17/04/2024
आज साँझमा रनिङमा बाहिर निस्किएको थिएँ। एकजना भाइसँग एउटा मिठो संवाद भयो जस्को छोटो अंश यहाँ सेयर गरौँ जस्तो लाग्यो ।
भाइ :- दाई तपाईँ कुनै नौलो व्यक्तिहरूसँग भेटघाट हुँदा कन्फिडेन्टका साथ कुराकानी गर्नुहुन्छ र उनीहरूलाई चाँडै नै आफ्नो प्रभावमा पार्नुहुन्छ यसको सूत्र के होला?
(भाइले अनौठो कुरा नोटिस गरेको रहेछ। यो मेरो लागि बिल्कुलै नौलो प्रश्न थियो। प्रश्नले मलाई आनाकानी गर्ने छुट दिएको थिएन त्यसैले मैले झट्टै जवाफ दिएँ ।)
म:- तिमी पहिलादेखि नै कोही कसैसँग भेट्ने चाहना राख्छौ भने उस्को बारेमा पाएसम्म जानकारी राख्ने गर्नु। अनि कसैसङ्ग अचानक भेट भयाे, जो सङ्ग तिमीलाई कुरा गर्न मन छ भने उस्को बारेमा जिज्ञासु र सकारात्मक भएर कुरा थाल्नु।
भाई :- तर दाई मलाई कुरा थाल्न नै धेरै डर लाग्छ, यस्लाई कसरी सुधार गर्न सकिन्छ ?
म:- मानिस सबै समान हो र यो संसारमा कोहि पनि पुर्ण छैन, भन्ने सत्यलाई सम्झिने (बुझ्ने) गर्नु।
भाईले आजकै मितिबाट आफ्नो जिवनमा यो कुरा लागू गर्ने प्रतिबद्धता जाहेर गर्यो।
हजुरहरुलाई के लाग्छ,के हामी मानिसहरूसँग कुराकानी गर्न धेरै नै डराउँछौँ? यदि डराउँछौ भने त्यसको कारण के त? किन लाग्छ यस्तो डर? कतै यहि डरले हामीलाई हानि त गरिरहेको छैन? के कुराकानी गर्न नसक्नु कतै हाम्रो सफलताको बाधक त बनिरहेकाे छैन? हजुरहरुको बिचार कमेन्ट गर्नुहोला है त सके हामी यो विषयमा छलफल गर्नेछौँ । 🙏