तरण गरी तयार गरिएको इ–बाइक) ।

वर्षः  १३, पुर्णाङ्कः  ५९२, अङ्कः  १४,  नेपाल सम्वत्  ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत्  २१५०, वि.सं. २०८० कार...
16/10/2023

वर्षः १३, पुर्णाङ्कः ५९२, अङ्कः १४, नेपाल सम्वत् ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत् २१५०, वि.सं. २०८० कार्तिक ३ गते शुक्रबार, Oct 20, Friday 2023 मा प्रकाशित प्रबोध पत्रिका ।

वर्षः  १३, पुर्णाङ्कः  ५९०, अङ्कः  १२,  नेपाल सम्वत्  ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत्  २१५०, वि.सं. २०८० असो...
09/10/2023

वर्षः १३, पुर्णाङ्कः ५९०, अङ्कः १२, नेपाल सम्वत् ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत् २१५०, वि.सं. २०८० असोज १९ गते शुक्रबार, Oct 6, Friday 2023 मा प्रकाशित प्रबोध पत्रिका ।

वर्षः  १३, पुर्णाङ्कः  ५८९, अङ्कः  ११, नेपाल सम्वत्  ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत्  २१५०, वि.सं. २०८० असोज...
01/10/2023

वर्षः १३, पुर्णाङ्कः ५८९, अङ्कः ११, नेपाल सम्वत् ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत् २१५०, वि.सं. २०८० असोज १२ गते शुक्रबार, Sep 29, Friday 2023 मा प्रकाशित प्रबोध पत्रिका ।

वर्षः  १३, पुर्णाङ्कः  ५८८, अङ्कः  १०, नेपाल सम्वत्  ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत्  २१५०, वि.सं. २०८० असोज...
24/09/2023

वर्षः १३, पुर्णाङ्कः ५८८, अङ्कः १०, नेपाल सम्वत् ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत् २१५०, वि.सं. २०८० असोज ५ गते शुक्रबार, Sep 22, Friday 2023 मा प्रकाशित प्रबोध पत्रिका ।

वर्षः  १३, पुर्णाङ्कः  ५८८, अङ्कः  १०, नेपाल सम्वत्  ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत्  २१५०, वि.सं. २०८० असोज...
24/09/2023

वर्षः १३, पुर्णाङ्कः ५८८, अङ्कः १०, नेपाल सम्वत् ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत् २१५०, वि.सं. २०८० असोज ५ गते शुक्रबार, Sep 22, Friday 2023 मा प्रकाशित प्रबोध पत्रिका ?

वर्षः  १३, पुर्णाङ्कः  ५८८, अङ्कः  १०, नेपाल सम्वत्  ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत्  २१५०, वि.सं. २०८० असोज...
24/09/2023

वर्षः १३, पुर्णाङ्कः ५८८, अङ्कः १०, नेपाल सम्वत् ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत् २१५०, वि.सं. २०८० असोज ५ गते शुक्रबार, Sep 22, Friday 2023 मा प्रकाशित प्रबोध पत्रिका ।

वर्षः  १३, पुर्णाङ्कः  ५८७, अङ्कः ९, नेपाल सम्वत्  ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत्  २१५०, वि.सं. २०८० भाद्र ...
18/09/2023

वर्षः १३, पुर्णाङ्कः ५८७, अङ्कः ९, नेपाल सम्वत् ११४३, येले ÷ यलम्वर सम्वत् ५०८३, भोट सम्वत् २१५०, वि.सं. २०८० भाद्र २९ गते शुक्रबार, Sep 14, Friday 2023 मा प्रकाशित प्रबोध पत्रिका ।

केन्द्रले बीस परिवारलाई खाद्यान्न र स्टेशनरीप्रबोध साप्ताहिक अनलाइन संस्करण,धरान / आपाङ्ग पुनः स्थापना केन्द्र धरानले अप...
18/09/2023

केन्द्रले बीस परिवारलाई खाद्यान्न र स्टेशनरी

प्रबोध साप्ताहिक अनलाइन संस्करण,
धरान / आपाङ्ग पुनः स्थापना केन्द्र धरानले अपाङ्गा, असहाय, एकल महिला र अति विपन्न परिवारलाई खाद्यान्न तथा उनीहरुका छोराछोरीलाई स्टेशनरी समेत वितरण गरेको छ । केन्द्रले विगत लामो समयदेखि महिनाको १ गते र १५ गते खाद्यान्न तथा स्टेशनरी वितरण भइरहेको छ । यो ३० औं श्रङ्खला हो ।

अशोक अग्रवालको सहयोगमा केन्द्रले खाद्यान्न तथा स्टेशनरी वितरण गदै आएको छ । असोज १ गते २० जनालाई वितरण गरेको छ । सो कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले प्रमुख अतिथि रहनु भएको थियो । सोही अवसरमा ठूलो आन्द्रमा भएको क्यान्सर रोग उपचारको लागि धरानका पत्रकार सञ्जिवकुमार राइलाई इलाका प्रहरी कार्यलय धरानका डिएसपी नवराज मल्लले ५ हजार रुपैयाँ प्रदान गर्नु भयो ।

कार्यक्रममा महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष सिला बज्राचार्य, नगर स्तरीय वातावरण समन्वय समिति धरान अध्यक्ष ललिता अघिकारी, दलित सेवा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश गजमेर, स्थानीय समाजसेवी सीता मैनाली, सेवक अभियानका संयोजक दिप श्रेष्ठ लगायतको उपस्थिति रहेको केन्द्रका प्रबन्ध निर्देशक सुनिल खड्काले बताउनु भयो । कार्यक्रम केन्द्रकी अध्यक्ष पुर्ण मास्केको अध्यक्षता र अशोक अग्रवालको विशेष आथित्यमा सम्पन्न भएको थियो ।

राज्यको माथिल्लो तहबाट सहकारीको समस्याप्रबोध साप्ताहिक अनलाइन संस्करण, धरान / सहकारीको समस्या राज्यको मथिल्लो तहबाट भएको...
15/09/2023

राज्यको माथिल्लो तहबाट सहकारीको समस्या

प्रबोध साप्ताहिक अनलाइन संस्करण,
धरान / सहकारीको समस्या राज्यको मथिल्लो तहबाट भएको सुनसरीको धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम वेघाले बताउनु भएको छ । उहाँले धरान ९ मा रहेको आशिष बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारणसभाको प्रमुख अतिथिको हैसियतमा धरानको जनसंख्याको आधारमा सहकारी ऐन अनुसार बढीमा ३५ वटा सहकारी हुनु पर्नेमा ८२ वटा सहकारी खोल्न दिएर राज्यको माथिल्लो तहबाट नै नियमको उलंघन भएको धारणा राख्नु भयो ।
उपमेयर वेघाले धरानबाट शुरु भएको धार्मिक द्धन्द्धको समस्याको उठान गदै पहिलेदेखि मिलेर बसेको समाजमा आज सदभाव कायम गर्नु पर्ने टिप्पणी समेत गर्नु भयो । उहाँले हामी सबै नमिलिकन स्थानीय तह होस वा देशमा शान्ति र समृद्धि नआउने तर्क गर्नु भयो ।
भाद्र २९ गते भएको सहकारीको बार्षिक साधारणसभामा राष्ट्रिय सहकारी बैक धरान शाखाकी प्रमुख सम्झना दाहालले सहकारीहरुले आफ्ना कमी कम्जोरीहरुलाई सुधार गरेर अघि बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । लेखा परीक्षक दुर्गाप्रसाद पोखरेलले स्थानीय सरकारले सहकारीका विज्ञ र अनुभवीहरुको सहकारी विभाग गठन गरेर सहकारीलाई नियमन गर्नु पर्ने बताउनु भयो ।
साधारणसभामा हिसप मण्डलीका रेभरेन जेम्स राई, सानो बगाल प्रेरितीय मण्डलीका गुरुबा सोमबहादुर बोगटी, लंघाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झमकबहादुर मगर, सहकारीकी सल्लाहकार डाककुमारी राई, पूर्व अध्यक्ष सुवास वर्देवा लगायतको आथित्य रहेको थियो ।
कार्यक्रममा संस्थाका लेखा संयोजक महिन्द्र बोगटीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष कमलप्रसाद गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो । सहकारीकी अध्यक्ष शोभा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम व्यवस्थापक सुरेन वनेमले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम धरान ९ मा रहेको होटल द रत्न इनमा सम्पन्न भएको थियो ।

Address

Dharan
Dharan

Alerts

Be the first to know and let us send you an email when Prabodh Weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share



You may also like